Tag: एमाले

  • एमाले केन्द्रीय कमिटी बैठक सुरु, यी एजेन्डाहरूमा हुनेछ छलफल

    एमाले केन्द्रीय कमिटी बैठक सुरु, यी एजेन्डाहरूमा हुनेछ छलफल

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजदेखि सुरु हुँदैछ । बैठक ३० गतेसम्म बस्ने छ । बैठक आज बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु हुनेछ ।

    तीन दिनसम्म सञ्चालन हुने बैठकमा विभिन्न १० वटा कार्यसूचीमा छलफल भएर निर्णय हुने तय भएको छ । केन्द्रीय कमिटीमा ३३५ (दुई निलम्वित) सदस्य, चार जना केन्द्रीय निकायका अध्यक्ष र ९ जना प्रदेश कमिटी अध्यक्ष (दुई गैरभौगोलिक) हरू सहभागी हुने भएका छन् ।

    बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय निकायहरूको प्रतिवेदन, मिसन ग्रासरुटको प्रतिवेदन, प्रदेशहरूको कार्ययोजना, केन्द्रीय सदस्यहरूको कार्यविभाजन, पार्टी प्रवेशीहरूको व्यवस्थापन लगायतका १० वटा कार्यसूची छन् ।

  • एमाले नेतृत्वको गठबन्धन किन टुट्यो विश्वविद्यालयका विद्यार्थीलाई खोजी गर्न दिऔं : नेपाल

    एमाले नेतृत्वको गठबन्धन किन टुट्यो विश्वविद्यालयका विद्यार्थीलाई खोजी गर्न दिऔं : नेपाल

    काठमाडौं । एमाले नेतृत्वको गठबन्धन किन टुट्यो भन्ने कुरा विस्तारै खुल्दै जाने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले बताएका छन् ।

    सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले एमाले नेतृत्वको गठबन्धन टुट्नुको कारण विश्वविद्यालयका विद्यार्थीलाई खोजी गर्न जिम्मा दिन आग्रह गरे ।

    उनले फागुन १२ गते बनेको १० दलीय गठबन्धन पाँच वर्ष टिक्ने दाबी गरे ।

  • प्रधानमन्त्रीलाई पौडेलको प्रश्न : बालकोटको समर्थनमा तपाईँ किन प्रधानमन्त्री बन्नुभयो ?

    प्रधानमन्त्रीलाई पौडेलको प्रश्न : बालकोटको समर्थनमा तपाईँ किन प्रधानमन्त्री बन्नुभयो ?

    काठमाडौं । नेकपा एमालेलेका उपाध्यक्ष तथा पूर्व गृहमन्त्री विष्णु पौडेलले अहिलेको सरकार बनाउने भए किन एमालेको समर्थन चाहिएको भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न गरेका छन् ।

    सोमबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेपछि संसदमा बोल्दै एमाले उपाध्यक्ष विष्णु पौडेलले सोधे, ‘तपाईँलाई के कारण पर्‍यो त्यो सहयात्राबाट यो सहयात्रामा फर्किनुभयो ?’

    उनले यदि कांग्रेससहितको दलसँगको सहयात्रामा फर्किनु थियो भने १० पुसमा एमालेसँग किन सहयात्रा गरेको भनेर प्रश्न गरे । ‘हिजो प्रधानमन्त्री बन्न एमाले लगायत राजनीतिक दल चाहिने तर २ महिना पनि नपुग्दै, प्रधानमन्त्री पाउनेवित्तिकै दूरीको सम्बन्ध कायम गर्दै पुरानै गठबन्धनतिर फर्किन खोज्नुभयो ।’

    उपाध्यक्ष पौडेलले प्रधानमन्त्री प्रचण्डलाई एमालेले विश्वासको मत नदिने र संसदका कसैले पनि दिन नहुने बताए ।

  • स्कूले विद्यार्थीसँग बाटोमा मकै खाँदै केपी ओली (तस्बिरहरु)

    स्कूले विद्यार्थीसँग बाटोमा मकै खाँदै केपी ओली (तस्बिरहरु)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पार्टी कार्यालय च्यासलबाट फकिर्ने क्रममा विद्यार्थीसँग सडकमै भेट भएका छन् ।

    बालबालिकाहरुसँग बाटोमै भेट मात्रै गरेनन् सँगै मकै पनि खाए । उनले आफू पार्टी कार्यालयबाट घर फर्कँदै गर्दा बाटोमा स्कूल छुटेर घर फर्कँदै गरेका बालबालिकाहरुसँग रमाइलो भेट गर्ने अवसर मिलेको बताए । त्यसै क्रममा नजिकै मकै पोलेर बेचिरहेकी महिलासँग मकै किनेर पनि ओलीले खाएको उल्लेख गरेका छन् ।

    उनले सामाजिक सञ्जाल फेसबुकमा फोटोसहित लेखेका छन, ‘पार्टी कार्यालयबाट घर फर्कंदै थिएँ, बाटोमा स्कूल छुटेर फर्किंदै गरेका नानीबाबूहरूसँग रमाइलो भेट गर्ने अवसर मिल्यो । नजिकै एकजना बहिनी मकै पोलेर बेचिरहनु भएको रैछ, पोलेको मकै खाएँ । एकदम मज्जा लाग्यो ।’