• २०८३ साउन २
  • 2026 July 18, Saturday

बालोन डी ओर अवार्डको मनोनयनमा अटाएनन् मेस्सी र नेयमार

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लिओनल मेसी र नेयमार बालोन डी ओर अवार्डको मनोनयनमा पर्न असफल भएका छन् ।

आयोजक फ्रान्स फुटबलले सार्वजनिक गरेको मनोनयनमा पर्ने ३० जनाको सूचीमा कीर्तिमानी ७ पटकको विजेता मेसी र नेयमार अटाएका छैनन् ।

उनी २००६ पछि पहिलो पटक मनोनयनमा नपरेका हुन् । मेसीले पछिल्लो पटक २०२१ मा अवार्ड जितेका थिए । यस अवार्डको मुख्य दाबेदार मानिएको करिम बेन्जिमा सहित स्पेनिस क्लब रियल मड्रियका ६ खेलाडी मनोनयनमा छन् ।

अवार्ड घोषणा आगामी अक्टोबर १७ हुने आयोजकले जनाएको छ ।

मनोनयनमा पर्ने खेलाडीको सूची –

करिम बेन्जिमा (रियल मड्रिड), थिवाउट कोर्टुवा (रियल मड्रिड), भिनिसियस जुनियर (रियल मड्रिड ), क्यासमिरो (रियल मड्रिड ), लुका मोड्रिच (रियल मड्रिड), एन्टेनियो रुडिगर (चेल्सी/रियल मड्रिड ), मोहम्मद सलाह (लिभरपुल), ट्रेन्ट एलेक्सान्डार आर्नोल्ड (लिभरपुल), लुयस डियाज (लिभरपुल), फाविन्हो (लिभरपुल), डार्विन नुनेज (लिभरपुल), भर्जिल भान डाइक (लिभरपुल), रियाद महारेज (म्यानचेस्टर सिटी), बर्नाडो सिल्भा (म्यानचेस्टर सिटी), फिल फोडेन (म्यानचेस्टर सिटी), केभिन डि ब्रुयन (म्यानचेस्टर सिटी), क्यान्सेलो (म्यानचेस्टर सिटी), एर्लिङ हालान्ड (म्यानचेस्टर सिटी/डर्टमुन्ड), रोबर्ट लेवान्डोस्की (बार्सिलोना/बायर्न म्युनिख), ह्युङ मिन सन (टोटेनहम), ह्यारी केन (टोटेनहम), योसुवा किम्मिख (बायर्न म्युनिख), साडियो माने (बायर्न म्युनिख/लिभरपुल), राफयल लियो (एसी मिलान), मेक मेइगनान (एसी मिलान), क्रिस्टोफोर एनकुकु (लाइप्जिग), क्रिस्टियानो रोनाल्डो (म्यानचेस्टर युनाइटेड), केलियन एमबाप्पे (पिएसजी), हालेर (डर्टमुन्ड) र डुसान भ्लाहोभिक (युभेन्ट्स)