• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

राप्रपाले स्वतन्त्र व्यक्तिलाई पनि उम्मेदवार बनाउने, यस्ता व्यक्ति बन्न सक्छन् उम्मेदवार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले स्वतन्त्र व्यक्तिलाई पनि चुनावमा पार्टीको उम्मेदवार बनाउने भएको छ ।

बुधबार बसेको पदाधिकारीको बैठकले स्वतन्त्र व्यक्तिलाई पनि उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिए ।

शाहीले भने, ‘उम्मेदवार बन्नका लागि विभिन्न क्षेत्रका लोकप्रिय, उच्च नैतिक चरित्र भएका, सामाजिक क्षेत्रमा क्रियाशील, विकास निर्माण र रचनात्मक कार्यमा सक्रिय रहेको हुनुपर्ने मापदण्ड तय गरिएको छ ।’

उम्मेदवार हुन पार्टीको सक्रिय सदस्य नरहेको तर कुनै राजनीतिक दल राप्रपामा समाहित भएको, एकीकरण भएको, अन्य राजनीतिक दलमा सक्रिय भइ निर्वाचनका बेला राप्रपामा प्रवेश गरी निर्वाचनमा उम्मेदवार बन्न चाहेको अवस्थामा सम्बन्धित स्थानीय तह परिचालन समितिले निर्णय गरेबमोजिम हुने व्यवस्था गरिएको निर्णयमा उल्लेख छ ।

यस्ताे छ उम्मेदवारकाे याेग्यता :