काठमाडाैं । नेकपा एमालेका केन्द्रीय सल्लाहकार सदस्य नरेश खरेलसहितका नेता तथा कार्यकर्ताले सोमबार एमाले परित्यागको घोषणा गरेका छन् ।
खरेल एमाले अध्यक्ष केपी ओलीसँग जेल बसेका झापा आन्दोलनदेखिका अगुवा कम्युनिस्ट नेता हुन् ।
सहिद रत्नकुमार वान्तवाको स्मृति दिवसको अवसर पारेर खरेलसहित एमाले झापाकी उपसचिव चन्द्रा श्रेष्ठ, हिरा पोखरेललगायतका नेताहरुले एकै पटक एमाले छाडेको घोषणा गरेका हुन् ।
पार्टीभित्र वैचारिक संघर्ष गर्ने क्रममा अनेक किसिमका अपमान तिरस्कारको सामना गर्नु परेको भन्दै ती नेता तथा कार्यकर्ताले एमाले छाडेको जनाएका छन् ।
घनश्याम भूसाल एकीकृत समाजवादी प्रवेश गरेपछि खरेल उनीसँगको संवादमा थिए ।