Tag: लिओनल मेस्सी

  • मेस्सी अमेरिकन क्लब इन्टर मियामी जाने, अल-हिलालको आकर्षक प्रस्ताव अस्वीकार

    मेस्सी अमेरिकन क्लब इन्टर मियामी जाने, अल-हिलालको आकर्षक प्रस्ताव अस्वीकार

    काठमाडाैं । पिएसजीसँगको सम्झौता सकिएपछि अर्को क्लबको खोजीमा रहेका अर्जेन्टाइन फरवार्ड लिओनल मेस्सी अमेरिकी क्लब इन्टर मियामी जाने भएका छन् ।

    बार्सिलोनाका पूर्वखेलाडी मेस्सी साउदी अरेबियाको अल-हिलालको आकर्षक प्रस्ताव अस्वीकार गर्ने तयारीमा रहेको बीबीसीले उल्लेख गरेको छ ।

    ३५ वर्षीय मेसीले सात पटक विश्वको सर्वोत्कृष्ट खेलाडीको अवार्ड जितेका छन् । गत वर्ष विश्वकपको उपाधिपछि वर्षको अन्त्यमा अर्को अवार्ड जित्ने अपेक्षा गरिएको छ ।

    उनी अर्को सिजनको लागि युरोपमा रहन चाहन्थे तर, सन्तोषजनक प्रस्तावहरू प्राप्त नभएपछि उनीसँग इन्टर मियामी वा अल-हिलाल बीच छनोट थियो ।

    उनी साउदी अरेबियामा जाने बताइएको थियो, जहाँ उनी क्रिस्टियानो रोनाल्डो र करिम बेन्जेमाजस्ता खेलाडीसँग आमनेसामने हुन्थे ।

    तर मेसी अन्ततः मेजर लिग सकर (एमएलएस) को क्लब इन्टर मियामीमा फुटबलभन्दा बाहिर फैलिएको ठूला ब्रान्डहरूसँगको सम्झौतालगायत विभिन्न कारणले त्यहाँ आकर्षित भए ।

    उनी बार्सिलोना फर्कन उत्सुक थिए, तर ला लिगामा अर्को सिजनको लागि हुने फाइनान्सियल फेयर प्ले सीमितताहरूले उनलाई आकर्षक पैसा दिएर भित्र्याउन कठिन देखिएको थियो ।

    पिएसजीमा दुवै सिजनमा लिग वान जितेका मेसीलाई पिएसजीबाट च्याम्पियन्स लिगमा भने सफलता मिलेन ।

    उनले पिएसजीका लागि ७५ खेलमा ३२ गोल गरेर ।

    क्लबको आर्थिक समस्याका कारण २१ वर्षपछि उनले २०२१ मा बार्सिलोना छोडेका थिए ।

  • बालोन डी ओर अवार्डको मनोनयनमा अटाएनन् मेस्सी र नेयमार

    बालोन डी ओर अवार्डको मनोनयनमा अटाएनन् मेस्सी र नेयमार

    काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लिओनल मेसी र नेयमार बालोन डी ओर अवार्डको मनोनयनमा पर्न असफल भएका छन् ।

    आयोजक फ्रान्स फुटबलले सार्वजनिक गरेको मनोनयनमा पर्ने ३० जनाको सूचीमा कीर्तिमानी ७ पटकको विजेता मेसी र नेयमार अटाएका छैनन् ।

    उनी २००६ पछि पहिलो पटक मनोनयनमा नपरेका हुन् । मेसीले पछिल्लो पटक २०२१ मा अवार्ड जितेका थिए । यस अवार्डको मुख्य दाबेदार मानिएको करिम बेन्जिमा सहित स्पेनिस क्लब रियल मड्रियका ६ खेलाडी मनोनयनमा छन् ।

    अवार्ड घोषणा आगामी अक्टोबर १७ हुने आयोजकले जनाएको छ ।

    मनोनयनमा पर्ने खेलाडीको सूची –

    करिम बेन्जिमा (रियल मड्रिड), थिवाउट कोर्टुवा (रियल मड्रिड), भिनिसियस जुनियर (रियल मड्रिड ), क्यासमिरो (रियल मड्रिड ), लुका मोड्रिच (रियल मड्रिड), एन्टेनियो रुडिगर (चेल्सी/रियल मड्रिड ), मोहम्मद सलाह (लिभरपुल), ट्रेन्ट एलेक्सान्डार आर्नोल्ड (लिभरपुल), लुयस डियाज (लिभरपुल), फाविन्हो (लिभरपुल), डार्विन नुनेज (लिभरपुल), भर्जिल भान डाइक (लिभरपुल), रियाद महारेज (म्यानचेस्टर सिटी), बर्नाडो सिल्भा (म्यानचेस्टर सिटी), फिल फोडेन (म्यानचेस्टर सिटी), केभिन डि ब्रुयन (म्यानचेस्टर सिटी), क्यान्सेलो (म्यानचेस्टर सिटी), एर्लिङ हालान्ड (म्यानचेस्टर सिटी/डर्टमुन्ड), रोबर्ट लेवान्डोस्की (बार्सिलोना/बायर्न म्युनिख), ह्युङ मिन सन (टोटेनहम), ह्यारी केन (टोटेनहम), योसुवा किम्मिख (बायर्न म्युनिख), साडियो माने (बायर्न म्युनिख/लिभरपुल), राफयल लियो (एसी मिलान), मेक मेइगनान (एसी मिलान), क्रिस्टोफोर एनकुकु (लाइप्जिग), क्रिस्टियानो रोनाल्डो (म्यानचेस्टर युनाइटेड), केलियन एमबाप्पे (पिएसजी), हालेर (डर्टमुन्ड) र डुसान भ्लाहोभिक (युभेन्ट्स)

  • मेस्सीलाई काेराेना संक्रमण

    मेस्सीलाई काेराेना संक्रमण

    काठमाडाैं । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) फरवार्ड लियोनेल मेस्सीसहित चार खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    मेस्सीसँगै लेफ्ट ब्याक जुआन बर्नाट, ब्याकअप गोलरक्षक सर्जियो रिको र युवा मिडफिल्डर नाथनलाई कोरोना पुष्टि भएको पिएसजीले जनाएको छ ।

    पिएसजीका प्रशिक्षक मौरिसियो पोचेटिनोले मेस्सी कहिले फ्रान्स फर्कने भन्ने अनिश्चित रहेको बताएका छन् । तर पोचेटिनोले अर्को आइतबार लियोनविरुद्धको खेलको लागि उपलब्ध हुने बताएका छन् ।

    कोरोना पुष्टि भएपछि उनीहरु कम्तीमा १० दिन सेल्फ आइसोलेसनमा बस्नुपर्ने भएपछि मेस्सीले ९ जनवरीमा हुने लियोनविरुद्धको महत्वपुर्ण खेल पनि गुमाउने सम्भावना देखिएकाे छ ।