Tag: विकास

  • नारायणगढ–मुग्लिन सडकखण्ड पुस ७ गतेदेखि दैनिक ४ घण्टा बन्द हुने

    नारायणगढ–मुग्लिन सडकखण्ड पुस ७ गतेदेखि दैनिक ४ घण्टा बन्द हुने

    चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल निर्माण गर्न यही पुस ७ गतेदेखि दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने भएको छ ।

    पुस ७ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम गरिने नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)ले आज एक सूचना जारी गरेर जनाएको हो ।

    नारायणगढबाट मुग्लिनतर्फ जाने सवारीसाधनमध्ये यात्रुवाहक सवारी साधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म रोकिने छन्भने मालवाहक सवारीसाधन भतेरी जङ्गलदेखि रामनगरसम्म रोकिने छन् ।

    यसैगरी, काठमाडौंबाट आउने यात्रुवाहक सवारी साधन मुग्लिन बजारदेखि मनकामना केवलकारसम्म र मालवाहक सवारी सधान लेवाटारमा रोक्नुपर्नेछ ।

    पोखराबाट आउने यात्रीवाहक सवारीसाधन वेनीटारदेखि पावरहाउससम्म र मालवाहक सवारीसाधनलाई सत्रसय फाँटमा रोक्नुपर्ने आयोजनाले जनाएको छ ।

    उक्त सडकका १९ वटा पुलमध्ये चार वटा चार वर्ष अघि निर्माण भएका हुन्भने बाँकी १५ पुलको काम एकै साथ थालिएको थियो ।

  • भौतिक पूर्वाधार मन्त्री ज्वालाद्वारा सूर्यविनायक धुलिखेल सडक खण्डको अनुगमन

    भौतिक पूर्वाधार मन्त्री ज्वालाद्वारा सूर्यविनायक धुलिखेल सडक खण्डको अनुगमन

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले शनिबार बिस्तारको क्रममा रहेको सूर्यविनायक धुलिखेल सडक निर्माण कार्यको अनुगमन गरेका छन् ।

    हाल धमाधम बिस्तारको काम भैरहेको यो सडक खण्डको शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वाला, सडक विभागका महानिर्देशक तथा अन्य विभिन्न विभागका प्रमुख सहितकाे टाेलीले सडकको अनुगमन गरेकाे हाे ।

    भक्तपुरको सूर्यबिनायक र काभ्रेको साँगा देखि दुई खण्डमा बिभाजन गरि ठेक्का लागाईएको यो सडक खण्डमा हाल सडकका दुवै साईटमा वाल निर्माणको काम भैरहेको छ । भक्तपुरको सूर्यबिनायकदेखि काभ्रेको धुलिखेलसम्म १६ किलोमिटर लम्बाई रहेको यस सडकको बिस्तारको काम गत वर्षबाट शुरु गरिएको हो ।

    करिब ८ अर्ब ४२ करोड लागतमा निर्माण भैरहेको यो सडकको तीन स्थानमा पक्की पुल समेत निर्माण गरिने आयोजनाका प्राविधिक माधव पौडेलले जानकारी दिए । करिव ३ वर्षमा निर्माण सक्ने लक्ष्य राखिएको यो सडकमा २० मिटरको मुख्य र दायाँ बायाँ ५ / ५ मिटरको सर्भिस लेन २.५ मिटरको पैदल मार्ग रहने बताइएको छ ।

    सडक अनुगमनका क्रममा मन्त्री ज्वालाले निर्माण ब्यवसायीलाई काम समयमै सक्न निर्देशन दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राम्रो काम गर्नेलाई पुरस्कृत र काममा ढिलासुस्ती गर्ने निर्माण ब्यवसायीलाई दण्डित गर्ने बताए । त्यसैगरी, मन्त्री ज्वालाले यो सडक काठमाडौं उपत्यका छिर्ने प्रमुख नाकामध्ये एक भएकाले निर्माण कार्य समयमै सम्पन्न गरेर जनतालाई सुबिधा दिनुपर्ने बताए ।

    त्यसैगरी, सडक विस्तार आयोजनाका प्राविधिक माधव पौडेलले सरकारले निर्माण ब्यवसायीको कामको रकम भुक्तानि समयमै गर्न नसकिएकाले निर्माण कार्यले अपेक्षाकृत रुपमा गति लिन नसकेको बताए ।

  • १ असारदेखि भदौ मसान्तसम्म सडक खन्न प्रतिबन्ध

    १ असारदेखि भदौ मसान्तसम्म सडक खन्न प्रतिबन्ध

    काठमाडौं । सरकारले वर्षा अवधिभर सडक खन्न प्रतिबन्ध लगाएको छ । जबरजस्ति गरिए सार्वजनिक सडक ऐन ०३१ अनुसार कारबाही हुने भएको छ ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको सडक विभाग अन्तर्गत संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयका अनुसार अगामी १ असारदेखि भद्र मसान्तसम्म सडक खन्ने कुनै पनि काम गर्न पाइने छैन । कार्यालयले बिहीवार सुचना सार्वजनिक गर्दै कसैले नियम उलंघन गरे कारबाही गरिने बताएको छ ।

    सूचनामा भनिएको छ,‘वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत–सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रँदै जाने भएकोले यही २०६० साल असार १ गतेदेखि २०८० साल भाद्र मसान्तसम्म यस कार्यालयअन्तर्गतका सडक डिभिजनहरू मातहत रहेका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने र कसैले जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने बेहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

  • ठेक्का अलपत्र पार्ने पप्पुसहित २३ निर्माण कम्पनी कालोसुचिमा

    ठेक्का अलपत्र पार्ने पप्पुसहित २३ निर्माण कम्पनी कालोसुचिमा

    काठमाडौं । अर्बौका ठेक्का लिएर अलपत्र पार्ने पप्पु कन्स्ट्रक्सनसहितको २३ ठेकेदार कम्पनीलाई सरकारले कालोसूचिमा राखेको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुमगन कार्यालयले उनीहरुलाई कालोसूचिमा राखेको हो ।

    कालोसूचिमा पर्ने पप्पुसहित कोशी एण्ड न्यौपाने, वाइपी कन्स्ट्रक्सन, सप्तकोशी जलाधार-ओम साई एण्ड कम्पनी, आकृति एडभर्टाजिङ, थाक ठिनी इन्जिनियरिङ एण्ड कन्स्ट्रक्सन लगायतका कम्पनी रहेका छन् ।

    उनीहरुलाई कार्यलयले सार्वजनिक खरिद ऐन ०६३ को दफा ६३ को उपदफा १ अनुसार सुचना प्रकाशन गरि कालोसुचिमा राखेको छ । ठेक्का अलपत्र पार्नेमा कुख्यात पप्पुले दुई वर्षका लागि कालोसुचिमा राखिएको छ । संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय पोखराको सिफारिसमा पप्पुलाई कालोसुचिमा राखिएको हो ।

    पप्पु सहित कोशी एण्ड न्यौपानेले जेभीमा रोल्पास्थित शहीद मार्ग सडक निर्माणको काम ठेक्कामा लिएको थियो । पप्पुका मालिक सुमित रौनियर हुन भने, न्यौपाने निर्माणको भावेश बोहोरा हुन् । पप्पुले काठमाडौंको तीनकुने-मिनभवन र टेकु-कालीमाटी जोड्ने पुल पनि अलपत्र पारेको छ ।

    कलेज अफ इम्प्लोइमेन्टलाई भने तीन वर्षका लागि कालोसुचिमा राखिएको छ । उद्योग मन्त्रालय अन्तर्गतको ग्रामिण उद्यम तथा विप्रेषण आयोजना इटहरीको सिफारिसमा इम्प्लोइमेन्टलाई तीन वर्षसम्म कालोसूचीमा राखिएको हो ।

  • झिलीमिली नारायणी पुल

    झिलीमिली नारायणी पुल

    चितवन । गत जेठमा हावाहुरीले सम्पूर्ण विद्युत पोल ढालेसँगै अन्धकार बनेको नारायणगढस्थित नारायणी पुल झिलीमिली बनेको छ ।

    भरतपुर महानगरपालिका र नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय सडक बत्ती प्रवर्द्धन आयोजनाले पुलमा पोल राखेर स्मार्ट बत्ती जडान गरेसँगै पुल क्षेत्र झिलीमिली बनेको हो ।

    महानगर प्रमुख रेनु दाहालले पुलमाथिका स्मार्ट बत्तीको बिहीबार साँझ शुभारम्भ गरेकी हुन् । डिजिटल पद्धतिबाट पोलमा बत्ती बाल्न मिल्ने गरी जडान गरिएको छ ।

    प्रमुख दाहालले महानगरलाई उज्यालो सहर बनाउने अभियानअन्तर्गतको पहिलो कार्यक्रममा पारेर नदीको पुलमाथि १४ वटा पोलमा बत्ती जडान गरिएको बताइन् ।

    ती बत्ती साँझको समयमा आफैं बल्ने र चहकिलो एवं मधुरो बनाउन मिल्ने छ । उनले भनिन्, ‘अँध्यारोले रातको समयमा हिँड्डुल गर्नेलाई समस्या भएको थियो, बत्ती बालेसँगै समस्या हल भएको छ ।’

    प्राधिकरणसँग महानगरले साझेदारीमा नगर क्षेत्रमा स्मार्ट बत्ती जडान गरिरहेको छ ।

    यो पुलले भरतपुर महानगरपालिकाको नारायणगढ र गैंडाकोट नगरपालिकाको गैंडाकोट जोड्दछ । यही बाटो पूर्वपश्चिम राजमार्ग आवत–जावत गर्ने सवारी साधन पनि चल्ने गर्दछन् । पुलमा बत्ती बालेपछि यात्रु लाभान्वित भएका हुन् ।

    महानगरले पहिलो चरणमा ७८ दशमलव एक किलोमिटर क्षेत्रमा स्मार्ट सडक बत्ती राख्ने काम अन्तिम चरणमा पुर्‍याएको छ । दोस्रो चरणमा एक सय १८ किलोमिटर क्षेत्रमा थप बत्ती राख्न बोलपत्र आह्वान गरिएको छ ।रासस

  • ठेक्का अलपत्र पार्ने पाँच निर्माण व्यवसायी कम्पनी कालोसूचीमा

    ठेक्का अलपत्र पार्ने पाँच निर्माण व्यवसायी कम्पनी कालोसूचीमा

    काठमाडाैं । सार्वजनिक निकायका ठेक्का अलपत्र पार्ने पाँच वटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ।

    खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो ।

    ‘विभिन्न निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ अनुसार यी निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखिएको छ । कालोसूची अवधिभर यी कम्पनी सार्वजनिक निकायको कुनै पनि खरिद कार्यमा भाग लिन पाउने छैनन्’, खरिद अनुगमन कार्यालयले सूचनामा भनेको छ ।

    खरिद अनुगमन कार्यालयको गत बिहीबारको निर्णयअनुसार भरतपुर–४ चितवनको इन्जिनियर्स कन्स्ट्रक्सन एन्ड माइन्ट क्राफ्ट प्रालिलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।

    विकास श्रेष्ठ सञ्चालक रहेको यो कम्पनीले चितवनको इच्छाकामना गाउँपालिकाको ठेक्का अलपत्र पारेको थियो। चितवनको खैरहनी नगरपालिकाको सिफारिसमा जय गढीमाई निर्माण कन्स्ट्रक्सन प्रालिलाई पनि कालोसूचीमा राखिएको छ। सीताराम चौधरी मुख्य सञ्चालक रहेको यो कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ।

    करण कुमार मुडभरी सञ्चालक रहेको मुडभरी एन्ड जोशी कन्स्ट्रक्सन प्रालि दुई वर्षका लागि कालोसूचीमा परेको छ। यो कम्पनीले रसुवागढी हाइड्रोपावर कम्पनीसँग भएको ठेक्का सम्झौताअनुसार काम नगरेको खरिद अनुगमन कार्यालयले जनाएको छ ।

    त्यसैगरी, सुदूरपश्चिम विद्यालयअन्तर्गतको दुर्गालक्ष्मी बहुमुखी क्याम्पस कैलालीको काम अलपत्र पार्ने गुण निर्माण सेवालाई पनि कालोसूचीमा राखिएको छ । गुणराज पाठक सञ्चालक रहेको यो कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको हो ।

    बारबर्दिया नगरपालिकाको कार्यालय बर्दियाले कल्पना कन्स्ट्रक्सन प्रालिलाई कालोसूचीमा राख्न सिफारिस गरेको उक्त कम्पनीलाई पनि एक वर्षका लागि कालोसूचीमा राखिएको खरिद अनुगमन कार्यालयले जनाएको छ ।

  • बागलुङ–पोखरा सडक दैनिक आठ घण्टा बन्द हुने

    बागलुङ–पोखरा सडक दैनिक आठ घण्टा बन्द हुने

    बलेवा । मध्यपहाडी लोकमार्गको बागलुङ–पोखरा खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । बागलुङ– पोखरा खण्डको स्तरोन्नतिको कामका लागि यातायात बन्द गरेर काम अघि बढाइने भएको हो ।

    मध्यपहाडी राजमार्ग आयोजनाले बागलुङ–पोखरा खण्ड फराकिलो बनाउने कार्य सुरु गरेसँगै कामलाई तीव्रता दिन राजमार्गमा यातायातका साधन बन्द गरेर काम गर्न लागिएको जनाएको छ ।

    आयोजनाका अनुसार प्रत्येक दिन बिहान ११ देखि अपराह्न ३ बजेसम्म र राति ९ देखि बिहान १ बजेसम्म सवारी साधनलाई रोकेर आयोजनाको कामलाई तीव्रता दिइनेछ । रोकिएका सवारी साधनलाई आधा घण्टाको फरकमा सञ्चालनको व्यवस्था मिलाइएको आयोजना कार्यालयले जनाएको छ ।

    पोखरा—बाग्लुङ राजमार्गअन्तर्गत हाल पोखराको हरिचोकदेखि याम्दी पुलसम्मको सडक स्तरोन्नतिको काम भइरहेको हो । सो खण्डको निर्माणका लागि मोतिदान कन्स्ट्रक्सन प्रालिसँग ठेक्का सम्झौता गरिएको थियो ।

    चौवारीबाट ५० मिटरअगाडि हेमजातर्फ भिरको उचाइ धेरै भएकाले भिर कटान कार्य भइरहेकाले सडक सुरक्षालाई ध्यानमा राखेर यातायात सञ्चालनमा रोक लगाइएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय कुश्माका प्रमुख नारायणदत्त भण्डारीले बताए । उनका अनुसार उक्त सडकमा चल्ने सवारी साधनलाई वैकल्पिक मार्गको प्रायोग गर्न भनिएको छ ।

    बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङलाई प्रदेशको राजधानी पोखरा र देशको राजधानी काठमाडौंलगायत देशका ठूला सहरसँग जोड्ने मुख्य राजमार्ग भएकाले यहाँका सर्वसाधारण प्रभावित हुनेछन् । यो सडक खण्डमा दैनिक हजारौँ सवारी साधन ओहोरदोहोर गर्ने गरेका छन् ।

     

  • बाटाेकाे ठेक्का लिएर अलपत्र छाड्ने ठेकेदारकाे खाेजीका लागि जुटे माडीका युवा

    बाटाेकाे ठेक्का लिएर अलपत्र छाड्ने ठेकेदारकाे खाेजीका लागि जुटे माडीका युवा

    चितवन । बाटाेकाे ठेक्का लिएर अलपत्र छाड्ने ठेकेदारकाे खाेजीका लागि समृद्धिका लागि युवा अभियान, माडीका युवाहरु एकजुट भएका छन् ।

    उनीहरुले लाेहनी ब्रदर्स कन्सट्रक्सनका ठेकेदार शंकरप्रसाद लाेहनी बाटाेकाे काम अलपत्र पारेर फरार भएकाे भन्दै सम्बन्धित निकायकाे ध्यानाकर्षण गराएका हुन् ।

    समृद्धिका लागि युवा अभियान, माडीका युवाहरु लाेहनीकाे तस्बिर सार्वजनिक गरी याे विषय उठान गर्न अनुराेध पनि गरेका छन् ।

    लाेहनी ब्रदर्स कन्सट्रक्सनले पतरे खाेलाकाे पुललगायत ८ किलोमिटर बाटोको काम लिएकाे थियाे । अहिले याे बाटाे धुलाम्य छ ।

    यसैगरी, उक्त युवाहरुकाे समूहले जीवनपुर बगही हुलाकी सडककाे ठेक्का पाएकाे बज्रगुरु कन्सट्रक्सन प्रालिका ठेकेदार रेवन्त बस्नेतकाे पनि खाेजी गरेका छन् ।

    युवाकाे समूहले उनीहरुकाे फाेटाेसहित ब्यानर बनाएर टाँसेकाे छ ।

  • नारायणगढ-मुग्लिन सडकमा दैनिक ४ घण्टा सवारी रोकिने

    नारायणगढ-मुग्लिन सडकमा दैनिक ४ घण्टा सवारी रोकिने

    चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ । सडक खण्डमा पर्ने पुल निर्माणका लागि सवारी रोक्न लागिएको हो ।

    जिल्ला प्रशासन कार्यालय चितवनमा आज सम्पन्न सरोकारवालाको बैठकले पुस ५ गतेदेखि एक महिनाका लागि सडक रोकेर काम गर्ने निर्णय गरिएको छ । सडक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म रोकिने छ ।

    भौगोलिक रुपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुईन खोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काट्ने लगायतका कामको लागि सवारी आवागमन रोक्न लागिएको हो ।

    प्रमुख जिल्ला अधिकारी अश्मान तामाङको अध्यक्षतामा भएको बैठकले नारायणगढतर्फबाट जाने यात्रुबाहक बस, मिनि, माइक्रो बस, साना सवारी साधनलाई पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म बिहान ११ बजे रोक्ने निर्णय गरेको छ । यस्तै मालबाहक ट्रक, लरी, ट्रेलर, ट्रिपर, ट्याङ्कर लगायतका भारी सवारी साधनलाई भतेरी जङ्गलदेखि रामनगरसम्म बिहान १०:५० बजेदेखि रोकिने छ ।

    काठमाडौँ तर्फबाट आउने यात्रुबाहक सवारीलाई मुग्लिन बजारदेखि मनकामना केवलकार गेटसम्म र पोखरातर्फबाट आउने यात्रुबाहक सवारीसाधनलाई बेनीटारदेखि पावरहाउससम्म बिहान १०:५५ बजे रोकिने भएको छ ।

    यस्तै, काठमाडौंतर्फबाट आउने मालबाहक सवारीलाई लेबाटारमा र पोखरातर्फबाट आउनेलाई मालबाहक सवारीलाई आँबुखैरहनीमा बिहान १०:४५ बजे रोक्ने बैठकले निर्णय गरेको छ ।

    बैठकले बिहान ११ बजेदेखि ३ बजेसम्मको समयमा एम्बुलेन्स, दमकल लगायतका अत्यावश्यकीय सवारीलाई अनुकूलता हेरी छोड्ने निर्णय गरेको छ । यस्तै, पोखरा–काठमाडौँ सञ्चालन हुने सवारी सहज सञ्चालनका लागि ट्राफिक कार्यालयले समन्वय गर्ने भएको छ ।

    निर्माण कार्यलाई तीव्रता दिन निर्माण व्यवसायीले पर्याप्त साधनस्रोत र जनशक्ति परिचालन गर्ने छन् भने सडक खण्डको ठाउँठाउँमा मर्मतको कार्य पनि यसै समयमा गरिने भएको छ ।

  • महाकाली नदीमा पक्की पुल शिलान्यास

    महाकाली नदीमा पक्की पुल शिलान्यास

    दार्चुला । दार्चुलामा महाकाली नदीमा मोटरेवल पक्की पुलको शिलान्यास गरिएको छ ।

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले एकसाथ पुलको शिलान्यास गरेका छन् । पुल शिलान्यासपछि आयोजित कार्यक्रममा मन्त्री बडूले नेपाल–भारत जोड्ने मोटरेवल पुलले विकासको ढोका खोल्ने बताए ।

    भारत र चीनसँग व्यापार वृद्धिका लागि महाकालीमा पक्की पुल आवश्यक रहेको बताउँदै बडूले पुल बनेपछि बैतडी, बझाङलगायतका पहाडी जिल्लाका नागरिकलाई आवागमन सहज हुने जानकारी दिए ।

    ‘व्यापारिक एवं नागरिकलाई सहज आवागमनका लागि पनि पुल आवश्यक थियो’, उनले भने, ‘अब यहाँका नागरिकले भारत जान गड्डाचौकी र गौरीफन्टा जानुपर्ने अवस्था रहँदैन ।’

    उनले दार्चुलावासीले अब ढुवानीलगायतका समस्याबाट मुक्ति पाउने बताए । पुलले दुई देशबीच धार्मिक, सामाजिक, सम्बन्ध मजबुत हुने धारणा राखे ।

    दार्चुलामा पहिलो पटक महाकाली नदीमा पक्की पुल बन्ने खबरले स्थानीय बासिन्दा खुसी भएका छन् । भारत सरकारको सहयोगमा बन्ने पुलको लम्बाइ एक सय १० मिटर हुनेछ ।

    जिल्ला समन्वय प्रमुख महादेव बडू (कश्यप) को अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा नेपालस्थित भारतीय दूतावासका डीसीएम प्रशान्त श्रीस्ताव, उद्योग मन्त्रालयका सहसचिव नारायणप्रसाद रेग्मीलगायतको उपस्थिति रहेको थियो ।