Tag: चीन

  • दुर्घटनाग्रस्त चिनियाँ विमानका ४० हजारभन्दा बढी टुक्रा फेला परे

    दुर्घटनाग्रस्त चिनियाँ विमानका ४० हजारभन्दा बढी टुक्रा फेला परे

    काठमाडाैं । दक्षिण चीनको गुआङ्सी जुआङ स्वायत्त क्षेत्रमा दुर्घटनाग्रस्त भएको चाइना इस्टर्न एयरलाइन्सको विमानको ४० हजारभन्दा बढी टुक्रा बुधबारसम्म फेला पारिएको एक अधिकारीले बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

    चीनको नागरिक उड्डयन प्रशासनको उड्डयन सुरक्षा कार्यालयका प्रमुख झु ताओले भग्नावशेषका अधिकांश टुक्राहरू क्रमबद्ध र थप परीक्षणका लागि भण्डारण स्थलमा सारिएको बताए।

    करिब एक करोड वर्ग मिटर वरिपरिखोजि कार्य जारी राखिएको थियो। खोज तथा उद्धार कार्यमा २१६ दमकल र १६ वटा ड्रोन लगायतका उपकरण प्रयोग गरिएको थियो ।

    कुनमिङबाट ग्वाङ्झाउका लागि उडेको बोइङ ७३७ विमान दिउँसो २ -३८ बजे गुआङ्सीको टेङ्सिआन काउन्टीको पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो ।

    मार्च २१ मा १२३ यात्रु र नौ चालक दलका सदस्यहरू सहित जहाजमा रहेका सबै १३२ जनाको मृत्यु भएको थियो।

  • चीनमा फैलन थाल्याे काेराेना भाइरसकाे नयाँ भेरियन्ट, सांघाइमा चरणबद्ध लकडाउन

    चीनमा फैलन थाल्याे काेराेना भाइरसकाे नयाँ भेरियन्ट, सांघाइमा चरणबद्ध लकडाउन

    काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट फैलन थालेपछि चीनको सांघाइमा चरणबद्ध लकडाउन सुरु भएको छ ।

    चरणबद्ध तालाबन्दीका कारण चीनको आर्थिक हबका लाखौँ मानिसहरू आफ्नो घरभित्रै सीमित हुँदा विश्व तेलको मूल्यमा तीब्र वृद्धि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    सहरको पूर्वी आधा भागमा लकडाउन गरिएको छ । तर, बन्दरगाह र सहरका दुई विमानस्थलहरु भने खुला छन् ।

    चीनमा स्वास्थ्यकर्मीहरूले सामूहिक परीक्षण गर्न पनि थालेका छन् । त्यस्तै, संक्रमण फैलन थालेपछि आफ्नो कारखाना लकडाउन क्षेत्रमा रहेकाले आफ्ना उत्पादन बन्द गर्ने अमेरिकी कार निर्माता टेस्लाले जनाएको छ ।

    कोभिडको नयाँ संक्रमण ओमिक्रोन भेरियन्टका कारण चीनमा पछिल्ला समयमा संक्रमण दर बढेको छ ।

    सन् २०१९ को अन्त्यमा वुहानमा पहिलो पटक यो भाइरस देखा परेदेखि गत महिना चीनमा सबैभन्दा धेरै संक्रमणका घटना देखिएका छन् ।

    आइतबार चीनमा एकै दिन ४५ सय नयाँ संक्रमित भेटिएका थिए ।

  • चीनकाे महत्वकांक्षाबाट सजग भएर हतियार जम्मा गर्दै एसियाली देशहरू

    चीनकाे महत्वकांक्षाबाट सजग भएर हतियार जम्मा गर्दै एसियाली देशहरू

    बेइजिङ। चीनको बढ्दो क्षेत्रीय महत्त्वाकाङ्क्षाबाट सजग भएका केही एसियाली र महासागरीय राष्ट्रहरूले हतियार खरिदलाई तीव्रता दिइरहेका छन् ।

    स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युटले सोमबार प्रकाशित गरेको प्रतिवेदनले सन् २०१६ देखि २०२१ सम्मको पाँच वर्षको विश्वव्यापी हतियारको कारोबारलाई तुलना गरेको छ । शीर्ष १० हतियार आयातकर्तामध्ये ६ एसिया र ओशिनिया मुलुकबाट भएको देखाएको छ ।

    जसमा भारत शीर्ष आयातकर्ता हो, जसले विश्वको कुल ११ प्रतिशत हतियार आयात गरेको पाइएको छ । अक्टोबर २०२१ मा दक्षिण कोरियाको सियोङनाममा भएको सियोल अन्तर्राष्ट्रिय एयरोस्पेस र रक्षा प्रदर्शनीमा एउटा ट्याङ्क प्रदर्शन गरिएको छ ।

    जापानको आयात २.७ गुणाले बढेको छ, जसलाई विश्वको १० औँ ठूलो आयातकर्ता बनाएको छ ।

    अस्ट्रेलिया, चीन, दक्षिण कोरिया र पाकिस्तान पनि शीर्ष १० मा परेका छन् । गत ३० वर्षमा विश्वको सबैभन्दा ठुलो हतियार आयात गर्ने क्षेत्र एसिया र ओशिनियाले २०१७ देखि २०२१ सम्म ४३ प्रतिशत विश्वव्यापी हतियार लिएका गरेको छ ।

    आयात र निर्यात सहित कुल विश्वव्यापी हतियार व्यापार ४.६ प्रतिशतले घटेको प्रतिवेदनले जनाएको छ ।

    युक्रेनको आयात, रुसद्वारा हालैको आक्रमण अघि, ‘धेरै सीमित’ थियो किनभने देशको बजेट कम थियो र प्रमुख निर्यातकहरूले पूर्वी युक्रेनमा लामो समयदेखि चलिरहेको द्वन्द्व बढ्ने डरले आपूर्ति सीमित गरेका थिए ।

    निर्यातको लागि, संयुक्त राज्य अमेरिका विश्वको सबैभन्दा ठुलो हतियार निर्यातकर्ता रह्यो । जसले कुल ३९ प्रतिशतको योगदान छ । पछिल्लो युक्रेनसँगको तनावपछि दोस्रो ठुलो निर्यातकर्ता रुसले भने आफ्नो व्यापार २६ प्रतिशतले घटेको देखाएको छ ।

    अमेरिकी निर्यातमा वृद्धि मुख्यतया साउदी अरेबिया, अस्ट्रेलिया, दक्षिण कोरिया र जापानसँग बढेको लेनदेनका कारण भएको संस्थानले जनाएको छ ।

  • ऋण तिर्ने भाकाबारे पुनर्विचार गर्न श्रीलंकाकाे आग्रह चीनद्वारा अस्वीकार

    ऋण तिर्ने भाकाबारे पुनर्विचार गर्न श्रीलंकाकाे आग्रह चीनद्वारा अस्वीकार

    काठमाडौं । ऋण तिर्ने भाकाबारे पुनर्विचार गर्न श्रीलंकाले गरेको आग्रह चीनले अस्वीकार गरेको छ ।

    कोरोना भाइरसको महामारीका कारण अर्थतन्त्रमा नकारात्मक असर परेका कारण ऋण तिर्ने भाकाबारे पुनर्विचार गर्न श्रीलंकाले चीनलाई आग्रह गरेको थियो ।

    श्रीलंकाली राष्ट्रपति गोताबाया राजापाक्षेले चीनका विदेशमन्त्री वाङ् यीलाई यसबारे आग्रह गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । यद्यपि, चिनियाँ विदेश मन्त्रालयलका प्रवक्ता झाओ लिजियानले पत्रकार सम्मेलनका क्रममा चीनले श्रीलंकाको सामाजिक–आर्थिक विकासमा सहयोग गरेको र यसलाई निरन्तरता दिने बताएकाे समाचारमा उल्लेख छ ।

    श्रीलंकाको अर्थतन्त्र चीनको बेल्ट एण्ड रोड परियोजनाका कारण संकटमा परेको र यसबाट उच्च मुद्रास्फीति, खाद्यान्नमा मूल्यवृद्धि जस्ता समस्या उत्पन्न भएका विषयमा चीनले गोहीको आँशु मात्र झारेको जनाइएकाे छ ।

    श्रीलंकाले चीनको ८ अर्ब अमेरिकी डलर ऋण चुक्ता गर्न बाँकी छ । यद्यपि विदेशी मुद्राको अभावका कारण श्रीलंकाले उक्त ऋण तिर्ने भाकाबारे पुनर्विचार गर्न आग्रह गरेको थियो ।

    श्रीलंका सन् १९४८ मा स्वतन्त्रता पाएयताकै सबैभन्दा खराब आर्थिक संकटबाट गुज्रिरहेको छ ।

  • चीनमा १३३ जना सवार विमान दुर्घटना

    चीनमा १३३ जना सवार विमान दुर्घटना

    काठमाडाैं । चीनमा यात्रुवाहक विमान साेमबाार दुर्घटनाग्रस्त भएको छ । चीनको दक्षिणपश्चिम क्षेत्रमा १३३ जना यात्रु सवार रहेको उक्त विमान दुर्घटनाग्रस्त भएको छ ।

    दुर्घटनामा भएकाे क्षतिकाे विवरण तथा मृत्यु हुनेको सङ्ख्या भने अहिलेसम्म अज्ञात रहेको राज्य प्रसारक सीसीटीभीले सोमबार उल्लेख गरेको छ ।

    बोइङ ७३७ विमान गुआङ्सी क्षेत्रको वुझाउ शहर नजिकैको ग्रामीण इलाकामा दुर्घटनाग्रस्त भएको हाे।स्थानीय समयअनुसार दिउँसो सवा १ बजे कुनमिङबाट उडेको जहाज तीन बजेर ७ मिनेटमा ग्वान्जाओ पुग्ने समय तालिका थियो।

    साढे ६ वर्षदेखि उडान थालेको उक्त जहाजमा १६२ सिट थिए।

    चीनले पछिल्लो समय हवाई उड्ययनलाई निकै सुरक्षित बनाएको थियो। सोमबारको दुर्घटना वर्षौंपछि चिनियाँ आकाशमा भएको ठूलो दुर्घटना हो।

     

  • चीनमा पुन: फैलन थाल्याे काेरोना, ११ सहरमा लकडाउन

    चीनमा पुन: फैलन थाल्याे काेरोना, ११ सहरमा लकडाउन

    काठमाडाैं । पछिल्ला दिनमा चीनमा पुन: काेराेना संक्रमित फैलन थालेका छन् । मंगलबार चीनमा ५ हजार २८० जनामा संक्रमण पुष्टि भएको समाचार संस्था एएफपीले जनाएको छ ।

    सबैभन्दा धेरै संक्रमित जिलिन प्रान्तमा देखिएको छ । जिलिनमा मात्रै तीन हजार बढी संक्रमित थपिएकाे बताइएकाे छ ।

    चीनमा कोरोना संक्रमण बढ्न थालेपछि कम्तीमा पनि ११ सहर र काउन्टीमा लकडाउन गरिएको छ ।

    यी सहरहरुमा चिनियाँ अधिकारीहरूले कडा लकडाउन लागू गरेका छन् । ‘जिरो कोभिड’को रणनीति अपनाएर उनीहरूले लकडाउन गरिरहेका हुन् ।

    ६ दिनयता चीनमा दैनिक एक हजार बढी संक्रमित थपिइरहेकाे समाचारमा जनाइएकाे छ ।

    चीनमा अहिलेसम्म एक लाख २० हजार ५०४ जनामा कोरोना संक्रमण पुष्टि र ४ हजार ६३६ जनाको मृत्यु भएको छ ।

  • आर्थिक संकटमा परेपछि श्रीलंकाले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग सहयाेग माग्ने

    आर्थिक संकटमा परेपछि श्रीलंकाले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग सहयाेग माग्ने

    काठमाडाैं । ठूलो आर्थिक संकटमा परेपछि श्रीलंकाले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग सहयाेग माग्ने भएकाे छ । ऋणको भारले थिचिएर अत्यावश्यक सामाग्रीको आयात सम्म गर्न मुश्किल पर्न थालेपछि सहयाेग माग्ने याेजना बनाएकाे हाे ।

    श्रीलंकाले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग अर्को महिना सहयोगका लागि कुराकानी गर्ने योजना बनाएको समाचार संस्था राेयटर्सले जनाएकाे छ ।

    यसको मुख्य कारण श्रीलंकामा सटहीका लागि विदेशी मुद्रोको अभाव हो । श्रीलंकासँग अब २ अर्ब ३१ करोड डलर मात्र संचित छ । अहिले तेल, खाद्यान्न र औषधीको आयात समेत मुश्किल पर्न थालेको समाचारमा जनाइएकाे छ ।

    वास्तवमा श्रीलंका चिनियाँ ऋणले थिचिएको छ । बीआरआईका आयोजनाहरु उसले ऋण लिएर अगाडि बढाएको छ । ऋणको ब्याज तिर्न नसक्ने भएपछि श्रीलंकाले चिनियाँ पक्षसँग पनि कुराकानी गरेको छ ।

  • फेरि बढ्न थाले चीनमा कोरोना संक्रमित

    फेरि बढ्न थाले चीनमा कोरोना संक्रमित

    काठमाडाैं । चीनमा पछिल्ला केही दिनयता कोरोना भाइरस संक्रमितहरुको संख्या बढ्न थालेको बताइएको छ ।

    चीनका स्वास्थ्य अधिकारीहरुले पछिल्ला केही हप्तामा यो संख्या बढेको बताएका हुन् । चीनमा थप संख्यामा कोरोना भाइरसका संक्रमित भेटिन थालेको बताइएको छ । चीनको नेशनल हेल्थ कमिसनले दिएको जानकारीअनुसार चीनभित्रै पनि संक्रमणका थप व्यक्ति भेटिएका हुन् ।

    चीनका विभिन्न सहरमा बुधबार मात्र कोरोना भाइरसका ४०२ जना नयाँ संक्रमित देखिएका हुन् । अघिल्लो दिन अर्थात् मंगलबार यहाँ २३३ जना संक्रमित पाइएकामा बुधबार ४०२ पुगेको हो ।

    चीनभित्रै पनि यी संक्रमितहरु बढ्न थालेका समाचारमा जनाइएको हो । यहाँका जिलिन, सांदोन, सान्सी प्रान्तका केही स्थानमा संक्रमित पाइएका हुन् । यसमध्ये सबैभन्दा बढी जिलिनमा छन् । जिलिनमा मात्र १६५ जना संक्रमित पाइएको बताइएको छ ।

    चीनमा पछिल्लो समयमा संक्रमित भेटिन थालेपछि यहाँको सरकारले कोरोनाबाट निको भएका नागरिकहरुमा पनि पुनः स्वास्थ्य जाँच गर्न सुरु गरेको छ ।

    चीनका सबैजसो नागरिकालाई कोरोना पुनः हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चीनले नागरिकहरुको निरन्तर परीक्षण गरिरहेको बताइएको छ । बुधबारसम्ममा ४ हजार ६०० भन्दा बढी नागरिक कोरोना संक्रमित भइ उपचार गराइरहेका बताइएको छ ।

  • चिनियाँ राष्ट्रपति र पुटिनबीच कुराकानी : युक्रेनसँग सम्झौता गर्न सीकाे आग्रह

    चिनियाँ राष्ट्रपति र पुटिनबीच कुराकानी : युक्रेनसँग सम्झौता गर्न सीकाे आग्रह

    काठमाडाैं । चीनका राष्ट्रपति सी चिनपिङले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग कुराकानी गरेका छन् ।

    उनीहरुले शुक्रबार फोनमा कुराकानी गरेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    कुराकानीमा सीले युक्रेनसँग सम्झौता गर्न पुटिनसमक्ष आग्रह गरेकाे बताइएकाे छ । सीकाे उक्त आग्रहपछि पुटिन सम्झौताका लागि तयार हुन सक्ने विश्लेषण गरिएको छ ।

    यसैबीच, संयुक्त राष्ट्रसंघले युक्रेनी द्वन्द्वबाट बच्न ४० लाख शरणार्थीहरू देश छोडेर जान सक्ने चेतावनी पनि दिएकाे छ ।

    रुसी सेना युक्रेनकाे राजधानी किभ प्रवेश गरिसकेका छन् । रुस र युक्रेनबीच भयानक युद्ध भइरहेकाे छ ।

  • एमसीसीबारे चीनको कडा टिप्पणी : उपहार अल्टिमेटमको प्याकेजसहित आउन खोज्दा अचम्म लाग्यो

    एमसीसीबारे चीनको कडा टिप्पणी : उपहार अल्टिमेटमको प्याकेजसहित आउन खोज्दा अचम्म लाग्यो

    काठमाडाैं । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङलेले ‘एमसीसी उपहार हो कि पान्डोराज बक्स हो ?’ भनेर प्रश्न गरेकी छिन् ।

    अमेरिकाको नेपालस्थित दूतावासले ५०० मिलियनको एमसीसी अनुदानलाई अमेरिकी जनताको तर्फबाट उपहार भनेको भन्दै उनले चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा भनेकी छन्, ‘उपहार अल्टिमेटमको प्याकेजसहित कहिलेबाट आउन थाल्यो ? मलाई आश्चर्य लागेको छ । सम्बन्धित मुलुकको सार्वभौमसत्ता र जनताको इच्छाको पूर्ण सम्मान हुनुपर्छ । सो मुलुकको आन्तरिक मामिलामा कुनै हस्तक्षेप हुनुहुँदैन, कुनै राजनीति अंकुश गाँसिनु हुँदैन । जुलुम कूटनीति गरिनुहुँदैन ।’

    अन्तर्राष्ट्रिय विकास सहयोग आपसी सहमति र समानताको सिद्धान्तमा आधारित हुनुपर्ने, सम्बन्धित देशको सम्प्रभुता र त्यहाँका जनताको इच्छाको सम्मान गर्नुपर्ने उनले बताइन् । यस्तो सहयोग दिँदा सम्बन्धित देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नहुने चीनको धारणा रहेको उनको तर्क छ।

    ‘एकअर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगरी राज्यको सार्वभौमसत्ता र जनताको इच्छाको पूर्ण सम्मान गर्नुपर्छ,’ उनले भनिन्, ‘अन्य देशको सार्वभौमसत्ता र हितलाई हानी पुर्‍याउने र कुनै पनि राजनीतिक अवस्था वा स्वार्थ जोड्नु हुँदैन ।’