संविधान र सर्वोच्च अदालतको सिद्धान्तबमोजिम नागरिकता विधेयक प्रमाणीकरण गरेकाे छु : राष्ट्रपति पाैडेल

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेललले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

बुधबार विज्ञप्ति जारी गरी विधेयक प्रमाणीकरण गरिएको जानकारी दिइएको हो ।

विज्ञप्तिमा राष्ट्रपति पौडेलले भनेका छन्, ‘मिति २०७९/०४/१५ मा प्रस्तुत नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ संघीय संसद्‌को दुवै सदनबाट पारित भई प्रतिनिधि सभाका तत्कालीन सभामुखज्यूबाट मिति २०७९/०४/१५ मा प्रमाणित गरी तत्कालीन राष्ट्रपतिज्यूसमक्ष प्रमाणीकरणका लागि पेस भएकोमा केही विषयहरूमा ध्यानाकर्षणसहित पुर्नविचारका लागि संघीय संसद्‌मा फिर्ता पठाइएकोमा ध्यानाकर्षण गराइएका विषयहरूमा संघीय संसद्‌का दुवै सदनमा छलफल गरी प्रमाणीकरणका लागि पुनः २०७९/०५/२० गते राष्ट्रपतिज्यूसमक्ष पठाइएकोमा हालसम्म उक्त विधेयक ऐन बन्नको लागि प्रमाणीकरण नभएकोले विभिन्न अवस्था र स्थितिसमेत उल्लेख गरी सोही विधेयक प्रमाणीकरणका लागि भनी नेपाल सरकार, मन्त्रिपरिषद् बैठकको मिति २०८०/०२/१२ को निर्णयले उक्त विधेयक प्रमाणीकरण गर्न मिति २०८०/०२/१२ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको म‍.बै. ३२१/६९७४ को पत्रबाट लेखी आएकोमा नेपालको संविधानको धारा ६१ को उपधारा (२) (३) (४) र धारा ६६ एवम् सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तसमेत बमोजिम विधेयक प्रमाणीकरण गरेको छु ।’

 

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७