Tag: नेकपा माओवादी केन्द्र

  • स्वतन्त्र व्यक्ति पनि राष्ट्रपति हुनसक्छ : प्रधानमन्त्री प्रचण्ड

    स्वतन्त्र व्यक्ति पनि राष्ट्रपति हुनसक्छ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडाैं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वतन्त्र व्यक्ति पनि राष्ट्रपति हुन सक्ने बताएका छन् ।

    नयाँ राष्ट्रपतिको विषयलाई लिएर प्रमुख दलहरू, कांग्रेस, एमाले र माओवादी केन्द्रबीच तीव्र छलफल चलिरहेका बेला प्रचण्डले यस्ताे बताएका हुन् ।

    राष्ट्रपति चुनावमा निर्णायक मत रहेको माओवादीका अध्यक्षले पार्टी बैठकमा बिहीबार गरेको ब्रिफिङले राष्ट्रपति चुनाव पेचिलो हुने स्पष्ट संकेत गरेको छ ।

    बिहीबार पार्टीको भर्चुअल बैठकलाई सम्बोधन गर्दै प्रचण्डले विगतमा राजनीतिमा सक्रिय व्यक्ति राष्ट्रपति हुँदा दुई तीनपटक दुःख पाइएको बताएका थिए ।

    दलहरूको नामै लिएर प्रचण्डले कांग्रेस, एमाले, माओवादी वा अन्य दलबाट पनि राष्ट्रपति बन्न सक्ने बताएका थिए ।

    प्रचण्डले पार्टी बैठकमा टुटफुट भएका कम्युनिष्ट पार्टीलाई ध्रुवीकरण गरिने पनि बताएका छन् । उनले सबै कम्युनिष्ट पार्टीहरूलाई एक ठाउँमा ल्याउने प्रयास गरिरहेको बैठकमा ब्रिफिङ गरेका थिए ।

    प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति चुनावपछि सरकारले लोकप्रिय कार्यक्रम ल्याउने पनि बताए ।

  • उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रबार बस्ने

    उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रबार बस्ने

    काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रबार बस्ने भएको छ । बिहीवार दिउँसो ३ बजेको लागि बोलाइएको संयन्त्रको बैठक स्थगित भएको थियो ।

    संयन्त्रको बैठक स्थगित गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल र संयन्त्रका संयोजक तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेटवार्ता भएको थियो ।

    भेटवार्ता पछि प्रधानमन्त्री कार्यालयबाट बाहिरिने क्रममा प्रधानमन्त्री दाहालले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रबार (भोलि) बिहान ९ बजे बैठक बस्ने जानकारी दिए ।

    रास्वपा सरकारबाट बाहिरिएपछि पहिलोपल्ट बस्न लागेको संयन्त्रको बैठकलाई निकै चासोपूर्वक हेरिएको छ ।

     

  • माओवादी नेताहरूको वरीयता, जनार्दनभन्दा वर्षमान अगाडि (यस्ताे छ सूची)

    माओवादी नेताहरूको वरीयता, जनार्दनभन्दा वर्षमान अगाडि (यस्ताे छ सूची)

    काठमाडौं । नेकपा माओवादी केन्द्रले महाधिवेशन भएको लामो समयपछि पदाधिकारी र स्थायी समिति सदस्यहरुको वरीयता टुंग्याएकाे छ ।

    माओवादीले निर्धारण गरेकाे बरीयतामा पूर्वसभामुख अग्निप्रसाद सापकोटालाई उपाध्यक्ष नियुक्त गरी उपमहासचिव पम्फा भुसाललाई पनि उपाध्यक्षमा नियुक्त गरिएकाे छ ।

    माघ १२–२१ गते सम्म बसेको स्थायी समिति बैठकले नेताहरुको वरीयता निर्धारणदेखि संगठन विस्तारको अभियान चलाउने सम्मका निर्णय लिएको थियो ।

    पार्टीमा अध्यक्ष पुषपकमल दाहाल प्रचण्डपछि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ छन् । तीन उपाध्यक्षहरुमा कृष्णबहादुर महरा पहिलो, सापकोटा दोस्रो र भुसाल तेस्रो वरियतामा छन् ।

    त्यसपछि महासचिव देवप्रसाद गुरुङ छ । उपमहासचिवको वरियतामा क्रमश: गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत र मातृका यादव अन्तिममा छन् ।

    त्यस्तै, ४५ सदस्यीय स्थायी समिति सदस्यहरुको समेत वरीयता निर्धारण गरिएको छ ।

    हेर्नुहाेस् सूची :

  • माओवादी केन्द्रले पार्टीको नाम र चुनाव चिह्न फेर्ने

    माओवादी केन्द्रले पार्टीको नाम र चुनाव चिह्न फेर्ने

    काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको नाम र चुनाव चिह्न फेर्ने निर्णयमा पुगेको छ ।

    १२ देखि २१ माघसम्म सञ्चालित माओवादीको स्थायी कमिटी बैठकका प्रचण्डले नाम, चुनाव चिह्न र पार्टीको संरचनामा आमूल परिवर्तन गर्ने प्रस्ताव गरेका थिए ।

    जसलाई स्थायी कमिटीले अनुमोदन गरेको थियो । प्रचण्डले प्रस्तावमा भनेका थिए, ‘संरचनागत, विधि र पद्धति, नाम र चिह्न लगायतका विषयलाई आमूल परिवर्तन गर्दै आजको जनमनोविज्ञान, भू–राजनीतिक व्यवस्थालाई एवं प्रतिस्पर्धा समेत ध्यानमा राखी सुदृढ र व्यवस्थित कम्युनिष्ट पार्टी निर्माणमा लाग्नुपर्छ ।’

    प्रस्तावमा प्रचण्डले विचार, सिद्धान्त र व्यवहार मिल्नेहरूसँग पार्टी एकता गर्ने र तत्काल एकता सम्भव नभएका वापमन्थी प्रगतिशील शक्तिहरूसँग सहकार्यका लागि मोर्चा निर्माण गर्ने प्रस्ताव अगाडि सारेका छन् ।

    ‘मूलतः वामपन्थी पार्टीहरूसँगको एकतालाई प्राथमिकतामा राखी छलफलहरू गर्ने, पार्टी एकता गर्दा वामपन्थी र गैरवामपन्थीहरू बीचको भेदलाई आत्मसात गर्दै तत् सम्बन्धी नीति र विधिहरू तय गर्ने,’ उनले प्रस्ताव गरेका छन्, ‘तत्काल एकता सम्भव नभएका वामपन्थी प्रगतिशील शक्तिहरूसँग सहकार्यका लागि मोर्चा निर्माण गर्ने ।’

    प्रचण्डको यो प्रस्ताव माओवादी स्थायी समिति बैठकले पास गरेपछि माओवादी अब नाम र चुनाव चिह्न फेर्ने निर्णयमा पुगेको छ ।

    यस्ताे छ पार्टी स्थायी कमिटी बैठकका लागि माओवादी केन्द्रकाे प्रस्ताव :

  • माओवादी केन्द्रको निर्णय : एक पद एक कार्यकारी जिम्मेवारी

    माओवादी केन्द्रको निर्णय : एक पद एक कार्यकारी जिम्मेवारी

    काठमाडौं । नेकपा माओवादी केन्द्रले एक पद एक कार्यकारी जिम्मेवारीको नीति अवलम्बन गर्ने भएको छ ।

    माओवादी केन्द्रको यही माघ १२ गतेदेखि २१ गतेसम्म काठमाडौंमा बसेको स्थायी समितिको बैठकले एक पद एक कार्यकारी जिम्मेवारी तोक्ने निर्णय गरेको हो ।

    माओवादी केन्द्रको पार्टी कार्यालय सचिव श्रीराम खनालका अनुसार यो निर्णय केन्द्रदेखि वडातहसम्मै लागू गर्ने पार्टीको निर्णय छ ।

    केन्द्रमा पनि विभिन्न विभागहरुमा जिम्मेवारी तोक्न बाँकी रहेकाले एक पद एक कार्यकारी जिम्मेवारीको नीति अनुसार नै तोक्ने, प्रदेश, जिल्ला, स्थानीय तहमा पनि यही नीति लागू हुने पार्टी कार्यालयका सचिव खनालले जानकारी दिए ।

    प्रदेश समन्वय समितिको बैठक राखी सबै केन्द्रीय सदस्य र प्रदेश सदस्यसहित सबै कमरेडहरुको जिम्मेवारी तोक्दा एक पद एक कार्यकारी जिम्मेवारीको नीति अनुसार जिम्मेवारी तोक्ने पार्टीले पठाएको सर्कुलरमा उल्लेख छ ।

    माओवादी केन्द्रले पार्टीको प्रदेश समन्वय समितिको बैठक फागुन ५ गतेसम्म सक्ने गरी समयसमेत तोकेको छ ।

    प्रदेश नं. १ र बागमती प्रदेश माघ २७ गते, मधेश प्रदेश माघ २८ गते, गण्डकी प्रदेश माघ २९ गते, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश फागुन २ गते, कर्णाली प्रदेश र प्रवास प्रदेश फागुन ३ गते, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश फागुन ३ गते बैठक गर्ने निर्णय गरिएको छ ।

  • सत्ता साझेदार दलहरुबीचको एकतालाई जसरी पनि जोगाउँछु : प्रधानमन्त्री प्रचण्ड

    सत्ता साझेदार दलहरुबीचको एकतालाई जसरी पनि जोगाउँछु : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दलहरुबीचको एकतालाई जसरी पनि जोगाउने बताएका छन् ।

    रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेलगत्तै प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन् ।

    आइतबार संघीय संसद नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले सत्ता साझेदार दलहरुबीचको एकतालाई जसरी पनि बचाउनुपर्ने बताए ।

    ‘राष्ट्रिय सहमति नै गरौँ भनि राखेको छु भने त हाम्रो सत्ता साझेदार बीचको एकतालाई त जसरी पनि बचाउनुपर्छ भन्ने हो मेरो’ उनले भने ।

    उनले फेरि रवि लामिछानेसँग भेटेर कुरा गर्ने बताए । रास्वपाले आफ्ना मन्त्री फिर्ता बाेलाउने निर्णय गरे पनि सरकारलाई दिएकाे समर्थन भने कायम राख्ने बताएकाे छ ।

  • रास्वपाले धैर्य गर्नुपर्छ : माओवादी उपाध्यक्ष महरा

    रास्वपाले धैर्य गर्नुपर्छ : माओवादी उपाध्यक्ष महरा

    काठमाडौं । माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले गृह मन्त्रालयका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले धैर्यता राख्नुपर्ने बताएका छन् ।

    पार्टी स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महराले भने, ‘मुद्दा सकिएको छैन । के गर्ने भन्ने निर्णय गर्न बाँकी छ । रास्वपाले धैर्य गर्नुपर्छ ।’

    राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय आफूहरुले पाउनुपर्ने माग गर्दै आएको छ तर माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले दिन नसकिने बताएका छन् ।

    रास्वपाले गृह मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिएको छ ।

  • आजै सानो आकारको मन्त्रिमण्डल बनाइने

    आजै सानो आकारको मन्त्रिमण्डल बनाइने

    काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनीयताको शपथ लिएपछि आजै सानो आकारको मन्त्रिमण्डल बनाउने नेकपा (माओवादी केन्द्र)ले निर्णय गरेको छ ।

    पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकले मन्त्रिपरिषद्मा पार्टीका तर्फबाट वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई सहभागी गराउने निर्णय गरेको हो ।

    श्रेष्ठले सम्हाल्ने मन्त्रालयका बारेमा टुङ्गो नलागेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

    आज अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा नवनियुक्त प्रधानमन्त्री दाहालको शपथ कार्यक्रम राखिएको छ ।

  • चीनमा उपचार गराएर फर्किए माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन

    चीनमा उपचार गराएर फर्किए माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन

    काठमाडाैं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन चीनमा स्वास्थ्य उपचार गराएर मंगलबार स्वदेश फर्किएका छन् ।

    स्वास्थ्यमा सन्तोषजनक प्रगति भएपछि उनी स्वदेश फर्किएका हुन् । वंशाणुगत जण्डिसबाट पीडित पुन चुनावी धपेडीका कारण रोग बल्झिएपछि गत १६ मंसिरमा नेपाली चिकित्सकहरुको परामर्शमा फलोअप उपचारका लागि चीन गएका थिए ।

    उनको सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालमा उपचार भएको हो । नेपालबाट जाँदा पुनमा निन्द्रा नलाग्ने, शरीर चिलाउने, लगातार खोकी लाग्ने र खानामा अरुची तथा बान्ता हुनेजस्ता स्वास्थ्य समस्या रहेको र उपचारपछि उक्त समस्याहरु हटेको पुनको पारिवारिक स्रोतले जनाएको छ ।

    यसअघि गत वर्ष पनि रोगले च्यापेपछि पुनको पहिला थाइल्याण्ड र पछि चीनमा उपचार गरिएको थियो ।

  • आलाेपालाे प्रधानमन्त्रीकाे कुरा भएकाे प्रचण्डकाे दाबी

    आलाेपालाे प्रधानमन्त्रीकाे कुरा भएकाे प्रचण्डकाे दाबी

    चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच दलीय गठबन्धन बनाउँदा नै आलोपालो प्रधानमन्त्रीको समझदारी भएको दाबी गरेका छन् ।

    सोमबार चितवनमा पत्रकारहरुसँग उनले यस्तो बताएका हुन् ।

    शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने बेलामा जनादेश आइसकेपछि प्रधानमन्त्री आलाेपालाे बन्ने भन्ने केही सहमति भएकाे थियाे ? भन्ने पत्रकारहरुकाे प्रश्नमा उनले आलोपालो प्रधानमन्त्रीको समझदारी भएको दाबी गरेका हुन् ।

    उनले भने- ‘लिखित औपचारिक केही भएको थिएन । छलफल त पक्कै पनि थियो । हामीले गठबन्धन गर्दा आलोपालो गर्ने हो भन्ने कुरा चाहिँ भएकै हो ।’

    करिब करिब त्यो समझदारी अहिले पनि रहेकाे उनकाे दाबी छ ।