Tag: हिन्दू राष्ट्र

  • दुर्गा प्रसाईं नेतृत्वकाे महाअभियान : संघीयता खारेजी र हिन्दू राष्ट्र कायम गर्न काठमाडौंमा प्रदर्शन

    दुर्गा प्रसाईं नेतृत्वकाे महाअभियान : संघीयता खारेजी र हिन्दू राष्ट्र कायम गर्न काठमाडौंमा प्रदर्शन

    काठमाडौं । संघीयता खारेजी र हिन्दू राष्ट्र कायम गर्ने माग राख्दै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले काठमाडौंमा प्रदर्शन गरेको छ ।

    व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको महअभियानले काठमाडौंको माइतीघरमा भेला भइ नयाँ बानेश्वरसम्म प्रदर्शन गरेको हो ।

    प्रदर्शनमा सहभागीहरुले नेपाललाई हिन्दूराष्ट्र कायम गरिनुपर्ने, संघीयता खारेज गर्नुपर्ने भन्दै राजतन्त्रको पक्षमा नाराबाजी गरेका छन् ।

    पूर्व राजा ज्ञानेन्द शाहलाई उपस्थित गराइ झापाबाट सुरु भएको प्रसाईँको अभियानले देशका विभिन्न शहरमा प्रदर्शन गरिसकेको छ ।

    महाअभियानले बैंकको ब्याजदर घटाउनु पर्ने, २० लाखम्म ऋण मिनाहा गर्नुपर्नेगायतका माग पनि राखेको छ । ५ प्रतिशत ब्याजमा ऋण पाउनु पर्ने माग पनि प्रसाईँको छ ।

  • मुलुकमा धार्मिक द्वन्द्व रोक्न हिन्दू राष्ट्र कायम गर्न अनिवार्य (भिडिओसहित)

    मुलुकमा धार्मिक द्वन्द्व रोक्न हिन्दू राष्ट्र कायम गर्न अनिवार्य (भिडिओसहित)

    काठमाडाैं । महाशिवरात्रिको अवसरमा काठमाडौं पशुपतिनाथमा शंकराचार्यको आगमन संयोग मात्र होइन, यो योजना हो । शंकराचार्य नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्ने अडान भएको व्यक्ति हुन् । उनले यसअघि नै नेपाललाई हिन्दू राष्ट्र घोषणा गरिसकेकाले पनि उनी सहजरुपमा नेपाल आएका हुन् ।

    नेपाललाई हिन्दू राष्ट्र कायम गर्ने कुरामा शंकाराचार्य मात्र होइन भारतको संस्थापन पक्ष र चीन पनि सकारात्मक छ । भारतीय अधिकारीहरु त भित्रभित्रै सक्रियरुपमा लागेका छन् । चाँडै यस सम्बन्धी परिणामहरु देखा पर्नेछन् ।

    धर्म संस्कृति सम्बन्धी अध्येता भरत शर्माका अनुसार भारत र चीनको दबाबपछि धर्मनिरपेक्षता स्विकार गरेका यहाँका राजनीतिक दल र नेताहरु पनि हिन्दुत्व स्विकार्न तयार भएका छन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालगायतका नेताहरु मुलुकको शान्ति र समृद्धिका लागि हिन्दू धर्म कायम गर्ने कुरामा लगभग तयार भैसकेका छन् ।

    अमेरिका र युरोपियन युनियनको दबाबमा संविधानमा धर्मनिरपेक्षता लेखाउन सफल भएका नेताहरु पनि अहिले पछुतो मानिरहेका छन् ।

    पश्चिमाको दबाब र प्रभावमा परेर जालझेल गरी धर्मनिरपेक्षता लेखेका नेताहरु अहिले बोल्न नसकेपनि भित्रभित्रै गल्ती भएको महसुस गरिरहेका छन् । उनीहरुले आफूबाट भएको गल्ती निकटस्थहरुलाई बताउने गरेका छन् ।

    अध्येता शर्माका अनुसार पूर्वराजा ज्ञानेन्द्र शाहले मौन नबस्ने भनेर दिएको अभिव्यक्ति पनि परिवर्तनको संकेतकारुपमा आएको हो । कुनै पनि गृहकार्य र तयारी बिना शाहले यो कुरा बोलेका होइनन् । हिन्दुत्वसंगै राजसंस्थाले पनि स्थान पाउने कुराको व्यापक तयारी भएको हुनसक्ने उनको विश्लेषण छ ।

    राष्ट्रहितका लागि हिन्दू राष्ट्र कायम गर्न अनिवार्य छ भने गणतन्त्रमा राजसंस्थालाई पनि सम्मानपूर्वक राख्न सकिने उदाहरण नेपालले देखाउने शर्मा बताउँछन् । हालका कट्टर गणतन्त्रवादीहरु नै राजसंस्थाप्रति लचक हुने उनको दाबी छ ।

    प्रधानमन्त्री दाहाल युद्धकालका प्रचण्ड नभएर थकित र गलित व्यक्तिमा रुपान्तरण भएका छन् । प्रचण्ड राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमै राजनीतिक घेराबन्दीमा परेकाले उनले आफनो विगतप्रति पश्चातापबाहेक अरु केही भोग्न बाँकी छैन । उनी राजनीतिबाट बिरक्तिएर आध्यात्म, धर्मकर्म र सनातन मूल्य मान्यताको संरक्षणमा लाग्ने शर्मा बताउँछन् ।

    विस्तृत भिडिओ : 

  • संविधानमा धर्मनिरपेक्षता हटाएर हिन्दू राष्ट्र लेखिनुपर्छ : पूर्वप्रधानन्यायाधीश पराजुली

    संविधानमा धर्मनिरपेक्षता हटाएर हिन्दू राष्ट्र लेखिनुपर्छ : पूर्वप्रधानन्यायाधीश पराजुली

    काठमाडाैं । हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानद्वारा सर्लाहीको मलङ्गवामा ‘प्रबुद्ध नागरिक गोष्ठी तथा साहित्य परिचय कार्यक्रम’ सम्पन्न भएको छ ।

    कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानन्यायाधीश गाेपाल पराजुलीले जनतालाई झुक्याएर षड्यन्त्रपूर्वक लेखिएको धर्म निरपेक्षतालाई संविधान संशोधन गरेर हिन्दू राष्ट्र लेखिनुपर्ने माग गरे । जनगणनामार्फत् हिन्दूलाई ११ ठाउमा विभक्त गरेर ५०% भन्दा कम देखाउन सकेमा हिन्दू राष्ट्रको मुद्दालाई समाप्त पार्नका लागि ठूलो षड्यन्त्र भैरहेको आरोप लगाउँदै पूर्व प्रधानन्यायाधीशले विश्वको उत्कृष्ट धर्म र राष्ट्रको संरक्षण गर्न आह्वान समेत गरे ।

    अभियानको केन्द्रीय सदस्य तथा नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक कल्याण तिम्सिनाले हिन्दू राष्ट्रको माग राजनीतिक नभई सांस्कृतिक रहेको नेपालको धर्म, संस्कृति, परम्परा, जनसङ्ख्या, भाषा र भेषभुषा इत्यादि सबै सिध्याउनका लागि षड्यन्त्र भइरहेको चर्चा गर्दै उनले धर्म निरपेक्षता को विषयमा जनमत सङ्ग्रह स्वीकार्य नहुने बताएर जसरी हिन्दू राष्ट्र हटाइयो त्यसैगरी पुनर्स्थापित हुनुपर्ने माग गरे ।

    कार्यक्रम संयोजक तथा पूर्वमन्त्री रामचन्द्र रायले हिन्दू राष्ट्रको पहिचान बेच्ने हरूलाई गद्दारको संज्ञा दिँदै अहिले देश तिनकै हातमा रहेको भनेर आक्रोश व्यक्त गरेका थिए । धर्मान्तरण नै राष्ट्रान्तरण हुनेतर्फ सचेत हुन आग्रह गर्दै उनले सो कार्यक्रमबाट देश र धर्म रक्षाको लागि जागृत हुनुको विकल्प नरहेको जिकिर गरेका थिए ।

    राष्ट्रिय मधेसी आयोगकी सदस्य आभा सेतु सिंहले मन्तव्य दिने क्रममा संविधानबाट धर्म निरपेक्षता हटाउन सफल हुने शुभकामना व्यक्त गरेका थिए । सह-संयोजक राम स्वरूप राय यादव रहेको उक्त कार्यक्रममा स्वागत मन्तव्य डा. पुरुषोत्तम झाद्वारा प्रस्तुत गरिएको थियो ।

  • बाह्य प्रभाव र अज्ञानतावश नेपाल धर्म निरपेक्ष भयाे, यही कारण गल्ती भइरहेका छन् : पूर्व प्रधानन्यायाधीश पराजुली

    बाह्य प्रभाव र अज्ञानतावश नेपाल धर्म निरपेक्ष भयाे, यही कारण गल्ती भइरहेका छन् : पूर्व प्रधानन्यायाधीश पराजुली

    कैलाली । हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले ‘प्रबुद्ध नागरिक गाेष्ठी एवम् साहित्य परिचय कार्यक्रम’काे आयाेजना गरेको छ ।

    कैलालीको धनगढीमा आयोजित उक्त गाेष्ठीमा अभियानद्वारा अहिलेसम्म प्रकाशित साहित्यबारे जानकारी गराउँदै इतिहास, संस्कृति, परम्परा र जनसङ्ख्याको आधारमा नेपाल स्वयंसिद्ध हिन्दू राष्ट्र नै रहेकोले अब समाजले यसलाई आफ्नाे दायित्वकाे रुपमा स्वीकार गरोस भन्ने आग्रह समेत गरिएको थियो । गत भदाै ३ गते पूर्व प्रधानसेनापति रुक्माङ्गद कटवालकाे संयाेजकत्वमा याे अभियान सुरु भएकाे हाे ।

    प्रमुख अतिथि पूर्व प्रधानन्यायाधीश गाेपाल पराजुली, अभियानका केन्द्रीय सदस्य तथा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक कल्याण तिमल्सिना, हिन्दू स्वयंसेवक संघका जिल्ला संघचालक हिरा कँडेल र व्यवसायी तथा समाजसेवी गोपाल हमाल सहितको आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य प्रताप बुढाद्वारा राखिएको थियो भने कार्यक्रमको संयाेजकत्व कैलाश दाहालले गरेका थिए ।

    स्वागत मन्तव्य दिँदै प्रताप बुढाले समाजको हरेक क्षेत्रमा असल व्यक्तिको आवश्यकता रहेको जनाउँदै राम्रो चरित्र र धैर्य धारण गर्न सकेमात्र परिवर्तन सम्भव हुने बताएका थिए ।

    व्यवसायी तथा समाजसेवी गोपाल हमालले धर्म बारे गलत प्रचार बढी भएकोबारे चर्चा गर्दै हिन्दूहरूलाई संगठित हुनुपर्नेमा जोड दिए । यसैगरी, जिल्ला संघचालक हिरा कँडेलले समाजमा अझै पनि जातीय संकीर्णता कायम रहेको तथा धर्म बारे कुरा गर्दा आफू तल पारिन्छ भन्ने गलत मानसिकता हावी रहेको चर्चा गरेका थिए ।

    पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक कल्याण तिमल्सिनाले देउडा, गौरा जस्ता सांस्कृतिक तथा धार्मिक पहिचान रहेको सुदूरपश्चिमले आफ्नो अखण्डता जोगाउन लागिपरेको जस्तै अहिले हिन्दुत्वकालागि लाग्नुपर्ने बेला आएको बताएका थिए । शासन व्यवस्था जुन सुकै भए पनि हिन्दू राष्ट्र कायम हुनुपर्ने उल्लेख गर्दै उनले संविधानमा नलेखे पनि पहिचान र जनसङ्ख्याको आधारमा नेपाल स्वयंसिद्ध हिन्दू राष्ट्र रहेको दाबीसमेत गरे ।

    प्रमुख अतिथि पूर्व प्रधानन्यायाधीश गाेपाल पराजुलीले बाह्य प्रभाव र केही अज्ञानतावश नेपाल धर्म निरपेक्ष भएको तर्क प्रस्तुत गर्दै यसैकारण अनेकाैँ गल्ती भइरहेको बताए । विश्वमा ११८ इसाई, ५७ इस्लामिक र ९ वटा बुद्धिस्ट राष्ट्र भए पनि ११० करोड आबादी भएको हिन्दू राष्ट्र खोइ भन्ने प्रश्न गर्दै उनले विन्ती र विद्रोह गर्न कसैले छेक्न नसक्ने दावीसमेत गरेका थिए ।

    समाजको विभिन्न क्षेत्रबाट सहभागी उक्त कार्यक्रमलाई आभार प्रकट गर्दै आमन्त्रित अतिथि तथा उपस्थित सबैलाई धन्यवाद ज्ञापन संयोजक कैलाश दाहालद्वारा गरिएको थियो ।

  • नेताहरुले अनुचित लाभका लागि धर्मनिरपेक्षता अँगाले : पूर्व प्रधानन्यायाधीश पराजुली

    नेताहरुले अनुचित लाभका लागि धर्मनिरपेक्षता अँगाले : पूर्व प्रधानन्यायाधीश पराजुली

    काठमाडाैं । हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले ‘प्रबुद्ध नागरिक गाेष्ठी एवम् साहित्य परिचय कार्यक्रम’काे आयाेजना गरेको छ ।

    राष्ट्रिय सभागृहमा शनिबार आयोजित उक्त गाेष्ठीमा अभियान द्वारा अहिलेसम्म प्रकाशित साहित्यबारे जानकारी गराउँदै इतिहास, संस्कृति, परम्परा र जनसङ्ख्याको आधारमा नेपाल स्वयंसिद्ध हिन्दू राष्ट्र नै रहेकोले अब समाजले यसलाई आफ्नाे दायित्वकाे रुपमा स्वीकार गरोस भन्ने आग्रह समेत गरिएको थियो । गत भदाै ३ गते पूर्व प्रधानसेनापति रुक्माङ्गद कटवालकाे संयाेजकत्वमा याे अभियान सुरु भएकाे हाे ।

    प्रमुख अतिथि पूर्व प्रधानन्यायाधीश गाेपाल पराजुली र विशिष्ठ अतिथि पूर्व प्रहरीमहानिरीक्षक अच्युतकृष्ण खरेल, पूर्व मेजर जनरल नरबहादुर कँडेल सहितको आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य अभियानका केन्द्रीय सदस्य तथा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक कल्याण तिम्सिनाद्वारा राखेका थिए भने साहित्य परिचय अभियानका सदस्य देवेश झाले गराएका थिए । कार्यक्रम संयाेजन वास्तुविद् डा. वासुदेवकृष्ण शास्त्रीले गरेका थिए ।

    स्वागत मन्तव्य दिँदै तिम्सिनाले घर घरमा जागरण अभियान चलाउनुपर्ने बताए । धर्म परिवर्तनलाई रोक्नुपर्ने कुरालाई जोड दिँदै उनले अभियान कुनै राजनीतिक स्वार्थ बाट प्रेरित नभई समग्र हिन्दूहरूको धर्म संरक्षण कालागि सञ्चालन गरिएको बताए ।

    साहित्य परिचय गराउने क्रममा अभियानका सदस्य देवेश झाद्वारा गत साउन महिनादेखि सञ्चालित उक्त अभियानबाट फोल्डर, स्टिकर र पुस्तिकामार्फत उद्देश्य र स्वाभिमान जागरणबारे तथ्यगत विश्लेषण प्रस्तुत गरिएको थियाे ।

    आफ्नो स्वास्थ्य जटिलताका कारण स्वयं उपस्थित हुन नसकेको अभियानका राष्ट्रिय संयोजक तथा पूर्व प्रधानसेनापति रुक्माङ्गद कटुवालको सन्देश पढेर सुनाइएको थियो । सबै हिन्दु धर्मावलम्बीहरूलाई एकजुट भएर अगाडि बढ्न आह्वान गर्दै संयोजक कटुवालले सन्देशमार्फत हिन्दू राष्ट्रको माग सम्पूर्ण नेपालको स्वाभिमानसँग जोडिएको विचार व्यक्त गरेका थिए ।

    यसैगरी पूर्व प्रहरीमहानिरीक्षक अच्युतकृष्ण खरेलले धर्मविहीन राष्ट्र हुन सक्दैन बताउँदै प्राचीनकालदेखि नै नेपाल एक वैदिक सनातन हिन्दू राष्ट्र रहँदै आएको र युग युग सम्म रहने दावी गर्दै धर्म, संस्कृति र परम्परा प्रथा विनाश हुन लाग्यो भने पुरानै अवस्थामा ल्याउन सबै हिन्दूहरूले आ-आफ्ना स्थानबाट अभियानलाई निरन्तर अगाडि बढाउनुपर्ने मा जोड दिए ।

    नेपाली सेनाको अवकाशप्राप्त मेजर जनरल नरबहादुर कँडेल ले नेपाल हिन्दु राष्ट्र को रुपमा रहँदा संसारभर का हिन्दूहरूको तीर्थस्थल रहने बताए ।

    कार्यक्रमका प्रमुख अतिथि तथा पूर्व प्रधानन्यायाधीश गाेपाल पराजुलीले नेपाल हिन्दू राष्ट्र भएको र मानव समाज रहेसम्म रहिरहने बताउँदै आफ्नो अस्तित्व जोगाउनका लागि पनि यस अभियानमा जोडिनुपर्ने बताए ।

    राजनीतिक नेतृत्वको आलोचना गर्दै पूर्व प्रन्याले नेताहरुले अनुचित लोभका कारण धर्म निरपेक्षतालाई जबर्जस्ती अँगालेको आरोप लगाए ।

    समापन मन्तव्य दिँदै कार्यक्रम संयाेजक तथा वास्तुविद् वासुदेवकृष्ण शास्त्रीले अभियानलाई ६६ जिल्लासम्म पुर्‍याइएकाे चर्चा गर्दै वैदिक सनातन अखण्ड हिन्दू राष्ट्र नेपाल मा शासन पद्धति जुनसुकै भए पनि हिन्दू राष्ट्र कायम हुनुपर्ने उल्लेख गरे ।

    अभियानका सदस्य प्रह्लाद रेग्मीद्वारा सञ्चालित उक्त कार्यक्रममा सामूहिक साहित्य विमोचन र ऋतु लामा द्वारा एकल गायन प्रस्तुत गरिएको थियो ।

  • रुक्माङ्गद कटुवाल संयाेजकत्व ‘हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान’काे काठमाडाैंमा वृहत् कार्यक्रम

    रुक्माङ्गद कटुवाल संयाेजकत्व ‘हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान’काे काठमाडाैंमा वृहत् कार्यक्रम

    काठमाडाैं । हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले शनिबार ‘प्रबुद्ध नागरिक गाेष्ठी एवम् साहित्य परिचय कार्यक्रमकाे आयाेजना गरेकाे छ । कार्यक्रमल राष्ट्रिय सभागृहमा शनिबार २ बजेदेखि सुरु हुनेछ ।

    उक्त गाेष्ठीमा हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान अन्तर्गत अहिलेसम्म प्रकाशित भएका साहित्यबारे विमर्श हुने आयाेजकले बताएका छन् ।

    नेपाल एक हिन्दू राष्ट्र भएकाे र इतिहास, संस्कृति, परम्परा, जनसंख्याले यसलाई पुष्टि गरेकाेले अबकाे समाजले यसलाई आफ्नाे दायित्वकाे रुपमा स्वीकार गराेस भनी याे अभियानकाे सुभारम्भ भएकाे हाे ।

    व्यक्ति–व्यक्तिमा हिन्दू भाव जागरण गरी प्रत्येक नागरिकका मनमनमा जागरण गर्नका लागि हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानको शुभारम्भ भएकाे थियाे । गएकाे भदाै ३ गते पूर्व प्रधानसेनासेनापति रुक्माङ्गद कटवालकाे संयाेजकत्वमा याे अभियान सुरु भएकाे हाे ।

    शनिबार आयाेजना गरिएकाे कार्यक्रमका प्रमुख अतिथिमा पूर्व प्रधानन्यायाधीश गाेपाल पराजुली, विशिष्ठ अतिथिमा पूर्व प्रधानसेनापति रुक्माङ्गद कटवाल, पूर्व प्रहरीमहानिरीक्षक अच्युतकृष्ण खरेल र कार्यक्रम संयाेजक वास्तुविद् डा. वासुदेवकृष्ण शास्त्री रहेका छन् ।

  • हिन्दू राष्ट्र नहुँदा लाेकतन्त्र र गणतन्त्र दुवै खतरामा : लाेसपा नेता सिंह

    काठमाडाैं । लाेसपाका नेता कृष्ण सिंहले नेपालमा हिन्दू राष्ट्र नहुँदा लाेकतन्त्र र गणतन्त्र दुवै खतरामा परेकाे बताएका छन् ।

    सामाजिक सञ्जाल फेसबुकमार्फत लाेसपा केन्द्रीय सदस्य सिंहले आफ्नाे विचार सार्वजनिक गरी नेपाल हिन्दू राष्ट्र कायम भए पनि अन्य कुनै धर्मलाई असर नपर्ने बताएका हुन् । उनले लाेकतन्त्र र गणतन्त्र बचाउनका लागि नेपाल हिन्दू राज्य घाेषणा हुनुपर्ने पनि बताएका छन् । अहिले आम नागरिककाे माग पनि यही रहेकाे उनकाे बुझाइ छ ।

    उनले भनेका छन् ‘हिन्दू राष्ट्रकाे घाेषणा अहिलेकाे राजनीतिक अस्थिरताकाे समाधान, जनचाहाना र राजनीतिक निकास हाे ।’

    नेता सिंहले धर्म निरपेक्षताकाे माग आम नागरिकले नगरेकाे र केही नेताहरुले लाेकतन्त्रकाे नाममा गरेकाे घाेषणामात्र भएकाे आराेप पनि लगाएका छन् ।  उनले भनेका छन्, ‘अब हाम्राे भाषा, संस्कृति र इतिहासकाे संरक्षणाका लागि पुन:  आन्दाेलन गर्न नपराेस् ।’