Tag: राप्रपा

  • राप्रपा अब वैकल्पिक शक्तिका रूपमा स्थापित हुन्छ : अध्यक्ष लिङ्देन

    राप्रपा अब वैकल्पिक शक्तिका रूपमा स्थापित हुन्छ : अध्यक्ष लिङ्देन

    झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनबाट राप्रपा वैकल्पिक शक्तिका रूपमा जनताको बीचमा आउने विश्वास व्यक्त गरेका छन् ।

    शनिबार गृहजिल्ला झापाको राप्रपा मेचीनगरले आयोजना गरेको वैशाख ३० गते हुने निर्वाचनका लागि उम्मेदवार घोषणासभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले हजारौँ जनताले नेपाली कांग्रेस, एमालेलगायतको पार्टीको विकल्प खोजिरहेकाले राप्रपालाई भोट दिएर वैकल्पिक शक्तिका रूपमा जनता स्वयंले स्थापित गर्ने बताए ।

    ‘राजा र पञ्चायतलाई गाली गरेर अब खानेदिन गए’, सत्ता साझेदार दल र एमालेप्रति लक्षित गरी उनले भने ‘देश र धर्म जोगाउने पार्टी राप्रपा हो । राजनीतिलाई पेशा, व्यवसाय बनाएर खानेहरूको जनताले आगामी चुनावमा बाक्सा खाली गरेर देखाइदिने छन् ।’

    उनले मेचीनगर नगरपालिकाको आगामी निर्वाचनमा राप्रपाको तर्फबाट प्रमुख पदको उम्मेदवारमा रमेश दाहाल र उपप्रमुखमा सविना बजगाईँको नाम घोषणा गर्दै भ्रष्टाचारलाई मुख्य शत्रुका रूपमा लिएर जनताको काममा समर्पित भएर लाग्न निर्देशन पनि दिए ।

    कार्यक्रममा देशभरबाट हजारौँ अन्य पार्टीका कार्यकर्ता राप्रपाप्रति नयाँ आशा र विश्वास लिएर पार्टी प्रवेश गरिरहेको उनकाे भनाइ थियो ।

  • राप्रपाबाट काठमाडौंको मेयरमा कलाकार मदनदास श्रेष्ठ सिफारिस

    राप्रपाबाट काठमाडौंको मेयरमा कलाकार मदनदास श्रेष्ठ सिफारिस

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवारमा कलाकार मदनदास श्रेष्ठलाई सिफारिस गरेको छ ।

    महानगर समितिको बिहीबार बसेको बैठकले मेयरको उम्मेदवारका लागि कलाकार मदनदास श्रेष्ठको नाम सिफारिस गरेको गरेको हो ।

    यसअघि उम्मेदवारमा मदनसहित पूर्वसचिव केदारबहादुर अधिकारी र पूर्वएसएसपी दीपक रञ्जितको नाम पनि चर्चामा थियाे ।

  • अबको लडाईँ भ्रष्टाचारीविरुद्ध  : ज्ञानेन्द्र शाही

    अबको लडाईँ भ्रष्टाचारीविरुद्ध  : ज्ञानेन्द्र शाही

    जुम्ला । राष्ट्रिय प्रजातन्त्र पार्टी, सुशासन विभागका अध्यक्ष ज्ञानेन्द्र शाहीले अबको लडाइँ भ्रष्टाचारीवरुद्ध हुने बताएका छन्  ।राप्रपाले जुम्लामा आयोजनाको गरेको आमसभामा उनले राप्रपाको लडाईँ तथा प्रतिस्पर्धा कुनै पार्टीसँग नभएको बताएका हुन् ।

    उनले भने ,‘ हाम्रो लडाईँ भ्रष्टाचारसँग हुन्छ । राप्रपाका उम्मेदवारलाई पनि भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु भनेर कसम खुवाउने छौँ । देश भ्रष्टाचारले थिलोथिलो भएकोले हामीले देशलाई बचाउनु छ ।´

    भ्रष्टाचारमुक्त देश बनाउन अभियान थालिएकाे उनले बताए ।

  • राप्रपाको चुनावी प्रतिबद्धता : कक्षा १२ सम्म निःशुल्क, सुत्केरीलाई तीन हजार मासिक भत्ता

    राप्रपाको चुनावी प्रतिबद्धता : कक्षा १२ सम्म निःशुल्क, सुत्केरीलाई तीन हजार मासिक भत्ता

    काठमाडौं । राप्रपाले आसन्न स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा बुधबार आयोजित ‘स्थानीय तह निर्वाचन, प्रतिबद्धतापत्र सार्वजनिक’ कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।

    सार्वजनिक प्रतिबद्धतापत्रमा कक्षा १२ सम्म पूर्ण निःशुल्क बनाउने उल्लेख छ । साथै सबै स्थानीय तहमा प्राविधिक विद्यालय खोल्ने र एक एक प्रतिभाशाली विद्यार्थीलाई चिकित्सा शास्त्र र इन्जिनियरीमा छात्रवृत्ति दिने सार्वजनिक पत्रमा उल्लेख छ ।

    यसैगरी, सुत्केरीलाई तीन महिनासम्म मासिक तीन हजार रुपैयाँका दरले सुत्केरी भत्ता दिने पनि राप्रपाले प्रतिबद्धतापत्रमा उल्लेख छ ।

    हरेक वडामा प्रसूति सेवा दिने र किशोरीहरूलाई पाठेघरको क्यान्सरविरुद्ध खोप दिने राप्रपाले प्रतिबद्धता जनाएको छ । छात्राहरूलाई निःशुल्क स्यानेटरी प्याड उपलब्ध गराउने पनि उल्लेख छ ।

    याे पनि : राप्रपाको चुनावी प्रतिबद्धता : भ्रष्टाचारमा शून्य सहनशीलताको नीति (पूर्णपाठ)

  • राप्रपाको चुनावी प्रतिबद्धता : भ्रष्टाचारमा शून्य सहनशीलताको नीति (पूर्णपाठ)

    राप्रपाको चुनावी प्रतिबद्धता : भ्रष्टाचारमा शून्य सहनशीलताको नीति (पूर्णपाठ)

    काठमाडौं । राप्रपाले आसन्न स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।

    पार्टी कार्यालय धुम्बाराहीमा बुधबार आयोजित ‘स्थानीय तह निर्वाचन, प्रतिबद्धतापत्र सार्वजनिक’ कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।

    सार्वजनिक प्रतिबद्धतापत्रमा भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अवलम्बन गरिने उल्लेख छ ।

    राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र, स्थायित्व र समृद्धिका लागि देशमा सर्वधर्म, समभाव, पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थासहितको प्रजातन्त्रलाई राप्रपाले आफ्नो प्रतिबद्धता पत्रमा उल्लेख गरेको छ ।

     

  • सामाजिक अभियन्ता ज्वाला संग्राैला राप्रपामा प्रवेश

    सामाजिक अभियन्ता ज्वाला संग्राैला राप्रपामा प्रवेश

    काठमाडाैं । सामाजिक अभियन्ताकाे रुपमा आफूलाई चिनाउने ज्वाला संग्राैला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेकी छन् ।

    बिहीबार राप्रपाकाे पार्टी कार्यालयमा आयाेजित एक कार्यक्रममा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले संग्राैलालगायतका केही अभियन्तालाई पार्टी प्रवेश गराएका हुन् ।

    पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष लिंग्देनले राप्रपा पार्टी विस्तारै पूर्ण हुन लागेकाे बताए । उनले देश र जनतालाई धाेका नदिने प्रतिबद्धता पनि दाेहाेर्‍याए ।

  • राप्रपाकाे चुनाव लक्षित कार्यक्रम, पोखरा-३२ मा कार्यालय

    राप्रपाकाे चुनाव लक्षित कार्यक्रम, पोखरा-३२ मा कार्यालय

    कास्की । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चुनाव लक्षित कार्यक्रम अघि बढाइरहेकाे छ । यही सिलसिलामा पाेखरा-३२ मा चुनाव लक्षित राप्रपाकाे कार्यालय स्थापना गरेकाे छ ।

    राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही, पार्टीका नेता केन्द्रीय सदस्य डा. भिमसेन गुरुङ, पार्टी नेता विष्णु पोख्रेललगायतको उपस्थितिमा चुनाव लक्षित वडा कार्यालय स्थापना गरिएको हो ।

    उक्त वडाको अध्यक्षमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका केन्द्रीय उपाध्यक्ष तथा राप्रपा कास्कीका जिल्ला सदस्य विद्यार्थी युवा नेता सन्दीप धमलाले आकांक्षा देखाएका छन् ।

    पोखरा ३२ मा राप्रपाबाट धमलाको बलियो दाबेदारी छ । धमला पोखरा ३२ स्थित ढोडबेशीका स्थायी बासिन्दा हुन् ।

    वडालाई पोखराकै उत्कृष्ट वडा बनाउने सपना रहेको धमलाकाे भनाइ छ । धमलाले पार्टी स्थानीय मतदाताले साथ दिए ५ वर्षमा उत्कृष्ट वडा बनाएर देखाउने दाबी पनि गरेका छन् ।

  • राप्रपाको सदस्यता वितरण र चन्दा संकलन अनलाइनबाट

    राप्रपाको सदस्यता वितरण र चन्दा संकलन अनलाइनबाट

    काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी सदस्यता वितरण र आर्थिक सहयोग पनि अनलाइनबाट लिने व्यवस्था मिलाएको छ । पार्टीकाे वेबसाइटमा गएर सदस्यता र आर्थिक सहयोग दिन सकिने छ ।

    नेपालीहरूले दिने आर्थिक सहयोगले देशभक्तिपूर्ण राष्ट्रवादी आन्दोलनलाई थप उचाइमा पुर्‍याउने दाबीसमेत पार्टीले गरेकाे छ । पार्टी सिद्धान्त, नीति, विधान र कार्यक्रमलाई नि:शर्त रूपमा पालना गर्न मन्जुर हुनेहरूले अनलाइनबाटै सदस्यता लिन सक्नेछन् ।

    राप्रपाले भनेकाे छ, ‘तपाईंले प्रदान गर्ने आर्थिक सहयोगले पार्टीको नीति, विचार, सिद्धान्त प्रवर्द्धन गर्न, हिन्दू-राष्ट्र र राजसंस्थाको पक्षमा जनमत सिर्जना गर्ने उद्देश्य प्राप्तिका लागि आवश्यक गतिविधि र कार्यक्रम सञ्चालन गर्न टेवा पुग्नेछ ।’

    यस्तै, पार्टीका गतिविधि सञ्चालन गर्न विदेशीको सहयोग र प्रायोजनको पक्षमा राप्रपा नभएकाे पनि स्पष्ट पारिएकाे छ ।

  • गृहजिल्लामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको शक्ति प्रदर्शन

    गृहजिल्लामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको शक्ति प्रदर्शन

    काठमाडौं । राप्रपाले आइतबार झापामा शक्ति प्रदर्शन गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनसहित राजनीतिक हेबिवेट नेताहरुको गृहजिल्ला झापामा आइतबार राप्रपाले गरेको शक्ति प्रदर्शनमा हजारौँ मानिसको सहभागिता थियो ।

    एमाले अध्यक्ष केपी ओली, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र कृष्णप्रसाद सिटौलासहित नेताको गृहजिल्ला रहेको झापामा शक्ति प्रदर्शन गरेर लिङ्देनले आफ्नो दमदार उपस्थिति देखाएको स्थानीयले बताए ।

    २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा क्षेत्र ३ मा कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरेका लिङ्देनले आइतबार शक्ति प्रदर्शन गरेर प्रतिस्पर्धी दलहरुलाई ठूलो चुनौती दिएका छन् ।

    गत स्थानीय तह निर्वाचनमा विजय प्राप्त गरेको कचनकवलको बनियानीमा आइतबार राप्रपाले विशाल आमसभा गरेको हो । सो आमसभामा हजारौँ मानिस सहभागी भएर लिङ्देनको नेतृत्वलाई अनुमोदन गरेको राप्रपा नेताहरुले बताएका छन् । गत मंसिरमा पार्टीको सम्पन्न महाधिवेशनमा कमल थापालाई पराजित गरेर लिङ्देन अध्यक्षमा निर्वाचित भएका थिए ।

    कांग्रेस, एमाले, माओवादीसहितका दलहरुलाई चुनौतीका रुपमा देखिएका लिङ्देन आगामी निर्वाचनमा कमजोर उम्मेदवार होइनन् भन्ने देखिएको छ ।

    २०६३ सालमा तत्कालीन पुनर्स्थापित प्रतिनिधिसभाले गरेको ‘प्रतिनिधिसभा घोषणा’मा देशलाई धर्मनिरपेक्ष राष्ट्र र गणतन्त्र घोषणा गराउने कार्यमा अग्रणी भूमिका खेलेका कांग्रेस नेता सिटौलालाई पराजित गरेका लिङ्देनले संवैधानिक राजतन्त्र र सनातन हिन्दु राष्ट्रविना देशको विकास र समृद्धि सम्भव नरहेको बताए ।

    सभालाई लिङ्देनसहित प्रदेश १ का अध्यक्ष राम थापालगायतका नेताहरूले सम्बोधन गरेका थिए ।

    आउँदो ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनको तयारी स्वरुप राप्रपासहित विभिन्न राजनीतिक दलहरुले राजनीतिक गतिविधि गरिरहेका छन् ।

    नयाँ नेतृत्व पाएको राप्रपाका कार्यक्रममा मानिसको व्यापक सहभागिताले अन्य दललाई चुनौती थपिएको छ । अन्य दलको कार्यक्रममा भन्दा राप्रपाको कार्यक्रममा भएको नागरिकको उत्साहजनक सहभागिताले आउँदो प्रतिनिधिसभा निर्वाचनमा राप्रपाले संसदमा आफ्नो उपस्थिति बलियो बनाउने देखिएको छ ।

    मौजुदा प्रतिनिधिसभामा राप्रपाबाट लिङ्देनको मात्र सहभागिता छ । तर, अब लिङ्देनकै नेतृत्वमा राप्रपाले संसदमा दमदार उपस्थिति जनाउने राजनीतिक विश्लेषकहरुले बताउन थालेका छन् ।

  • ज्ञानेन्द्र शाहीकाे प्रश्न : राजा हटाएर नेपाली जनता र देशले के पाए ?

    ज्ञानेन्द्र शाहीकाे प्रश्न : राजा हटाएर नेपाली जनता र देशले के पाए ?

    मोरङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले ‘नेपालबाट राजतन्त्र हटाएर के पायाैँ ?’ भन्ने प्रश्न उठाएका छन् । शुक्रबार माेरङकाे रतुवामाईमा आयाेजित सभालाई सम्बाेधन गर्दै उनले यस्ताे प्रश्न उठाएका हुन् ।

    ‘देशको अर्थतन्त्रको नास गर्‍याैँ, भाइ–भाइ लडेयौँ समाजमा तथानामका जातीय, वर्गीय द्वन्द गर्‍याैँ । नेपाली जनताले रगत बगाए,’ प्रवक्ता शाहीले भने,‘वास्तममा राजतन्त्र हटाएर के पायौँ ? नेपाली जनता र देशले के पाए ?’

    उनले यो देशमा विदेशीवादभन्दा नेपालमा सुहाउँदो वादकाे आवश्यकता भएकाे बताए ।

    ‘स्वदेशी विचारसहित संवैधानिक राजतन्त्र र  जनताबाट प्रतक्ष निर्वाचित प्रधानमन्त्री यो देशको साशन व्यवस्था कायम गर्नुपर्छ,’ उनले भने ।