Tag: नेकपा एकीकृत समाजवादी

  • माओवादीसँग एकता गर्न समिति बनाउने एकीकृत समाजवादीको निर्णय

    माओवादीसँग एकता गर्न समिति बनाउने एकीकृत समाजवादीको निर्णय

    काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस)ले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्नका लागि संयोजन समिति गठन गर्ने भएको छ ।

    बुधबार बसेको केन्द्रीय समीति बैठकमा कार्यगत एकता वा पार्टी संयोजन गर्नेबारे छलफल भइरहेको पार्टीका प्रचार विभाग प्रमुख जगननाथ खतिवडाले जानकारी दिए ।

    उनले भने, ‘पार्टी एकता संयोजन समिति बनाउने वा कार्यगत एकताका विषयमा छलफल अघि बढाएका छौँ ।’

  • दोलखा प्रदेशसभा ‘क’मा एकीकृत समाजवादीबाट चुनु केसी खड्काकाे दाबी

    दोलखा प्रदेशसभा ‘क’मा एकीकृत समाजवादीबाट चुनु केसी खड्काकाे दाबी

    काठमाडाैं । नेकपा एकीकृत समाजवादीकाे केन्द्रीय सदस्य तथा महिला नेतृ चुनु केसी खड्काले दाेलखा प्रदेशसभा ‘क’बाट प्रत्यक्षमा उम्मेदवारी दिने बताएकी छन् ।

    खड्काले महिलाहरुकाे क्षमता अभिवृद्धि गर्न, देश विकासका लागि समग्र महिलाहरुकाे प्रतिनिधित्व गरी आफूले प्रत्यक्षमा उम्मेदवारी दिन लागेकाे बताइन् । यसअघि महिलाहरुलाई समानुपातिकमा सीमित गर्न खाेजेकाे उदाहरण दिँदै उनले अब आफू दाेलखा र समग्र देश विकासका लागि प्रत्यक्षमा नै निर्वाचन लड्ने तयारी गरेकाे बताइन् ।

    देशकाे नेतृत्व तहमा पुरुषहरुसँग प्रतिस्पर्धामा आउनका लागि महिलालाई सक्षम बनाउनुपर्ने उनकाे तर्क छ ।

    गठबन्धनकाे तर्फबाट सिट बाँडफाँडकाे विषयले चर्चा पाइरहेकाे बेलामा उनले आफ्नाे दाबी प्रस्तुत गरेकी हुन् । उनले दाेलखाका नागरिकहरुले आफूलाई विश्वास गर्ने र बहुमतसहित विजयी प्राप्त गर्ने दाबी पनि गरिन् ।

    प्रदेशसभाकाे २ ओटा निर्वाचन क्षेत्र रहेकाे दाेलखा ‘क’ बाट यसअघि २०७४ सालकाे चुनावमा वाम गठबन्धनकाे तर्फबाट विशाल खड्का विजयी भएका थिए ।

    ७ ओटा गाउँपालिका र २ वटा नगरपालिका गरी ९ ओटा स्थानीय तह रहेकाे दाेलखामा स्थानीय तह निर्वाचनमा तामाकाेशी गाउँपालिकाकाे अध्यक्षमा नेकपा एकीकृत समाजवादीले जित हासिल गरेकाे थियाे ।

  • सिट बाँडफाँडमा एकीकृत समाजवादीकाे बटमलाइन : २० प्रतिशत नछाेड्ने

    सिट बाँडफाँडमा एकीकृत समाजवादीकाे बटमलाइन : २० प्रतिशत नछाेड्ने

    काठमाडाैं । गठबन्धनमा रहेको तेस्रो ठूलो दल नेकपा एकीकृत समाजवादीले कार्यदलको बिहीबारकाे बैठकमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ २० देखि २५ प्रतिशत सिट दाबी गर्ने भएको छ ।

    बुधबार बसेको केन्द्रीय सचिवालय बैठकमा पनि सोही अनुसार प्रस्ताव लैजाने सहमति भएको समाजवादीका एक नेताले बताए । ती नेताका अनुसार प्रत्यक्ष निर्वाचित सांसद, स्थानीय तहमा निर्वाचित भएको पालिका र व्यक्तित्वको आधारमा सिट बाँडफाँड गर्नुपर्ने पार्टीको प्रस्ताव हुनेछ ।

    बुधबार बसेको सचिवालय बैठकले उम्मेदवारीको मापदण्ड र छनोट विधिबारे प्रस्ताव तयार पार्ने जिम्मेवारी कार्यदलका सदस्यसमेत रहेका बेदुराम भुसाल र प्रमेश हमाललाई दिएको थियो ।

    सिट बाँडफाँटका लागि बनेको पाँच दलीय सत्ता गठबन्धनको ११ सदस्यीय कार्यदलको बैठक बिहीबार बस्न लागेकाे छ ।

  • चुनावी घोषणपत्र तयार गर्न नेकपा एसले बनायो तीन सदस्यीय समिति

    चुनावी घोषणपत्र तयार गर्न नेकपा एसले बनायो तीन सदस्यीय समिति

    काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एसले संघीय र प्रदेश निर्वाचनका लागि चुनावी घोषणा पत्र मस्यौदा समिति चयन गरेको छ ।

    उपमहासचिव गंगालाल तुलाधार, बिजय पौडेल र प्रकाश ज्वाला सम्मिलित तीन सदस्यीय चुनावी घोषणा पत्र मस्यौदा समिति गठन गरेको हो । सो समिति गठन भएसँगै नेकपा एस चुनावी घोषणा पत्र तयारीका लागि समिति गठन गर्ने सम्भवत: पहिलो पार्टी पनि बनेको छ ।

    बुधवार सम्पन्न सचिवालय बैठकले उम्मेदवार छनौटका लागि आवाश्यक मापदण्ड, बिधि र प्रक्रिया तयार गर्नका लागि महासचिव बेदुराम भुषाललाई जिम्मेवारी तोकेको छ ।

    निर्वाचन आयोगमा पार्टी दर्ता गराउनका लागि कार्यालय सचिव गंगालाल तुलाधारलाई जिम्मेवारी तोकिएको नेकपा एसले जानकारी दिएको छ ।

  • पाँच दलीय गठबन्धन निर्वाचनपछिसम्म दिगो रहन्छ : अध्यक्ष नेपाल

    पाँच दलीय गठबन्धन निर्वाचनपछिसम्म दिगो रहन्छ : अध्यक्ष नेपाल

    डाेटी । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पाँच दलीय गठबन्धन सङ्घीय र प्रदेश निर्वाचनपछिसम्म पनि दिगो रहने बताएका छन् ।

    एकीकृत समाजवादी जिल्ला कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्न शनिबार सदरमुकाम सिलगढी आइपुगेका अध्यक्ष नेपालले सञ्चारकर्मीसँग कुरा गर्दै गठबन्धन अहिलेको आवश्यकता भएको उल्लेख गरे । ‘पछिसम्म पनि गठबन्धन कायम राख्न पाँच दलका शीर्ष नेता सहमत भएका छन्’, उनले भने ।

    फरक प्रसङ्गमा अध्यक्ष नेपालले गठबन्धनकै भर परेर स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले अपेक्षित सिट हासिल गर्न नसकेको बताए । उनले भने, ‘स्थानीय तहमा अपेक्षित सिट हासिल गर्न सकिएन, अबको सङ्घ/प्रदेशको निर्वाचनमा हामी सोचेभन्दा बढी सिट हासिल गर्छौँ ।’

  • माधव नेपाल प्रचण्डतिर, झलनाथ खनाल एमालेतिर लचक

    माधव नेपाल प्रचण्डतिर, झलनाथ खनाल एमालेतिर लचक

    काठमाडौं । एमालेसँग कार्यगत एकता वा चुनावी मोर्चा बनाउन एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अनिच्छुक देखिए पनि सम्मानित नेता झलनाथ खनाल भने सकारात्मक देखिएका छन् ।

    संघीय संसदको निर्वाचनमा पाँचदलीय गठबन्धनका नेतृत्वकर्ता नेपाली कांग्रेसबाट ‘असुरक्षित’ महसुस भएकाे ठानी अध्यक्ष नेपाल माओवादी केन्द्रतिर र खनाल भने पूर्व पार्टी नेकपा एमालेप्रति सकारात्मक देखिएका हुन् ।

    पछिल्लो समयमा वामपन्थी दलबीच सकेसम्म एकता, नभए चुनावी गठबन्धन गर्नुपर्ने विषयमा जोड गरिरहेका खनाल गत स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदवारप्रति लचक मात्रै भएनन्, मत नै दिन कार्यकर्तालाई निर्देशन दिएका थिए ।

    ‘झलनाथ कमरेडले इलामका अगुवा कार्यकर्तालाई मुखै फोरेर एमालेका राम्रा उम्मेदवारलाई मत दिन निर्देशन दिनु भएको थियो,’ इलामका तुल्सी बस्नेतले भने, ‘जसअनुसार नेकपा एस कमजोर रहेको स्थानमा गठबन्धनका उम्मेदवारलाई मत नहाली एमालेका उम्मेदवारलाई मत हालिएको थियो ।’

    त्यसो त खनालले पछिल्लो समय कांग्रेसलाई बहुमत दिलाउन निरन्तर गठबन्धन गरेर जाने हो भने ‘वामपन्थी आन्दोलन धराप’ मा पर्ने बताएका छन । नुवाकोट-काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा बोल्दै खनालले ‘कांग्रेसलाई पहिलो पार्टी बनाउन किन गठबन्धन गर्नुपर्ने हो ?’ भन्दै प्रश्न मात्रै गरेनन्, ‘वामपन्थीहरू कांग्रेसको पुच्छर बन्न किन जाने ?’ भन्ने अर्को प्रश्न पनि तेर्साएका छन् ।

    कार्यक्रममा खनालले वामपन्थी दलहरूबीच एकता नभए चुनावी गठबन्धन गर्न संसदको सबैभन्दा ठूलो दल एमालेले पहलकदमी लिनुपर्नेसमेत बताएका छन् । ‘संसद्को ठूलो दलका नाताले वामपन्थीहरूबीच एकता, नभए चुनावी मोर्चा बनाउन एमालेले पहलकदमी लिनुपर्छ,’ खनालले भने ।

    स्रोतका अनुसार प्रतिनिधिसभा बैठकमा भेट हुँदा होस् वा टेलिफोन वार्तामार्फत खनाल र एमाले अध्यक्ष केपी ओलीबीच पछिल्लो समयमा सघन वार्ता भइरहेको छ । पूर्वएमालेहरूलाई एकै ठाउँमा ल्याउनुपर्नेमा ओली-खनाल सकारात्मक देखिए पनि अध्यक्ष नेपाल भने अझै सकारात्मक देखिएका छैनन् ।

    अध्यक्ष नेपाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मिलेर समाजवादी केन्द्र निर्माण गर्नेतर्फ इच्छुक देखिएका छ्न् । गत साता सो विषयमा छलफलसमेत सुरु गरेका प्रचण्ड-नेपालले जनता समाजवादी पार्टीका बाबुराम भट्टराई र उपेन्द्र यादवसहितलाई समेटेर समाजवादी केन्द्र निर्माण गर्नेतर्फ जोड गरिरहेका छन् ।

    गत शनिबार जनकपुर विमानस्थलमा प्रचण्डले माधव नेपाललगायतसँग समाजवादी केन्द्र निर्माण गर्नेतर्फ गम्भीर कुराकानी भइरहेको र सो विषय चाँडै निचोडमा पुग्ने बताए । पूर्व पार्टी एमालेसँग मिल्नुभन्दा पनि प्रचण्डसँग नेपालको हिमचिम बढेर नै होला, खनालले सार्वजनिक रूपमा भन्दै आएका छन्- ‘वामपन्थी एकता अनिवार्य छ तर शीर्ष नेताहरू नै त्यसप्रति इच्छुक छैनन्, जसले समस्या देखा परिरहेको छ ।’ नेकपा एसका अधिकांश नेता एमालेसँग ‘मिल्नुपर्ने’मा जोड गरिरहेका बेला सो पार्टीको मूल नेतृत्व अर्थात् अध्यक्ष नेपाल ‘इच्छुक नभएपछि’ खनाल भने दोधारमा परेकाे नेताहरू बताउँछन् ।

  • हाम्रो काँधमा अनेक चुनौती छन् तर, आत्तिनु पर्ने कारण छैन : माधव नेपाल

    हाम्रो काँधमा अनेक चुनौती छन् तर, आत्तिनु पर्ने कारण छैन : माधव नेपाल

    काठमाडौं । सत्तारुढ नेकपा समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले नेकपाको संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको शिक्षाबाट दीक्षित भएर नेकपा समाजवादी पार्टी निर्माण गरेको बताएका छन् ।

    नेकपाको संस्थापक महासचिव पुष्पलालको ४४ औं स्मृति दिवसको अवसरमा श्रद्धाञ्जली दिन कीर्तिपुरको चम्पादेवी पुगेका नेपालले यस्तो बताएका हुन् । उनले पुष्पलालको शिक्षा दिक्षाबाट दीक्षित भएर नेपालको इतिहासमा कीर्तिमान कायम गरेको बताए ।

    उनले भने, ‘अहिले हाम्रो काँधमा अनेक चुनौतिहरु छन् आत्तिनु पर्ने कुनै कारण छैन । नेपालको इतिहासका पानाहरु निर्माण गरेका छौं । हामीले इतिहासमा कीर्तिमान बनाएका छौं । पुष्पलालको शिक्षा र दिक्षाबाट दीक्षित भएका हामीले नेकपा समाजवादी पार्टी क्रान्तिकारी पार्टी निर्माण गरेका छौं । त्यसको छुटै अस्तित्व छ । अरु भन्दा भिन्न रुपमा प्रस्तुत भएर नै स्वच्छ समर्पित राजनीतिको निमित्त इमानदार राजनीतिको निमित्त देश र जनताको निमित्त केन्द्रित हुनेछ ।’

    उनले कसैले असम्भव ठानेको कुराहरुलाई आफूले सम्भव तुल्याएको दावी समेत गरे । उनले पुष्पलालको शालिकमा माल्यार्पण गरेका थिए ।

  • कार्यकर्तालाई माधव नेपालको निर्देशन : आफ्नो पालिकाको समस्या नोट गर्नुस्

    कार्यकर्तालाई माधव नेपालको निर्देशन : आफ्नो पालिकाको समस्या नोट गर्नुस्

    काठमाडौं । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई आफ्नो पालिकामा भएका समस्या नोट गरेर समाधानको बाटोमा लाग्न निर्देशन दिएका छन् ।

    काठमाडौंमा बुधबार केन्द्रीय पार्टी स्कूल विभागले गरेको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो पालिकामा भएका समस्यालाई नोट गरेर प्राथमिकताका आधारमा समस्या समाधान गर्न निर्देशन दिएका हुन् ।

    शिक्षा, स्वास्थ्य, खानेपानीदेखि पौष्टिक आहारको व्यवस्थालाई ध्यान दिन निर्देशन दिँदै उनले सिँचाइललगायतका भौतिक पूर्वाधारका क्षेत्रमा काम गर्न निर्देशन दिए ।

    केन्द्र सरकारसँँग पहुँच बढाउन पनि आग्रह गरेका अध्यक्ष नेपालले आफ्नो पालिकाको विकास र समृद्धिका लागि योजनावद्ध ढंगले अघि बढ्न निर्देशन दिए ।

  • सनकको भरमा संसद् भंग गर्ने कार्यले गैरदलीय प्रवृत्तिको विकास भयाे : झलनाथ खनाल

    सनकको भरमा संसद् भंग गर्ने कार्यले गैरदलीय प्रवृत्तिको विकास भयाे : झलनाथ खनाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सनकको भरमा संसद भंग गर्ने कार्यले गैरदलीय प्रवृत्ति अगाडि आएको बताएका छन् ।

    ६४औँ संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले दुई तिहाइ बहुमत प्राप्त सरकारले पनि काम गर्न नसकेपछि जनतामा निराश छाएको बताए । ‘दुई तिहाइ बहुमतको सरकारले गर्ला भनेको माछा माछा भ्यागुतो भयो । यसकारण जनतामा निराशा छ,’ उनले भने ।

    सनकभरमा संसद भंग गर्दा गैरदलीय उम्मेदवार निर्वाचित हुन थालेको भन्दै उनले संसदलाई जनता र राष्ट्रियताको बहसको थलो बनाउनुपर्ने बताए ।

    ‘कहिलेकाहीँ हाम्रो नेताहरूलाई सनक चल्छ र संसद विघटन गरिदिन्छन् । अनि गैरदलीय प्रवृत्ति विकसित हुन्छ । स्थानीय तहको निर्वाचनमा गैरदलीय उम्मेदवारलाई जिताउने काम भयो कि भएन ? संसद राम्रो चलेन भने यस्तो प्रवृत्ति विकास हुन्छ । सनकको भरमा संसद भंग गर्ने प्रवृत्तिले हो, गैरदलीय प्रवृत्ति अगाडि आएको । यसकारण हामीले संसदलाई जनताको, राष्ट्रियताको बहसकोथलो बनाउन आवश्यक छ,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले भने ।

  • पर्यटनमन्त्री प्रेम आलेले दिए मन्त्री पदबाट राजीनामा

    पर्यटनमन्त्री प्रेम आलेले दिए मन्त्री पदबाट राजीनामा

    काठमाडाैं । पर्यटनमन्त्री प्रेम आलेले मन्त्री पदबाट राजीनामा दिएका छन् ।

    आइतवार बिहान नेकपा (एस) अध्यक्ष माधव नेपालको निवास कोटेश्वर पुगेर आलेले राजीनामा बुझाएको नेकपा एसका एक पदाधिकारीले जानकारी दिए ।

    यसअघि शुक्रबारको पोलिटब्युरो बैठकमा आलेले ४८ घण्टाभित्र निकास दिने बताएका थिए ।​ सोहीबमोजिम उनले अध्यक्ष नेपाललाई राजीनामा बुझाएका हुन् ।

    आइतवार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले केही मन्त्रीको राजीनामा आफ्नो हातमा रहेको बताएका थिए ।

    यसअघि असार १० गते मन्त्री फेरबदलमा असन्तुष्टि जनाएर चार मन्त्रीसहित नेकपा एसका १० सांसदले संसदीय दलको बैठक माग गर्दै अध्यक्ष नेपालसमक्ष लिखित निवेदन दिएका थिए ।

    त्यसमध्ये आलेसहित ६ सांसदले हस्ताक्षर फिर्ता लिएका थिए । सांसदहरू पर्यटनमन्त्री प्रेम आले, कृष्णलाल महर्जन, गोपालबहादुर बम, वीनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढाले पनि हस्ताक्षर फिर्ता गरेका थिए ।

    यस्तै स्वास्थ्यमन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले भने राजीनामा दिएका छैनन् । नेकपा (एस)ले जेठ २२ गते मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।