रेशम चाैधरीले खाेले नयाँ दल, नाम ‘नागरिक उन्मुक्ति पार्टी’

काठमाडाैं । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)का नेता रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टीको दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।

चौधरी हाल कारगारमा रहेकाले उनकी श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएको हो । दल दर्ताका लागि भृकुटीमण्डपमा भेला भएर उनीहरू बाजागाजासहित आयोग पुगेका हुन् ।

पछिल्ला केही दिनयता चौधरीको रिहाइको माग राखेर काठमाडौंमा प्रदर्शन भइरहेको छ । कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरी टीकापुर घटनामा दोषी ठहर गरेपछि उनी अहिले पनि कैद भुक्तानका लागि कारागारमा छन् ।

अहिले नागरिक उन्मुक्ति पार्टीको नेतृत्व रञ्जिता श्रेष्ठले गर्ने र पछि आफू नै अध्यक्ष रहने गरी पार्टीलाई अघि बढाउने चौधरीको तयारी छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१