स्कूले विद्यार्थीसँग बाटोमा मकै खाँदै केपी ओली (तस्बिरहरु)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पार्टी कार्यालय च्यासलबाट फकिर्ने क्रममा विद्यार्थीसँग सडकमै भेट भएका छन् ।

बालबालिकाहरुसँग बाटोमै भेट मात्रै गरेनन् सँगै मकै पनि खाए । उनले आफू पार्टी कार्यालयबाट घर फर्कँदै गर्दा बाटोमा स्कूल छुटेर घर फर्कँदै गरेका बालबालिकाहरुसँग रमाइलो भेट गर्ने अवसर मिलेको बताए । त्यसै क्रममा नजिकै मकै पोलेर बेचिरहेकी महिलासँग मकै किनेर पनि ओलीले खाएको उल्लेख गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा फोटोसहित लेखेका छन, ‘पार्टी कार्यालयबाट घर फर्कंदै थिएँ, बाटोमा स्कूल छुटेर फर्किंदै गरेका नानीबाबूहरूसँग रमाइलो भेट गर्ने अवसर मिल्यो । नजिकै एकजना बहिनी मकै पोलेर बेचिरहनु भएको रैछ, पोलेको मकै खाएँ । एकदम मज्जा लाग्यो ।’

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१