Tag: शेरबहादुर देउवा

  • फ्रान्सेली प्रतिनिधिमण्डल भेट, व्यापार र लगानी अभिवृद्धिमा प्रधानमन्त्रीको जोड

    फ्रान्सेली प्रतिनिधिमण्डल भेट, व्यापार र लगानी अभिवृद्धिमा प्रधानमन्त्रीको जोड

    काठमाडाैं । नेपाल–फ्रान्स सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले नेपालको पाँच दिने औपचारिक भ्रमणमा रहेको फ्रान्सेली प्रतिनिधिसभाको फ्रान्स–नेपाल मैत्री समूहका अध्यक्ष भेरोनिक रियोतोँ नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेको छ ।

    प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार भएको उक्त भेटमा दुवै पक्षले पारस्परिक हित र चासोका विविध विषयका साथै आपसी सम्बन्धलाई अझ सुदृढ तुल्याउने बारेमा विचारविमर्श गरेको थियो । भविष्यमा सञ्चालन गर्न सकिने द्विपक्षीय विकास परियोजनाबारे पनि प्रधानमन्त्रीसँग प्रतिनिधिमण्डलले छलफल गरेको थियो ।

    नेपाल–फ्रान्स सम्बन्धलाई अझ उन्नत तुल्याउन संसदीय समूहले निर्वाह गरेको भूमिकाको सराहना गर्दै प्रधानमन्त्री देउवाले व्यापार, लगानी, पर्यटन प्रवर्द्धन र जलवायु परिवर्तन प्रतिकार्यलगायत क्षेत्रमा पारस्परिक सहयोग अभिवृद्धि अपरिहार्य भएकामा जोड दिएकाे परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    अध्यक्ष रियोतोँले राजनीति र जलवायु परिवर्तनका प्रभावको सामना गर्न नेपालका महिलाहरूको सहभागिता बढाएकामा नेपालको प्रशंसा गर्दै दिगो विकास र कृषि क्षेत्रमा फ्रान्स र नेपालबीच सहयोग सुदृढ तुल्याउने आफ्ना चाहना अभिव्यक्त गरेका थिए ।

  • राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश

    राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश

    काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनसम्बन्धी वार्षिक प्रतिवेदन पेश गरेका छन् ।

    प्रधानमन्त्री देउवाले आज नेपालको संविधानको धारा ५३ बमोजिम राष्ट्रपतिको कार्यालय राष्ट्रपति भण्डारी समक्ष आर्थिक वर्ष २०७७/७८ को सो प्रतिवेदन पेश गरेका हुन् । उनले आजै सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम आव २०७७/७८ मा नेपाल सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन पनि पेश गरेकाे राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष देउवाले नेपालको संविधानको धारा २६६ को उपधारा (३) बमोजिम राष्ट्रिय सुरक्षा परिषद्को आव २०७७/७८ को वार्षिक प्रतिवेदन पेश गरेकाे राष्ट्रपतिको कार्यालय प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । सो अवसरमा गृहमन्त्री बालकृष्ण खाँण, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो ।

  • एमसीसी अनुमाेदनकाे २ दिनपछि प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्रीबीच फाेनवार्ता

    एमसीसी अनुमाेदनकाे २ दिनपछि प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्रीबीच फाेनवार्ता

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनबीच फोनवार्ता भएको छ ।

    प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन भएको दुई दिनपछि विदेश मन्त्री ब्लिन्केनले मंगलबार राति देउवासँग फोनवार्ता गरेका हुन् ।

    फाेनवार्ताबारे ब्लिन्केनले ट्वीट गरेका छन् । उनले उक्त फोनवार्ताका क्रममा युक्रेनमाथि रुसको आक्रमणकाे विराेध, आर्थिक विकास र क्षेत्रीय चुनौतीहरूमा मिलेर अघि बढ्ने प्रतिबद्धता गरिएको जानकारी गराएका छन् ।

    ट्वीटमा ब्लिन्केनले आर्थिक विकास र क्षेत्रीय चुनौतीसम्बन्धी विषयमा मिलेर काम गर्न जारी राख्ने पनि जनाएका छन् ।

    नेपालको ऊर्जा र सडक पूर्वाधारका लागि आएको ५०० मिलियन अमेरिकी डलर संसद्बाट फागुन १५ मा अनुमोदन भएको थियो । एमसीसीका विषयमा नेपालमा विभिन्न किसिमका टिकाटिप्पणीहरु भइरहेका छन् ।

  • सञ्चारमन्त्री कार्कीसहित ओली निवासमा देउवा

    सञ्चारमन्त्री कार्कीसहित ओली निवासमा देउवा

    काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच ओली निवास बालुवाटारमा भेटवार्ता भएको छ ।

    प्रधानमन्त्री देउवा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका हुन् । पोखराबाट काठमाडौं फर्किएका ओलीलाई भेट्न देउवा बालकोट गएका हुन् ।

    देउवासँग सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की पनि सहभागी छन् ।

    यसअघि प्रधानमन्त्री देउवा र सत्ता साझेदार एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच पनि भेटवार्ता भएको छ ।

    एमसीसीकाे विषय लिएर गठबन्धनमा खटपट भएपछि देउवाले प्रतिपक्षी दल एमाले अध्यक्षसँग छलफल बढाइरहेका छन् ।

  • एमसीसी टेबल भएपछि देउवाकाे प्रतिक्रिया : अब पास हुन्छ

    एमसीसी टेबल भएपछि देउवाकाे प्रतिक्रिया : अब पास हुन्छ

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी अब पारित हुने बताएका छन् ।

    आइतबार प्रतिनिधिसभाको बैठक सकिएपछि बाहिर निस्कने क्रममा सञ्चारकर्मीहरुले साेधेका प्रश्नमा उनले ‘अब पास हुन्छ’ भन्ने प्रतिक्रिया दिएका हुन् ।

    उनलाई सञ्चारकर्मीहरुले एमसीसी कहिले पास हुन्छ ? भनी प्रश्न गरेका थिए ।

  • नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई

    नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई

    काठमाडाैं । प्रधानमन्त्री शेरबाहदुर देउवाले आइसिसी पुरूष टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’ को पहिलो खेलमा विजयी भएको नेपाली क्रिकेट टोलीलाई बधाई ज्ञापन गरका छन् ।

    ओमान विरुद्धको खेलमा नेपालले उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जालमार्फत नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका हुन । ओमानको मस्कटस्थित अल अमरेत क्रिकेट एकेडेमी–१ मा आज भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ३९ रनले पराजित गरेको थियो ।

    यस जितसँगै नेपालको सेमिफाइनमा खेल्ने सम्भावना बलियो बनेको छ । सोही प्रतियोगिताअन्तर्गत नेपालले शनिबार फिलिपिन्ससँग खेल्नेछ । विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’ मा विभिन्न आठ राष्ट्र सहभागी छन् । जसमा आयोजक ओमानसहित नेपाल, बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, फिलिपिन्स र संयुक्त अरब इमिरेट्स (युएई) छन् ।

    ती आठ टोलीलाई पनि दुई समूहमा विभाजन गरिएको छ । समूह एकमा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान छन् भने समूह दुईमा युएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन् । प्रतियोगिता फाइनल पुग्ने दुई शीर्ष टोलीले आगामी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म अष्ट्रेलियामा हुने ‘टि २०’ विश्वकपमा स्थान बनाउने छन् ।

  • सकियो देउवा–ओलीबीचको वार्ता, के भयो निर्णय ?

    सकियो देउवा–ओलीबीचको वार्ता, के भयो निर्णय ?

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको वार्ता सकिएको छ।

    वार्ता सकेर राती सवा १० बजे देउवा बालकोटबाट बालुवाटार फर्किएका हुन् ।

    सत्ता गठबन्धनको बालुवाटारमा बिहीबार साँझ बसेको बैठकमा एमसीसीबारे सहमति हुन नसकेपछि देउवा ओली भेट्न बालकोट पुगेका थिए ।

    उनीहरुबीच समग्र एमसीसी र अन्य रणनीतिका विषयमा छलफल भएको बुझिएको छ । ओलीसँगको भेटका बारेमा देउवाले केही प्रतिक्रिया दिएका छैनन् ।

    ओलीको सचिवालयले देउवासँग भेटवार्ता भएको तर मिडियासँग बोल्ने कुनै विषय नभएको प्रतिक्रिया दिएको छ ।

  • तीन दलका शीर्ष नेताको बैठक सकियाे, एमसीसीबारे यस्ताे छ धारणा

    तीन दलका शीर्ष नेताको बैठक सकियाे, एमसीसीबारे यस्ताे छ धारणा

    काठमाडाैं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको बैठक सकिएको छ ।

    बैठकमा अमेरिकी परियोजना एमसीसी, स्थानीय तह निर्वाचन मिति, अवरुद्ध संसद खुलाउनेलगायतका विषयमा छलफल भएकाे छ ।

    बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमसीसीबारे पहिले सत्ता गठबन्धनमा एकमत हुनुपर्ने बताए । गठबन्धनमा एकमत भएपछिमात्र प्रतिपक्षले आफ्नो ठोस धारणा बनाउने उनकाे भनाइ छ ।

  • प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल

    प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल

    काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच समसामयिक विषयमा छलफल भएकाे स्राेतले बताएकाे छ ।

    यसअघि सत्तागठबन्धनका दलहरुबीच स्थानीय तहको निर्वाचन आगामी जेठभित्र गर्ने सहमति जुटेको छ ।

    पछिल्लो समय अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विषय पनि गठबन्धनमा उठ्दै आएको छ । याे भेट यही सिलसिलामा भएकाे अनुमान गरिएकाे छ । दुई नेताबीचको वार्ताको विस्तृत विवरण दुवै पक्षले दिएका छैनन् ।

  • सहिदकै कारण मुलुकमा लोकतान्त्रिक प्रणाली सम्भव भएकाे हाे : प्रधानमन्त्री देउवा

    सहिदकै कारण मुलुकमा लोकतान्त्रिक प्रणाली सम्भव भएकाे हाे : प्रधानमन्त्री देउवा

    काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले सहिदको बलिदानकै कारण आज मुलुकमा सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था सम्भव भएको बताएका छन् ।

    सहिद सप्ताहको अन्तिम दिन आज लैनचौरस्थित सहिद स्तम्भमा माल्यार्पण गर्दै प्रधानमन्त्री देउवाले व्यक्तिगत स्वार्थ नराखी सहिदले गरेको त्याग र बलिदानका कारण मुलुकमा ठूलो राजनीतिक परिवर्तन सफल भएको बताए ।

    सहिदको सपना साकार पार्न सबैले आआफ्नो स्थानबाट योगदान गर्नुपर्ने बताउँदै उनले मुलुकमा विधिको शासन र राजनीतिक परिवर्तन पनि सहिदकै कारण सम्भव भएको धारणा राखे । सहिदले परिकल्पना गरेअनुसारको समृद्ध राष्ट्र निर्माण गर्न सरकार प्रतिबद्ध रहेको उनले स्पष्ट पार्दै सच्चा सहिदको अभिलेख तयार गर्न सम्बन्धीत निकायलाई निर्देशन पनि दिए ।

    प्रधानमन्त्रीले भने, ‘मुलुकको अबको गन्तव्य भनेको राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै लोकलन्त्र र सङ्घीय शासन प्रणालीलाई बलियो बनाउँदै मुलुकलाई छिटो विकसित राष्ट्र निर्माणतर्फ लाने हो ।’

    काेरोना महामारीका कारण यस वर्ष प्रभातफेरी कार्यक्रम गरिएन । लैनचौरको सहिद स्मारकमा सङ्क्षिप्त स्मृति कार्यक्रम गरेर सहिद सप्ताहको समापन गरियो ।