Tag: रेखा थापा

  • माेरङ-३ मा कांग्रेसका सुनिल शर्मा विजयी, रेखा थापाले कति पाइन् मत ?

    माेरङ-३ मा कांग्रेसका सुनिल शर्मा विजयी, रेखा थापाले कति पाइन् मत ?

    मोरङ । मोरङको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेस उम्मेदवार डाक्टर शुनिल शर्मा विजयी भएका छन् ।

    एमाले उम्मेदवार भानुभक्त ढकाल र राप्रपाकी रेखा थापालाई फराकिलो मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।

    शर्माले ४८ हजार ६३१ मत ल्याएर विजयी हुँदा ढकालले २५ हजार ८९५ मत मात्रै पाए । राप्रपाबाट उम्मेदवार बनेकी रेखा थापाले १० हजार ९८८ मत ल्याएर तेस्रोमा सीमित भइन् ।

  • रेखा थापा राप्रपाको कार्यसम्पादन समिति सदस्यमा मनोनित

    रेखा थापा राप्रपाको कार्यसम्पादन समिति सदस्यमा मनोनित

    काठमाडौं । अभिनेत्री रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनित भएकी छन् ।

    मंगलबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले थापालाई केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनयन गरेका हुन् ।

    गत मंसिरमा भएको पार्टीको अधिवेशनमा थापा लिङ्देन समूहबाट महामन्त्रीको उम्मेदवार थिइन् । तर उनी कुन्तीकुमारी शाहीसँग पराजित भएकी थिइन् ।

    पार्टी अध्यक्ष लिङ्देनले थापालाई यसअघि केन्द्रीय सदस्यमा मनोनित गरेका थिए ।

  • मोरङ-३ बाट रेखा थापाले उम्मेदवारी दिने

    मोरङ-३ बाट रेखा थापाले उम्मेदवारी दिने

    काठमाडौं । कलाकार रेखा थापाले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)बाट उम्मेदवारी दिने भएकी छन् ।

    राप्रपाकी केन्द्रीय सदस्य थापाले मोरङ–३ बाट उम्मेदवारी दिने भएकी छन् । यसलाई राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले पुष्टि गरेका छन् । ‘मोरङ–३ बाट रेखा थापाको उम्मेदवारी पर्ने सम्भावना बलियो छ,’ उनले न्युज कारखानासँग भने ।

    गत मंसिरमा सम्पन्न राप्रपाको महाअधिवेशनमा महामन्त्री पदमा थापाले उम्मेदवारी दिएकी थिइन् । तर, उनी कुन्ती शाहीसँग पराजित हुन पुगिन् ।

    अब आगामी ४ मंसिरमा हुने प्रतिनिसिसभा सदस्यमा निर्वाचनमा उनी प्रत्यक्षबाट उठ्न लागेकी हुन् । २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा मोरङ–३ बाट एमालेका भानुभक्त ढकाल निर्वाचित भएका थिए ।

  • थापा र पुनसँग जम्काभेटपछि भट्टराईकाे ठट्टा- नलाऊ माया दुईतिर…भनेर गीत गाउनेहरू तीनतिर भइयो

    थापा र पुनसँग जम्काभेटपछि भट्टराईकाे ठट्टा- नलाऊ माया दुईतिर…भनेर गीत गाउनेहरू तीनतिर भइयो

    काठमाडाैं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गरी ठट्टा गरेका छन् ।

    आफूसँग माओवादी केन्द्रका नेता वर्षमान पुन र राप्रपा नेतृ रेखा थापाबीच सोमबार विमानस्थलमा जम्काभेट भएपछिकाे तस्बिर शेयर गरी उनले ठट्टा गरेका हुन् ।

    विमानस्थलमा तीन जना एक साथ बसेको सेयर गर्दै भट्टराईले लेखेका छन्- ‘नलाऊ माया दुइतिर..’ भनेर गीत गाउनेहरू तीनतिर पो भइयो भन्ने हाँसो पनि चल्यो !’

    एक ताका माओवादीमै रहेका तीनै जनाबीचको जम्काभेटपछि बाबुरामले यस्ताे ठट्टा गरेका हुन् । अहिले उनीहरु तीन जना तीन पार्टीमा आवद्ध छन् । पुन माओवादीमै रहे पनि भट्टराई जसपा र रेखा थापा राप्रमामा लागेकी छन् ।

  • रेखा थापाको प्रश्न : मेरा दाजुभाई हरेक दिन विदेशिन बाध्य छन्, के यही हो गणतन्त्र ?

    रेखा थापाको प्रश्न : मेरा दाजुभाई हरेक दिन विदेशिन बाध्य छन्, के यही हो गणतन्त्र ?

    काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेतृ तथा अभिनेतृ रेखा थापाले नेपाली जनताहरु अहिलेकाे नेतृत्वबाट साँच्चै आजित भएकाे हाे भने अब एकपटक राप्रपालाई विश्वास गर्न आग्रह गरेकी छन् । काठमाडाैंमा आयाेजित राप्रपा पार्टी प्रवेश कार्यक्रममा उनले राप्रपामा युवा नेतृत्व आएकाे र यसले देशमा परिवर्तन ल्याउन सम्भव भएकाे बताएकी हुन् ।

    उनले देशमा बलात्कार हत्या हिंसाजस्ता जघन्य अपराध बढीरहेकाे उल्लेख गरी अब पनि हामी यही व्यवस्थामा बसिरहने भनी प्रश्न पनि गरिन् । उनले भनिन् ‘यत्रो समय लडेर ल्याएकाे गणतन्त्रले के दियाे ? अहिले दिनप्रतिदिन बलात्कार, हत्याहिंसाका घटना बढिरहेका छन् । कयाैँ दाजुभाइ विदेशिन बाध्य छन् । यही हाे गणतन्त्र ?’

    उनले अब परिवर्तन हुनुपर्ने र अब राप्रपाले परिवर्तन सम्भव गर्ने दाबी पनि गरिन् । उनले प्रचण्ड, ओली र शेरबहादुर देउवा राजाभन्दा बढी निरंकुश भएकाे बताइन् । उनले प्रश्न गरिन् ‘राजतन्त्र निरंकुश थियाे कि अहिले ? विचारकाे बन्दी बनाएका छन् उनीहरुले ।’

    उनले राप्रपाकाे हिजाेकाे नेतृत्वले धाेका दिएकाे पनि बताइन् । कमल थापाले गाई बेचेर राप्रपा पार्टी कमजाेर बनेकाे पनि उनकाे भनाइ थियाे । उनले भनिन् ‘हामीले अरु पार्टीका नेताहरुलाई मात्र हाेइन आफ्नै पार्टीमा भएकाे कमल थापा पनि जिम्मेवार छन् । थापाकै कारण राप्रपा कमजाेर भयाे ।’

    भिडिओ

  • रेखा थापाकाे गुनासाे : चाेकचाेकमा गल्लीगल्लीमा न्यायाधीश र वकिल जन्मिए

    रेखा थापाकाे गुनासाे : चाेकचाेकमा गल्लीगल्लीमा न्यायाधीश र वकिल जन्मिए

    काठमाडौं । अभिनेत्री रेखा थापाले नबालिग गायिकाको पक्षमा आफूले बोल्दा समाजबाट दुत्कार सहनुपरेको गुनासो गरेकी छन् । महिला दिवसका सन्दर्भमा आयोजित एक सडक बहस कार्यक्रममा रेखाले यस्ताे गुनासाे गरेकी हुन् ।

    उनले चोकचोकमा र गल्लीगल्लीमा न्यायाधीश र वकिलहरु जन्मिरहेको बताइन् । उनले अब अदालत बन्द गरे पनि हुने भयाे भन्दै चुनाैति पनि दिइन् । उनले भनिन् ‘अब अदालतको काम के त ? हिम्मत छ भने अदालत बन्द गराइदिनुस् ।’

    उनले पीडित नाबालिका हाम्रो समाजको दायित्व हो र उसलाई संरक्षण गर्नुपर्छ भन्दा आफूलाई ‘हार्दिक श्रद्धाञ्जली’ लेखिएकाे भनी दुखेसाे पनि पाेखिन् ।

    जसलाई हिंसा परेर बाहिर निस्केको हुन्छ, त्यै खराब भन्ने होला त ? उनले प्रश्न गरिन् । उनले भनिन्, ‘चेतनाको स्तर कहिले बढ्छ हाम्रो ? महिलालाई श्रृंगारिक वस्तुको रूपमा मात्रै प्रस्तुत गरेर हुन्छ त ? हामी नडराउँ । म नेताको विरुद्धमा पनि जान सक्छु यदि गलत छ भने ।’

    केही दिनअघि थापाले नाबालिग गायिका बलात्कारकाे शिकार बनेकाेबारे पीडितकाे पक्षबाट अभिव्यक्ति दिएकी थिइन् । सामाजिक सञ्जालमा उनीमाथि गाली गलाैज भएकाे थियाे ।

  • पल शाह प्रकरण : गालीगलौज गर्नेविरुद्ध रेखा थापाले दिइन् जाहेरी

    पल शाह प्रकरण : गालीगलौज गर्नेविरुद्ध रेखा थापाले दिइन् जाहेरी

    काठमाडौं । अभिनेत्री रेखा थापालाई गालीगलौज गरेको भन्दै नेपाल प्रहरीको साइबर व्यूरोमा जाहेरी परेको छ ।

    थापाको तर्फबाट उनकी दिदी तारा थापाले ए वान मिडियाविरुद्ध जाहेरी दर्ता गराएकी हुन् ।

    पल शाहविरुद्ध बलात्कारको जाहेरी दिएकी नाबालिक पीडितको पक्षमा बोलेको भन्दै अभिनेत्री थापालाई गालीगालैज गरिएको उजुरीमा उल्लेख छ ।

    व्यूरोका प्रहरी बरिष्ठ उपरीक्षक नवीन्द अर्यालका अनुसार याे विषयमा अनुसन्धान भइरहेकाे छ ।

  • नायिका रेखा थापासहित १४ जना राप्रपाको केन्द्रीय सदस्यमा मनोनीत

    नायिका रेखा थापासहित १४ जना राप्रपाको केन्द्रीय सदस्यमा मनोनीत

    काठमाडाैं । नायिका रेखा थापासहित १४ जना राप्रपाको केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।

    पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम १४ जनालाई केन्द्रीय कार्य समितिको सदस्य पदमा मनोनयन गरेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

    थापा यसअघि एकता महाधिवेशनमा लिङ्देन प्यानलबाट महामन्त्रीको उम्मेदवार रहेकी थिइन् । तर उनी पराजित हुन पुगेकी थिइन् ।

    मनोनीत हुनेहरूमा लीलादेवी श्रेष्ठ-इलाम, विन्दु पौडेल-नवलपुर, रेखा थापा-काठमाडाैं, प्रेक्षा मल्ल-धनुषा, मीना झा-सर्लाही, सन्तोषी शाही ठकुरी-सुर्खेत, स्वाती थापा-रुपन्देही, पुष्पा रजौरिया-कपिलवस्तु, लक्ष्मी तण्डुकार-काठमाडौं, समृद्धि राणा-उदयपुर, मीना न्यौपाने-चितवन, शान्ति माया गुरुङ-धादिङ, जयाकुमारी महतो-सप्तरी र सावित्रा थापा-काठमाडौं रहेका छन् ।

    यसअघि पुस २० मा ३१ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको थियो । योसँगै राप्रपाको केन्द्रीय कार्य समिति १९५ सदस्यीय बनेको छ ।

  • पल शाह पक्राउ प्रकरण : पीडितकाे पक्षमा ऋचा र रेखा, के भने ?

    पल शाह पक्राउ प्रकरण : पीडितकाे पक्षमा ऋचा र रेखा, के भने ?

    काठमाडौं । नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको उजुरी परेपछि अभिनेता पल शाह न्यायिक हिरासतमा छन् । उनी तनहुँ प्रहरीको न्यायिक हिरासतमा छन् ।

    आरोपी शाहको पक्षमा समूहगत आवाज उठिरहँदा अभिनेत्रीहरू पीडितको पक्षमा उभिएका छन् । मंगलबार सार्वजनिक रुपमा अभिनेत्री रेखा थापाले बालिका कानुनतः सबै प्रकारको सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्ने भएकाले उनीहरूको संरक्षण गर्नुपर्ने बताएकी छन् ।

    ‘२० वर्षमुनिका छोरीहरु बालिका हुन् । बालिका कानुनतः सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्दछन् । समाजको भूमिका उनीहरुलाई संरक्षण गर्ने हो,’ आफ्नो आधिकारिक फेसबुक पेजमा अभिनेत्री रेखा लेख्छिन्, ‘को सँग लभ छ ? कति पटक यौन सम्पर्क भयो ? यस्ता नैतिकतावादी कुराको कानुनलाई मतलव हुनु हुँदैन । समाजको आडम्बर त कुरा गरी साध्य छैन । केटी मान्छे भनेपछि दुनियाँ भरी कतै नभएका नैतिक मापदण्ड र हिलो छ्याप्ने चलन लज्जाजनक रुपमा नेपालमा व्याप्त छ ।’

    नायिका ॠचा शर्माले पनि नाबालिग बलात्कार प्रकरणमा मुख खोलेकी छन् । शर्माले १८ वर्षमुनिका नाबालिगसँग यौन सम्बन्ध राख्नु बलात्कार भएको बताएकी छन् ।

    सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर नायिका शर्माले मुलुकी अपराध संहिताका अनुसार १८ वर्ष मुनिकासँग यौन सम्बन्ध राख्नु बलात्कार भएको ठहर्ने बताएकी हुन् । नाबालिगको संरक्षण गर्नु नै कानुनको सम्मान भएको समेत बताउँदै उनले समाजले नाबालिगको विश्वासको हत्या गर्नेको पक्षमा लागेर नाबालिगको चरित्र हत्या गर्न पनि नसक्ने विश्वास व्यक्त गरेकी छन् ।

    कानुनमा कसले, के, कुन अवस्थामा उल्लेख नगरेको कारण नाबालिगको संरक्षणको जिम्मा राज्यको भएको उनको भनाइ छ ।

    ‘मुलुकी अपराध संहिताले भन्छ ‘१८ वर्षमुनिका सँग यौन सम्बन्ध राख्नु बलात्कार हो ।’ कानुनमा कसले, के, कुन अवस्थामा उल्लेख नगरेको कारण नाबालिगको संरक्षणको जिम्मा राज्यको हो । राज्य भनेको हामी पनि त हौँ नि। हैन र ?’, ऋचाले प्रश्नसमेत गरेकी छिन् ।