Tag: राप्रपा

  • राप्रपाले गठन गरेकाे केन्द्रीय कार्यसम्पादन समितिमा को-को परे ?

    राप्रपाले गठन गरेकाे केन्द्रीय कार्यसम्पादन समितिमा को-को परे ?

    काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी विधानअनुसार कार्यसम्पादन समिति गठन गरेका हुन् ।

    विधानअनुसार ३३ सदस्यीय समिति बनाउनुपर्ने भए पनि अहिले २० सदस्यीय समिति बनाइएको प्रवक्ता मोहन श्रेष्ठले बताए ।

    समितिमा अध्यक्ष लिङ्देन, उपाध्यक्षहरू बुद्धिमान तामाङ, बिक्रम पाण्डे, ध्रुबबहादुर प्रधान, रोशन कार्की, हेमजङ्ग गुरुङ, मुकुन्द श्याम गिरी छन् ।

    साथै, महामन्त्री धवलशमशेर राणा, भुवन पाठक, कुन्तीकुमारी शाही, राजेन्द्र गुरूङ, प्रल्हाद साह पनि कार्यसम्पादन समितिमा छन् ।

    केन्द्रीय सदस्य दीपक बोहोरा, नवराज सुवेदी, हरिबहादुर बस्नेत, बालाराम घर्ती मगर, जयन्त चन्द, टंक ढकाल, ठाकुरप्रसाद शर्मा, ऋषिबाबु परियार पनि केन्द्रीय कार्यसम्पादन समितिमा समेटिएका छन् ।

  • राजेन्द्र लिङ्देनकाे प्रश्न : देउवा, प्रचण्ड र ओलीलाई कति पटक प्रधानमन्त्री बनाए देश बन्छ हाेला ?

    राजेन्द्र लिङ्देनकाे प्रश्न : देउवा, प्रचण्ड र ओलीलाई कति पटक प्रधानमन्त्री बनाए देश बन्छ हाेला ?

    काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले ‘देउवा, प्रचण्ड र ओलीलाई कति पटक र कति वर्ष प्रधानमन्त्री बनाए देश बन्छ हाेला’ भनी प्रश्न गरेका छन् । शुक्रबार काठमाडाैंकाे तीनकुनेमा आयाेजित पार्टी प्रवेश कार्यक्रममा थापाले यस्तो प्रश्न गरेका हुन् ।

    उनले भने- ‘व्यक्तिकाे नाम लिँदा आलाेचना गरेजस्ताे हुन्छ, आदरपूर्वक भन्छु शेरबहादुर देउवालाई कति पटक र कति वर्ष प्रधानमन्त्री बनाउँदा देश बन्छ हाेला ? केपी ओलीलाई, प्रचण्डलाई कति पटकर र कति वर्ष प्रधानमन्त्री बनाउँदा देश बन्छ हाेला ?’

    अध्यक्ष लिङ्देनले देश निर्माणकाे लागि विदेशीकाे सहयाेग चाहिन्छ भन्नेहरु अन्य पार्टीमा हुने र देश यथास्थितिमा रहनुहुन्न, देश हामी आफैँले बनाउनुपर्छ भन्नेहरु राप्रपामा हुने दाबी पनि गरेका छन् । उनले एमसीसीकाे बारेमा टिप्पणी गरी देशमा उत्पादित बिजुली देशमा नै खपत गर्न सकिने स्पष्ट पारे ।

    उनले कांग्रेस नेता गगन थापाले भनेका कुरा स्मरण गरी भने- राष्ट्रिय प्रजातन्त्र पार्टी भ्रममा छैन, भिख नमागेर पनि विकास गर्न सकिन्छ । जनताकाे जीवन सहज पार्न सकिन्छ । हामी उत्पादित बिजुली यहीँ प्रयाेगका ल्याउन सक्छाैँ ।’

    उनले बिजुली बसकाे प्रयाेग गर्न सकिने, बिजुलीबाट खाना पकाउन सकिने भन्दै देश औद्याेगिकरणमा जाने र राेजगारीकाे सिर्जना हुनेसमेत बताए ।

    उनले अब यही कांग्रेस, एमाले र माओवादीलाई पटक-पटक माैका दिइरहने छुट हामीलाई नभएकाे पनि बताए । उनले अब विकल्प खाेज्न जरुरी भएकाे पनि बताए ।

    हेर्नुहाेस् भिडियाे :

  • राप्रपाले स्वतन्त्र व्यक्तिलाई पनि उम्मेदवार बनाउने, यस्ता व्यक्ति बन्न सक्छन् उम्मेदवार

    राप्रपाले स्वतन्त्र व्यक्तिलाई पनि उम्मेदवार बनाउने, यस्ता व्यक्ति बन्न सक्छन् उम्मेदवार

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले स्वतन्त्र व्यक्तिलाई पनि चुनावमा पार्टीको उम्मेदवार बनाउने भएको छ ।

    बुधबार बसेको पदाधिकारीको बैठकले स्वतन्त्र व्यक्तिलाई पनि उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिए ।

    शाहीले भने, ‘उम्मेदवार बन्नका लागि विभिन्न क्षेत्रका लोकप्रिय, उच्च नैतिक चरित्र भएका, सामाजिक क्षेत्रमा क्रियाशील, विकास निर्माण र रचनात्मक कार्यमा सक्रिय रहेको हुनुपर्ने मापदण्ड तय गरिएको छ ।’

    उम्मेदवार हुन पार्टीको सक्रिय सदस्य नरहेको तर कुनै राजनीतिक दल राप्रपामा समाहित भएको, एकीकरण भएको, अन्य राजनीतिक दलमा सक्रिय भइ निर्वाचनका बेला राप्रपामा प्रवेश गरी निर्वाचनमा उम्मेदवार बन्न चाहेको अवस्थामा सम्बन्धित स्थानीय तह परिचालन समितिले निर्णय गरेबमोजिम हुने व्यवस्था गरिएको निर्णयमा उल्लेख छ ।

    यस्ताे छ उम्मेदवारकाे याेग्यता :

     

  • राप्रपाकाे घाेषणा : हलो चुनाव चिन्ह नपाए स्थानीय चुनाव बहिष्कार गर्ने

    राप्रपाकाे घाेषणा : हलो चुनाव चिन्ह नपाए स्थानीय चुनाव बहिष्कार गर्ने

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले हलो चुनाव चिन्ह नपाएको खण्डमा आसन्न स्थानीय चुनाव बहिष्कार गर्ने भएको छ ।

    आइतबार नेपालगञ्जमा आयोजित आमसभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले यस्ताे घोषणा गरेका हुन् ।

    लिङदेनकाे भनाइ उद्दृत गरी पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले भने, ‘राष्ट्रिय पार्टी नभएको बहानामा हामीलाई चुनाव चिन्हबाट वञ्चित गर्ने षडयन्त्र भएको छ । यदि निर्वाचन आयोगले हामीलाई हलो चुनाव चिन्ह नदिएको खण्डमा हामी स्थानीय चुनावमा भाग लिँदैनौँ ।’

    आयोगले राष्ट्रिय पार्टी नरहेका दलहरुलाई सिंगो चुनाव चिन्ह नदिने नीति लिएपछि साना दलहरु आन्दोलित छन् ।

  • चुनावमा राप्रपाले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको एजेन्डा लिन्छ : प्रवक्ता शाही

    चुनावमा राप्रपाले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको एजेन्डा लिन्छ : प्रवक्ता शाही

    काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले आगामी चुनावमा राप्रपाले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको एजेन्डा अघि सारेको बताएका छन् ।

    बुधबार महेन्द्रनगरमा मिडिया नेपाल कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता शाहीले एजेण्डाबारे जानकारी गराएका हुन् । प्रवक्ता शाहीले मुलुकलाई भ्रष्टाचारमुक्त गराउन प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने बताए ।

    आगामी चुनावमा राप्रपाले संवैधानिक राजतन्त्रसहित प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था बनाउने एजेन्डा लिने पनि उनले जानकारी दिए ।

    एमसीसी राष्ट्रघाती भएको भनी उनले यो कार्यान्वयन हुन नसक्ने जिकीर पनि गरे ।

  • नायिका रेखा थापासहित १४ जना राप्रपाको केन्द्रीय सदस्यमा मनोनीत

    नायिका रेखा थापासहित १४ जना राप्रपाको केन्द्रीय सदस्यमा मनोनीत

    काठमाडाैं । नायिका रेखा थापासहित १४ जना राप्रपाको केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।

    पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम १४ जनालाई केन्द्रीय कार्य समितिको सदस्य पदमा मनोनयन गरेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

    थापा यसअघि एकता महाधिवेशनमा लिङ्देन प्यानलबाट महामन्त्रीको उम्मेदवार रहेकी थिइन् । तर उनी पराजित हुन पुगेकी थिइन् ।

    मनोनीत हुनेहरूमा लीलादेवी श्रेष्ठ-इलाम, विन्दु पौडेल-नवलपुर, रेखा थापा-काठमाडाैं, प्रेक्षा मल्ल-धनुषा, मीना झा-सर्लाही, सन्तोषी शाही ठकुरी-सुर्खेत, स्वाती थापा-रुपन्देही, पुष्पा रजौरिया-कपिलवस्तु, लक्ष्मी तण्डुकार-काठमाडौं, समृद्धि राणा-उदयपुर, मीना न्यौपाने-चितवन, शान्ति माया गुरुङ-धादिङ, जयाकुमारी महतो-सप्तरी र सावित्रा थापा-काठमाडौं रहेका छन् ।

    यसअघि पुस २० मा ३१ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको थियो । योसँगै राप्रपाको केन्द्रीय कार्य समिति १९५ सदस्यीय बनेको छ ।

  • राप्रपाको पाँच प्रदेशस्तरीय विस्तारित बैठक सम्पन्न

    राप्रपाको पाँच प्रदेशस्तरीय विस्तारित बैठक सम्पन्न

    काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पाँच प्रदेशमा प्रदेशस्तरीय विस्तारित बैठक सम्पन्न गरेको छ ।

    गत मङ्सिरमा एकता अधिवेशन सम्पन्न गरेपछि पार्टीले सङ्गठन विस्तारका क्रममा मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हालै बैठक सम्पन्न गरेको महामन्त्री भुवन पाठकले जानकारी दिए । यही फागुन महिनाभित्र प्रदेश नं १ र बागमती प्रदेशमा बैठक सम्पन्न गर्ने कार्य तालिका छ ।

    बैठकमा आसन्न स्थानीय तहको निर्वाचनमा कसरी पार्टीलाई सफल बनाउने, देशभर सङ्गठन विस्तार गरी नेता तथा कार्यकर्तालाई जनताको सेवामा क्रियाशील बनाउनेलगायत विषयमा प्रशिक्षण समेत दिइएको छ ।

    देशैभर रहेका जिल्ला कार्यसमितिमार्फत स्थानीय तहको निर्वाचनका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहेको छ । ती समितिले आसन्न चुनावमा उम्मेदवारको छनोटका लागि कार्यविधि निर्माणका साथै स्थानीय नेताले सङ्गठनको विकासमा पुर्‍याएको योगदानको अभिलेख तयार गरिरहेको छ ।

    समितिले नेताको सक्रियताका साथै जनतामा लोकप्रियता भएको आधारमा केन्द्रमा उम्मेदवार सिफारिस गर्ने छ । त्यसैका आधारमा चुनावमा उम्मेदवार छनोट गरिने छ । पार्टीले सङ्गठन सुदृढिकरणका लागि वडा, नगर, क्षेत्रीय तहका विभिन्न राजनीतिक कार्यक्रम सञ्चालन गरेको छ ।

  • राप्रपाकाे प्रवक्ताकाे जिम्मेवारी ज्ञानेन्द्र शाहीलाई

    राप्रपाकाे प्रवक्ताकाे जिम्मेवारी ज्ञानेन्द्र शाहीलाई

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नवप्रवेशी ज्ञानेन्द्र शाहीलाई पार्टी केन्द्रीय सदस्य र प्रवक्तामा मनोनीत गरेका छन् ।

    ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानका संयोजक शाही शुक्रबार मात्र राप्रपा प्रवेश गरेका थिए । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष लिङ्देनले शाहीलाई पार्टी केन्द्रीय सदस्य र प्रवक्ता मनोनित गरेको घोषणा गरे ।

    शाही नेतृत्वको अभियानमा रहेका हरेकलाई पार्टीमा जिम्मेवारी दिने भन्दै उनले भने, ‘नेता कार्यकर्ता हुनुको केही सीमा हुन्छ, कार्यशैली परिवर्तन गर्नुपर्छ । तर सुशासनको अभियान अझ सशक्त भएर जान्छ ।’

    राप्रपामा यसअघि नै भक्तिप्रसाद सिटौला, मोहन श्रेष्ठ, सगुनसुन्दर लावती र गोपाल दाहाल गरी चारजना प्रवक्ता र अरु तीन जना सहप्रवक्तामा मनोनित भइसकेका छन् ।

  • कमल थापालाई निर्णयमा पुनर्विचार गर्न राप्रपाकाे आग्रह

    कमल थापालाई निर्णयमा पुनर्विचार गर्न राप्रपाकाे आग्रह

    काठमाडाैं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी परित्याग गर्ने पूर्वअध्यक्ष कमल थापालाई निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका छन् ।

    थापाको निर्णयसँगै काठमाडौंमा उपलब्ध पार्टी पदाधिकारीको आकस्मिक बैठकले थापाको निर्णयप्रति दुःख व्यक्त समेत गरेको छ ।

    बैठकपछि प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा थापाको निर्णयलाई ‘अनपेक्षित तथा अप्रत्यासित’ ठहर गरिएको छ । ‘राप्रपाको ऐतिहासिक एकता महाधिवेशनपछि राप्रपाको लोकप्रियतामा बृद्धि तथा राष्ट्रिय शक्तिका रूपमा उदय र विकास भईरहेको समयमा राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाबाट अनपेक्षित तथा अप्रत्यासित रूपमा व्यक्तिगत तवरले पार्टीबाट अलग हुने भनि गरिएको घोषणाप्रति दुःख प्रकट गर्दछौं’,

    विज्ञप्तिमा भनिएको छ, ‘पार्टीबाट अलग हुने उहाँको निर्णयमा पुनर्विचार गर्न राप्रपा अनुरोध गर्दछ ।’

  • पार्टीमा कसैमाथि विभेद गरेको छैन : लिङ्देन

    पार्टीमा कसैमाथि विभेद गरेको छैन : लिङ्देन

    काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय सदस्य मनोनयनमा कुनै पनि विभेद नगरेको स्पष्ट पारेका छन् ।

    बुधबार पार्टी कार्यालय धुम्वाराहीमा मनोनीत केन्द्रीय सदस्यहरुलाई शपथ गराउँदै अध्यक्ष लिङ्देनले आवश्यकताका अनुसार आफूले पार्टीका नेताहरुलाई केन्द्रीय समितिमा ल्याएको बताए ।

    मनोयनका विषयमा केही भ्रम भएको भन्दै उनले आफूले विधान अनुरुप समावेशीतालाई पूर्णता दिने बताए । उनले असन्तुष्ट पक्षलाई समेत समावेश गरेर पार्टीलाई विवादरहित बनाउने उल्लेख गरे ।

    त्यस्तै लिङ्देनले राजसंस्था, हिन्दुराष्ट्रको मुद्दा संगसंगै मुलुकको अन्य मुद्दालाई स्थापित गर्न सदन र सडकमार्फत् संघर्ष गर्ने पनि बताए ।