Tag: प्रेम आले

  • डोटीमा प्रेम आले ‘सेफ जोन’ मा

    डोटीमा प्रेम आले ‘सेफ जोन’ मा

    काठमाडाैं । मंसिर ४ गतेको निर्वाचनका लागि टिकट बाँडफाँटकाक्रममा सत्ता गठवन्धन भित्र सर्वाधिक पेचिलो विषय बनेको क्षेत्र हो डोटी जिल्ला । हेभिवेट उम्मेदवारका कारण डोटी कसको भागमा पर्ने लामो रस्साकस्सीपछि नेकपा एकीकृत समाजवादीका नेता प्रेम आले बाजी मार्न सफल भए ।

    विगतमा नेकपा एमालेबाट लगातार निर्वाचन जितेका प्रेम आले यसपटक नेकपा एकीकृत समाजवादीमा छन् । उनको चुनाव चिन्ह कलम हो । डोटीबाटै कांग्रेसका वीरबहादुर बलायरले दाबी छोडेर कैलाली ४ मा गएपछि आलेलाई सहज भएको छ ।

    समाजवादीका अध्यक्ष माधव नेपालले आलेको पक्षमा राखेको अडान र कांग्रेस सभापति देउवा पनि आलेप्रति लामो समयदेखि सकारात्मक भएकाले यसपटक उनका लागि जित सहज देखिन्छ । आलेको आफनै जनाधार, जनसम्बन्ध, लोकप्रियता र विकासवादी नेताको छविका कारण उनलाई जित निकाल्न खासै मेहनत गर्नुपर्ने देखिँदैन ।

    आले र बलायरबीच लामो समयदेखि जुँगाको लडाईँ चलिरहेको थियो । हार जित जे भए पनि डोटीबाट टिकट कसले लिने भन्ने दुवैका लागि प्रतिष्ठाको विषय बनेको थियो । अहिले बलायर कैलाली गएपछि कांग्रेस कार्यकर्तालाई आलेको पक्षमा खुल्न सहज भएको छ ।

    डोटीमा एकातीर एमालेले तुलनात्मकरुपमा कमजोर उम्मेदवार गौरी ओलीलाई खडा गरेको छ भने अर्कोतर्फ गौरीलाई टिकट दिएको भन्दै रुष्ट भएका एमाले कार्यकर्ता आलेतर्फ लागेका छन् ।

    विकास प्रेमी नेताको रुपमा परिचित आले पछिल्लो पटक पर्यटन मन्त्री हुँदा सुधारका काम गरेपछि झन चर्चामा छन् । उनले राष्ट्रिय र स्थानीयस्तरमा गरेका कामहरु नै जितको आधार बनेकाछन ।

    पर्यटकीय विकास, विमानस्थल निर्माण, त्रिवि विमानस्थलको व्यवस्थापन, बतास समूहमाथिको कारवाही, तारे होटेलहरुसँग कर असुली र कारवाही, क्यासिनो व्यवस्थापन लगायतमा उनको भूमिका अविस्मरणीय छ ।

    डोटी जिल्लाका मात्र नभइ आले कुनैपनि दीन दुःखीको सेवा र सहयोगका लागि व्यक्तिगतरुपमै अनवरत प्रयत्नशील रहन्छन् । आलेसंगै प्रदेश सभा सदस्य (क ) मा नरेन्द्र बहादुर सिंह र प्रदेश सभा सदस्य ( ख ) मा शिव सिं ओलि पनि बलियो उम्मेदवारका रुपमा प्रस्तुत भएकाछन् ।

  • ९० प्रतिशत अंक ल्याउने गरी काम गरेँ : आले

    ९० प्रतिशत अंक ल्याउने गरी काम गरेँ : आले

    काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रमे आलेले आफ्नो कार्यकालमा ९० प्रतिशत अंक ल्याउने गरी काम गरेको दाबी गरेका छन् ।

    आइतबार मन्त्रालयलमा पत्रकार सम्मेलन आयोजना गर्दै मन्त्री आफ्नो कार्यकालमा ९० प्रतिशत अंक ल्याउने गरी काम गरेको दाबी गरेका हुन् । उनले आफ्नो काममको मूल्यांकन जनताले गर्ने बताए ।

    ‘कसैले तपाईंको कामबाट कति ल्याउँछस? भनेर सोधे भने ९० प्रतिशत अंक ल्याएको ठानेको छु,’ पत्रकार सम्मेलनमा आलेले भने, ‘बाँकी जनताले मूल्याङ्कन गर्ने नै छन् ।’उनले आफू पक्रयामा भन्दा पनि एक्सनमा जोड दिने व्यक्ति भएको बताए ।

    उनले मन्त्रालयमा २६३ दिन बितेको पत्तै नपाएको उनले बताए । मन्त्री बनेर काम गर्न दिइएकोमा आलेले पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई धन्यवाद दिए ।

  • पर्यटनमन्त्री प्रेम आलेले दिए मन्त्री पदबाट राजीनामा

    पर्यटनमन्त्री प्रेम आलेले दिए मन्त्री पदबाट राजीनामा

    काठमाडाैं । पर्यटनमन्त्री प्रेम आलेले मन्त्री पदबाट राजीनामा दिएका छन् ।

    आइतवार बिहान नेकपा (एस) अध्यक्ष माधव नेपालको निवास कोटेश्वर पुगेर आलेले राजीनामा बुझाएको नेकपा एसका एक पदाधिकारीले जानकारी दिए ।

    यसअघि शुक्रबारको पोलिटब्युरो बैठकमा आलेले ४८ घण्टाभित्र निकास दिने बताएका थिए ।​ सोहीबमोजिम उनले अध्यक्ष नेपाललाई राजीनामा बुझाएका हुन् ।

    आइतवार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले केही मन्त्रीको राजीनामा आफ्नो हातमा रहेको बताएका थिए ।

    यसअघि असार १० गते मन्त्री फेरबदलमा असन्तुष्टि जनाएर चार मन्त्रीसहित नेकपा एसका १० सांसदले संसदीय दलको बैठक माग गर्दै अध्यक्ष नेपालसमक्ष लिखित निवेदन दिएका थिए ।

    त्यसमध्ये आलेसहित ६ सांसदले हस्ताक्षर फिर्ता लिएका थिए । सांसदहरू पर्यटनमन्त्री प्रेम आले, कृष्णलाल महर्जन, गोपालबहादुर बम, वीनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढाले पनि हस्ताक्षर फिर्ता गरेका थिए ।

    यस्तै स्वास्थ्यमन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले भने राजीनामा दिएका छैनन् । नेकपा (एस)ले जेठ २२ गते मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

  • पर्यटन व्यवसायीले मागे मन्त्री आलेकाे राजीनामा

    पर्यटन व्यवसायीले मागे मन्त्री आलेकाे राजीनामा

    काठमाडाैं । नेपाल पर्यटन व्यवसायी संघ, नेपाल पर्यटन व्यवसायी संगठन र नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले संयुक्त रुपमा विज्ञप्ति निकालेर संस्कृति, पर्यटन तथा नागरीक उड्डयनमन्त्री प्रेम आलेकाे राजीनामा मागेका छन् ।

    मन्त्री आले एक पछि अर्काे विवादमा मुछिदै आएकाे र मन्त्री आलेकाे हर्कतका कारण सरकार र निजी क्षेत्रका पर्यटन व्यवसायीले शीर निहुराउने अवस्था आएकाे भन्दै उनीहरुले मन्त्री आलेकाे राजीनामा माग गरेका हुन् ।

    विज्ञप्तिमा भनिएकाे छ, ‘समाजलाई सुसंस्कृत र असल आचरण सिकाउनुपर्ने मन्त्रीबाटै देखिने गरेका यस्ता अश्लिल र अराजक अभिव्यक्ति र गुन्डागर्दीको ब्यवहार सभ्य समाजका लागि स्वीकार्य हुनै सक्दैन ।’

    मन्त्री आले अध्यक्ष रहेको लुम्बिनी विकास कोषको गुरुयोजना अनुसार आध्यात्मिक अभ्यासका लागि छुट्याइएको लुम्बिनी ग्रामको चार बिघा क्षेत्रलाई मन परेको ब्यबसायी कम्पनीसँग सिधै प्रस्ताव माग गरेर कुनै प्रक्रिया नै पूरा नगरी व्यावसायिक रिसोर्टको अनुमतिको ठाडो आदेश दिने मन्त्री आलेको नियत माथी पनि निजी क्षेत्र ससङ्कित भएकाे पनि विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

  • प्रेम आलेको अडियो ल्याब परीक्षण गरी अनुसन्धान र कारबाही गर्न उजुरी

    प्रेम आलेको अडियो ल्याब परीक्षण गरी अनुसन्धान र कारबाही गर्न उजुरी

    काठमाडाैं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा प्रतिनिधि सभा सदस्य प्रेम आलेको अभिव्यक्तिलाई लिएर संघीय संसद्को आचारण अनुगमन समितिको कार्यालयमा उजुरी परेको छ ।

    अधिवक्ता किशोर पौडेल, अधिवक्ता अनुपम भट्टराई र कानुनकी विद्यार्थी रेजिना पौड्यालले आइतबार उजुरी गरेका हुन् ।

    २०७८ फागुन ३ र २०७९ असार ३ गते विभिन्न सञ्चार माध्यमबाट सार्वजनिक अडियोमा आलेले अश्लिल शब्द प्रयोग गरेको र सो व्यवहार प्रतिनिधि सभा नियमावलीको विपरीत भएको निवेदनमा भनिएको छ ।

    ‘सांसदको आचारसंहिताको विषयमा प्रतिनिधि सभा नियमावली, २०७५ को नियम २१६ को उपनियम (ख) अनुसार प्रतिनिधि सभा सदस्यहरुले समाजमा विद्यमान सार्वजनिक नैतिकता र आचार अनुकूलको व्यवहार गर्ने उल्लेख छ। यस्तै सोही नियमको उपनियम (२) मा आचारसंहिता प्रतिनिधि सभाका पदाधिकारी र सदस्यको सार्वजनिक जीवनको सबै पक्षमा लागू हुने विषयसमेत उल्लेख छ’, निवेदनमा भनिएको छ।

    नियमको बर्खिलाप हुने गरी आलेले आफ्नै कार्यकक्षमै अपशब्द प्रयोग गर्दै भएको घटनालाई सामान्य विषय मान्न नमिल्ने निवेदनमा उल्लेख छ । उनको सो व्यवहारले नेपालको भाषा र संस्कृतिमाथि ठूलो चोट मात्रै पुर्‍याएको छैन, सामाजिक सुव्यवस्थापन तथा मर्यादामाथि साधिकार व्यक्तिबाटै निर्लज्ज प्रहार भएको छ निवेदनमा भनिएको छ ।

    निवेदनमा सभामुख, उपसभामुख, विपक्षी दलका नेता तथा संघीय संसद्का महासचिवलाई पनि बोदार्थ गरिएको छ ।

  • कसैमाथि हातपात गरेको छैन, सिसीटिभी फुटेज चेक गरे हुन्छ : मन्त्री आले

    कसैमाथि हातपात गरेको छैन, सिसीटिभी फुटेज चेक गरे हुन्छ : मन्त्री आले

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हातपात गरेको भनी आएको समाचारको खण्डन गर्दै कुनै पनि कर्मचारीमाथि दुर्व्यवहार नभएको स्पष्ट पारेका छन् ।

    विभिन्न सञ्चारमाध्यममा कार्यकारी अध्यक्षमाथि हातपात गरेको भनी आफूलाई जोडेर आएका समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको पनि आलेको भनाइ छ ।

    ‘समाचारमा उल्लेख भएजस्तो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बोलाइ मातहतका कुनै पनि कर्मचारीलाई दुव्र्यवहार तथा हातपात गरिएको छैन र यस विषयलाई जोडेर आएको समाचार सत्य होइन। यसबारेमा हाम्रो मन्त्रालय र सिंहदरबार परिसरमा रहेका सिसीटिभी क्यामेरा हेर्दा पनि प्रष्ट हुन्छ । आवश्यक परे मन्त्रालय र प्रशासनले सिसीटिभीका फुटेज उपलब्ध गराउन सक्नेछ,’ सरकारी समाचार संस्था रासससँग आलेले भनेका छन् ।

    कतिपय कामहरुमा निर्देशन दिनुपर्ने, सचेत गराउनुपर्ने, सम्झाउनुपर्ने हुनसक्ने र मन्त्रालयलको नेतृत्वकर्ताको हैसियतले त्यो क्रम निरन्तर पनि रहने भन्दै मन्त्री आलेले पछिल्ला दिनमा उडान सङ्ख्या वृद्धि हुँदै गएको तर जापानलगायतका गन्तव्यमा सर्वसाधारण, विद्यार्थी, भारतमा उपचारमा जाने बिरामीलगायतले टिकट सहजै नपाउने, निगमकै कारण बजारमा कृतिम अभाव गराई आफू निकट एजेन्सीबाट मात्रै टिकट बिक्री गर्ने गरेको भन्नेजस्ता गुनासो अत्यधिक आएपछि स्थानीय तहको चुनावअघि नै कार्यकारी अध्यक्षलाई स्पष्टीकरण सोधिएको र त्यसपछि पनि सचेत गराउने काम भने जारी नै रहेको आलेको भनाइ छ ।

    मन्त्रालयमा आएका यी गुनासाका विषयमा मन्त्रालयले स्पष्टीकरण सोध्ने भएपछि त्यसलाई रोक्न धेरै शक्ति केन्द्रबाट कार्यकारी अध्यक्षले उल्टै आफूमाथि अनैतिक दबाब दिएको प्रसङ्ग उल्लेख गर्दै मन्त्री आलेले अध्यक्षमाथि हातपात नै गरिएको भनेर अहिले आएको समाचार झुठो रहेको बताए ।

  • मन्त्री आले फेरि विवादमा, अश्लील गालीगलाैजकाे अडियाे सार्वजनिक

    मन्त्री आले फेरि विवादमा, अश्लील गालीगलाैजकाे अडियाे सार्वजनिक

    काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले फेरि विवादमा आएका छन् ।

    उनले नेपाल एअरलाइन्सका अध्यक्ष युवराज अधिकारीसँग अश्लील शब्द प्रयोग गरी गाली गरेको अडियो सार्वजनिक भएको छ ।

    अश्लील गालीगलौज समेटिएको अडियो सार्वजनिक भएपछि उनको चर्को विरोध भइरहेको छ ।

    यसअघि पनि मन्त्री आलेले भारतको मुम्बई पुगेका एक नेपाली युवकसँग गालीगलौज गरेको भिडियो सार्वजनिक भएको थियो ।

  • जनार्दन शर्माप्रति आलेकाे गुनासाे : पटक-पटक आग्रह गर्दा पनि बजेट काटियाे

    जनार्दन शर्माप्रति आलेकाे गुनासाे : पटक-पटक आग्रह गर्दा पनि बजेट काटियाे

    काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले आफ्नो मन्त्रालयको साँढे १० अर्ब बजेट कटौती गरिएको भन्दै अर्थमन्त्री जनार्दन शर्माप्रति गुनासो गरेका छन् ।

    बुधबार विनियोजन बजेटमाथि सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री आलेले पटक-पटक आग्रह गर्दा पनि अर्थमन्त्री शर्माले सो बजेट कटौती गरिदिँदा कतिपय स्थानीय तहसँग गरिएको साझेदारी कार्यक्रम पनि कटौती गर्नुपरेको बताए ।

    मन्त्री आलेले बजेटको आकार भने नौ दशमलव ८ प्रतिशत बढ्ने तर आफ्नो मन्त्रालयको बजेट भने ठूलो मात्रामा कटौती भएकै कारण पर्यटक भित्र्याउने कतिपय कार्यक्रमहरूलाई निरन्तरता दिन नसकिएको स्पष्ट पारे ।

    अर्थ मन्त्रालयले बजेट कटौती गरेका कारण सांसदको निर्वाचन क्षेत्रमा गएका आयोजनाहरूलाई निरन्तरता दिन नसकेको बताए । मन्त्री आलेले ६ महिनाभित्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न गरिसक्ने पनि दाबी गरे ।

    मन्त्री आलले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । त्रिभुवन विमानस्थलले आगामी दिनमा यात्रुको चाप थेग्न नसक्ने भन्दै यो विमानस्थलको विकल्प तत्काल खोज्नु पर्ने अवस्था आएको उनको भनाइ थियो ।

    सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखको निजगढको पहिलो चरणको काम पूरा गर्न १ खर्ब २० अर्ब रुपैयाँ लाग्ने भन्दै उनले यस वर्ष राखिएको २६ करोड बजेट ज्यादै न्यून भएको उल्लेख गरे । अर्थ मन्त्रालयले बजेट थप गर्ने आशा समेत उनले व्यक्त गरे ।

  • नेपालका विमानस्थल हेर्न लायक र रहरलाग्दा बनाउँछु : मन्त्री आले

    नेपालका विमानस्थल हेर्न लायक र रहरलाग्दा बनाउँछु : मन्त्री आले

    काठमाडाैं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालमा रहेका विमानस्थल हेर्न लायक र रहरलाग्दा बनाइने बताएका छन् ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिन भवनको विस्तारित प्रस्थान कक्ष, व्यागेज बेल्टको आज उद्घाटन तथा टर्मिनल भवन शिलान्यास र विमानस्थल गौचर हाताभित्र बुटिक अवधारणाअनुसार नव निर्मित वाटर फाउन्टेनको कार्यक्रममा उनले नेपालका विमानस्थलका थप विकास तथा विस्तार गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गराउने खालका बनाइने बताएका हुन् ।

    उनले भने, ‘विमानस्थलकै बाटो भएर हजारौँ पर्यटक तथा यात्रु ओहोरदोहोर गर्छन्, तिनै विमानस्थल फोहर भए अवस्था के होला, नेपालका सबै विमानस्थलमा थप विकास तथा विस्तार गरी पर्यटकसहित यात्रु लोभिने खालका बनाउँछु ।’

    मन्त्री आलेले आफू नागरिकको सेवक भएकाले नागरिकसहित देशकै हितका काममा तल्लीन रहने बताए । उनले यात्रुको पाँच मिनेटमा नै आफ्नो लगेज लिएर जानसक्ने र लगेजका लागि कुर्न नपर्ने गरी सुविधा दिन पनि कर्मचारीलाई निर्देशन पनि दिए ।

    टर्मिनल भवन एक वर्षभित्र निर्माण गर्ने ठेक्का लिएको कम्पनीलाई मन्त्री आलेले सकेसम्म नौ महिनाभित्र कामसक्ने वातावण मिलाउन आग्रह गरे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेका भौतिक पूर्वाधारको निर्माणसँगै तिनीहरुको उचित सरसफाइदेखि व्यवस्थित बनाउनसमेत उनले आग्रह गरे ।

    मन्त्री आलेले आइतबार नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फको आगमन टर्मिनल भवन शिलान्याससमेत गरेका छन् । आन्तरिक हवाई यात्रुको सङ्ख्यामा वृद्धि भएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक यात्रुका लागि उक्त नयाँ आगमन टर्मिनल भवन निर्माण गर्न लागेको हो ।

    एक वर्षमा काम सम्पन्न गरिसक्ने गरी कूल रु पाँच करोडको लागतमा उक्त भवन निर्माण गरिन लागेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शिविल इञ्जिनीयरङ शाखाका प्रमुख हरि अधिकारीले जानकारी दिए ।

    उक्त भवन निर्माणको जिम्मा ब्राइट मल्टी कन्ट्रक्सनले लिएको छ । भवन निर्माणपछि यात्रुलाई सहज हुने अपेक्षा लिइएको छ । आन्तरिक क्षेत्रमा ट्याक्सी पार्किङस्थलमा नयाँ आगमन टर्मिनल भवन बनाइनेछ भने हालको टर्मिनल भवनलाई प्रस्थान भवनमा मात्र विकास गरिने भएको छ ।

    सो नयाँ टर्मिनल हल ४१ मिटर लामो र २४ मिटर चौडाइको हुनेछ र करिब ३५ मिटर लामो व्यागेज कन्भेयर बेल्ट (दुईतर्फी व्याग लिन मिल्ने) बेल्ट हुने भएको छ ।

    फरक प्रसङ्गमा मन्त्री आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि रु २६ करोड रुपैयाँ मात्रै बजेट छुट्याएको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले उक्त विमानस्थल निर्माणका लागि रु एक खर्ब २० अर्बको अनुमान गरिएकाले बजेट पर्याप्त नभएको गुनासाेसमेत गरे ।

    सोही प्रसङ्गमा मन्त्री आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका विषयमा न्यायपालिकाले कार्यपालिकामाथि हस्तक्षेप गरिरहेको आरोप पनि लगाए ।

  • मन्त्रीकाे लाेभ छैन, आफ्नै पार्टीका चिप्ले किराहरुले चलखेल गर्‍यो भनेर अन्तर्वार्ता दिए : मन्त्री आले

    मन्त्रीकाे लाेभ छैन, आफ्नै पार्टीका चिप्ले किराहरुले चलखेल गर्‍यो भनेर अन्तर्वार्ता दिए : मन्त्री आले

    काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेले आफूलाई मन्त्री पदको कुनैपनि लोभ नभएको बताएका छन् ।

    पशुपतिनाथ मन्दिर परिसरस्थित विश्वरुपा मन्दिरको पुन:निर्माण मंगलबार शिलान्यासका क्रममा आफू खुसी खुसी मन्त्री पद त्याग्न तयार भएकाे बताएका हुन् । उनले भने, ‘हामीलाई ६ महिनाका लागि भनेर पठाइएकाे थियाे ८ महिना खान पायाैँ । अरु साथीहरुलाई मौका दिने इच्छा छ भने दिनुस् भनेर मैले सहमति पनि दिएको हुँ।’

    तर उनले आफ्नै पार्टीका चिप्ले किराहरुले मन्त्री आलेले चलखेल गरेको भन्दै अन्तर्वार्ता दिइरहेको भनी आक्राेश पनि व्यक्त गरे । उनले भने, ‘तर, हाम्रै पार्टीभित्रका चिप्ले चोरहरु, किराहरु आलेले चलखेल गर्‍यो भनेर अन्तर्वार्ता दिइरहेका छन्, मलाई मन्त्रीको लोभ छैन । म जति समय यो कुर्सीमा बस्छु, देश र जनताको शीर ननिहुरिने गरी काम गर्छु ।’