Tag: राप्रपा नेपाल

  • राप्रपा चुनावमा पत्तासाफ हुँदै, लिङ्देनमाथि लोहनीको कब्जा (भिडिओसहित)

    राप्रपा चुनावमा पत्तासाफ हुँदै, लिङ्देनमाथि लोहनीको कब्जा (भिडिओसहित)

    काठमाडाैं । राप्रपा नेपालका राष्ट्रिय अध्यक्ष रहेका प्रदीपविक्रम राणाले कमल थापा र आफू एउटै पार्टीमा रहेको दाबी गरेका छन् ।

    हुलाक सञ्चारसँग कुरा गर्दै अध्यक्ष राणाले एउटै नामका दुईवटा पार्टी र दुईवटा अध्यक्ष रहेको कुरा अस्वीकार गर्दै कानुनतः आफुहरु एउटै पार्टीमा रहेको दाबी गरेका हुन् ।

    कमल थापालाई गाई चुनाव चिन्ह दिन नहुने भन्दै सर्वोच्च अदालतमा रिट दिएर थापाको विपक्षमा फैसला गराउन सफल राणाले अब चाँडै पार्टी भित्रको घर झगडा अन्त्य हुने विश्वास व्यक्त गरे ।

    राणा भन्छन्, ‘अब पहिला घर झगडा मिलोस, त्यसपछि एउटै विचार र सिद्धान्त भएका अन्य दल र समूहसंग कुरा गरौंला । म कमल थापालाई आजपनि उत्तिकै सम्मान गर्छु । राजसंस्थाका लागि संघर्ष गर्ने थापा जति अरु कोही छैन । थापा पुनः राजसंस्थाको एजेण्डामा फर्किन्छन् भने उनलाई नेता मानेर हिंँड्न म तयार छु । ’

    राणाले राप्रपा पार्टी तहसनहस गर्ने सम्पूर्ण दोष डा. प्रकाशचन्द्र लोहनीलाई दिए । उनका अनुसार अहिलेका अध्यक्ष राजेन्द्र लिङ्देनसमेत लोहनीको इशारामा चलिरहेका छन् । लोहनीकै कारण लिङ्देन असफल हुने संकेत देखिएको छ ।

    लोहनीले राजसंस्था र हिन्दुत्वलाई नभइ आफनो व्यक्तिगत महत्वकांक्षा र स्वार्थलाई मात्र महत्व दिने गरेका छन् । उनी अहिले लिङ्देनलाई हटाएर आफू अध्यक्ष बन्ने रणनीतिमा छन् । लोहनीको प्रभावबाट मुक्त हुन नसकेका लिङ्देनले पार्टीको प्रभावसमेत देखाउन सकेका छैनन् ।

    राणा भन्छन्, ‘लिङ्देनले काठमाडौंसहित देशभर गरेको आमसभामा कति मान्छे आए ? सहभागिहरु एक हजार भन्दा बढी छैनन् । काठमाडौंमा त दुईचार सय पनि थिएनन् । यस्तो हुन्छ राप्रपाको आमसभा ? राजसंस्थाको पक्षमा मान्छे छैनन भन्ने सन्देश दिन खोजेको हो ?’

    अहिले राप्रपामा पशुपतिशम्शेर राणा र बुद्धिमान तामाङको तेजोबोध गरी बाहिरका मान्छे हुल्ने काम भैरहेको राणाको आरोप छ । अहिले पनि राप्रपाको केन्द्रीय समिति र महाधिवेशन प्रतिनिधिमा अधिकांश मान्छे कमल थापा र पशुपतिका छन । ती मान्छे त्यहाँबाट निस्किए लिङ्देनको के हालत हुन्छ ?

    ‘राप्रपाले दुई-चार सिटका लागि विचार नै नमिल्ने एमालेसंग गठवन्धन गर्नु सैद्धान्तिक पतन हो । आफनो संगठन विस्तार गरेर चुनाव जित्ने कि एमालेका भोटको भर पर्ने ? यस्तै हो भने आउँदो चुनावमा राप्रपा पत्तासाफ हुन्छ ।’ राणाको प्रश्न छ ।

    विस्तृत भिडिओमा :

  • राष्ट्रपति र चोलेन्द्रको अडान : देशलाई हित, दललाई अहित (भिडिओसहित)

    राष्ट्रपति र चोलेन्द्रको अडान : देशलाई हित, दललाई अहित (भिडिओसहित)

    अहिले मुलुक गम्भीर राजनीतिक मोडमा छ । मंसिर ४ मा प्रदेश र प्रतिनिधिसभा निर्वाचन तोकिएकाबेला नागरिकता विधेयकका कारण राष्ट्रपतिसंग सरकारको टकराव बढेको छ भने निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले महाभियोग सिफारिस समितिमा दिएको बयानले अर्को सनसनी मच्चाएको छ ।

    यी दुवै प्रमुख मुद्दाले चुनावी बहसलाई ओझेलमा पारेको छ । देश नै पक्ष विपक्षमा बाँडिने स्थिति देखा परेको छ । राप्रपा नेपालका सह महामन्त्री डम्मरप्रसाद शिवाकोटीका अनुसार राष्ट्रपति र निलम्बित प्रधानन्यायाधीश राणा दुवैका अडान राष्ट्रको पक्षमा छन् । नेपालका दलहरु विदेशीको कब्जामा रहेकाले उनीहरुका हरेक गतिविधि शंंकास्पद रहेको बताउँछन् ।

    नेता शिवाकोटीका अनुसार राष्ट्रपति भण्डारीले विधेयक प्रमाणीकरण गर्न भन्दा राजीनामा दिन श्रेयस्कार हुन्छ । विधेयक अस्वीकृत गर्दा राजा बिरेन्द्रको वंशनाश हुने स्थिति आएको स्मरण गर्दै उनले राष्ट्रपतिमाथि समेत त्यो खतरा आउनसक्ने बताए । संवैधानिक व्यवस्था अनुसार संसदले पारित गरेको विधेयक पारित गर्नेपर्ने बाध्यता भएपनि राष्ट्र जोगाउन उनले पद दाउमा राख्न सक्ने उनी बताउँछन् ।

    यस्तै, निलम्बित प्रधानन्यायाधीशले महाअभियोग सिफारिस समितिमा जसरी पूर्व प्रधानन्यायाधीश, वहालवाला न्यायाधीश, वकिल र मिडियामाथि आक्रोश पोखे त्यो सत्यमा आधारित रहेको शिवाकोटी बताउँछन । राणाले पोलेका सबै न्यायाधीशले पद छाड्नुपर्ने उनको सुझाव छ ।

    अहिलेका यी प्रमुख दुई मुद्दाले राष्ट्रिय तरंग सृजना गरेपनि मंसिरको चुनावमा भने फरक पर्ने छैन । सबै दलहरु चुनावमा होमिसकेकाले चुनाव रोकिने स्थिति निर्माण हुनेछैन । मुख्यतः आउँदो चुनावमा राप्रपा नेपालले राष्ट्रिय पार्टी हुने लक्ष्य बोकेको शिवाकोटी बताउँछन् । शिवाकोटी भन्छन्, ‘ राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन एमालेले सहयोग गर्दापनि चुनाव हार्छन्, महामन्त्री धवलशम्शेर जग्गा विवादमा फसेका छन, उनी सकभर चुनाव नै लड्न पाउँदैनन, लडेपनि जित्ने सम्भावना छैन । ’

    शिवाकोटीका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीले चुच्चे नक्शा ल्याएकाले भारत रिसाएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापासँग पनि चीन र भारत रुष्ट छन् ।

    विस्तृत भिडिओमा :

  • राप्रपा नेपालको उपाध्यक्षमा राजभण्डारी, सहमहामन्त्रीमा बस्नेत मनोनीत

    राप्रपा नेपालको उपाध्यक्षमा राजभण्डारी, सहमहामन्त्रीमा बस्नेत मनोनीत

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेकपाका अध्यक्ष कमल थापाले उपाध्यक्ष र सह–महामन्त्री पदमा मनोनीत गरेका छन् ।

    अध्यक्ष थापाले शनिबार उपाध्यक्षमा दिलविकास राजभण्डारीलाई र सह–महामन्त्री दमन बस्नेतलाई जिम्मेवारी पत्र हस्तान्तरण गरेका हुन् ।

    केही दिन अघि राप्रपा परित्याग गरी आएका राजभण्डारी र बस्नेतलाई अध्यक्ष थापाले महत्वपूर्ण जिम्मेवारी सुम्पिएका हुन् ।

    पार्टीका महामन्त्री राजाराम बर्तौलाले आवश्यकता अनुसार आगामी दिनमा अन्य नेतालाई पनि जिम्मेवारी दिने बताए ।

  • राप्रपा नेपालका जनवर्गीय संगठन सडक प्रर्दशनमा, कमल थापा पनि सहभागी

    राप्रपा नेपालका जनवर्गीय संगठन सडक प्रर्दशनमा, कमल थापा पनि सहभागी

    काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालका जनवर्गीय संगठनहरूले प्रदेश संरचना खारेजीलगायतका माग राख्दै संयुक्त रुपमा काठमाडाैँमा विरोध प्रदर्शन गरेका छन् ।

    शुक्रबार अध्यक्ष कमल थापासमेत उपस्थित माइतीघरबाट सुरु भएको सो प्रदर्शनमा सो पार्टीका सबै जनवर्गीय संगठनहरूको उपस्थिति छ ।

    सो पार्टीका महामन्त्री राजाराम बर्तौलाका अनुसार जनवर्गीय संगठनहरूले प्रदेश संरचना खारेज हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरि सनातन हिन्दुराष्ट्रको पहिचान कायम हुनुपर्ने, भ्रष्टाचारको अन्त्य गरी भ्रष्टाचारीलाई कारबाही गरिनुपर्ने, रोजगारीको सुनिश्चितता हुनुपर्ने, महङ्गी र कालोबजारी नियन्त्रण गरिनुपर्ने, वैदेशिक हस्तक्षेप अन्त्य हुनुपर्ने माग राखेका छन् ।

    माइतीघर मण्डलाबाट सुरु भएको विरोध प्रदर्शन बानेश्वरतर्फ अघि बढेको छ । युवक, विद्यार्थी, महिला, युवा मोर्चा, मजदुर, पूर्वप्रहरी, धार्मिक संगठन, सांस्कृतिक संगठनलगायतका जनवर्गीय संगठनहरूको प्रदर्शनमा सहभागीता छ ।

    राप्रपा नेपाललाई पुनर्जागृत गरेपछि पछिल्लो समय थापा नेतृत्वमा रहेको राप्रपा नेपाल संगठन निर्माणसहित सडक केन्द्रित आन्दोलन सुरु गरेको महामन्त्री बर्तौलाले बताए । उनका अनुसार आन्दोलनलाई आगामी दिनमा चरणबद्ध रुपमा अघि बढाइनेछ ।

  • माले पोलिटब्यूरो सदस्य कुमार श्रेष्ठ राप्रपा नेपालमा प्रवेश

    माले पोलिटब्यूरो सदस्य कुमार श्रेष्ठ राप्रपा नेपालमा प्रवेश

    काठमाडौं । लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा रहेका कुमार श्रेष्ठ राप्रपा नेपाल प्रवेश गरेका छन् ।

    नेकपा (माले)का पोलिटब्यूरो सदस्य रहेका श्रेष्ठ, केन्द्रीय सदस्य वीरसिंह तामाङ लगायतलाई शनिबार राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीमा स्वागत गरेका हुन् ।

    सो अवसरमा अध्यक्ष थापाले राप्रपा नेपाल मुलुकको राष्ट्रिय राजनीतिमा जबर्जस्त ढंगले अगाडि बढ्ने दाबी पनि गरे । राजनीतिक दलका नेता, कर्मचारीतन्त्र र बिचौलियाहरूको त्रिशंखु गठबन्धनले मुलुकलाई समस्याको दलदलमा फसाएको भन्दै उनले धर्म परिवर्तन, बेरोजगारी, भ्रष्ट र कुशासन अन्त्यको निमित्त जनता जागरुक हुनुपर्ने बताए ।

    थापाले पूर्ण समानुपातिक निर्वाचन प्रणाली, केन्द्र र स्थानीय तहको मात्र संरचना, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थाले मात्र अहिले देखिएको समस्या समाधन हुने बताए । नवप्रवेशी कुमार श्रेष्ठले अब राप्रपा नेपालले अबलम्बन गरेको बाटोबाट मुलुकको स्वाधिनताको रक्षा, प्रजातन्त्रको संरक्षण र मुलुकको समृद्धि हुने निष्कर्षसहित समाहित भएको बताए ।

     

  • नेकपा एमाले र राप्रपा नेपालबीच चुनावी गठबन्धन

    नेकपा एमाले र राप्रपा नेपालबीच चुनावी गठबन्धन

    काठमाडौं । नेकपा एमाले र राप्रपा नेपालबीच चुनावी गठबन्धन भएको छ ।

    एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठले ५ बुँदे सहमतिमा हस्ताक्षर गरी गठबन्धन गरेका हुन् ।

    सहमति अनुसार सम्भावित स्थानमा देशभर एमाले र राप्रपा नेपालबीच तालमेल हुनेछ र राप्रपा नेपालका उम्मेदवारले पनि सूर्य चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन् ।