Tag: प्रतिनिधिसभा निर्वाचन

  • रवि लामिछाने चितवन २ बाट फराकिलो मतान्तरसहित विजयी

    रवि लामिछाने चितवन २ बाट फराकिलो मतान्तरसहित विजयी

    चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने चितवन २ बाट फराकिलो मतान्तरसहित विजयी भएका छन् ।

    लामिछाने ३४ हजार १६२ मतान्तरले विजयी भएका हुन् ।

    उनले ४९ हजार २ सय ६१ मत पाएर विजयी हुँदा निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ मत पाएका छन् ।

    एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ४९ मत प्राप्त गरे । याे क्षेत्रमा मतदानमा ८४ हजार ३ सय १५ मत खसेको थियो ।

  • माओवादी केन्द्रकी रेखा शर्माले हराइन् एमाले महासचिव शंकर पाेखरेललाई

    माओवादी केन्द्रकी रेखा शर्माले हराइन् एमाले महासचिव शंकर पाेखरेललाई

    दाङ । दाङ क्षेत्र नम्बर २ बाट एमाले महासचिव शंकर पोख्रेल पराजित भएका छन् ।

    एमाले महासचिव पोखरेललाई माओवादी केन्द्रकी रेखा शर्माले हराएकी हुन् । उनले १ सय ९२ मतान्तरसहित पोखरेललाई पराजित गरेकी हुन् ।

  • गाेरखाबाट प्रचण्डकाे जित, प्रतिस्पर्धी मानिएका अब्दुस मियाँले कति पाए मत ?

    गाेरखाबाट प्रचण्डकाे जित, प्रतिस्पर्धी मानिएका अब्दुस मियाँले कति पाए मत ?

    गाेरखा । गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतले विजयी भएका छन् ।

    बिहीबार बिहान सम्पन्न भएको मतगणनाको अन्तिम मतपरिणाम अनुसार अध्यक्ष दाहालले २६ हजार एक सय तीन मत ल्याएर विजयी भएका हुन् ।

    उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटीलाई १३ हजार चार सय ६६ मतले पछाडि पार्दै विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बुर्लाकोटीले कूल १२ हजार छ सय ३७ मत प्राप्त गरेका छन् ।

    दाहालको प्रतिस्पर्धामा आउने आँकलन गरिएका नेपाल कम्युनिष्ट पार्टी एमालेका अब्दुस सलाम मियाँ भने तेस्रो भएका छन् । उनलेले सात हजार तीन सय ९३ मत प्राप्त गरेका छन् ।

     

  • काभ्रे २ मा गोकुल बास्कोटाले बढाए मतान्तर

    काभ्रे २ मा गोकुल बास्कोटाले बढाए मतान्तर

    काठमाडौं । काभ्रे २ को मतगणना जारी छ । प्रतिनिधि सभातर्फ कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईं र एमालेका गोकुल बास्कोटाले उछिनपछिन गर्ने क्रम रहेको छ ।

    बेथानचोकको मतगणनामा कांग्रेसका शिवले अग्रता कायम गरेका थिए ।

    बनेपा पनौति तथा भुम्लु क्षेत्रको मतगणनापछि भने गोकुलले आफ्नो अग्रता बढाएका छन् । हालसम्म प्राप्त परिणामअनुसार एमालेका बास्कोटाले २२ हजार ८१२ मत पाउँदा कांग्रेसका हुमागाईले २१ हजार ७१४ मत पाएका छन् ।

    त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईले ६ हजार ४४९ मत पाएका छन् । अहिले गोकुल शिवभन्दा एक हजार ९८ मतले अगाडि छन् ।

  • २८ हजार बढी मतान्तरले विजयी भए एमाले अध्यक्ष ओली

    २८ हजार बढी मतान्तरले विजयी भए एमाले अध्यक्ष ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गठबन्धनका उम्मेदवारलाई २८ हजार भन्दा बढी मतले पछि पारी झापा ५ बाट प्रतिनिधि सभामा निर्वाचित भएका छन् ।

    मतगणनाको अन्तिम परिणाम अनुसार ओलीले ५२ हजार ३१५ मतले बिजय हासिल गर्दा गठबन्धनका उम्मेदवार खगेन्द्र पाण्डव अधिकारीले २३ हजार ७४१ मत पाएका छन् ।

    उनीहरुबीच २८ हजार ५७४ मतको अन्तर रहेको छ ।

  • १४ हजारभन्दा बढी मतान्तरले झापा–१ मा विश्वप्रकाश शर्मा विजयी

    १४ हजारभन्दा बढी मतान्तरले झापा–१ मा विश्वप्रकाश शर्मा विजयी

    झापा । झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका विश्वप्रकाश शर्मा फराकिलाे मतान्तरसहित विजयी भएका छन् ।

    अन्तिम मत परिणामअनुसार कांग्रेसका शर्माले ३९ हजार ६ सय २४ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका अग्नि खरेलले २५ हजार ३ सय ४९ मत प्राप्त गरेका छन् ।

    शर्मा र खरेलबीचकाे मतान्तर १४ हजार २ सय ७५ रहेकाे छ ।

  • बागलुङ–२ बाट माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल निर्वाचित

    बागलुङ–२ बाट माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल निर्वाचित

    बागलुङ । बागलुङ–२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल निर्वाचित भएका छन् ।

    नेकपा एमालेका मञ्जु शर्मा चालिसेलाई ४ हजार ५९९ मतान्तरले पराजित गर्दै पौडेल लगातार दोस्रो पटक सांसद चुनिएका हुन् ।

    २०७४ सालमा २८ हजार ८ सय २७ मत ल्याएर सांसद चुनिएका पौडेलले यसपटक २४ हजार ७७९ मत प्राप्त गरे ।

    उनका प्रतिद्वन्दी नेकपा एमालेका मञ्जु शर्मा चालिसेले २० हजार १८० मत प्राप्त गरेकी छिन् ।

     

  • जनमत पार्टीका अध्यक्ष सीके राउत विजयी, उपेन्द्र यादव पराजित

    जनमत पार्टीका अध्यक्ष सीके राउत विजयी, उपेन्द्र यादव पराजित

    काठमाडौं । सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) विजयी भएका छन् ।

    जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई मत १८ हजार ६३ मतान्तरले पराजित गर्दै राउत विजयी भएका हुन् ।

    राउतले ३५ हजार ४२ मत ल्याउँदा यादवले १६ हजार ९६९ मत ल्याए ।

    लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जयप्रकाश ठाकुरले ७ हजार ३४७ मत ल्याए ।

  • बागलुङ-१ बाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित

    बागलुङ-१ बाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित

    बागलुङ । बागलुङ-१ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित भएका छन् ।

    केसीले २१ हजार ४५१ मत ल्याएर निर्वाचित भएका हुन् ।

    यही क्षेत्रबाट २०७४ सालमा निर्वाचित सूर्यप्रसाद पाठक भने १८ हजार ८२५ मत ल्याएर पराजित भए ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले ९ हजार १८१ र राप्रपाका लक्ष्मीप्रसाद सापकोटाले ९०३ मत ल्याए ।

  • ताप्लेजुङबाट योगेश भट्टराई प्रतिनिधिसभा सदस्यमा विजयी

    ताप्लेजुङबाट योगेश भट्टराई प्रतिनिधिसभा सदस्यमा विजयी

    काठमाडाैं । एमाले सचिव योगेश भट्टराई प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

    ताप्लेजुङबाट उम्मेदवार बनेका उनले माओवादी केन्द्रका खेलप्रसाद बुढाथोकी​लाई पराजित गरेका हुन् ।

    भट्टराईले २१ हजार ९ सय ४३ र बुढाथोकी​ले २१ हजार सात सय ३५ मत पाएका छन् ।

    बुढाथोकी​लाई सत्ता गठबन्धनको समर्थन थियो ।

    भट्टराई २०७४ मा पनि ताप्लेजुङबाटै निर्वाचित भएका थिए ।