उपनिर्वाचन भएका तीन वटै क्षेत्रमा मंसिर ४ कोभन्दा कम मतदान

काठमाडाैं । आइतबार उपनिर्वाचन भएका तीन वटै क्षेत्रमा मंसिर ४ को निर्वाचनभन्दा कम मतदान भएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार सबैभन्दा धेरै मत चितवन-२ मा घटेको छ ।

मंसिर ४ को चुनावमा ६७ प्रतिशत मतदान भएको यस क्षेत्रमा यसपालि ६२ प्रतिशतभन्दा कम मात्र मत खसेको छ ।

तनहुँमा ५२ प्रतिशत र बारामा ६१ प्रतिशत मत खसेको थपलियाले बताए ।

तनहुँ-१ मा मंसिरमा ५३ प्रतिशत खसेको थियो भने बारा-२ मा ६४ प्रतिशत मत खसेको थियो ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१