Tag: शंकर पाेखरेल

  • एमाले महासचिव शंकर पोखरेललाई पछि पार्दै रेखा शर्मा दाेब्बर मतले अगाडि

    एमाले महासचिव शंकर पोखरेललाई पछि पार्दै रेखा शर्मा दाेब्बर मतले अगाडि

    काठमाडाैं । नेकपा एमाले महासचिव शंकर पोखरेललाई पछि पार्दै सत्ता गठबन्धनबाट नेकपा माओवादी नेता रेखा शर्माले झन्डै दोब्बर मतले अग्रता लिएकी छिन् ।

    कुल ४४९६ मत गणना हुँदा रेखाले २ हजार १५४ मत ल्याएकी छन् भने शंकरले १ हजार ५४८ मत ल्याएका छन् ।

    यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारीले ५८१ मत ल्याएका छन् ।

  • गभर्नरकाे निलम्बन कटुवाल प्रकरणपछि माओवादीको अर्को गम्भीर भूल : एमाले महासचिव पोखरेल

    गभर्नरकाे निलम्बन कटुवाल प्रकरणपछि माओवादीको अर्को गम्भीर भूल : एमाले महासचिव पोखरेल

    काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका महासचिव शंकर पोखरेलले गभर्नर निलम्बन गरेर नेकपा माओवादी केन्द्रले गम्भीर भूल गरेको टिप्पणी गरेका छन् ।

    उनले प्रचण्ड प्रधानमन्त्री भएका बेला तत्कालीन प्रधान सेनापति रुक्माङ्गत कटुवाल हटाउन खोजेको घटनासँग जोडेका छन् । अहिले गभर्नर निलम्बन गरेर माओवादीले दोस्रोपटक गम्भीर भूल गरेको टिप्पणी पोखरेलले गरेका हुन् ।

    एमाले महासचिव पोखरेलले शनिबार सामाजिक सञ्जालमार्फत भनेका छन्,‘कटुवाल प्रकरणपछि माओवादीको अर्को गम्भीर भूल हो गभर्नरको निलम्बन । अर्थिक संकटको कारक अर्थमन्त्री र मुकदर्शक बनेका प्रम आफैँ हुन् ।’

    सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीलाई अर्थतन्त्र ध्वस्त पारेको तथा कार्यक्षमता अभाव भएको भन्दै शुक्रबारदेखि निलम्बन गरेको थियाे ।

  • निर्वाचन आचारसंहितामा एमालेको ६ बुँदे असहमति

    निर्वाचन आचारसंहितामा एमालेको ६ बुँदे असहमति

    काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले निर्वाचन आचारसंहितामा निर्वाचन आयोगले संविधान र कानुनसँग बाझिएका विषय राखेको भनी लिखित रूपमा असहमति राखेको छ ।

    एमाले महासचिव शंकर पोखरेलले निर्वाचन आयोगले वैशाख ३० गते का लागि घोषणा गरिएको स्थानीय तहको निर्वाचनका लागि जारी आचारसंहितामा संविधान र कानुनसँग बाझिए बाहेकका विषय मात्रै मान्ने भन्दै पत्र बुझाएका छन् ।

    एमाले महासचिव पोखरेलले बिहीबार आयोगलाई बुझाएको पत्रमा भनिएको छ, ‘एमाले नेपालको संविधान तथा संसदद्वारा पारित गरिएका कानुनहरूप्रति सदैव प्रतिबद्ध छ । यस आयोगले तयार पारेको आचारसंहितासहित संविधान र कानुनसँग बाझिएको बाहेक कुनै पनि निकायद्वारा जारी गरिएका वा जारी हुने संहिताहरूको पालन गर्न/गराउन समेत हाम्रो पार्टी प्रतिबद्ध छ ।’

     

  • एमाले महासचिव पाेखरेल काेराेना संक्रमित

    एमाले महासचिव पाेखरेल काेराेना संक्रमित

    काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण भएको छ । पोखरेलले फेसबुकमार्फत आफू संक्रमित भएको जानकारी गराएका हुन् ।

    ‘कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन,’ उनले भनेका छन्, ‘अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो । निर्धारित सबै कार्यक्रम स्थगित गरियो ।’

  • माओवादीको मञ्चमा शंखर पोखरेलले भने : फर्केर हेर्दा पश्चाताप लागेको छ

    माओवादीको मञ्चमा शंखर पोखरेलले भने : फर्केर हेर्दा पश्चाताप लागेको छ

    काठमाडाैं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले कार्य नीति वा नेताको अन्तर कलहका आधारमा वामपन्थी पार्टीहरू विभाजित हुन नहुने बताएका छन् ।

    नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिँदै महासचिव पोखरेलले गत निर्वाचनमा बनाइएको वाम गठबन्धनलाई जनताले दिएको कार्यादेश बमोजिम नेकपा निर्माण भए पनि त्यसलाई बचाउन नसकिएकाले फेरि पनि एकताका लागि इमानदार प्रयास गर्नुपर्नेमा जोड दिए ।

    उनले नेकपाको एकता बचाउन नसक्नुमा पश्चाताप गर्दै वामपन्थी आन्दोलन लक्ष्यतिर उन्मुख हुनका लागि कार्यनीतिका विवादका कारण बेमेल र अन्तरकलहमा आधारित भएर नबहकिइकन जनताको अपेक्षा बमोजिम अघि बढ्न आवश्यक रहेको बताए ।

    ‘राजनीतिक क्रान्ति र परिवर्तनपछि पनि जनताले खोजेको समृद्धि र विकास दिन किन सकेनौँ भन्नेबारेमा आत्म समीक्षा गर्नुपर्ने भएको छ’, महासचिव पोखरेलले भने, ‘जनताका अधिकारका मामिलामा हामी दलहरू च्याम्पियन छौँ तर जनताका आकाङ्कक्षालाई पूरा गराउन हामीले कति सकेका छौँ भन्नेमा यस्ता महाधिवेशनमा घोत्लिएर समीक्षा गर्नुपर्छ । त्यसमा यो महाधिवेशन सफल हुन सकोस् ।’

    माओवादीले सशस्त्र युद्ध सञ्चालन गर्दा रोल्पा र रुकममा तत्कालीन सरकारले दमन गर्दा त्यसको विरोधसहित शान्ति पदायात्राको नेतृत्व आफूले गरेको स्मरण गर्दै महासचिव पोखरेलले संविधानसभा र राज्य पुनःसंरचनाका माध्यमबाट मुलुकको निकास सम्भव छ भन्ने प्रस्ताव पनि आफूले अघि सारेको बताए । उनले नेपालको राष्ट्रियता, स्वाधीनता, वैदेशिक मामिला र आर्थिक विकासका प्रश्नमा सबै दलहरूबीच साझा धारणा बनाउन सक्नुपर्ने पनि बताए । उनले एमालेले चाहेको र माओवादी केन्द्रले चाहेको समृद्धि र समाजवादमा भिन्नता छैन भने एक ठाउँमा बसेर अघि बढ्न सकिने स्पष्ट गरे ।

    महासचिव पोखरेलले महाधिवेशनबाट अध्यक्ष प्रचण्डलाई पुनः नेतृत्वमा आउने स्थिति देखिएकाले उनलाई सफलता हासिल गर्न शुभकामना पनि दिए ।

  • माधव नेपाल र प्रचण्डले जनादेशलाई खण्डित पार्ने काम गरे : एमाले महासचिव पाेखरेल

    माधव नेपाल र प्रचण्डले जनादेशलाई खण्डित पार्ने काम गरे : एमाले महासचिव पाेखरेल

    काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनादेशलाई खण्डित पार्ने काम माधव नेपाल र प्रचण्डले गरेकाले एमालेले ताजा जनादेशको कुरा उठाएको बताएका छन् ।

    अखिल नेपाल किसान महासंघ राष्ट्रिय समितिको दोश्रो पूर्ण बैठकलाई बिहीबार काठमाडौंमा सम्बोधन गर्दै पोखरेलले ५ वर्ष काम गर्न पाएको जनादेशलाई खण्डित पार्न खोजेकाले संसद विघटन गरी ताजा जनादेशमा जान खोजे पनि अवरोध सिर्जना गरेको बताए ।

    अहिले पनि ताजा जनादेशमाथि प्रहार भएको भन्दै ताजा जनादेशलाई निरंकुश भन्नु उचित नभएको उनको भनाइ छ । पोखरेलले ताजा जनादेशमा जानु लोकतन्त्र विरोधी नभएको तर्क गरे । उनले संगठनात्मक अराजकतालाई चिर्नका लागि बलियो पार्टी बनाउनुपर्ने धारणा पनि राखे ।