Tag: पुष्पकमल दाहाल

  • प्रचण्डको ब्रिफिङ : प्रतिगामी शक्तिलाई पराजित गरियो, शिक्षक र कर्मचारीको पक्षमा संसदमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता

    प्रचण्डको ब्रिफिङ : प्रतिगामी शक्तिलाई पराजित गरियो, शिक्षक र कर्मचारीको पक्षमा संसदमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यथास्थिति र प्रतिगामी प्रवृत्तिविरुद्धको संघर्षमा जनताको पक्षमा विजय हासिल गरिएको दाबी गरेका छन्।सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको पार्टीको पूर्ण बैठकमा प्रचण्डले पछिल्लो राजनीतिक अवस्था, सरकारको कार्यशैली, पार्टीको भूमिका र जनअपेक्षाबारे सांसदहरूसँग विस्तृत छलफल गरेका थिए।

    उनले अघिल्लो संसद् अधिवेशनमा प्रधानमन्त्री संसद् जवाफ नदिने अडानमा रहँदा माओवादी केन्द्रको स्पष्ट अडान र दबाबकै कारण दुवै सदनमा प्रधानमन्त्रीलाई उपस्थित गराउन सफल भएको बताए। “यो लोकतान्त्रिक प्रक्रियामा जनताको पक्षमा भएको जीत हो,” प्रचण्डले भने।पार्टीले सञ्चालन गरेको यथास्थिति र प्रतिगमनविरुद्धको अभियानमा जनसमर्थन व्यापक देखिएको बताउँदै उनले हुलाकी राजमार्ग केन्द्रित अभियान र काठमाडौंमा आयोजना गरिएको जनप्रदर्शन सफल भएको बताए।काठमाडौंमा आयोजित विरोध प्रदर्शनमा समाजवादी मोर्चाभित्र देखिएको एकताले पार्टीको गरिमा अझ उचो बनाएको उनको भनाइ थियो।

    त्यसैगरी, ‘तराई-मधेश जागरण अभियान’ मार्फत माओवादीप्रति जनविश्वास पुनः स्थापित भइरहेको र जनाधार भएका व्यक्तिहरू पार्टीमा प्रवेश गरिरहेको जानकारी पनि उनले दिए।शिक्षक, चिकित्सक तथा लघुवित्त पीडितहरूसँग संवाद भइरहेको भन्दै प्रचण्डले सरकार समस्याको समाधानभन्दा उल्टै जटिलता बढाउने दिशामा गइरहेको आरोप लगाए। प्रधानमन्त्रीले शिक्षक आन्दोलनसँग जोडेर आफूविरुद्ध टिप्पणी गर्नु दुर्भाग्यपूर्ण भएको पनि उनले बताए।संघीय निजामती सेवा ऐन र विद्यालय शिक्षा विधेयकजस्ता महत्वपूर्ण विधेयक माओवादी नेतृत्वको सरकारले गहिरो तयारीपछि संसदमा पेश गरेको भन्दै, प्रचण्डले ती विधेयक पारित गराउन सांसदहरूलाई सक्रिय भूमिका खेल्न आग्रह गरे।शिक्षामन्त्रीको राजीनामापछि शिक्षक आन्दोलनप्रति सरकारको संवेदनशीलता कमजोर हुँदै गएको भन्दै, उनले संसदबाटै शिक्षकका मागहरू सम्बोधन गर्न सांसदहरूलाई जिम्मेवार बन्न निर्देशन दिएका छन्।

  • सामाजिक सुरक्षा योजनामा सहभागी हुन प्रधानमन्त्री प्रचण्डको आह्वान

    सामाजिक सुरक्षा योजनामा सहभागी हुन प्रधानमन्त्री प्रचण्डको आह्वान

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विदेशमा रहेका सबै नेपालीलाई सामाजिक सुरक्षा योजनामा सहभागी भई लाभ लिन आह्वान गरेका छन् ।

    बुधवार वैदेशिक रोजगारीमा रहेका र विदेशमा स्वरोजगार रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचीकरण गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विदेशमा रहेका नेपालीहरूलाई देशसँग जोडिराख्न र राज्य यहाँहरूसँगै छ भन्ने आभास दिलाउन पाएकोमा आफू हर्षित भएको बताए ।

    अहिले बाध्यताले रोजगारीका लागि वैदेशिक रोजगारीमा जान परे पनि वैदेशिक रोजगारीमा रहेका नेपालीप्रति माया र सद्भाव रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले अब देशले सुरु गरेको सामाजिक सुरक्षा योजनामा सहभागी भई फाइदा लिन आह्वान गरेका थिए ।

     

  • प्रधानमन्त्री प्रचण्ड शुक्रबार कतार जाने

    प्रधानमन्त्री प्रचण्ड शुक्रबार कतार जाने

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अतिकम विकसित मुलुकहरूको सम्मेलनमा भाग लिन कतार जाने भएका छन् ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रचण्ड शुक्रबार कतारको दोहामा हुने सम्मलेनमा सहभागी हुने छन् ।

    उक्त सम्मेलनमा पराराष्ट्रमन्त्री विमला राई पौड्यालसमेत सहभागी हुनेछिन् । २२ गते नेपाल फर्किने प्रचण्डकाे तयारी छ ।

  • नेकपा एमाले अब प्रतिपक्षीमा जान सक्छ : प्रधानमन्त्री प्रचण्ड

    नेकपा एमाले अब प्रतिपक्षीमा जान सक्छ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले अब प्रतिपक्षीमा जान सक्ने बताएका छन् ।

    महेन्द्रनारायण निधिको १०१ औं जन्मजयन्तीका सन्दर्भमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले अव सम्भवतः कानुनी हिसाबले सरकार पुर्नगठनको नयाँ प्रक्रियातिर जानसक्ने भन्दै त्यस्तो अवस्थामा एमाले अव प्रतिपक्षीमा जान सक्ने बताएका हुन् ।

    उनले सत्ता गठबन्धनका दलहरुबाटै संविधानमाथि प्रहार हुन थालेकाले राष्ट्रको हितमा नदेखिएको धारणा राखे । आफू प्रधानमन्त्री भएपछि बनेको गठबन्धनमा रहेका कहि दलहरुले हौसिएर संविधान बिपरितका कार्य गरेको उनले आरोप लगाए ।

    उनले कांग्रेसलाई राष्ट्रपति दिएर राष्ट्रिय सहमतिमा जान केपी ओलीलाई प्रस्ताव गर्दा नमानेकै कारण आफूले नयाँ राष्ट्रिय सहमति खोजेको धारणा राखे । उनले आठ दलबिच भएको सहमति राष्ट्रिय सहमतिकै प्रारूप भएको दावी पनि गरे ।

    संविधान, लोकतान्त्रिक मूल्य र मान्यता नस्वीकार्ने शक्तिहरूसँगको सहकार्य सहज नदेखिएकाले प्राकृतिक कोर्समा फर्किएको उनको भनाइ छ ।

    त्यस्तै, कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय लोकतान्त्रिक व्यवस्था स्थापित गर्न सफल भइसकेको अवस्थामा संविधानको रक्षा गर्दै अघि बढ्नुपर्ने बताए ।

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ओहदाको मर्यादाको रक्षा र सम्मान गर्दै देश र जनताको हितमा लाग्नुपर्ने बताए । राष्ट्रपति निर्वाचनमा पौडेल विजयी हुने भन्दै उनले दलहरुबीचमा राष्ट्रिय मर्यादा, स्वाभाविक, लोकतन्त्र, गणतन्त्र र संघीयतालाई रक्षा गर्ने विषयमा एकमत रहेको बताए ।

    उनले मुलुकको परिवर्तन गुम्ने खतरा भएकाले फेरि पनि परिवर्तनकारी दलहरु एकै ठाउ उभिनुपर्ने धारणा पनि राखे ।

  • प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच निर्णायक वार्ता सुरु

    प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच निर्णायक वार्ता सुरु

    काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच निर्णायक वार्ता सुरु भएको छ ।

    प्रधानमन्त्रीलाई भेट्न अध्यक्ष ओली केहीबेरअघि बालुवाटार पुगेका हुन् ।

    यसअघि तीन घन्टा पुराना गठबन्धनका चार दलबीच छलफल भएको थियो । चार दलबीच राष्ट्रपति र उपराष्ट्रपतिमा सैद्धान्तिक सहमति जुटेको नेताहरुले संकेत गरेका छन् ।

    ओलीले सभामुख र राष्ट्रपति आफ्नो दलबाट बनाउने गरी १० पुसमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन ६ दलको समर्थन जुटाएका थिए । तर, राष्ट्रपति निर्वाचनमा कुरा नमिलेपछि सत्ता साझेदार दलहरु छिन्नभिन्न हुने खतरा बढेको छ ।

  • प्रचण्डलाई भेटेर प्रकाशमानकाे आग्रह : देउवालाई प्रधानमन्त्री बनाऔँ

    प्रचण्डलाई भेटेर प्रकाशमानकाे आग्रह : देउवालाई प्रधानमन्त्री बनाऔँ

    काठमाडाैं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएकाे छ ।

    भेटेर नयाँ सरकार गठनलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी गरेका छन् । आज बिहान ८ बजे खुमलटारस्थित निवासमा पुगेर सिंहले प्रचण्डसँग कुराकानी गरेका हुन् ।

    सिंहले प्रतिनिधि सभामा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल (८९ सांसद) रहेकोले सभापति शेरबहादुर देउवाकै नेतृत्वमा नयाँ सरकार बनाउन सहयोग गर्न प्रचण्डलाई आग्रह गरेका छन् ।

    जवाफमा प्रचण्डले अहिले कांग्रेस नेतृत्वमा सरकार रहेकोले नयाँ सरकार माओवादीको नेतृत्वमा बन्नुपर्ने बताएका छन् ।

    प्रचण्डसँग कुराकानी गरेपछि सिंह बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग छलफल गरेका छन् । प्रचण्डसँग भएका कुराकानीबारे सिंहले देउवालाई ब्रिफिङ गरेको उनको सचिवालयले जनाएको छ ।

  • प्रचण्डलाई ओलीले फाेन गरेर भने- मिलेर जाऔँ

    प्रचण्डलाई ओलीले फाेन गरेर भने- मिलेर जाऔँ

    काठमाडाैं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई टेलिफोन गर्दै सहकार्य गरेर जाने संभावनाबारे जिज्ञासा राखेका छन् ।

    ओलीले प्रचण्डलाई मिलेर अघि बढ्न आग्रह गरेका छन् ।

    चुनाव जितेपछि बधाई दिनका लागि ओलीले गरेको टेलिफोनका क्रममा उनले पुरानो तिक्तता भुलेर आगामी दिनमा सहकार्यबारे कुरा गरेकाे प्रचण्डकाे सचिवालयले जनाएकाे छ ।

    फोनमा उनीहरूले एकआपसमा बधाई साटासाट गरेको पनि स्राेतले बताएकाे छ ।

    ओलीले कम्युनिष्ट पार्टी मिलेर नजाँदा निर्वाचनमा धक्का लागेको भनि अब आगामी दिनमा पुन: सहकार्य गरेर अघि बढ्न आग्रह गरेकाे स्राेतकाे दाबी छ ।

  • प्रचण्ड पाँच दिन लामो भ्रमणका लागि जापान जाने

    प्रचण्ड पाँच दिन लामो भ्रमणका लागि जापान जाने

    काठमाडाैं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाँच दिन लामो भ्रमणका लागि जापान जाने भएका छन् ।

    नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा भाग लिन प्रचण्ड आगामी साउन २१ गते जापान जान लागेका हुन् ।

    उनको सचिवालयका अनुसार भ्रमण दलमा प्रचण्डसहित चार जना हुनेछन् । उनले प्रवासी नेपालीहरुसँग पनि भेटघाट गर्ने सचिवालयले जनाएको छ ।

    त्यसपछि प्रचण्डले जापानको विकासबारे अध्ययन गर्ने भएका छन् । त्यस्तै कृषिमा जापानले भित्र्याएको नयाँ प्रविधिको पनि उनले अवलोकन गर्ने कार्यक्रम छ ।

    प्रचण्डको सचिवालयले जापान भ्रमणका क्रममा त्यहाँको राजनीतिक नेतृत्वसँग भेटघाटबारे केही पनि पुष्टि गरेको छैन ।

    प्रचण्ड यसअघि असार ३१ मा भारत गएका थिए । त्यहाँ उनले उच्चस्तरीय राजनीतिक भेटघाट गरेका थिए ।

  • गठबन्धन सङघीय निर्वाचनसम्म : अध्यक्ष प्रचण्ड

    गठबन्धन सङघीय निर्वाचनसम्म : अध्यक्ष प्रचण्ड

    काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान विरोधीहरूले गणतन्त्रलाई उल्ट्याउन खोजेको भन्दै यो कुरा जनतालाई बुझाउन जरुरी रहेको बताएका छन् । नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको देवचुलीमा भएको पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले गठबन्धन सङ्घको निर्वाचनसम्म कायम रहने बताए ।

    ‘गठबन्धनभित्र स्थानीय तह निर्वाचनमा तालमेल गर्ने कुरा सजिलो कुरा होइन, सबैलाई आफ्नो पार्टीले धेरै पाए हुन्थ्यो भन्ने छ । तर स्थानीय तहदेखि सङ्घको निर्वाचनसम्म गठबन्धन कायम हुन्छ’, अध्यक्ष प्रचण्डले भने ।

    आउने चुनाव माओवादीका लागि चुनावमात्रै नभएर ‘ब्याटल’ ( लडाइँ) भएको उनको भनाइ थियो । अध्यक्ष प्रचण्डले भने, ‘आउने चुनाव, हाम्रा लागि चुनाव हैन, ब्याटल हो, लडाइँ हो ।’ आउने चुनाव माओवादीले हर हालतमा जित्नुपर्ने बाध्यता भएकोसमेत उनले बताए । ‘आउने चुनाव माओवादीले हरहालतमा जित्नुपर्ने बाध्यता छ, अहिले माओवादीले हार्‍यो भने संविधान, गणतन्त्रले हार्छ, महिला, दलित, जनजाति, थारू, आदिवासी, मधेशी सबैको प्रतिनिधित्व भएको छ यसले हार्छ, सिंहदरबारको अधिकार गाउँमा ल्याइएको छ, त्यो अधिकारले हार्छ’, अध्यक्ष प्रचण्डले भने ।

  • जनतामा माओवादीप्रति फेरि आकर्षण बढेकाे छ, अहंकार गरेकाे हाेइन : प्रचण्ड

    जनतामा माओवादीप्रति फेरि आकर्षण बढेकाे छ, अहंकार गरेकाे हाेइन : प्रचण्ड

    काठमाडाैं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतामा माओवादीप्रति फेरि आकर्षण बढेको दाबी गरेका छन् ।

    बिहीबार बिहान काठमाडौंमा आयोजित रिपोर्टर्स क्लबको २४औं वार्षिकोत्सव समारोहलाई सम्बोधनका क्रममा उनले भने, ‘माओवादीप्रति फेरि आकर्षण बढेको छ । यसो भनेर अहंकार गरेको छैन ।’

    चुनावी अभियानका क्रममा देशका विभिन्न स्थानमा जाँदा माओवादीप्रति पुनः नागरिककको आकर्षण बढेकाे पाएकाे उनले बताएका हुन् । देशलाई संकट पर्दा माओवादीले जहिले पनि महत्वपूर्ण भूमिका खेलेको पनि उनले बताए ।

    उनले भने ‘देशलाई अप्ठ्यारो पर्दा बचाउने काम माओवादीले गरेकाे छ। शान्ति सम्झौतादेखि एमसीसी पास गर्नेसम्मका काममा माओवादी अग्रसर रह्यो ।’