Tag: पुष्पकमल दाहाल प्रचण्ड

  • प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आगामी मंसिरमा नै हुन्छ : प्रचण्ड

    प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आगामी मंसिरमा नै हुन्छ : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आगामी मंसिरमा नै हुने बताएका छन् ।

    उनले चुनाव एकै चरणमा सम्पन्न गर्नेबारे पनि छलफल भइरहेको जानकारी दिए ।

    बर्दियाको बेलभारमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले सुरक्षाका हिसाबका कारण २ चरणमा गर्ने हाे कि भन्नेबारे छलफल भइरहे पनि सम्भवत: एकै चरणमा चुनाव हुने र मंसिरमा नै हुनेमा ढुक्क हुन आग्रह गरे ।

    उनले भने, ‘प्रतिपक्षको पनि मंसिरको पहिलो हप्ता वा कात्तिकको अन्तिममा नै निर्वाचन गर्नुपर्छ भन्ने कुरा भएको छ । प्रधानमन्त्री लगायत गठबन्धनमा हामीले छलफल गर्दा मंसिरको पहिलो हप्तामा हुने नै बढी सम्भावना छ । त्यसकारण हामी कोही पनि कन्फ्युजन हुन पर्दैन, चुनाव मंसिरमा हुन्छ ।’

  • प्रचण्ड भेट्न खुमलटारमा पुगे बालेन शाह, के भयाे कुराकानी ?

    प्रचण्ड भेट्न खुमलटारमा पुगे बालेन शाह, के भयाे कुराकानी ?

    काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले भेटवार्ता गरेका छन् ।

    ललितपुरको खुमल्टारस्थित दाहाल निवासमा भएको भेटवार्तामा उनले अध्यक्ष दाहालसँग काठमाडौँ महानगरको समग्र विकासका सन्दर्भमा कुराकानी गरेका छन् ।

    महानगरको विकासका सन्दर्भमा विभिन्न राजनीतिक दलका प्रमुखहरुसँग भेटवार्ता गर्ने क्रममा उनले आज अध्यक्ष दाहालसँग भेटघाट गरेका हुन् । भेटमा प्रमुख शाहले आफू स्वतन्त्र भएकाले सबै दलसँग काम गर्न सजिलो रहेको जानकारी दिँदै फोहर व्यवस्थापनलगायतका कामको थालनी भएको जानकारी गराएकाे अध्यक्ष दाहालका प्रेस सहयोगी सूर्यकिरण शर्माले जानकारी दिए ।

    अध्यक्ष दाहालले माओवादी पार्टीले पनि युवालाई समेटेर अघि बढेको र यसपालीको स्थानीय तह निर्वाचनमा पनि युवाहरु नै बढी विजयी भएको जानकारी दिँदै युवाको विकास अभियानमा साथ र सहयोग रहने विश्वास व्यक्त गरे ।

    शाहको सचिवालयका अनुसार काठमाडौँमा उनको विजय नै आम नेपालीको विजय भएको उल्लेख गर्दै कुनै एउटा पार्टीगतभन्दा पनि मतदाताको सम्मानका लागि विकासका काम गर्न अध्यक्ष दाहालले शुभकामना दिए । अध्यक्ष दाहालले धरान, काठमाडौंलगायतमा स्वतन्त्र उम्मेदवार विजयी हुनुले मुलुकमा नयाँ क्रान्तिको शुरुवात भएको बताएकाे सचिवालयले जनाएको छ ।

    भेटपछिको कुराकानीमा प्रमुख शाहले अध्यक्ष दाहालसँगको भेटमा आफूले विकासको काममा निरन्तरता दिने, विकासको एजेण्डा बोक्न सक्ने र दृष्टिकोण भएका व्यक्तिलाई राजनीतिमा ल्याउनुपर्ने आवश्यकता रहेको बताएको जानकारी दिए ।

    यसअघि प्रमुख शाहले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।

  • जनप्रतिनिधिलाई प्रचण्डको निर्देशन : माओवादी पहिचान देखियोस्

    जनप्रतिनिधिलाई प्रचण्डको निर्देशन : माओवादी पहिचान देखियोस्

    काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनिर्वाचित जनप्रतिनिधिलाई माओवादीको पहिचान देखिने गरी कार्यसम्पादन गर्न निर्देशन दिएका छन् । बुधबारदेखि राजधानीमा आयोजित स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण कार्यक्रममा उनले नेता कार्यकर्ताले पहिचान बिर्संदै जाँदा माओवादी कमजोर भएको बताए ।

    ‘हिजो माओवादी नेता कार्यकर्ता जनताको बीचमा हुन्थ्ये, जनताको सुखदुःखमा सँगै हुन्थ्ये, खेतबारीमा सँगै काम गर्ने हुन्थ्यो, नेता कार्यकर्ता जनताको बीचमा नगएको जस्तो देखिएको छ’, उनले भने, ‘अब विगतजस्तै जनप्रतिनिधि जनताको सुखदुःखमा सँगसँगै हुनुपर्छ, कम्युनिष्ट क्रान्तिकारी पहिचान कायम होस्, माओवादी सच्चियो, जनताको पार्टी भयो भन्ने हुनुपर्छ ।’

    माओवादी र संसद्वादी दलहरुबीचको भिन्नता मेटिँदै गएको भन्दै उनले माओवादी हिजोका जति क्रान्तिकारी नभएको भन्ने भान जनतामा परेका बताए । माओवादीले अहिले जितेका १२२ पालिका देशभरको नमूना हुन सक्नुपर्नेमा जोड दिँदै उनले अर्को चुनाव आइपुग्दासम्म देशको विकास गर्ने, जनताको सेवा गर्ने, समाजवाद स्थापना गर्ने माओवादी नै हो भनेर जनतालाई विश्वासमा लिन सक्नुपर्ने बताए ।

    फेरि एकपटक माओवादीलाई चुनौतीसहित अवसर प्राप्त भएको भन्दै अध्यक्ष दाहालले श्रमलाई उत्पादनसँगै जोड्दै सामाजिक आर्थिक रुपान्तरणमा लाग्न जनप्रतिनिधिलाई निर्देशन दिए ।

    नेता नारायणकाजी श्रेष्ठले उत्पादन वृद्धि, सामाजिक आर्थिक समृद्धि हासिल गर्दै समाजवादको यात्रामा स्थानीय सरकार अगाडि बढ्नुपर्ने बताए । शिक्षा विकासको पहिला शर्त भएको उल्लेख गर्दै उनले शिक्षाका आमुल सुधार गर्ने नीति लागू गर्न आग्रह गरे । ‘शिक्षा, स्वास्थ्यलगायत विषयमा आधारभूत अवधारणा नै परिवर्तन गर्नुपर्छ’, उनले भने, ‘पर्यावरणको रक्षा गर्दै हरित विकासमा जनप्रतिनिधिको ध्यान जानुपर्छ ।’

    दुई दिनसम्म चल्ने प्रशिक्षणमा स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट, कानुन निर्माणलगायत विषयमा विज्ञले प्रशिक्षण दिनेछन् । पार्टीका शीर्षनेता, पूर्वमन्त्री, पार्टीको विभिन्न विभागका प्रमुख एवं सङ्घीयताविद्, अर्थतन्त्र विज्ञ, पूर्वमहान्याधिवक्ता, स्थानीय सरकार सञ्चालनका विज्ञ, पूर्वप्रशासकलगायतले विभिन्न विषयमा सहभागीलाई प्रशिक्षण दिने माओवादीले जनाएको छ । अघिल्लो कार्यकालमा उत्कृष्ट काम गरेका स्थानीय तहका प्रमुखले पनि अनुभव आदानप्रदान गर्ने कार्यक्रम राखिएको छ ।

    प्रशिक्षणमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख, केही स्वन्तत्ररूपमा निर्वाचित उम्मेदवार गरी २६० जनप्रतिनिधि र पार्टीका शीर्षनेता एवं पूर्वस्थायी समिति सदस्य सहभागी भएका छन् । स्थानीय तहका पदाधिकारी अहिले नीति कार्यक्रम र बजेट निर्माणको तयारीमा छन् । आगामी असार १० गतेभित्र स्थानीय तहले आगामी आवका लागि बजेट प्रस्तुत गर्नुपर्छ ।

    ‘स्थानीय सरकारको कानुनी क्षेत्राधिकार, काम, कर्तव्य र अधिकार’, ‘स्थानीय तहमा स्वास्थ्य र शिक्षा’, ‘सङ्घीयता र स्थानीय सरकार’, ‘स्थानीय तह र सामाजिक न्याय’, ‘स्थानीय सरकार र सुशासन’, ‘स्थानीय तहको नीति, योजना र कार्यक्रम’, ‘स्थानीय अर्थतन्त्रको निर्माण र नेपाली विशेषताको समाजवाद’, ‘स्थानीय तहको लेखा प्रणाली’, ‘स्थानीय तहको बजेट निर्माण’ र ‘स्थानीय तहमा वन, वातावरण र विपद् व्यवस्थापन’लगायत विषयमा प्रशिक्षण दिइने माओवादीले जनाएको छ ।

    दोस्रो दिन अर्थमन्त्री जनार्दन शर्मा, राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुँयाल, पूर्वमन्त्री एवं पार्टीको श्रम, अर्थ तथा योजना विभागका प्रमुख वर्षमान पुन, चार्टर्ड एकाउन्टेट चन्द्रकान्त भण्डारी, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ, विज्ञान तथा प्रविधि विभागका प्रमुख एवं पूर्वमन्त्री गणेश साह, पूर्वमन्त्री शक्तिबहादुर बस्नेत, प्रविधिविज्ञ सुलभ बुढाथोकी र डा. शैलेन्द्र गिरीले प्रशिक्षण दिनेछन् ।

  • प्रचण्डकाे चेतावनी : एमालेलाई ठेगान लगाएजस्तै कांग्रेसलाई ठेगान लगाउनु नपरोस्

    प्रचण्डकाे चेतावनी : एमालेलाई ठेगान लगाएजस्तै कांग्रेसलाई ठेगान लगाउनु नपरोस्

    काठमाडौं । नकेपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेसलाई अहंकार बढाएको खण्डमा ठेगान लगाइदिने चेतावनी दिएका छन् ।

    उनले एमालेले अहंकार बढाउँदा आफूहरुले ठेगान लगाइदिएको भन्दै कांग्रेसलाई पनि त्यसैगरी ठेगान लगाइदिने बताए ।

    पार्टीका जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिने कार्यक्रममा बोल्दै प्रचण्डले आफूले गठबन्धन कायम राखेरै जान चाहेको तर कांग्रेसमा पनि एमालेमा जस्तै अहंकारको संकेत देखिएको बताएका हुन् ।

    उनले भने, ‘हिजो एमालेसँग हामीले गठवन्धन र पार्टी एउटै बनाउँदा राम्रो उद्देश्य राखेका थियौं । तर, एमालेको लिडरसिपमा अति धेरै अहंकार आयो । अहिले कांग्रेसमा पनि त्यस्तै होला कि भन्ने डर पैदा भएको छ । हामीले प्रधानन्त्री बनायौं । मिहिनेत गरेरै बनाएको हो । देउवा नै प्रधानमन्त्री भइराख्नुस् भन्ने छ । तर हामी चिन्तित छौं । कांग्रेसमा पनि एमालेजस्तै अहंकार र दम्भ चुलिएर माओवादी केही होइन भन्ने धेरै ठाउँमा देखिएको छ । भोलि हामीले एमालेलाई ठेगान लगाएजस्तै कांग्रेसलाई ठेगान लगाउनु नपरोस् ।’

  • गणतन्त्रको सुदृढीकरणमा एकताबद्ध हुन प्रचण्डको अपिल

    गणतन्त्रको सुदृढीकरणमा एकताबद्ध हुन प्रचण्डको अपिल

    काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, विकास र सुदृढीकरणका लागि एकताबद्ध भइ अघि बढ्न अपिल गरेका छन् ।

    गणतन्त्र दिवस–२०७९ का अवसरमा आइतबार शुभकामना दिँदै उनले सम्पूर्ण देशभक्त, वामपन्थी, प्रगतिशील र लोकतान्त्रिक शक्तिलाई एकताबद्ध हुन आग्रह गरे । परिवर्तन र अग्रगमनसहित संविधानले निर्दिष्ट गरेको समाजवादी लक्ष्य हासिल गर्न वर्तमान वाम–लोकतान्त्रिक गठबन्धन एक भरपर्दो विकल्पका रुपमा प्रस्तुत भएको उनकाे भनाइ छ ।

    नेपालको राजनीतिक इतिहासमा विभिन्न राजनीतिक विचार र प्रवृतिहरुबीच सङ्घर्ष, सहकार्य र रुपान्तरणको प्रक्रियाबाट ठूलाठूला राजनीतिक परिवर्तन सम्भव भएको उल्लेख गर्दै उनले कठिन मोडमा वाम–लोकतान्त्रिक शक्ति एक हुँदै आएको बताए ।

    गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीका रुपमा मुलुकको नेतृत्व गरेका अध्यक्ष दाहालले जनयुद्ध, संयुक्त जनआन्दोलन, मधेस आन्दोलनलगायत सङ्घर्षका क्रममा प्राणको आहुति दिने सहिदप्रति श्रद्धाञ्जली व्यक्त गरे । उनले आन्दोलनका क्रममा बेपत्ता र घाइते भएका योद्धामा उच्च सम्मान व्यक्त गरे ।

    आजको दिन नेपाली जनताको सदियौँदेखिको सङ्घर्षको परिणामस्वरुप निरङ्कुश सामन्ती राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा भएको दिन हो भन्दै अध्यक्ष दाहालले नेपाली समाजको अग्रगामी परिवर्तनको यस अभियानकै क्रममा संविधानसभाबाट संविधान निर्माण गरी मुलुक समृद्धिको यात्रामा अगाडि बढिरहेको बताए ।

    संविधान कार्यान्वयनका क्रममा देखापरेका अलोकतान्त्रिक, असंवैधानिक र निरङ्कुश प्रवृतिलाई पनि सङ्घर्षकै बलमा पराजित गरेर यहाँसम्म आइपुगेको उल्लेख गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने क्रममा देशव्यापीरुपमा एकैसाथ उत्साहजनकरुपमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको पनि बताए ।

    निर्वाचनमा जित हारभन्दा पनि संविधान कार्यान्वयन गर्ने र लोकतन्त्रलाई समृद्ध बनाउने अग्रगमनको प्रक्रिया विजयी बनेकामा आफूहरु हर्षित रहेको जनाउँदै उनले यस अवसरमा निर्वाचनमा विजयी जनप्रतिनिधि एवं सहभागी सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा आभार प्रकट गरेकाे छ ।

  • बालेन शाह र हर्क राई लाेकतान्त्रिक गणतन्त्रका दुइटा फूल हुन् : प्रचण्ड

    बालेन शाह र हर्क राई लाेकतान्त्रिक गणतन्त्रका दुइटा फूल हुन् : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं महानगरपालिकाका प्रमुख वालेन्द्र साह र धरान उपमहानगरपालिकाका प्रमुख हर्क राई मात्र स्वतन्त्र उम्मेदवार भएको बताएका छन् ।

    स्थानीय तह निर्वाचनमा अन्य क्षेत्रबाट निर्वाचित स्वतन्त्र उम्मेदवारहरु स्वतन्त्र नभएको उनले दाबी गरेका हुन् ।

    शनिवार प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै प्रचण्डले जनकपुर उपमहानगरपालिकाका प्रमुखमा निर्वाचित मनोज साह र धनगढी उपमहानगरपालिकाका प्रमुखमा निर्वाचित गोपी हमाल पार्टीकै उम्मेदवार भएको बताएका हुन् । उनले हमाल र साहको विजय र्‍यालीमा दलका नेताहरु नै देखिनुले पनि उनीहरु स्वतन्त्र नभएको पुष्टि भएको बताए ।

    प्रचण्डले भने, ‘अहिल स्वतन्त्र उम्मेदवार विजयी भए पार्टीका उम्मेदवार भए भन्ने छ । स्वतन्त्र भनेर स्वतन्त्र मान्छे सबैं ठाउँमा भएको छैन् । काठमाडौं र धरानमा दुई जना स्वतन्त्र हुन बाँकी स्वतन्त्र होइनन् । जनकपुरका देख्नुयभयो नेपाली कांग्रेसका नेताहरु नै विजय जुलुसमा हिँड्नुभयो । धनगढीमा पनि पार्टीकै मान्छै छन् ।’

    राई र साह भिन्न विचार र प्रवृति सहित स्थानीय सरकारमा आएको प्रचण्डले बताए । ‘दुई जना युवाहरु विशिष्ट खालको छ । अरु स्वतन्त्र थप्न जरुरी छैन । लोकतान्त्रिक गणतन्त्रको फूलबारी भित्र फेरि दुई फूल फक्रिएको देख्छु म,’उनले भने ।

    राजनीतिक दलहरुलाई स्वतन्त्रको जितले सच्चिन सन्देश दिएको भए पनि दलहरुलाई नै चुनौती भने नभएको प्रचण्डको दाबी छ । ‘राजनीतिक दलहरुले उम्मेदवार छनोट गर्दा ध्यानदिनु पर्ने देखिन्छ तर राजनीतिक दलहहरुलाई नै चुनौती छ भन्ने सही होइन,’प्रचण्डले भने ।

  • फेरि प्रधानमन्त्री भएर देखाउन ओलीलाई प्रचण्डकाे चुनाैती

    फेरि प्रधानमन्त्री भएर देखाउन ओलीलाई प्रचण्डकाे चुनाैती

    काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री भएर देखाउन चुनौती दिएका छन् ।

    शनिबार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले ओली माओवादी केन्द्रको वैशाखी टेकेर प्रधानमन्त्री भएको टिप्पणी पनि गरे।

    उनले भने, ‘पहिलो पटक पनि माओवादी केन्द्रको वैशाखी टेकेर भएको हो, दोस्रा पटक पनि भएको हो । अब भएर देखाउनुस् त मानौंला, अबको चुनावपछि ।’

  • मतदाता बोकेको जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको खबरले प्रचण्ड मर्माहत

    मतदाता बोकेको जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको खबरले प्रचण्ड मर्माहत

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज स्याङ्जामा जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको खबरले आफू मर्माहत भएको बताएका छन् ।

    ‘स्याङ्जाको वालिङ–१४ अर्खलबास भन्ने स्थानमा आज बिहान मतदाता बोकेको जीप दुर्घटना हुँदा १४ जनाको निधन भएको खबरले मर्माहत भएको छु,’ प्रचण्डले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

    उक्त दुःखद् घटनामा दिवङ्गत भएकाहरू प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनले शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।

  • सदन खुल्नासाथ नागरिकतासम्बन्धी विधेयक पास गर्छौँ : प्रचण्ड

    सदन खुल्नासाथ नागरिकतासम्बन्धी विधेयक पास गर्छौँ : प्रचण्ड

    जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अब सदन खुल्नासाथ नागरिकतासम्बन्धी विधेयक पास गर्ने बताएका छन् ।

    पाँच दलीय गठबन्धनद्वारा जनकपुरमा शनिबार अयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    कार्यक्रममा उनले मधेशका धेरैमा मानिस नागरिकतासम्बन्धी समस्याबाट गुज्रिरहेको र उक्त समस्या समाधानको लागि संविधान संसोधनको पक्षमा आफू पनि रहेको बताए ।

    उनले यसअघिको सरकारले नागरिकतासम्बन्धी विधेयक पास गर्न नदिएको पनि बताए ।

  • प्रचण्डले मधेसका जनतालाई भने – ओलीले संविधान संशोधन गर्न दिएनन्

    प्रचण्डले मधेसका जनतालाई भने – ओलीले संविधान संशोधन गर्न दिएनन्

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी जनताको चाहनाअनुसार संविधान संशेधन गर्न प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नदिएको बताएका छन् ।

    दोस्रो पटक प्रधानमन्त्री हुँदा दुई पटक संसद् सचिवालयमा संविधान संशोधन र परिमार्जनका लागि प्रस्ताव दर्ता गरेकाे तर ओलीका कारण छलफलै नभएको आरोप लगाए ।

    ‘तपाईंहरूलाई थाहा छ या छैन, मैले दोस्रो चोटी प्रधाननमन्त्रीको भूमिका निर्वाह गर्दैगर्दा दुई पटक संविधान संशोधनको प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएको थिएँ’, प्रचण्डले धनुषाको मिथिला पुगेर शनिबार भने, ‘ र, त्यो संशोधन र परिमार्जनको प्रस्ताव के कारणले सफल हुन सकेन ? तपाईंहरूलाई थाहा छ या छैन । म तपाईंहरूलाई भन्न चाहन्छु, केपी ओलीकै कारणले संविधाने संशोधन हुन सकेन । परिमार्जन हुन सकेन ।’

    प्रचण्डले मधेस जनताको हक अधिकारको निम्ति र मधेसको विकाससँगै समृद्धि तथा विकासका लागि पाँच दलीय गठबन्धन बनाएको प्रष्ट पारे । उनले संविधान, गणतन्त्र, समावेशी समानुपातिक व्यवस्था र जनताको विकास र समृद्धिको चाहनालाई सम्बोधन गर्न पनि गठबन्धन अनिवार्य रहेको बताए ।

    गठबन्धनको पक्षमा देशभरी लहर आएको पनि दाबी गरे ।