Tag: राष्ट्रपति

  • देशको सांस्कृतिक, सामाजिक र आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरू चुक्नु हुँदैन : राष्ट्रपति पौडेल

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतान्त्रिक शासनप्रणालीको जगमा नै मुलुकको सांस्कृतिक, सामाजिक र आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरू चुक्नु नहुने बताएका छन् ।

    राष्ट्रपति रामचन्द्र पौडेलले गणेशमान सिंह तथा जन आन्दोलन सहिद स्मृति शान्ति प्रतिष्ठानद्वारा शनिबार काठमाडौँमा आयोजित गणेशमान सिंह ११० औँ जन्म जयन्ती तथा अभिनन्दन कार्यक्रमलाई संवोधन गर्दै सो धारणा व्यक्त गरेका हुन् ।

    ‘मानवजीवनमा स्वतन्त्रताको मूल्य सदैव सजीव र शाश्वत हुन्छ । स्वतन्त्रता लोकतन्त्रको आधारभूत र अत्यावश्यक आलोक पनि हो’, उनले भने, ‘लोकतन्त्रको यही आलोकलाई अंगिकार गर्दै हामीले अपनाएको संघीय लोकतान्त्रिक गणतान्त्रिक शासनप्रणालीको जगमा मुलुकको सांस्कृतिक, सामाजिक र आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरू चुक्नुहुँदैन ।’

    मुलुकभित्रै मेरो भाग्य र भविष्य सुनिश्चित छ भनेर सुखद चाहना राख्ने हरेक नेपाली युवाको सपना साकार पार्ने अनि यो कुरा यही व्यवस्थामै संभव छ भनेर जनतालाई भरोसा जगाउन सक्नु नै अहिलेको आवश्यकता भएको उनको भनाइ थियो ।

    ‘त्यसको लागि मुलुकमा देखिने भ्रष्टाचार, विकृति र विसंगति हटाउन जरुरी छ, अवसरबाट वञ्चित, गरीब र पिछडीएका जनताको आवाज र असन्तुष्टि सुनी उनीहरूलाई केन्द्रमा राखेर सरकारका नीति एवम कार्यक्रम तय गरी लागू हुनुपर्दछ, सुशासन र विकास त्यसको आधार हो भने मलाई लाग्दछ’,राष्ट्रपति पौडेलले भने ।

    उनले गणेशमानजीले भनेजस्तो सत्ता चलेको भए आज देखिएका विकृति र विसंगति वेहोर्नुपर्ने थिएन भन्दै तथापि वीपी, गणेशमानले भन्दै आएको निचोडकै रूपमा वर्तमान संविधान प्राप्त गरेको पनि बताए । राष्ट्रपति पौडेलले वीपीले गणेशमानका बारेमा भन्ने गरेको कुरा स्मरण गर्दै भने, ‘गणेशमानजी साहसी वीर र संघर्षशील त हुनुहुन्थ्यो नै, भविष्य द्रष्टा पनि हुनुहुन्थ्यो ।’

    नेपालमा लोकतन्त्र स्थापना र पुनस्थापनामा गणेशमान सिंहको योगदान उच्च रहेको उनले बताए । ‘दृढ विचार, साहस र त्याग सिंहको समग्र व्यक्तित्वको सार हो, लोकतान्त्रिक सिद्वान्त, मूल्य मान्यता र निष्ठालाई आफ्नो जीवनशैली मान्नुहुने उहाँले यसको मूल्यमा कहिल्यै कुनै सौदावाजी गर्नुभएन, सिंहको त्यही सद्गुण नै लोकतन्त्रप्रेमीहरूको लागि आज पनि उत्तिकै प्रेरणापुञ्ज हो भन्ने मलाई लाग्दछ’, राष्ट्रपति पौडेलले भने ।

    उनले पद पाउन पद्धति मिच्ने र आफ्नो स्वार्थपूर्ति गर्न लोकतन्त्रको आधारभूत मूल्य मान्यता कुल्चने प्रवृत्ति लोकतन्त्रको लागि हितकार हुन नसक्ने बताए ।

    सो अवसरमा राष्ट्रपति पौडेलले नेपालको लोकतान्त्रिक आन्दोलन, मानव अधिकार र स्वतन्त्रताका पक्षमा महत्वपूर्ण योगदान गर्दै मानवअधिकारवादी नेता कपिल श्रेष्ठलाई जनआन्दोलन स्वर्ण पदकबाट सम्मान गरेका हुन् ।

  • संविधान र सर्वोच्च अदालतको सिद्धान्तबमोजिम नागरिकता विधेयक प्रमाणीकरण गरेकाे छु : राष्ट्रपति पाैडेल

    संविधान र सर्वोच्च अदालतको सिद्धान्तबमोजिम नागरिकता विधेयक प्रमाणीकरण गरेकाे छु : राष्ट्रपति पाैडेल

    काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेललले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

    बुधबार विज्ञप्ति जारी गरी विधेयक प्रमाणीकरण गरिएको जानकारी दिइएको हो ।

    विज्ञप्तिमा राष्ट्रपति पौडेलले भनेका छन्, ‘मिति २०७९/०४/१५ मा प्रस्तुत नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ संघीय संसद्‌को दुवै सदनबाट पारित भई प्रतिनिधि सभाका तत्कालीन सभामुखज्यूबाट मिति २०७९/०४/१५ मा प्रमाणित गरी तत्कालीन राष्ट्रपतिज्यूसमक्ष प्रमाणीकरणका लागि पेस भएकोमा केही विषयहरूमा ध्यानाकर्षणसहित पुर्नविचारका लागि संघीय संसद्‌मा फिर्ता पठाइएकोमा ध्यानाकर्षण गराइएका विषयहरूमा संघीय संसद्‌का दुवै सदनमा छलफल गरी प्रमाणीकरणका लागि पुनः २०७९/०५/२० गते राष्ट्रपतिज्यूसमक्ष पठाइएकोमा हालसम्म उक्त विधेयक ऐन बन्नको लागि प्रमाणीकरण नभएकोले विभिन्न अवस्था र स्थितिसमेत उल्लेख गरी सोही विधेयक प्रमाणीकरणका लागि भनी नेपाल सरकार, मन्त्रिपरिषद् बैठकको मिति २०८०/०२/१२ को निर्णयले उक्त विधेयक प्रमाणीकरण गर्न मिति २०८०/०२/१२ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको म‍.बै. ३२१/६९७४ को पत्रबाट लेखी आएकोमा नेपालको संविधानको धारा ६१ को उपधारा (२) (३) (४) र धारा ६६ एवम् सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तसमेत बमोजिम विधेयक प्रमाणीकरण गरेको छु ।’

     

  • खेलाडीको मनोबल बढाउन सरकारले ध्यान दिनुपर्छ : राष्ट्रपति पौडेल

    खेलाडीको मनोबल बढाउन सरकारले ध्यान दिनुपर्छ : राष्ट्रपति पौडेल

    काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलाडीको मनोबल बढाउन सरकारले ध्यान दिनुपर्ने बताएका छन् ।

    विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएकामा नेपाली खेलाडीलाई बधाई तथा शुभकामना दिन राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा उनले देशको सान राख्न खेलकुद क्षेत्रमा पूर्वाधार बढाउनुपर्ने जिकिर गरे ।

    राष्ट्रपति पौडेलले नेपाली क्रिकेट टोलीले देशको इज्जत र गौरव बढाएको बताए । उनले नेपालमा खेलकुद क्षेत्रमा पूर्वाधारको कमी रहेको उल्लेख गरी यस्तो परिस्थितिमा पनि क्रिकेट टोलीले ऐतिहासिक सफलता प्राप्त गरेकामा प्रसन्नता व्यक्त गरे । नेपाली क्रिकेट खेलाडीको प्रदर्शनबाट मनभित्रैबाट आनन्द मिलेको उनले बताए ।

    ‘मैले नेपालले खेलेको बिहीबारको खेल हेरेँ । असाध्यै राम्रो खेल थियो । दर्शकहरू पनि प्रफुल्ल हुनुहुन्थ्यो’, उनले भने, ‘यस्तो ठूलो सफलता प्राप्त गर्नुभएको छ, यो ठूलो कुरा हो । खेललाई राज्यले उपेक्षित क्षेत्रमा राख्नु हुँदैन ।’

    उक्त अवसरमा राष्ट्रपति पौडेलले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएकामा नेपाली खेलाडीलाई बधाई दिए । उनले आगामी दिनमा थप सफलताको कामनासमेत गरे ।

    बधाई तथा सम्मान समारोहमा नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले प्रधानमन्त्री पुष्मकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान खेलाडीलाई पुरस्कृत गर्नुभएको प्रसङ्ग उल्लेख गर्दै यसबाट नेपाली क्रिकेट टोलीको मनोबल थप बढेको बताए ।

    ‘प्रधानमन्त्रीज्यूले क्रिकेट खेल र खलाडीको स्तर वृद्धिका लागि सक्दो सहयोग गर्ने आश्वासन दिनुभएको छ’, उनले भने । खेलाडीको मेहनत मात्र सबैथोक नभएको जिकिर गर्दै अध्यक्ष चन्दले पर्याप्त सहयोगका लागि पहल गरिदिन राष्ट्रपति पौडेलसमक्ष आग्रह गरे । आगामी दिनमा टेष्ट मान्यताप्राप्त देशसित खेल्दा नेपालको क्रिकेटको स्तर बढ्ने उनले बताए ।

    सरकारको प्राथमिकतामा खेल क्षेत्र पर्नुपर्ने अध्यक्ष चन्दको भनाइ थियो । खेलमा पूर्वाधारको अभाव सधैँ खड्किने गरेको उल्लेख गर्दै उनले कीर्तिपुर क्रिकेट मैदानको अवस्थाबारे राष्ट्रपति पौडेललाई अवगत गराए ।

    कीर्तिपुर क्रिकेट मैदान भित्र र बाहिर गरी झण्डै ३० हजार दर्शकले खेलाडीको हौसला बढाएकामा धन्यवाद दिँदै उनले खेलप्रेमी र शुभचिन्तकको साथले क्रिकेटमा राम्रो गर्न सकेको बताए ।

    ‘मैदानभित्र बस्ने ठाउँ नभएर दर्शकले बाहिरबाटै साथ दिनुभयो, यसबाट नेपालमा दर्शकको क्रिकेटप्रतिको माया कति रहेछ भन्ने प्रष्ट हुन्छ’, अध्यक्ष चन्दले भने ।

    उक्त अवसरमा क्यान सचिव दुर्गाराज पाठकले राष्ट्रपति पौडलसमक्ष क्रिकेट खेलाडी तथा पदाधिकारीको परिचय गराएका थिए ।

    यसअघि आजै बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विजेता खेलाडीलाई सरकारी निवास बालुवाटारमा बोलाएर सम्मान गर्दै विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीलाई जनही रु तीन लाखबाट पुरस्कृत गर्ने घोषणा गरेका थिए । रासस

  • राष्ट्रपतिको परराष्ट्र सल्लाहकारमा चालिसे, निजी सचिव अधिकारी

    राष्ट्रपतिको परराष्ट्र सल्लाहकारमा चालिसे, निजी सचिव अधिकारी

    काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलको परराष्ट्र मामिला सल्लाहकारमा डा. सुरेशचन्द्र चालिसे नियुक्त भएका छन् ।

    शीतल निवासका अनुसार राष्ट्रपतिको निजी सचिवमा चिरञ्जीवी अधिकारीलाई नियुक्त गरिएको छ ।

    चालिसे पूर्व राजदूत हुन् । चालिसे पूर्व प्रधानमन्त्री सुशील कोइरालाको परराष्ट्र सल्लाहकार समेत थिए ।

    सपथ लिएको दोश्रो दिन राष्ट्रपति पौडेलले दुई जनालाई नियुक्त गरेका हुन् ।

  • रामचन्द्र पौडेलले दिए सांसदबाट राजीनामा

    रामचन्द्र पौडेलले दिए सांसदबाट राजीनामा

    काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सांसदबाट राजीनामा दिएका छन् ।

    उनले सभामुखसमक्ष सोमबार राजीनामा पत्र बुझाएका हुन् । गत मंसिर ४ को निर्वाचनमा पौडेल तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा विजयी भएका थिए ।

    कांग्रेस वरिष्ठ नेता रहेका उनले आइतबार पार्टीको साधारण सदस्यतासमेत त्यागिसकेका छन् । फागुन २५ मा राष्ट्रपति निर्वाचित भएका उनले आज पद तथा गोपनीयताको शपथ लिन लागेका छन् ।

  • महिला सशक्तीकरण र लैङ्गिक समानतामा हासिल गरेको उपलब्धि विशिष्ट छ : राष्ट्रपति भण्डारी

    महिला सशक्तीकरण र लैङ्गिक समानतामा हासिल गरेको उपलब्धि विशिष्ट छ : राष्ट्रपति भण्डारी

    काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले महिला सशक्तीकरण र लैङ्गिक समानताका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि विश्व महिला आन्दोलनकै निम्ति विशिष्ट रहेको बताएकी छिन् ।

    राष्ट्रपति भण्डारीले ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै उक्त कुरा बताएकी हुन् ।

    ‘महिला सशक्तीकरण र लैङ्गिक समानताका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि विश्व महिला आन्दोलनकै निम्ति विशिष्ट रहेको छ, यद्यपि महिलाको नेतृत्व विकास, अवसरको समतामूलक उपलब्धता र वितरण तथा आर्थिक प्रगतिका क्षेत्रमा तय गर्नुपर्ने लामो यात्रा बाँकी नै छ’, शुभकामना सन्देशमा भनिएको छ, ‘यस सन्दर्भमा महिलाको सहभागिता र प्रतिनिधित्व गर्न संविधानमार्फत हामीले व्यवस्था गरेका संरचनात्मक आधारले सकारात्मक परिणाम ल्याउन थालेको पक्षलाई हृदयङ्गम गर्नु सान्दर्भिक हुन्छ, यसको फलस्वरूप मुलुकका तीनै तहका सरकार, संसद् र नीति निर्माणका निकायमा महिलाको भूमिका सुदृढ हुँदै गएको छ, यसबाट नेपाली महिलाको प्रतिष्ठा क्रमशः अभिवृद्धि हुँदै गएको छ भन्ने मलाई लाग्दछ ।’

    अन्तर्राष्ट्रिय महिला दिवसले महिलाविरूद्ध हुने सबै प्रकारका हिंसा, विभेद, उत्पीडन एवं समाजमा विद्यमान विकृत प्रथा र परम्परालाई निर्मूल गर्दै समानता र न्याय सुनिश्चित गर्न सबैमा थप ऊर्जा र उत्साह प्राप्त हुने विश्वाससहित शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले महिला सशक्तीकरण, प्रतिनिधित्व र सहभागितालाई लैङ्गिक समानता हासिल गर्ने प्रमुख माध्यमका रूपमा लिनुपर्नेमा जोड दिकी छिन् ।

    ‘राष्ट्र, समाज र परिवारप्रतिको अधिकार एवं दायित्वलाई महिला र पुरुष दुवैमा बराबर वितरण हुने परिवेशको निर्माण गर्नु लैङ्गिक समानताको अभिप्राय हो’, सन्देशमा भनिएको छ, ‘त्यसकारण महिला र पुरुष दुवैको साझा सरोकारको विषय भएको हुनाले महिला सशक्तीकरणका निम्ति दुवैको समान र सक्रिय भूमिका आवश्यक रहेकोतर्फ म विशेष जोड दिन चाहन्छु ।’

    अन्तर्राष्ट्रिय महिला दिवसले विश्व महिला आन्दोलनको आरम्भलाई स्मरण गर्दै महिलाको न्यायपूर्ण हक र अधिकारका क्षेत्रमा हालसम्म प्राप्त उपलब्धि संस्थागत गर्न अभिप्रेरित गर्ने विश्वास राष्ट्रपतिले व्यक्त गरेकी छिन् । विज्ञान र प्रविधिको क्षेत्रमा महिलाको पहुँच स्थापित गर्ने उद्देश्यले यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवसका सन्दर्भमा नेपालले ‘लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने राष्ट्रिय सङ्कल्प निर्धारण गरेको छ ।

  • संविधानको रक्षा र जनताको अधिकार संरक्षण गर्ने चुनौति ममाथि आउन लागेकाे छ : रामचन्द्र पौडेल

    संविधानको रक्षा र जनताको अधिकार संरक्षण गर्ने चुनौति ममाथि आउन लागेकाे छ : रामचन्द्र पौडेल

    काठमाडौं । नेपाली कांग्रेसबाट राष्ट्रपतिमा प्रस्तावित रामचन्द्र पौडेलले आफूमाथि संविधानको रक्षा र जनताको अधिकार संरक्षण गर्ने चुनौति आउन लागेको बताएका छन् ।

    पौडेलले नेपालको संविधानको भावना र मर्म अँगालेर लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रलाई संस्थागत गर्न संविधानको रक्षकको हैसियतले आफू लागिपर्ने बताए ।

    ‘मैले प्रथम चरणमा एउटा प्रेरणा पाएको छु कांग्रेसबाट । अहिलेको परिस्थितिमा नेपालको संविधानले नेपाली जनतामा अभूतपुर्व अधिकार दिएको छ । त्यसको रक्षा गर्ने रक्षा गर्ने चुनौति मलाई आउन लागेको छ,’ उनले भने ।

    नेपाली कांग्रेसले मात्र नभएर सबै पार्टीले आफूमाथि सद्भाव र सहानुभूति राखेको पौडेलले बताए । ‘नेपालको राजनीतिक जगतले ममाथि अपार सहानुभूति र सद्भाव राखेको छ । सबै पार्टीका सबै साथीहरुको अपार स्नेह र माया पाएको छु,’ उनले भने ।

    शनिबार बिहान बसेकाे कांग्रेस कार्यसम्पादन समितिकाे बैठकले राष्ट्रपतिमा रामचन्द्र पाैडेललाई उठाउने निर्णय गरेकाे हाे ।

  • राष्ट्रपति पदका लागि नेकपा एमालेबाट सुवास नेम्वाङ उम्मेदवार

    राष्ट्रपति पदका लागि नेकपा एमालेबाट सुवास नेम्वाङ उम्मेदवार

    काठमाडौं । नेकपा एमालेले राष्ट्रपति पदका लागि सुवास नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    शनिबार बिहान ललितपुरस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले राष्ट्रपतिमा नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

    ८ दलीय नयाँ गठबन्धनले राष्ट्रपतिमा कांग्रेसलाई दिने सहमति गरेपछि एमालेले आफ्नो उम्मेदवार उठाएको हो ।

  • राष्ट्रपति निर्वाचनका लागि सहमति जुटाउन ८ दल छलफलमा

    राष्ट्रपति निर्वाचनका लागि सहमति जुटाउन ८ दल छलफलमा

    काठमाडाैं । राष्ट्रपति निर्वाचनका लागि सहमति जुटाउन प्रधानमन्त्री निवास बालुवाटारमा सत्ताको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रसहित ८ दल छलफलमा जुटेका छन् ।

    केहीबेर अघिदेखि जारी वार्तामा माओवादी, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष सहितका नेताहरु सहभागी छन् ।

    बालुवाटार बैठकमा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपा भने सहभागी भएको छैन ।

    राष्ट्रपतिका विषयमा साझा सहमति जुटाउन ८ दल एकै ठाउँ भेला भएका हुन् ।

  • पुरानै गठबन्धन ब्युँतिन लागेको भीम रावलको टिप्पणी

    पुरानै गठबन्धन ब्युँतिन लागेको भीम रावलको टिप्पणी

    काठमाडौं । राष्ट्रपतिको उम्मेदवारका सन्दर्भमा एजेन्डा नमिलेका दलहरूले हाउगुजी बनाएको नेकपा एमालेका नेता भीम रावलले टिप्पणी गरेका छन् ।

    आज सुर्खेतमा आयोजित पत्रकार भेटघाटमा रावलले राष्ट्रपतिका लागि यत्रो समय बैठक बस्नुले पुरानै गठबन्धन ब्युँतिने अवस्था आएको टिप्पणी गरे ।

    व्यक्तिगत स्वार्थ नभएका कम्युनिस्टहरू एक ठाउँमा आउनुपर्ने देशको वर्तमान आवश्यकता भए पनि अहिलेको परिस्थिति ठीक उल्टो भएको रावलको भनाइ छ ।

    वर्तमान गठबन्धनको उल्टो नतिजा देखिन सुरु भएको भन्दै रावलले यो धेरै दिन नटिक्ने बताए ।