सामाजिक सुरक्षा योजनामा सहभागी हुन प्रधानमन्त्री प्रचण्डको आह्वान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विदेशमा रहेका सबै नेपालीलाई सामाजिक सुरक्षा योजनामा सहभागी भई लाभ लिन आह्वान गरेका छन् ।

बुधवार वैदेशिक रोजगारीमा रहेका र विदेशमा स्वरोजगार रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचीकरण गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विदेशमा रहेका नेपालीहरूलाई देशसँग जोडिराख्न र राज्य यहाँहरूसँगै छ भन्ने आभास दिलाउन पाएकोमा आफू हर्षित भएको बताए ।

अहिले बाध्यताले रोजगारीका लागि वैदेशिक रोजगारीमा जान परे पनि वैदेशिक रोजगारीमा रहेका नेपालीप्रति माया र सद्भाव रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले अब देशले सुरु गरेको सामाजिक सुरक्षा योजनामा सहभागी भई फाइदा लिन आह्वान गरेका थिए ।

 

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७