• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

थापा र पुनसँग जम्काभेटपछि भट्टराईकाे ठट्टा- नलाऊ माया दुईतिर…भनेर गीत गाउनेहरू तीनतिर भइयो

काठमाडाैं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गरी ठट्टा गरेका छन् ।

आफूसँग माओवादी केन्द्रका नेता वर्षमान पुन र राप्रपा नेतृ रेखा थापाबीच सोमबार विमानस्थलमा जम्काभेट भएपछिकाे तस्बिर शेयर गरी उनले ठट्टा गरेका हुन् ।

विमानस्थलमा तीन जना एक साथ बसेको सेयर गर्दै भट्टराईले लेखेका छन्- ‘नलाऊ माया दुइतिर..’ भनेर गीत गाउनेहरू तीनतिर पो भइयो भन्ने हाँसो पनि चल्यो !’

एक ताका माओवादीमै रहेका तीनै जनाबीचको जम्काभेटपछि बाबुरामले यस्ताे ठट्टा गरेका हुन् । अहिले उनीहरु तीन जना तीन पार्टीमा आवद्ध छन् । पुन माओवादीमै रहे पनि भट्टराई जसपा र रेखा थापा राप्रमामा लागेकी छन् ।