• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

पश्चिमी युक्रेनमा रुसी आक्रमण जारी, २२ घाइते

किभ । रुसले युक्रेनी सहर चोरटकिभमा आक्रमण गर्दा कम्तीमा २२ घाइते भएका क्षेत्रीय गभर्नरले आइतबार जनाएका छन् ।

देशको पश्चिममा पर्ने क्षेत्रमा कम मात्र आक्रमण भएको जनाइएको छ ।

हिजो स्थानीय समयानुसार साँझ १९ः४६ मा चारवटा क्षेप्यास्त्र प्रहार भएको थियो । ती सबै ब्ल्याक सीबाट प्रहार गरिएको भोलोडिमिर ट्रसले फेसबुकबाट जानकारी दिएका छन् । सबै घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ ।