Tag: रुस-युक्रेन द्वन्द्व

  • पश्चिमी युक्रेनमा रुसी आक्रमण जारी, २२ घाइते

    पश्चिमी युक्रेनमा रुसी आक्रमण जारी, २२ घाइते

    किभ । रुसले युक्रेनी सहर चोरटकिभमा आक्रमण गर्दा कम्तीमा २२ घाइते भएका क्षेत्रीय गभर्नरले आइतबार जनाएका छन् ।

    देशको पश्चिममा पर्ने क्षेत्रमा कम मात्र आक्रमण भएको जनाइएको छ ।

    हिजो स्थानीय समयानुसार साँझ १९ः४६ मा चारवटा क्षेप्यास्त्र प्रहार भएको थियो । ती सबै ब्ल्याक सीबाट प्रहार गरिएको भोलोडिमिर ट्रसले फेसबुकबाट जानकारी दिएका छन् । सबै घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ ।

  • रुसको कब्जामा रहेको युक्रेनको मारिओपोल सहरमा हैजा प्रकाेप

    रुसको कब्जामा रहेको युक्रेनको मारिओपोल सहरमा हैजा प्रकाेप

    काठमाडाैं । युक्रेनी बन्दरगाह सहर मारिओपोलमा हैजा प्रकाेपको जोखिम देखिएको छ । रुसी सेनाको आक्रमणबाट ध्वस्त बनेको मारिओपोल गएको मे महिनामा रुसले कब्जा गरेको थियो ।

    संयुक्त राष्ट्र सङ्घका अनुसार यो सहरमा धेरैजसो पूर्वाधार क्षतिग्रस्त भएका छन् भने पानीमा ढल मिसिएको छ । आक्रमणपछि ज्यान गुमाएकाहरूको शव जम्मा नगरिएको, फोहोर बढेको, पानी तथा खानाबाट हैजा प्रकाेपको जोखिम बढेको राष्ट्र सङ्घले जनाएकाे हो । हैजा दूषित खानेकुरा वा पानीबाट सर्ने गर्छ ।

    शवहरू अझै भग्नावशेषमुनि रहेका र सडेको अवस्थामा रहेका छन् । मारिओपोलमा पहिला पनि हैजा, पखाला र अन्य सङ्क्रामक रोगहरू देखिएको थियो ।

    सम्भावित प्रकोपबाट जोगिन सहर बन्द गरिएको रुसी सेनाले नियुक्त गरेका मेयर भादिम बोयचेन्कोले बताएका बीबीसीले जनाएको छ । त्यहाँ आफूहरूको पहुँच सीमित रहेको युक्रेनको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

  • युक्रेनले भन्याे- दैनिक हाम्रा १०० सैनिक मारिइरहेका छन्

    युक्रेनले भन्याे- दैनिक हाम्रा १०० सैनिक मारिइरहेका छन्

    काठमाडाैं । युक्रेनले रुससँगको युद्धमा दिनदिनै १०० जना जति सैनिक मारिएको बिहीवार स्वीकार गरेको छ ।

    युक्रेनका गृहमन्त्री ओलेक्सी रेज्निकोभले अप्ठ्यारा युद्धहरूमा दिनदिनै १०० सैनिक मारिएको र ५०० जना जति घाइते भएको बताएका हुन् ।

    अग्रमोर्चामा परिस्थिति अत्यन्तै कठिन रहेको उनले बताए ।

    यसअघि युक्रेनले आफ्ना सैनिकहरूलाई पुगेको क्षतिलाई निकै घटाएर अनि रुसी क्षतिलाई बढाइचढाइ गरेर प्रस्तुत गर्ने गरेको थियो ।

  • युक्रेनमाथि ठूलाे झट्का, पश्चिमा देशले दिएकाे हतियार रुसद्वारा नष्ट

    युक्रेनमाथि ठूलाे झट्का, पश्चिमा देशले दिएकाे हतियार रुसद्वारा नष्ट

    काठमाडाैं । रुस र युक्रेनबीच युद्ध सुरु भएको तीन महिनाभन्दा बढी भइसकेको छ । याे अवधिमा रुसले युक्रेनको ठूलो भूभाग कब्जा गरेको छ ।

    त्यस्तै धेरै महत्वपूर्ण सहरहरू पनि रुसी सेनाको नियन्त्रणमा आइसकेकाे छ ।

    केही समय अघिमात्र पश्चिमी देशहरूले युक्रेनलाई रुससँग लड्न एड्भान्स हतियार दिएका थिए । युक्रेनले प्राप्त गरेका यी हतियारलाई रुसी सेनाले नष्ट गरेको मिडिया रिपोर्टमा उल्लेख छ । यसले युक्रेनी सेनालाई ठुलो झट्का लागेको मिडिया रिपोर्टमा उल्लेख छ ।

    रुसी सेनाले मंगलबार एक विज्ञप्ति जारी गरी युक्रेनमा गरेको पछिल्लो आक्रमणमा पश्चिमी देशहरूबाट प्राप्त भएका हतियारहरु नष्ट गरेको जनाएको छ ।

    मेजर जनरल इगोर कोनाशेन्कोभले मंगलबार भनेका छन्,‘रुसले युक्रेनले नर्वेबाट प्राप्त गरेको होविट्जर तोप र अमेरिकाबाट प्राप्त अन्य दुई तोप प्रणाली नष्ट गरेको छ ।’

  • अमेरिकाले युक्रेनलाई रुससम्म पुग्ने रकेट नदिने

    अमेरिकाले युक्रेनलाई रुससम्म पुग्ने रकेट नदिने

    अमेरिका । अमेरिकाले युक्रेनलाई रुससम्म पुग्ने रकेट नदिने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले यसबारे जानकारी दिएका हुन् ।

    बाइडेन प्रशासनले अत्याधुनिक लामो दुरीको रकेट किभ पठाउने समाचार प्रकाशित भएपछि अमेरिकी राष्ट्रपतिले सो कुराको खण्डन गरेका हुन् ।

    युक्रेनका अधिकारीहरुले ‘मल्टिपल लञ्च रकेट सिस्टम’ (एमएलआरएस) नाम गरेको लामो दुरीको रेकट माग गरेका छन् । यसबाट सयौँ किलोमिटर लामो दुरीसम्म एकैपटक थुप्रै रकेट प्रहार गर्न सकिन्छ ।

    सीएनएन र वासिङटन पोष्टले शुक्रबार बाइडेन प्रशासनले एमएलआरएस र हाइ मोबिलिटी रकेट सिस्टम (एचआईएमएआरएस) युक्रेन पठाउने तयारी गरिरहेको समाचार प्रकाशन गरेको थियो ।

  • खार्किभमा रुसले पुनः थाल्यो गोलीबारी, ८ जनाकाे मृत्यु

    खार्किभमा रुसले पुनः थाल्यो गोलीबारी, ८ जनाकाे मृत्यु

    काठमाडाैं । युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा दुई हप्ताको शान्तिपछि बिहीवार रुसले भीषण गोलीबारी गरेको छ । त्यसमा परी आठजनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

    युक्रेनका प्रहरी प्रमुखले दिएको जानकारी अनुसार, मृतकमा पाँच महिनाको बच्चा र उसका पिता पनि छन् । आक्रमण भएको बेलामा उनीहरू सडकमा हिँडिरहेका थिए । बच्चाकी आमा गम्भीर घाइते भएकी छन् ।

    उक्त क्षेत्रका गभर्नर ओलेह सिनेहुबोवले रुसको ग्रिनेड लोन्चर तथा तोप आक्रमणका कारण वरपरका क्षेत्रहरूमा पनि असर परेको छ । खार्किभ नजिकको दरगाछी शहरमा एक अन्य व्यक्तिको मृत्यु भएको छ ।

    रुस र युक्रेनबीच ९३ दिनदेखि युद्ध भइरहेकाे छ । लडाइँको अन्तिम परिणाम आउने टुंगो छैन ।

     

  • युक्रेनमा पश्चिमी हतियारको ‘ठूलो’ ढुवानी नष्ट गरेको रुसको दाबी

    युक्रेनमा पश्चिमी हतियारको ‘ठूलो’ ढुवानी नष्ट गरेको रुसको दाबी

    किभ । मस्कोको सेनाले उत्तरपश्चिमी युक्रेनमा लामो दूरीका मिसाइलहरू सहित पश्चिमी-आपूर्ति गरिएका हतियारको ठूलो ढुवानी नष्ट गरेको रुसी रक्षा मन्त्रालयले शनिबार बताएको छ ।

    संयुक्त राज्य अमेरिका र युरोपेली देशहरूबाट पठाइएका उच्च सटीक लामो दूरीका समुद्रमा-आधारित हतियार र सैन्य उपकरणहरूको ठूलो मात्रा ज़ाइटोमिर क्षेत्रको मालिन रेलवे स्टेशन नजिकै नष्ट गरिएको मन्त्रालयले पुष्टि गरेको हाे ।

  • युक्रेनको मारिओपल शहर कब्जा गरेको रुसकाे घोषणा

    युक्रेनको मारिओपल शहर कब्जा गरेको रुसकाे घोषणा

    काठमाडौं । युक्रेनको मारिओपल शहरमा कब्जा गरेको रुसले घोषणा गरेको छ ।

    युक्रेनको बन्दरगाह शहर मारिओपल कब्जा गर्न रुसी सेना निरन्तर लडिरहेको थियो । ५ सय ३१ युक्रेनी सैनिकले सो क्षेत्र छोडेपछि शहर र स्टिल प्लान्टमा विजय प्राप्त गरेको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।

    युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले शुक्रबार त्यहाँ रहेका अन्तिम रक्षकलाई ठाउँ छोड्न अनुमति दिएका छन् ।

    मारिओपल शहरको स्टिल कारखाना रुसी सेनाको घेराबन्दीका कारण फसेका आफ्ना सयौँ नागरिक र सैनिकको ज्यान बचाउन ठाउँ छोड्ने अनुमति दिएको युक्रेनका राष्ट्रपति जेलेन्स्कीले उल्लेख गरेका छन् ।

    रुसले सो क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिन गरेको महिनौँको हमलाका कारण मारिओपल शहर ध्वस्त भएको छ ।

  • मारिओपोलको स्टिल कारखानामा फसेका सयौँ युक्रेनी लडाकुको उद्धार

    मारिओपोलको स्टिल कारखानामा फसेका सयौँ युक्रेनी लडाकुको उद्धार

    किभ । युक्रेनले मारिओपोलको एजोभस्टाल स्टिल कारखानामा दुई महिनाभन्दा बढी समयदेखि फसेका आफ्ना सयौं लडाकुलाई बाहिर निकालेको पुष्टि गरेको छ । घाइते ५३ जना सैनिकलाई रुस समर्थित विद्रोहीको कब्जामा रहेको नोभोआजोभस्क सहरमा लगिएको युक्रेनी उपरक्षा मन्त्री हन्ना मलियारल बताइन् ।

    अरु २११ लाई मानवीय कोरिडोर प्रयोग गरेर विद्रोही नियन्त्रित अर्को सहर ओलेनिभका पठाइएको उनले बताइन । घाइते सैनिकहरूलाई त्यहाँबाट बाहिर निकाल्न रुससँग सम्झौता भएको रुसले यसअघि बताएको थियो ।

    घेराबन्दी गरिएको कारखाना नि लुकेका युक्रेनी लडाकुहरू बोकेका करिब एक दर्जन बसहरू सोमबार साँझ दक्षिणी बन्दरगाह सहरको विशाल औद्योगिक क्षेत्रबाट बाहिर निस्किएको रोयटर्सले जनाएको छ ।

    घाइते युक्रेनी सैनिकहरूलाई कारखानाबाट बाहिर निकालिएको भिडियो फुटेज रूसी सञ्चार माध्यमहरूले पनि पोस्ट गरेका छन् ।

    आफ्ना लडाकुहरू रिहा भएपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मंगलबार राति युक्रेनी सेना, गुप्तचर निकाय, वार्ताकार टोली, रेडक्रस र राष्ट्रसंघका प्रतिनिधिलाई सम्बोधन गरेका थिए ।

  • पुटिन युक्रेनमा लामो युद्धको तयारीमा छन् : अमेरिकी गुप्तचर निकाय

    पुटिन युक्रेनमा लामो युद्धको तयारीमा छन् : अमेरिकी गुप्तचर निकाय

    न्युयोर्क । रुसले पूर्वी युक्रेनमा जित हासिल गरे पनि द्वन्द्व अन्त्य नहुने र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनमा लामो युद्धको तयारीमा रहेको अमेरिकी गुप्तचर निकायले चेतावनी दिएको छ । पूर्वी युक्रेनमा रुसले भीषण हमला गरिरहेका बेला गुप्तचर निकायले यस्तो चेतावनी दिएको हो ।

    राजधानी किभ कब्जा गर्ने रुसी सेनाको प्रयासको युक्रेनले प्रतिरोध गरेपछि मस्कोले दोनबास क्षेत्र कब्जा गर्न आफ्ना सेनाहरूलाई पुनः केन्द्रित गरेको छ ।

    मंगलबार अमेरिकी सिनेट समितिको सुनुवाइमा राष्ट्रिय खुफिया निर्देशक एभ्रिल हेन्सले पुटिन अझै पनि ‘दोनबासभन्दा बाहिरका लक्ष्यहरू हासिल गर्न’ खोजेको तर उनले ‘आफ्नो महत्वाकांक्षा र रुसको वर्तमान परम्परागत सैन्य क्षमतबीचको बेमेलको सामना गरिरहेको बताइन् ।

    सो सुनुवाईमा रक्षा गुप्तचर निकायका निर्देशक स्कट बेरियरले रुसी र युक्रेनीहरू ‘अलिकति गतिरोधमा’ रहेको बताए । पछिल्लो युद्धमा युक्रेनले उत्तरपूर्वी खार्किभ क्षेत्रका चारवटा बस्तीहरू पुनः कब्जा गरेको दाबी गरेको छ ।

    चेर्कासी तिश्की, रुस्की तिस्की, रुबिज्ने र बायराक सबैलाई रसियाबाट फिर्ता लिएको रुसी सेनाको भनाइ छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सफलताले रुसी सेनालाई बिस्तारै खार्किभबाट बाहिर धकेलिरहेको बताएका छन् । खार्किभमा युद्ध सुरु भएदेखि नै लामो समयदेखि बमबारी भइरहेको छ ।