काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको वार्ता सकिएको छ।
वार्ता सकेर राती सवा १० बजे देउवा बालकोटबाट बालुवाटार फर्किएका हुन् ।
सत्ता गठबन्धनको बालुवाटारमा बिहीबार साँझ बसेको बैठकमा एमसीसीबारे सहमति हुन नसकेपछि देउवा ओली भेट्न बालकोट पुगेका थिए ।
उनीहरुबीच समग्र एमसीसी र अन्य रणनीतिका विषयमा छलफल भएको बुझिएको छ । ओलीसँगको भेटका बारेमा देउवाले केही प्रतिक्रिया दिएका छैनन् ।
ओलीको सचिवालयले देउवासँग भेटवार्ता भएको तर मिडियासँग बोल्ने कुनै विषय नभएको प्रतिक्रिया दिएको छ ।