Tag: रेशम चाैधरी

  • ‘जनताले डा.सिके राउत र रेशम चौधरी जस्तो उदारवादी नेता खोजेका छन्’

    ‘जनताले डा.सिके राउत र रेशम चौधरी जस्तो उदारवादी नेता खोजेका छन्’

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले जनताका दबिएका आवाजहरु, कमैयाका मुक्तिहरु र वर्गीय संघर्षको आवाज बोल्नुपर्ने समय आएको बताएका छन् ।

    शनिबार केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले सदियौंदेखि आगनमा टेक्न दिइदैन, एउटा मान्छेलाई देवता छुन दिइदैन्, पधेँरोको पानी निकालेर पिउन दिइँदैन् त्यसैले वर्गीय संघर्षको आवाज बोल्नुपर्ने बताएका हुन् ।

    उनले भने, ‘जनताले छल चाहेका छैनन् । जनताले हातेमालो चाहेका छन् । ति जनताले कप्टी नेता खोजेका छैनन्, ति जनताले डा.सिके राउत र रेशम चौधरी जस्तो उदारवादी नेता खोजेका छन् । डा.सिके राउत र मैंले हात रहँदा दुईवटै पार्टीको संरक्षक बनाउने भन्नुभयो । म न त संरक्षक चाहन्छु न त अध्यक्ष नै । म यतिमात्रै चाहन्छु कि दबिएका आवाजहरु, कमैया मुक्ति चाहन्छु । सदियौंदेखि आगनमा टेक्न, देवता छुन र पधेँरोको पानी निकालेर पिउन दिइँदैन् त्यो वर्गीय संघर्षको आवाज रेशम चौधरीले बोल्ने की नबोल्ने ? त्यो बोल्नका लागि एउटा मात्र फोरम भएर हुँदैन रहेछ । देशमा आवाज सुनाउनका निम्ति राजनीतिक फोरम चाहिदोरहेछ ।’

    साथै उनले सुँगुरको मासु खानको लागि खस, आर्य र थारुको वर्गीय विभाजन हुनु हुँदैन साथै देशको संविधानले अधिकार प्राप्तीका लागि पनि खस, आर्य र थारुको अधिकार फरक फरक हुन नहुने बताए । उनले चुनावमा जिते नजिते पनि आफ्नो प्रतिवद्धता थारु समुदायसँग रहेको बताए ।

    उनले भने, ‘म चुनावमा जितौंला, नजितौंला तर मेरो प्रतिवद्धता थारु समुदायसँग छ । यात्रामा साथी गुमाउन चाहँदैनौं । यात्रामा हातेमालो गर्न चाहन्छौं । मान्छेले धेरै कुरा गर्छन् । सुँगुरको मासु खानको लागि खस, आर्य र थारुको वर्गीय विभाजन हुनु हुँदैन । संविधानमा प्रत्येकको अधिकार प्राप्तीका लागि पनि खस, आर्य र थारुको अधिकार फरक फरक हुनुहुँदैन ।’

    थारु र कमैयाहरुको समस्या समाधान गर्न एक्लै सकिदैन : डा.राउत

    यसैगरी जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले कञ्चनपुर जिल्लामा विस्थापित थारुहरु, कमैयाहरु जुन बसिरहेका छन् उनीहरुको जग्गा उपलब्ध गराउन आफू सधैं तत्पर रहने बताए । उनले थारु र कमैयाहरुको समस्या समाधान गर्न एक्लै नसकिने र यसमा मिलेरै जानुपर्ने बताए ।

    उनले भने, ‘हामी सबैजना मिलेर गयौं भने थारु र कमैयाहरुको समस्या समाधान गर्न सक्छौं । आफ्ना मागहरु पूरा गर्न सक्छौं । कञ्चनपुर जिल्लामा विस्थापित थारुहरु, कमैयाहरु जुन बसिरहेका छन् उनीहरुको जग्गा उपलब्ध गराउन म सधैं तत्पर छु ।’

    बैठकमा सिके राउतले नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नागरिक उन्मुक्तिबीच पार्टी एकताको अन्तिम तयारी भएको छ । तराई मधेशको सबैभन्दा ठुलो दल बनाउने दुई पार्टी एकताको लागि सहमत भएका हुन् ।

  • टीकापुर घटनामा अब आफूले बोल्न केही बाँकी नरहेको रेशम चौधरीको प्रष्टोक्ति

    टीकापुर घटनामा अब आफूले बोल्न केही बाँकी नरहेको रेशम चौधरीको प्रष्टोक्ति

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले टीकापुर घटनाको विषयमा अब आफूले बोल्न बाँकी केही नरहेको बताएका छन् ।

    शनिबार महेन्द्र उपाध्यायद्धारा लिखित ‘मिन्झारी’ पुस्तकको विमोचन एवं विमर्श कार्यक्रममा संरक्षक चौधरीले टीकापुर घटनामा आफूलाई मानिसको भन्दा पनि तलको व्यवहार गरिएको भन्दै गुनासो सुनाए ।

    उनले भने ‘टीकापुरको घट्नापछि मलाई मानिसले त्यहि रुपमा चिन्छन् । तर वास्तविकता त्यो होइन । टीकापुरमा जुन दिन सर्वदलीय कार्यक्रम भएको थियो मैले त्यो दिन त्यहाँ गरेको भाषण मात्र सुनेको भए सबैले यस्तो भन्दैन थिए मलाई त्यो घट्नाको स्पष्टीकरण दिनु पनि छैन । मलाई आश्चर्य लाग्छ आफूले आफैलाई धेरै कुराहरु स्वीकार्दा र सुन्दा सुन्दा म पनि मान्छे हुँ भन्नेमा चित्त दुख्छ, अभिव्यक्ति गर्न खोज्छु फेरि सम्झन्छु म त जनप्रतिनिधि हो । समाज मिलाउनु पर्छ ।’

  • रेशम चौधरीलगायतलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस

    काठमाडौं । मन्त्रिपरिषद् बैठकले रेशम चौधरीलगायतलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

    आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

    सोमबार परेको गणतन्त्र दिवसका अवसरमा चौधरीलाई छाड्ने सरकारको योजना छ । यस्तै, बैठकले हाल बन्दी जीवन विताइरहेका विभिन्न व्यक्तिहरुलाई पनि आममाफी र कैद मिनाहा हुनेगरी सिफारिस गरेको छ ।

    यसअघि जेठ १२ मा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीको आममाफी सम्बन्धी प्रस्ताव गृह मन्त्रालयमा फिर्ता पठाएका थिए ।

    चौधरीको आम माफीसम्बन्धी प्रचलित कानुन, सर्वोच्चको फैसला, सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्त विपरीत नहुने गरी कानुन बमोजिम गर्न भनेर राष्ट्रपति कार्यालयले मन्त्रालयमा फाइल फिर्ता गरेको थियो ।

  • रेशम चाैधरीकाे मुद्दामा सर्वाेच्चले बाेलायाे दुवै पक्षलाई

    काठमाडौं । सर्वोच्च अदालतले टिकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरी जोडिएको मुद्दामा दुवै पक्षलाई झिकाउने आदेश दिएको छ ।

    न्यायाधीशहरु टंकबहादुर मोक्तान र डा. मनोजकुमार शर्माको इजलासले पूर्वसांसद रेशम चौधरीको पुनरावेदनमा ‘प्रत्यर्थी झिकाउने’ आदेश गरेको हो ।

    सर्वोच्चले आइतबार नै चौधरीविरुद्ध सरकारले दर्ता गरेको मुद्दामा पनि प्रत्यर्थी झिकाउने नै आदेश भएको छ ।

    ७ भदौ २०७२ मा कैलालीको टिकापुरमा थारुवान आन्दोलनका क्रममा एक नाबालकसहित ८ जना सुरक्षाकर्मीको मृत्यु भएको थियो ।

    सो मुद्दामा जिल्ला अदालत कैलालीले टीकापुर घटनाका मुख्य योजनाकार रहेको ठहर सहित रेशम चौधरीसहित आठ जनालाई जन्मकैदको फैसला सुनाएको थियो, उक्त फैसलालाई उच्च अदालत दिपायलले पनि सदर गरेको थियो ।

  • टीकापुरमा मारिएका इन्स्पेक्टर केशव बोहोराकी श्रीमती भन्छिन्- एसएसपी ढल्दासम्म रेशम चाैधरी त्यहीँ थिए (भिडिओसहित)

    टीकापुरमा मारिएका इन्स्पेक्टर केशव बोहोराकी श्रीमती भन्छिन्- एसएसपी ढल्दासम्म रेशम चाैधरी त्यहीँ थिए (भिडिओसहित)

    काठमाडाैं । टीकापुर घटनामा दाेषी ठहर भएर डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका रेशम चाैधरीलगायत विप्लव नेतृत्वकाे नेकपाका कार्यकर्ता र सीके राउतकाे जनमत पार्टीका कार्यकर्तालाई लाभ हुने गरी सरकारले ल्याउन लागेकाे अध्यादेशकाे यतिबेला सर्वत्र विराेध भइरहेकाे छ ।

    उक्त अध्यादेशकाे सत्ता पक्षमा रहेका केही नेताहरुले पनि खुलेर विराेध गरिरहेका छन् । विराेध गर्नेहरुमा नेपाली कांग्रेकाे युवा नेतृत्व पंक्तिका गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पाैडेललगायतका नेताहरु रहेका छन् ।

    नयाँ संविधानमा प्रस्तावित प्रदेश संरचनालगायतका प्रावधानमा असन्तुष्ट थारू आन्दोलनकारीहरूको आक्रमणमा परी कैलालीको टीकापुरमा नौ जनाको मृत्यु भएको थियो । उक्त आन्दाेलनकाे नेतृत्व रेशम चाैधरीले गरेका थिए ।

    विसं २०७२ भदौमा भएको विरोध प्रदर्शन हिंसात्मक बनेपछि भिडले आक्रमण गरेर नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपाने, इन्स्पेक्टर बलराम विष्ट र केशव बोहोरासहित आठ सुरक्षाकर्मी र एक बालकको पनि ज्यान लिएको थियो ।

    घटनापछि फरार रहेका रेशम चौधरी विसं २०७४ मङ्सिरमा भएको निर्वाचनमा राष्ट्रिय जनता पार्टीबाट सहभागी भएर कैलालीबाट सांसद निर्वाचित भएका थिए ।

    उक्त हत्या अभियोगमा रेशम चौधरीसहित ११ जनालाई दोषी ठहर गर्दै कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला गरेको थियो । यसअघिको मुलुकी ऐन अन्तर्गत जन्मकैदको सजाय पाउनेले २० वर्षसम्म जेल बस्नुपर्ने व्यवस्था छ ।

    अध्यादेश किन ?

    अहिले रेशम चौधरीकी श्रीमती अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभामा तीन सिट जितेको छ । उनका बुबा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका छन् ।

    उनको पार्टीको उदयपछि सत्ताधारी दलका नेताहरूले हालैका साताहरूमा जेलमै पुगेर चौधरीलाई भेटेका थिए । चार सांसद रहेका चौधरीको समर्थन सरकार गठनका लागि जुटाउन उनलाई रिहा गर्न लागिएको आशङ्का गरिएकाे छ ।

    प्रतिनिधिसभा निर्वाचनपछि अहिलेको सत्ता गठबन्धनलाई नयाँ सरकार बनाउन कम्तीमा दुई जना सांसदहरू अपुग देखिन्छ । संसद्‌मा बहुमत पुर्‍याउनका लागि थप दल र सांसदहरूको समर्थन जुटाउन गठबन्धनका नेताहरूले भेटघाट तीव्र बनाएका छन् ।

    मुलुकी ऐनको फौजदारी कार्यविधि संहिताको दफा ११६ ले निश्चित अभियोगमा दोषी ठहर भएकाहरूको मुद्दा फिर्ता लिन मिलापत्र गर्न वा मेलमिलाप गर्न रोक लगाएको छ ।

    जसमा झूट्टा राहदानी वा नागरिकता अध्यागमन भ्रष्ट्राचार मानव बेचबिखन लागूऔषधसहित क्रूर, अमानवीय वा नियन्त्रणमा लिएर ज्यान मारेको जस्ता कसूर समावेश रहेका छन् ।

    के छ पीडितकाे भनाइ ?

    यही विषयमा, तत्कालीन समयमा ज्यान गुमाएका इन्स्पेक्टर केशब बाेहाेराकी श्रीमती शारदा बाेहाेरा यतिबेला सरकारले ‘गम्भीर गल्ती’ गरेकाे बताउँछिन् । उनी भन्छिन्, ‘सरकारले अपराधि जाेगाउने काम गरिरहेकाे छ । याे गर्नु हुँदैन ।’

    उनका अनुसार रेशम चाैधरीले त्याे आन्दाेलनकाे नेतृत्वमात्र गरेका हाेइनन् । उनले याेजनाबद्ध रुपमा हत्या गरेका हुन् । उनी त्याे नरसंहार हुँदा त्यहीँ भएकाे र त्यसपछिमात्र त्यहाँबाट हिँडेकाे उनकाे दाबी छ । उनी भन्छिन्, ‘रेशम चाैधरीले नेतृत्व गरेका मात्र हाेइनन् । अहिले सामाजिक सञ्जालमा चाैधरी त्यतिबेला बाहिर रहेकाे दाबी गरिएकाे भए पनि एसएसपी ढल्दासम्म उनी घटनास्थलमा नै रहेकाे प्रत्यक्षदर्शीले मलाई बताएका छन् ।’

    निशस्त्र प्रहरीमाथि जुन किसिमले प्रहार गरियाे, त्याे दृश्यमा हेर्न र शब्दमा बयान गर्न सकिने किसिमकाे नै छैन । भावुक भएर उनले भनिन्, ‘जुन मैले प्रत्यक्ष रुपमा देखेकाे छु । स्थानीय नागरिक उक्साएर चाैधरीले भाला, सिलाैटाे, लाठीले प्रहार गर्न लगाएका थिए ।’

    यसरी निर्मतापूर्वक हत्यामा संलग्न भनी पुष्टि भएर जेल जीवन बिताइरहेका चाैधरीलाई राजनीतिक स्वार्थका लागि बाहिर निकाल्ने सरकारकाे यस्ताे कदमले प्रहरीहरुकाे मनाेबल कमजाेर हुने र सरकार आफैँ पनि कमजाेर हुने उनकाे बुझाइ छ ।

    ‘अहिले सत्ता गठबन्धनले सरकार बनाउन जुन किसिमकाे कार्य गरेकाे छ याे निन्दनीय छ, यसकाे सर्वत्र विराेध भइरहेकाे छ । सरकार यस किसिमकाे अध्यादेश जारी गर्नबाट पछि हट्नुपर्छ’ उनी भन्छिन् ।

    तत्कालीन घटनकाे मुख्य दाेषी चाैधरी नै भएकाे उनकाे दाबी छ । घटनापश्चात् उनी फरार भएर बस्नु, शीर्ष राजनीतिक दलका नेताहरुसँग त्यतिबेला उनकाे सम्बन्धलगायतका कुरा स्मरण गर्दै उनी भन्छिन्, ‘यदी चाैधरी दाेषी थिएनन् भने, भागेर लुकेर बस्नुकाे कारण के हाे ? दुई दुई पटक अदालतले दाेषी करार गरिसक्दा पनि अहिलेकाे सरकारले दाेषी नदेख्नुकाे कारण के हाे ?’

    विस्तृत भिडिओमा :

  • रञ्जिताले धानिन् रेशमको विरासत,फराकिलाे मतले विजयी

    रञ्जिताले धानिन् रेशमको विरासत,फराकिलाे मतले विजयी

    कैलाली । कैलाली क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रञ्जिता श्रेष्ठ प्रतिनिधि सभा सदस्य निर्वाचित भएकी छन् ।

    नागरिक उन्मुक्ति पार्टीकी अध्यक्षसमेत रहेकी श्रेष्ठले ३० हजार चार सय चार मतसहित निर्वाचित भएका हुन् ।

    यहाँ नेपाली कांग्रेसका उम्मेदवार रामजनम चौधरी पराजित भए । उनले १८ हजार ८१ मत ल्याएका छन् ।

  • रेशम चौधरी भेट्न डिल्लीबजार कारागार पुगे सिके राउत

    रेशम चौधरी भेट्न डिल्लीबजार कारागार पुगे सिके राउत

    काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले डिल्लीबजार कारागार पुगेर रेशम चौधरीलाई भेटेका छन् ।

    राउत आफ्ना पार्टीका अर्का एक नेतासहित बिहीबार कारागार पुगेका थिए । कारागार प्रशासन स्रोतका अनुसार डा. राउतले पाँच मिनेट चौधरीसँग कुराकानी गरेका थिए ।

    भेटका क्रममा भाबी दिनका हुनसक्ने सहकार्यको विषयमा छलफल भएको बताइएको छ ।

    टिकापुर हत्याकाण्डको मुख्य योजनाकार भएको अभियोगमा उनी चाैधरी कारागारमा छन् । चौधरीले जेलमै भएका बेला श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा ‘नागरिक उन्मुक्ति पार्टी’ गठन गरेका छन् ।

  • रेशम चाैधरीले खाेले नयाँ दल, नाम ‘नागरिक उन्मुक्ति पार्टी’

    काठमाडाैं । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)का नेता रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टीको दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।

    चौधरी हाल कारगारमा रहेकाले उनकी श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएको हो । दल दर्ताका लागि भृकुटीमण्डपमा भेला भएर उनीहरू बाजागाजासहित आयोग पुगेका हुन् ।

    पछिल्ला केही दिनयता चौधरीको रिहाइको माग राखेर काठमाडौंमा प्रदर्शन भइरहेको छ । कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरी टीकापुर घटनामा दोषी ठहर गरेपछि उनी अहिले पनि कैद भुक्तानका लागि कारागारमा छन् ।

    अहिले नागरिक उन्मुक्ति पार्टीको नेतृत्व रञ्जिता श्रेष्ठले गर्ने र पछि आफू नै अध्यक्ष रहने गरी पार्टीलाई अघि बढाउने चौधरीको तयारी छ ।