काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले अर्थमन्त्री प्रकाशशरण महतलाई नीति तथा कार्यक्रममा छुटेका विषय बजेटमा कसरी समावेश गर्नु हुन्छ भनेर प्रश्न गरेका छन् ।
आइतबार प्रतिनिधिसधामा राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रममा छुटेका विषय बजेटमा सम्बोधन हुने बताएको भन्दै सो विषय कसरी समावेश गर्नु हुन्छ ? भनेर प्रश्न गरेका हुन् ।
उनले भने, ‘केही दिनअगाडि नीति तथा कार्यक्रमको बारेमा संसदमा छलफल भइरहँदा सम्माननीय प्रधानमन्त्रीज्यूले नीति तथा कार्यक्रममा सन्दर्भमा उठेका विषयहरूलाई बजेटमा समावेश गरिनेछ भनेर भन्नु भएको थियो। म आफ्नो बोल्ने क्रममा प्रारम्भमा नै माननीय अर्थमन्त्रीज्यूलाई प्रश्न गर्न चाहन्छु । हामीले छलफलमा उठाएका यी विषयहरूलाई तपाईंले बजेटमा कसरी समावेश गर्नुहुन्छ?
उनले अहिलेको बजेटले कृषि क्षेत्रको चुतौतीलाई पहिचान गर्न नसकेको टिप्पणी गरे ।
अनेकौं समस्याहरुको सामना गरीरहेका किसानहरुले राज्यसँग तिरो तिर्ने वेला मात्र भेट्न पाउने बताए ।
उनले भने,‘बजेट कृषि क्षेत्रको चुतौतीलाई पहिचान गर्न सकेको छैन् । किसान बाँदर आतङक देखि जलवायु परिवर्तनसम्मका समस्याहरु सँग जुधिरहेको हुन्छ । तर उसको राज्यसँगको भेट केवल तिरो तिर्ने वेला मात्र हुन्छ । यो बजेटले श्रम र शिक्षालाई व्यवहारीक रुपमा जोड्न सकेन् ।’