Tag: राप्रपा

  • जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीकाे सुरुवाती अग्रता

    जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीकाे सुरुवाती अग्रता

    जुम्ला । जुम्लामा प्रतिनिधि सभातर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले अग्रता लिएका छन् ।

    १०० मत गन्दा उनले ६९ मत प्राप्त गरेका छन् ।

    यस्तै, गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी गोमा कुँवरले २० मत प्राप्त गरेकी छन् ।

    यस्तै नेकपा एमालेका रतननाथ योगीले ७ मत प्राप्त गरेका छन् ।

  • राप्रपालाई मनिषाको उर्जा, देशभर बहुमतको आशा (भिडिओसहित)

    राप्रपालाई मनिषाको उर्जा, देशभर बहुमतको आशा (भिडिओसहित)

    काठमाडाैं । चर्चित अभिनेत्री मनिषा कोइराला राप्रपाको चुनावी अभियानमा होमिएपछि राप्रपा र यसका उम्मेदवारहरु थप उत्साहित भएका छन् । राजासहितको प्रजातन्त्र र आफना हजुरबुवा बीपी कोइरालाको विचार, सिद्धान्त र आदर्शको मार्गमा हिंडेकाले आफू राप्रपाका उम्मेदवारलाई जिताउन घरदैलो अभियानमा हिँडेको उनको भनाइ छ ।

    मनिषाको समर्थन र सहभागिताले देशभर राप्रपाको रौनक झन बढेको र यसप्रति जनआकर्षण पनि थपिएको राप्रपाका नेता एवम काठमाडौं क्षेत्र नम्बर १ (क) का प्रदेससभा उम्मेदवार नविन शाही बताउँछन् ।

    शाहीका अनुसार कांग्रेसले बीपी कोइरालालाई विर्सेर प्रचण्डीकरण भएकाबेला राप्रपाले राजासहितको प्रजातन्त्र भन्ने वीपीको आदर्श वाक्यलाई आफनो लक्ष्य बनाएको प्रष्ट पारे ।

    शाही भन्छन्, ‘मुलुक भ्रष्टाचार र कुशासनको दलदलमा फसेकाले त्यसबाट देशलाई मुक्त गरी विकास, समृद्धि, सुशासन र शान्तिको वातावरण बनाउन राजासहितको हिन्दू धर्म अपरिहार्य छ । गणतान्त्रिक शक्तिहरुले जनमतको दुरुपयोग गरेकाले अब जनता राप्रपाका एजेण्डातर्फ आकर्षित भएकाछन् । आउँदो चुनावमा राप्रपा एक नम्बर पार्टी बन्छ ।’

    शाहीका अनुसार यही संविधान अन्तर्गत निर्वाचनमा सहभागीभइ संघीयता खारेजी, हिन्दू राष्ट्र र राजसंंस्था स्थापनाको मुद्दालाई राप्रपाले अघि बढाउने छ । जुन दिन राप्रपा निर्णायक तहमा पुग्छ, त्यही दिन आफनो एजेण्डा अक्षरशः पालना गराउनतर्फ अग्रसर हुनेछ ।

    काठमाडौं १ को संघ र प्रदेशमा राप्रपाको जित सुनिश्चित भएको जनाउँदै शाहीले ठ्याक्कै संख्या यकिन गर्न नसके पनि देशभरको मत जोडेर पहिलो पार्टी बन्ने दाबी गरे ।

    विस्तृत भिडिओमा :

  • रेखा थापाले गराइन् मोरङ ३ बाट उम्मेदवारी दर्ता

    रेखा थापाले गराइन् मोरङ ३ बाट उम्मेदवारी दर्ता

    काठमाडाैं । अभिनेत्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले मोरङ ३ बाट उम्मेदवारी दर्ता गराएकी छन् ।

    उनले बेलबारीस्थित प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ को निर्वाचन कार्यालयमा मनोनयन दर्ता गराएकी हुन् । थापासँग राप्रपाबाट प्रदेश सभा सदस्य ३ कमा तीर्थ गुरुङ र ३ खमा रमेश रिजालले मनोनयन दर्ता गराएका छन् ।

    थापा केही केही समययता मोरङको सलकपुरस्थित घरमा बसेर चुनावी अभियानमा सक्रिय छिन् । उनलाई राप्रपाले सो क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको थियो ।

  • चन्दा बाकस थापेर काठमाडौं १ बाट चुनाव लड्ने रविन्द्र मिश्रकाे घाेषणा

    चन्दा बाकस थापेर काठमाडौं १ बाट चुनाव लड्ने रविन्द्र मिश्रकाे घाेषणा

    काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रविन्द्र मिश्रले चुनावी खर्च जुटाउन बाकस थापेर काठमाडौं क्षेत्र न १ बाट चुनाव लड्ने घोषणा गरेका छन् ।

    आफैँ संस्थापन अध्यक्ष रहेको विवेकशील साझा पार्टीमा राजीनामा दिएर मिश्र बुधबार राप्रपा प्रवेश गरेका हुन् ।

    पार्टीभित्र राजतन्त्रलाई पृष्ठपोषण गरेका रविन्द्रले बैकल्पिक राजनीतिको शक्ति मानिएको विवेकशील साझा पार्टीलाई ध्रुवीकरण गर्दै संगठनलाई कमजोर बनाएको आराेप पनि लागेकाे छ ।

    शुक्रबार बानेश्वरमा आयोजना गरिएको चुनावी घोषणा कार्यक्रममा चन्दा बाकस अगाडि राखेर चुनावका लागि सहयोग उठाउँदै काठमाडौ १ बाट चुनाव लड्ने घोषणा गरेका रविन्द्रले उपस्थित दर्शकले रविन्द्रले राजनीति सेवाका लागि नभएर पैसाको जोहो गर्न लागेको हुनसक्ने भन्दै आशंका व्यक्त गरेका छन् ।

  • रेखा थापा राप्रपाको कार्यसम्पादन समिति सदस्यमा मनोनित

    रेखा थापा राप्रपाको कार्यसम्पादन समिति सदस्यमा मनोनित

    काठमाडौं । अभिनेत्री रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनित भएकी छन् ।

    मंगलबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले थापालाई केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनयन गरेका हुन् ।

    गत मंसिरमा भएको पार्टीको अधिवेशनमा थापा लिङ्देन समूहबाट महामन्त्रीको उम्मेदवार थिइन् । तर उनी कुन्तीकुमारी शाहीसँग पराजित भएकी थिइन् ।

    पार्टी अध्यक्ष लिङ्देनले थापालाई यसअघि केन्द्रीय सदस्यमा मनोनित गरेका थिए ।

  • राजेन्द्र लिङ्देनकाे दाबी : आगामी चुनावबाट राप्रपा पहिलो पार्टी बन्छ

    राजेन्द्र लिङ्देनकाे दाबी : आगामी चुनावबाट राप्रपा पहिलो पार्टी बन्छ

    काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी चुनावबाट राप्रपा संसदमा पहिलो पार्टी बन्ने दाबी गरेका छन् ।

    बुधबार रवीन्द्र मिश्र नेतृत्वको समूहलाई पार्टीमा प्रवेश गराउने कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताले विकल्प खोजिरहेको र जनताको उत्तम विकल्प राप्रपा नै भएको बताए ।

    उनले भने, ‘मतदाताले विश्वासिलो विकल्प खोजिरहेको छ । विकल्प खोजिरहेको मतदाताको नजरमा राप्रपा परेको छ । राप्रपाले धेरै सिट ल्याउने मात्र होइन, पहिलो सिट ल्याउँछ ।’

    राप्रपाले विगतमा गलत व्यवस्थापनका कारण पटक–पटक हारेकाले नेता कार्यकर्तामा हीन मानसिकता देखिएको लिङदेनले बताए । उनले भने, ‘हारेको हारेकै गर्दा जितिन्छ र भन्ने, जिते पनि त्यत्रो सिट जितिन्छ र ? भन्ने हीन मानसिकता अझै छ ।’

    राप्रपाले प्रतिनिधि सभा र प्रदेश सभाको सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने बताए । उनले भने, ‘अब निर्वाचन क्षेत्रमा जानुहोस् । उम्मेदवारी घोषणा गर्नुहोस् । विजय हाम्रो सम्मुख छ । मुलुकले विकल्प खोजिरहेको छ ।’

    आगामी चुनावमा कांग्रेस, एमाले र माओवादी केन्द्रका कार्यकर्ताले पनि राप्रपालाई नै मत दिने उनले दाबी गरे ।

  • राप्रपा र मिश्र समूहबीच एकता घोषणा, मिश्र बने राप्रपाका वरिष्ठ उपाध्यक्ष

    राप्रपा र मिश्र समूहबीच एकता घोषणा, मिश्र बने राप्रपाका वरिष्ठ उपाध्यक्ष

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र समूहबीच एकीकरण भएको छ ।

    बुधबार राष्ट्रिय सभा गृहमा एक कार्यक्रमबीच राप्रपा र मिश्र समूहबीच एकता घोषणा भएको हो ।

    अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरीयतामा रहने गरी वरिष्ठ उपाध्यक्ष पदसहित मिश्र राप्रपामा प्रवेश गरेका हुन् ।

    यसअघि सोमबार मिश्रले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएका थिए । मिश्र काठमाडौं-१ बाट चुनावी प्रतिस्पर्धाको तयारीमा रहेका छन् ।

    २०७४ सालको चुनावमा मिश्र काठमाडौं-१ बाट विवेकशील साझा पार्टीका उम्मेदवारका रुपमा प्रतिस्पर्धा गरेका थिए । त्यतिबेला उनी नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहसँग ८१८ मतले पराजित भएका थिए ।

    मिश्रले प्रकाशोन्मुख पुस्तक ‘विचार भन्दा माथि देश’ मा नेपालको भूराजनीतिक संवेदनशीलताको कारण राजतन्त्र पुन:स्थापना हुनुपर्ने बताएका छन् । मिश्रले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता नेपालको दूरगामी हितका लागि घातक भएको निष्कर्ष निकालेका छन् ।

  • राप्रपा चुनावमा पत्तासाफ हुँदै, लिङ्देनमाथि लोहनीको कब्जा (भिडिओसहित)

    राप्रपा चुनावमा पत्तासाफ हुँदै, लिङ्देनमाथि लोहनीको कब्जा (भिडिओसहित)

    काठमाडाैं । राप्रपा नेपालका राष्ट्रिय अध्यक्ष रहेका प्रदीपविक्रम राणाले कमल थापा र आफू एउटै पार्टीमा रहेको दाबी गरेका छन् ।

    हुलाक सञ्चारसँग कुरा गर्दै अध्यक्ष राणाले एउटै नामका दुईवटा पार्टी र दुईवटा अध्यक्ष रहेको कुरा अस्वीकार गर्दै कानुनतः आफुहरु एउटै पार्टीमा रहेको दाबी गरेका हुन् ।

    कमल थापालाई गाई चुनाव चिन्ह दिन नहुने भन्दै सर्वोच्च अदालतमा रिट दिएर थापाको विपक्षमा फैसला गराउन सफल राणाले अब चाँडै पार्टी भित्रको घर झगडा अन्त्य हुने विश्वास व्यक्त गरे ।

    राणा भन्छन्, ‘अब पहिला घर झगडा मिलोस, त्यसपछि एउटै विचार र सिद्धान्त भएका अन्य दल र समूहसंग कुरा गरौंला । म कमल थापालाई आजपनि उत्तिकै सम्मान गर्छु । राजसंस्थाका लागि संघर्ष गर्ने थापा जति अरु कोही छैन । थापा पुनः राजसंस्थाको एजेण्डामा फर्किन्छन् भने उनलाई नेता मानेर हिंँड्न म तयार छु । ’

    राणाले राप्रपा पार्टी तहसनहस गर्ने सम्पूर्ण दोष डा. प्रकाशचन्द्र लोहनीलाई दिए । उनका अनुसार अहिलेका अध्यक्ष राजेन्द्र लिङ्देनसमेत लोहनीको इशारामा चलिरहेका छन् । लोहनीकै कारण लिङ्देन असफल हुने संकेत देखिएको छ ।

    लोहनीले राजसंस्था र हिन्दुत्वलाई नभइ आफनो व्यक्तिगत महत्वकांक्षा र स्वार्थलाई मात्र महत्व दिने गरेका छन् । उनी अहिले लिङ्देनलाई हटाएर आफू अध्यक्ष बन्ने रणनीतिमा छन् । लोहनीको प्रभावबाट मुक्त हुन नसकेका लिङ्देनले पार्टीको प्रभावसमेत देखाउन सकेका छैनन् ।

    राणा भन्छन्, ‘लिङ्देनले काठमाडौंसहित देशभर गरेको आमसभामा कति मान्छे आए ? सहभागिहरु एक हजार भन्दा बढी छैनन् । काठमाडौंमा त दुईचार सय पनि थिएनन् । यस्तो हुन्छ राप्रपाको आमसभा ? राजसंस्थाको पक्षमा मान्छे छैनन भन्ने सन्देश दिन खोजेको हो ?’

    अहिले राप्रपामा पशुपतिशम्शेर राणा र बुद्धिमान तामाङको तेजोबोध गरी बाहिरका मान्छे हुल्ने काम भैरहेको राणाको आरोप छ । अहिले पनि राप्रपाको केन्द्रीय समिति र महाधिवेशन प्रतिनिधिमा अधिकांश मान्छे कमल थापा र पशुपतिका छन । ती मान्छे त्यहाँबाट निस्किए लिङ्देनको के हालत हुन्छ ?

    ‘राप्रपाले दुई-चार सिटका लागि विचार नै नमिल्ने एमालेसंग गठवन्धन गर्नु सैद्धान्तिक पतन हो । आफनो संगठन विस्तार गरेर चुनाव जित्ने कि एमालेका भोटको भर पर्ने ? यस्तै हो भने आउँदो चुनावमा राप्रपा पत्तासाफ हुन्छ ।’ राणाको प्रश्न छ ।

    विस्तृत भिडिओमा :

  • राप्रपा अध्यक्ष लिङ्देनले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिने

    राप्रपा अध्यक्ष लिङ्देनले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिने

    काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिने भएका छन् ।

    चुनावको मिति घोषणा भइसकेपछि पनि संसदको आयु लम्ब्याएर तलब भत्ता खाने निर्लज्ज अभ्यास हुन लागेको भन्दै उनले राजीनामा दिन लागेका हुन् ।

    सरकारले संसदको म्याद फागुनसम्म रहनेगरी कानून संशोधन गर्न विधेयक पेस गरेको छ ।

    लिङ्देनले निर्वाचनको मिति घोषणापछि चुनावी सरकार गठन गर्नुपर्नेमा कानून संशोधन गर्न विधेयक पेस गरेकाे भन्दै दुखेसाे गरेका हुन् । उनले सरकारले निष्पक्ष चुनाव गर्नेमा पनि शंका उत्पन्न भएकाे बताए ।

  • लोसपा केन्द्रीय सदस्य अग्रवाल राप्रपामा प्रवेश

    लोसपा केन्द्रीय सदस्य अग्रवाल राप्रपामा प्रवेश

    विराटनगर । लोसपाका केन्द्रीय सदस्य नरेन्द्र अग्रवाल राप्रपामा प्रवेश गरेका छन् ।

    झापा र मोरङमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन विराटनगर पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रवालसहित तीन दर्जन व्यक्तिलाई राप्रपामा प्रवेश गराएकाे राप्रपाकाे दावी छ ।

    दुई दिनअघि कलाकार लय संग्रौला, नेपालका लागि नेपाली अभियानकी सहमहामन्त्री आरजु थापासहित नेकपा एमालेका संगठित सदस्य राजकुमार केसीलाई पनि राप्रपामा प्रवेश गराएका अध्यक्ष लिङ्देन चुनाव केन्द्रीत गतिविधिमा सहभागी हुन गृह जिल्ला पुगेका हुन् ।