Tag: प्रतिनिधिसभा निर्वाचन

  • माओवादी सिन्धुपाल्चोक- १ बाट सभामुखसहित तीन जनाको नाम सिफारिस

    माओवादी सिन्धुपाल्चोक- १ बाट सभामुखसहित तीन जनाको नाम सिफारिस

    सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटा ४ मंसिरमा हुने चुनावका लागि सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट उम्मेदवार सिफारिस भएका छन् ।

    नेकपा माओवादी केन्द्र १ नम्बर प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचनका लागि सभामुख सापकोटासँगै सभामुखकै भतिज तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य माधव सापकोटा सुबोध र महिला नेतृ फुलम लामा प्रज्ञा सिफारिस भएका छन् । सभामुख सापकोटाको नाम पहिलो नम्बरमा सिफारिस गरिएको छ ।

    यस क्षेत्रमा नेपाली कांग्रसबाट केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत र एमालेबाट नेताहरू अरुण नेपाल, सुरेश नेपाल, भरत पराजुली र बादल तामाङको नाम सिफारिस भएको छ । गठबन्धनले सिट संख्या र क्षेत्र नटुंग्याएकाले यस क्षेत्रमा सापकोटा र बस्नेतमध्ये को उम्मेदवार हुने भन्ने निश्चित भने भइसकेको छैन ।

    यसैगरी नेकपा (माओवादी केन्द्र) क्षेत्रीय समन्वय समितिद्वारा प्रस्तावित नामावलीमा प्रतिनिधिसभा १ मा समानुपातिक तर्फ समानुपातिकतर्फ पुण्यप्रसाद पराजुली खस आर्य, विष्णुकुमार श्रेष्ठ आदिवासी जनजाति, पूर्णबहादुर तामाङ आदिवासी जनजाति, गणेश बिक दलित, पार्वती थामी अल्पसंख्यक सिफरीस भएका छन् ।

    १ नम्बर प्रतिनिधि सभा प्रदेश सभा (क) तर्फ प्रत्यक्षमा सरल सहयात्रीको एकल सिफारिसमा हुनुहुन्छ । समानुपातिकतर्फ राजकुमार पौडेल खस आर्य, लालकान्छा तामाङ आदिवासी जनजाति, ज्ञानेन्द्रबहादुर गुरुङ आदिवासी जनजाति , राजु खाती दलित, आशा गुरुङ शेर्पा आदिवासी जनजाति ,सुन्दर पहरी अल्पसंख्यकबाट सिफारिसमा छन् ।

    १ नम्बर प्रतिनिधि सभा प्रदेश सभा (ख) तर्फ प्रत्यक्षमा अम्बिका नेपाल , चन्द्र सापकोटा , टिएन सापकोटा, प्रताप सि तामाङ गरी चार जना सिफारिस भएका छन् ।

    समानुपातिकतर्फ अमृता नेपाल खस आर्य, गोकर्णदास श्रेष्ठ आदिवासी जनजाति, पदम श्रेष्ठ आदिवासी जनजाति, सागर परियार दलित, सुभाष सुन्दाश दलित, टिकाराम पराजुली अपाङ्ग कोटामा सिफारिसमा परेका छन् ।

     

  • एमालेले गर्‍यो मिलन चक्रेलाई गोरखा २ बाट उम्मेदवार सिफारिस

    एमालेले गर्‍यो मिलन चक्रेलाई गोरखा २ बाट उम्मेदवार सिफारिस

    काठमाडाैं । नेकपा एमाले गोरखाको क्षेत्र नम्बर २ कमिटीले प्रतिनिधि सभातर्फ प्रत्यक्ष चुनाव लड्न मिलन गुरूङ (चक्रे मिलन) सहित तीन जनाको नाम सिफारिस गरेको छ ।

    उम्मेदवार सिफारिस भएका अन्य दुई जनामा दिनेशचन्द्र देवकोटा र कोपिला कुमाल छन् ।

    समानुपातिकतर्फ जिल्ला अध्यक्ष प्रेम गुरूङको नाम प्रदेश र प्रतिनिधि सभामा सिफारिस भएको छ ।

    मिलन चक्रे गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ५ छोप्राकका हुन्।

    यस्तै, प्रदेश सभा क्षेत्र (क) मा राजु राना, बसन्तकुमार श्रेष्ठ, गम्भीरा बराकोटी सिफारिस भएका छन्।

    प्रदेश सभा क्षेत्र (ख) मा कमल दानी र बसन्त गुरूङको नाम प्रत्यक्षतर्फ सिफारिस भएको छ ।

    यस्तै, क्षेत्र नम्बर १ बाट गण्डकी प्रदेशका पूर्वमन्त्री रामशरण बस्नेत, आरसी लामिछाने, कृष्ण नेपालीको नाम प्रत्यक्षतर्फ उम्मेदवारमा सिफारिस भएको छ । समानुपातिकतर्फ भने क्षेत्र नम्बर १ बाट विमला चेपाङको नाम सिफारिस भएको छ ।

    क्षेत्र नम्बर १ को (क) बाट सुरेन्द्र थापा, विशाल थापा, गोपाल पाण्डे, देवेन्द्र श्रेष्ठ, नानीमाया थापा उम्मेदवार सिफारिस भएका छन् ।

    प्रदेश सभा (ख) मा मोहन भट्टराई, कृष्ण काप्री, आरसी लामिछाने, प्रमिला खड्का उम्मेदवार सिफारिस भएका छन् ।

     

  • प्रतिनिधिसभा निर्वाचनमा बागलुङ-१ बाट डिल्लीराम सुवेदी सिफारिस

    प्रतिनिधिसभा निर्वाचनमा बागलुङ-१ बाट डिल्लीराम सुवेदी सिफारिस

    बागलुङ । आउँदो प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेपाली काँग्रेस बागलुङ क्षेत्र नं.–१ बाट युवा नेता डिल्लीराम सुवेदीसहित प्रत्यक्षमा १० जना सिफारिस भएका छन् ।

    काँग्रेस बागलुङका महाधिवेशन प्रतिनिधि र नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्षसमेत रहेका सुवेदीसहित प्रत्यक्षतर्फ १० जना र समानुपातिकतर्फ ९ जना गरी कुल १९ जनाको नाम सिफारिस गरिएको छ ।

    सुवेदीसहित निवर्तमान आमन्त्रित केन्द्रीय सदस्य किरणराज शर्मा पौडेल, वर्तमान केन्द्रीय सदस्य चम्पादेवी खड्का, महाधिवेशन प्रतिनिधिहरु चिरञ्जीवी गौतम, जगदिशचन्द्र उपाध्याय, निवर्तमान जिल्ला सभापति दीपेन्द्रबहादुर थापा, पूर्व पार्टी सभापति संविधान सभा सदस्य प्रकाश शर्मा पौडेल, महाधिवेसन प्रतिनिधि भीम श्रीश, गण्डकी प्रदेश सरकारका पर्यटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा र महिला नेतृ लक्ष्मी जिसी कार्कीको नाम सिफारीस गरिएको छ ।

    समानुपातिकतर्फ महिला नेतृ खगेश्वरी शर्मा, पुर्व सांसद टंकप्रसाद शर्मा कँडेल, काँग्रेस नेता, धर्मबहादुर क्षेत्री, पूर्णबहादुर पौडेल, महाधिवेशन प्रतिनिधि प्रेमबहादुर छन्त्याल, भिम श्रीस, निवर्तमान केन्द्रीय सदस्य रत्ना शेरचन, डा. रामबहादुर केसी र पूर्व पार्टी सभापति हरिप्रसाद श्रेष्ठको नाम सिफारिस गरिएको नेपाली काँग्रेस बागलुङ क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति चण्डीप्रसाद शर्मा पौडेलले जानकारी दिए ।

    युवा नेता भिम श्रीशले भने प्रत्यक्ष र समानुपाति दुवै तर्फ आफ्नो उम्मेदवारी दावी गरेका छन् ।

  • चुनावमा स्वतन्त्र उम्मेदवारले चमत्कार गर्छन् : गणेशकुमार मण्डल (भिडिओसहित)

    चुनावमा स्वतन्त्र उम्मेदवारले चमत्कार गर्छन् : गणेशकुमार मण्डल (भिडिओसहित)

    काठमाडाैं । गणेशकुमार मण्डल मधेशी नागरिक समाजका संयोजक एवम राजनीतिक विश्लेषक हुन् । लामो समयदेखि नेपाली राजनीतिमाथि टिप्पणी गरिरहेका मण्डल अहिले स्वतन्त्र उम्मेदवार जिताउन अभियानमा सक्रिय छन् ।

    प्रमुख दलका प्रमुख नेताहरु मुलुक र जनताप्रति जिम्मेवार नहुँदा नेताप्रति जनतामा वितृष्णा उत्पन्न भएको उनको बुझाइ छ । स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारप्रतिको आकर्षण यसैको नतिजा भएको उनी बताउँछन् । उनका अनुसार आउँदो प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा अधिकांश क्षेत्रमा स्वतन्त्र उम्मेदवार विजयी हुनेछन् । यसको सबै तयारी पूरा भैसकेको छ । चुनावमा २०/२५ जना प्रमुख नेताहरु पराजित हुनेछन् ।

    मण्डल भन्छन्, ‘अहिलेको स्थिति हेर्दा प्रचण्ड, देउवा, ओली, माधव, महन्थ, उपेन्द्र सबै चुनाव हार्दैछन् । बाबुराम भट्टराई र गगन थापासंग युवा पुस्ताको भावना र दृष्टिकोण बुझ्ने क्षमता भएकाले यी दुईजना चुनाव जित्दैछन् । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेको आफनै पकड भएकाले उनी पनि जित्न सक्छन । स्वतन्त्र उम्मेदवारहरुले चमत्कार गर्छन्, हेर्दै गर्नुहोला । ’

    लामो समयदेखि २०/२५ जनाको पञ्जाबाट देश उम्किन नपाउँदा देश र जनताको बेहाल भएको हो । यीनिहरुमा परिवारवाद हावी भयो । विदेशीको गोटी बने । यीनिहरु भएसम्म देशको विकास हुँदैन । अबका जनताले हरेक कुरामा हिस्सा मात्र होइन साझेदारी र भागेदारी पनि खोजेका छन् ।
    मण्डलका अनुसार स्वतन्त्र अभियान दलीय व्यवस्था र लोकतन्त्रकाविरुद्धमा कदापी होइन । यो अभियानले लोकतन्त्रलाई झन बलियो बनाउनेछ ।

    देशभरका युवाहरु जुर्मुराइसकेकाले परम्परागत पार्टी र नेताहरुले अब चुनाव जित्ने छैनन् । अहिलेको अवस्थामा जसले जहाँ जे गठवन्धन गरेपनि त्यसले मुलुुकको हित गर्दैन । कांग्रेस, माओवादी केन्द्र र एमालेमा कुनै भिन्नता छैन । खान पाए सबै एकठाउँ उभिनेहरुको नैतिक, वैचारिक र सैद्धान्तिक धरातल मासिसकेको छ ।

    तराई केन्द्रीत भनिएका जसपा र लोसपा लिंगविहीन अवस्थामा छन् । अबको चुनावमा पूर्वमा सिके राउतको जनमत पार्टी र पश्चिममा रेशम चौधरीको उन्नत पार्टीको उदय हुने मण्डलको विश्लेषण छ ।
    मण्डलका अनुसार राष्ट्रपति विद्या भण्डारीले विवादित नागरिकता संशोधन विधेयक अब प्रमाणीकरण गर्नेछिन । उनले राजीनामा दिने कुरा हल्ला मात्रै हो त्यो सम्भव छैन ।

    निलम्बित प्रधान्यायाधीश चोलेन्द्रशम्शेर राणाले महाअभियोग सिफारिस समितिमा बयान दिएर सबैलाई उदाङ्गो पारेर राम्रो काम गरेका छन् । मण्डल भन्छन्, ‘अब राणाले गाउँगाउँ टोलटोल गएर बदमासहरुको पोल खोल्न पर्छ । यसमा सबै नेपालीको साथ हुनेछ ।’

    विस्तृत भिडिओमा :

  • नुवाकोट २ बाट महत दाजुभाइ सिफारिस, १ बाट अर्जुननरसिंह समानुपातिकमा

    नुवाकोट २ बाट महत दाजुभाइ सिफारिस, १ बाट अर्जुननरसिंह समानुपातिकमा

    काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीको नाम नुवाकोट १ बाट समानुपातिकमा सिफारिस भएको छ ।

    केसीको नाम एकल पठाइएपछि नुवाकोटका नेताहरू भने असन्तुष्ट बनेका छन् ।

    केसीले प्रत्यक्ष चुनाव लड्न चाहे पनि एकतर्फी रुपमा समानुपातिकमा सिफारिस गरिएको भन्दै असहमति प्रकट गरेका छन् ।

    नुवाकोट-१ बाट प्रत्यक्षतर्फ बहादुरसिंह लामा (केन्द्रीय सदस्य, हाल समानुपातिक सांसद), लालिमाया तामाङ र राज्यलक्ष्मी श्रेष्ठ (दुवै महिला महासमिति सदस्य) सिफारिस भएको जिल्ला सभापति रमेश महतले जानकारी दिए ।

    सभापति महतका अनुसार नुवाकोट क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ भने रामशरण र प्रकाश शरण महत दाजुभाइ सिफारिस भएका छन् ।

    डा. रामशरण महतको समानुपातिकमा पनि सिफारिस गरिएको छ ।

     

  • गठबन्धनले दुई दिनभित्रमा सिट बाँडफाँट मिलाउन सक्ला ?

    गठबन्धनले दुई दिनभित्रमा सिट बाँडफाँट मिलाउन सक्ला ?

    काठमाडौं । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेर सिटबाँडफाँटमा जुटेका सत्ता गठबन्धनका दलहरु ‘सकस’ मा परेका छन् ।

    गठबन्धन सरकारले मंसिर ४ गते निर्वाचन घोषणा गरेलगत्तै गठबन्धन गरेर चुनावमा जाने निर्णय गरेका उनीहरुले तालमेलको मोडालिटी बनाउनका लागि कार्यदलनै बनाएका छन् ।

    नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले विभिन्न चरणमा छलफल गरेको भए पनि सिट बाँडफाँटलाई टुंगोमा पुर्‍याउन सकेको छैन । सिटका लागि विभिन्न मोडालिटी तयार गरेको भए पनि त्यसलाई टुंगोमा पुर्‍याउन सकेका छैनन् ।
    चाँडै सिट बाँडफाँट टुंगोमा पुर्‍याएर चुनावमा होमिनु पर्ने भए पनि कुरा मिल्न नसक्दा सत्ता गठबन्धन सकसमा परेको छ ।

    बिहीबार बिहान देखि राति १० बजेसम्म शीर्ष दलका नेताहरुले प्रधानमन्त्रीको सरकारी निवासमा छलफल गरे पनि सहमति जुट्न सकेको छन् ।

    नेपाली कांग्रेसले १०० सिटलाई बटमलाईन बनाएको छ भने माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको आ-आफ्नो दाबी सिट संख्यामा हुँदा कुरा मिल्न सकेको छैन ।

    वैशाखमा सम्पन्न स्थानी तह चुनावमा प्राप्त मत र क्षत्रगत रुपमा दलको प्रभाव हेरेर सिट बाँडफाँट गर्नुपर्ने र कांग्रेले धेरै छाड्दा गठबन्धनलाई घाटा हुने तर्क कांग्रेसको रहेको छ ।

    दुई दिनमा टुंगो लाग्ला ?

    बिहीबार दिनभर बसेको गठबन्धनको बैठकले दुई दिनभित्रमा सिट बाँडफाँट सक्ने सहमति जुटाएको छ । बैठकले आगामी दुई दिनभित्र न्यायोचित रुपमा सिट बाँडफाँट गर्ने सहमति जुटाएको सरकारका प्रवक्तासमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

    न्यायोचित रुपमा सिट बाँडफाँट गर्ने र निर्वाचन जित्ने भन्दा देशलाई मिलेर अघि बढाउने विषयमा छलफल भएको उनको दाबी छ । यसमा सबै दल सहमत रहेकाले दुई दिनमा टुंगोमा पुग्ने उनको दाबी छ ।

    उनका अनुसार गठबन्धनलाई निर्वाचनपछि पनि निरन्तरता दिने र यसका लागि सबैलाई न्यायपूर्ण रुपमा सिट दिने गरी छलफल भएको छ ।

    तर, उनले भनेजस्तो सहज अवस्था भन गठबन्धनमा देखिएको छैन । दुई दिनको समयमा दलहरुले आन्तरिक छलफल गरेर टुंगोमा पुग्ने नेताहरुको दाबी छ । तर कांग्रेसका एक नेताले दुई दिनभित्र टुंगो लाग्ने सम्भावना न्यून रहेको छ । ‘कांग्रेसको अवस्था अन्य दलको भन्दा निकै बलियो छ । यस हिसाबले कांग्रेसले धेरै छाडेर अरुलाई धेरै दिन सक्ने कुरा हुँदैन । फाइदा नहुने भए अरु पनि किन गर्ने भन्ने होलान्’ उनले भने, ‘त्यसले स्थानीय चुनाव जस्तै अन्तिम तिर टुंगो लाग्ने होला !’

  • सिट बाँडफाडमा कांग्रेस लचक, अब जुट्ला सहमति ?

    सिट बाँडफाडमा कांग्रेस लचक, अब जुट्ला सहमति ?

    काठमाडाैं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ पाउने सिट संख्यामा लचक भएको छ ।

    बिहीबार बिहान ११ बजेदेखि बालुवाटारमा बसेको शीर्ष नेतासहित गठबन्धन बैठकमा यसअघि दाबी गरेको सय सिटबाट कांग्रेस तल झरेको एक नेताले बताए ।

    ती नेताका अनुसार कांग्रेसले ९० सिट प्रत्यक्षमा पाउनुपर्ने नयाँ प्रस्ताव गरेको छ ।

    यसअघि प्रतिनिधसभातर्फ कांग्रेसले १००, माओवादी केन्द्रले ६०, नेकपा(एकीकृत समाजवादी) ले ४०, जसपाले ३२ र राष्ट्रिय जनमोर्चाले २ सिटमा दाबी गरेको थियो ।

    सय सिटभन्दा कम लिँदा पार्टीभित्र व्यवस्थापन गर्न चुनौती हुने कांग्रेसको भनाइ थियाे । योभन्दा कम सिट लिएर चुनावमा जाँदा ठाउँठाउँमा विद्रोह र बागी उम्मेदवारी हुने कांग्रेसको तर्क छ ।

    सिट बाँडफाँटका लागि कार्यदल सहमति जुटाउन नसकेपछि शीर्ष नेताहरू आफैँ कस्सिएका छन् । बिहीबार शीर्ष नेतासहित बसेको बैठमा कसले कति सिट लिने विषयमा छलफल भएको छ ।

    शीर्ष नेताहरूको छलफलमा कांग्रेस गठबन्धन दलभित्र सहमति जुटाउन लचक हुन तयार भएको छ । यसअघि दाबी गर्दै आएको सय सिटबाट झरेर ९० सिट लिन कांग्रेस तयार भएको हाे ।

    कांग्रेस ९० सिटमा झर्न तयार हुँदा घटक अन्य दलले भने ८५ सिट लिन दबाब दिइरहेका छन् ।

    कांग्रेस लचक भएअनुसार ९० सिट पाउँदा बाँकी रहेका ७५ सिटमा माओवादी, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाबीच सिटको भागबन्डा हुनेछ ।

    पछिल्लो समय बाबुराम भट्टराई र वामदेव गौतम नेतृत्वको पार्टीले पनि माओवादी केन्द्रकै चुनाव चिह्न लिएर निर्वाचनमा जाने बताएको छ ।

    त्यसो हुँदा कांग्रेसले पाउनेबाहेकका सिटमा यी दुई दललाई पनि मिलाउनुपर्ने हुन्छ । लोकतान्त्रिक समाजवादी पार्टी पनि सत्ता गठबन्धनसँग तालमेल गरेर चुनाव लड्न चाहिरहेको छ ।

  • विश्वप्रकाश शर्मा झापा १ बाट सर्वसम्मत उम्मेदवार सिफारिस

    विश्वप्रकाश शर्मा झापा १ बाट सर्वसम्मत उम्मेदवार सिफारिस

    काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभातर्फ सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस भएका छन् ।

    मंसिर ४ मा हुने चुनावका लागि इच्छुकहरूबाट कांग्रेसले आवेदन लिएकोमा शर्माको मात्रै एकल नाम आएको थियो ।

    आज बसेको क्षेत्रीय कार्यसमिति बैठकले महामन्त्री शर्मालाई झापा १ बाट प्रतिनिधि सभातर्फ उम्मेदवारका लागि सिफारिस गरेको क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीले बताए ।

    शर्मा झापा १ बाट २०७० र २०७४ मा उम्मेदवार भई पराजित भएका थिए । २०७४ मा वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका राम कार्की बिजयी भएका थिए ।

  • रवि लामिछाने र कुलमान घिसिङका लागि काठमाडौं–३ छाड्ने हरिशरण लामिछानेको घोषणा

    रवि लामिछाने र कुलमान घिसिङका लागि काठमाडौं–३ छाड्ने हरिशरण लामिछानेको घोषणा

    काठमाडौं । पत्रकार हरिशरण लामिछानेले आफ्नो भाइ रवि लामिछाने र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका लागि काठमाडौं–३ छाड्ने घोषणा गरेका छन् ।

    स्वतन्त्र उम्मेदवारको रुपमा उठे कुलमान र रविलाई आफूले दाबी गर्दै आएको काठमाडौं–३ छाड्न तयार रहेको हरिशरणले सार्वजनिक रुपमा घोषणा गरेका हुन् ।

    चुनावमा उठ्न आफू र कुलमानले सरकारी सेवाबाट राजीनामा दिनुपर्ने उल्लेख गर्दै उनले अमुक पार्टीको मोहोरा बन्नुभन्दा ‘स्वतन्त्र–पथ’मा आउन कुलमानलाई आग्रह गरे ।

    बुधबार सामाजिक सञ्जाल फेसबुकमा हरिशरणले लेखेका छन् :

    सामाजिक संजालमा आएको समाचार सहि हो र काठमाडौ ३ बाट कुलमान घिसिङजि माओवादी पार्टीको तर्फबाट चुनावमा उठ्ने हो भने मैले पनि दाबी गर्दै आएको सो स्थानबाट तपाइँलाई पूरा सहयोग मिल्छ, तर ‘स्वतन्त्र उम्मेदवारी’ दिनुहोस् ।

    आखिर हामी दुबैले सरकारी सेवाबाट राजिनामा दिनै पर्छ । तपाईं वा रवि ३ नम्बरबाट उठ्ने अवस्थामा म त्याग र सहयोग गर्न तैयार छु । आफ्नै पेशाबाट मैले एउटा सांसदभन्दा धेरै गुणा योगदान यो देशलाई दिन सक्छु ।

    कुनै अमुक पार्टिको मोहोरा बन्नुभन्द ‘स्वतन्त्र–पथ’मा आउनुस् कुलमान सर, अर्को इतिहास कोरिनेछ । यदि यो समचार गलत हो भने मान्नुस्, स्वतन्त्रको लहरलाई निस्तेज पार्ने षड्यन्त्रको तनाबाना बुनिँदै छ । समय अझै छ । चेतना भया ।

  • काठमाडौं–४ बाटै उम्मेदवारीको तयारी गरिरहेको छु : गगन थापा

    काठमाडौं–४ बाटै उम्मेदवारीको तयारी गरिरहेको छु : गगन थापा

    काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूले काठमाडौं ४ बाटै संघीय निर्वाचन लड्नेगरी तयारी गरिरहेको बताएका छन् ।

    ‘मैले काठमाडौं निर्वाचन क्षेत्र नं ४ बाट नै मेरो उम्मेदवारीको तयारी गरिरहेको छु र स्वाभाविक रूपमा म उम्मेदवार हुने यहीँबाट हो’, थापाले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

    बुधबार थापाको नामबाट कास्की क्षेत्र नम्बर १ मा उम्मेदवारीका लागि निवेदन परेको थियो । कास्की क्षेत्र १ मा पार्टीका साथीहरूले स्नेहपूर्वक चाहना राखेर प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि आफ्नो नाम प्रस्तुत गरेकामा थापाले धन्यवाद दिएका छन् ।