Tag: भारत

  • भारतमा मुस्लिमको प्रदर्शनमा हिंसा भड्कियो, २ जनाको मृत्यु

    भारतमा मुस्लिमको प्रदर्शनमा हिंसा भड्कियो, २ जनाको मृत्यु

    काठमाडाैं । मुस्लिम धर्मावलम्बीको भावनामा ठेस पुग्ने गरी पैगम्बर मोहम्मदको आलोचना गरी भारतीय जनता पार्टी (भाजपा) नेत्री नूपुर शर्माले दिएको विवादित बयानले हिंसा भड्किएको छ ।

    मुस्लिम समुदायले विवादित बयानविरुद्ध देशभर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका क्रममा २ जनाको मृत्यु भएको छ ।

    राँचीमा भएको हिंसात्मक प्रदर्शनमा गम्भीर घाइते भएका २ जनाको राजेन्द्र आयुर्विज्ञान संस्थान (रिम्स) मा उपचारका क्रममा मृत्यु भएको छ भने ८ जना घाइतेको उपचार जारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    राँचीमा प्रदर्शन उग्र भएपछि भीडलाई तितरवितर गर्न प्रहरीले लाठीचार्ज गरेको थियो । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए । प्रहरी जवान समेत घाइते भएका जनाइएको छ ।

    प्रदर्शन बढ्दै गएपछि प्रशासनले शहरभरि कर्फ्यू आदेश जारी गरेको छ । हिंसाग्रस्त क्षेत्रमा कतिपय व्यक्तिले हनुमान चालिसा पाठ गरेका छन् ।

  • सिध्दु मुसेवालाको हत्यारा नेपालमा लुकेको आशंका, दिल्ली प्रहरीको विशेष टोली नेपालमा

    सिध्दु मुसेवालाको हत्यारा नेपालमा लुकेको आशंका, दिल्ली प्रहरीको विशेष टोली नेपालमा

    काठमाडौं । भारतका चर्चित गायक एवं राजनीतिज्ञ सिध्दु मुसेवालाको हत्यारा नेपालमा रहेको आशंका गरिएको छ । मुसेवालाको हत्या गरेर अपराधिहरु नेपालमा लुकेर बसेको दिल्ली प्रहरीलाई उद्धृत गर्दै इन्डिया टुडेले जनाएको छ ।

    समाचार अनुसार मुसेवालाको हत्याराको खोजी गर्न दिल्ली प्रहरीको एउटा टोली शुक्रबार नेपाल आइपुगेको छ । इन्टेलिजेन्स विशेषज्ञसहितको टोली नेपाल आइपुगेको स्रोतलाई उद्धृत गरिएको छ ।

    पंजाब प्रहरीले मुसेवालाको हत्या लगत्तै दुई जना अभियुक्तलाई पक्राउ गरेको थियो। हत्याराले प्रयोग गरेको बोलेरो गाडीमा दुबै जनाको संलग्नता रहेको पंजाब प्रहरीको दाबी छ ।

    गत मंगलबार दुई जना बन्दुकधारीले गायक एवं राजनीतिज्ञ मुसेवालको उनकै गाउँ नजिक हत्या गरेको थियो ।

    हतियारधारीले ३० राउन्ड गोली प्रहार गरेको प्रहरीको दाबी छ । जसमा २५ वटा गोली लागेर मुसेवालाको शरीर छतविछत बनाइएको थियो । अधिकांश गोली छाती र पेटमा लागेको प्रहरीले जनाएको छ ।

  • भारतमा १० प्रतिशत महिलाले पिट्छन् आफ्नो श्रीमान : अध्ययन रिपाेर्ट

    भारतमा १० प्रतिशत महिलाले पिट्छन् आफ्नो श्रीमान : अध्ययन रिपाेर्ट

    काठमाडाैं । सामाजिक सञ्जालमा अहिले एउटा भिडियो भाइरल भएको छ । भारतको राजस्थानको त्यस भिडियोमा एक जना महिलाले आफ्नो श्रीमानलाई काेठाभित्र क्रिकेटको ब्याटले पिट्दै गरेको देखिन्छ ।

    पिटाइ खाने ती व्यक्ति स्थानीय एक विद्यालयका प्रधानाध्यापक भएको र उनको नाम अजित सिंह भएको बताइएको छ । उनको घरको सीसी क्यामेरामा कैद भएको यस भिडियोमा श्रीमतीले नराम्रोसँग पिटेको दृश्य देखिन्छ ।

    भारतमा आफ्नो श्रीमतीको पिटाइ खानेमा अजित सिंह एक्लो व्यक्ति भने होइनन् । भारतमा प्रत्येक दशमा एक जना महिलाले आफ्नो श्रीमानलाई पिट्ने गरेको एक अध्ययनले देखाएको छ ।

    नेशनल फेमिली हेल्थ सर्भेका अनुसार १८ देखि ४९ वर्ष उमेर समूहकी महिलामध्ये १० प्रतिशतले आफ्नो श्रीमानलाई कहिले न कहिल्यै पिटेका छन् । त्यो पनि उनका श्रीमानले कुनै पनि प्रकारको हिंसा नगरेको अवस्थामै त्यसरी पिट्ने गरेको अध्ययनले जनाएको छ । यसरी दश प्रतिशत महिलाले बिना कारण नै आफ्नो श्रीमानलाई पिट्ने गरेका छन् ।

    अध्ययनको लागि गरिएको त्यस सर्भेमा ११ प्रतिशत महिलाले विगत एक वर्षमा आफ्नो श्रीमानलाई पिटेको बताएका थिए । सर्भेका अनुसार उमेर बढेसँगै श्रीमासँग हिंसा गर्ने श्रीमतीको संख्या बढी रहेको बताइएको छ ।

    यस्तै, अध्ययनबाट प्राप्त तथ्याँकका अनुसार सहरमा भन्दा गाउँमा बस्ने महिलाले आफ्नो श्रीमानसँग बढी हिंसा गर्ने गरेका छन् । सहरी क्षेत्रका ३ दशमलव ३ प्रतिशत र गाउँमा रहने ७ दशमलव ७ प्रतिशतले आफ्नो श्रीमानसँग हिंसा गरेको अध्ययनमा उल्लेख छ ।

  • भारतको बिहारमा नक्कली मदिरा सेवनबाट १३ जनाको मृत्यु

    भारतको बिहारमा नक्कली मदिरा सेवनबाट १३ जनाको मृत्यु

    काठमाडाैं । भारतको बिहारमा नक्कली मदिरा सेवनका कारण विगत पाँच दिनमा झण्डै १३ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले बिहीबार बताएका छन् ।

    उक्त घटना दक्षिण बिहारको औरङ्गाबाद र गया जिल्लामा भएको बताइएको छ ।

    बिहार राज्यका मुख्यमन्त्री नितिश कुमारले रक्सीको बिक्री र उपभोगमा प्रतिबन्ध लगाएपछि विगत धेरै वर्षदेखि ‘सुक्खा राज्य’ को रूपमा चर्चा गरिने गरिएको छ ।

    तर छिमेकी राज्यबाट खरिद गरी बिहारमा गोप्य रूपमा बिक्री गर्ने मदिरा माफियाको संलग्नता रहेको अवैध मदिराको कारोबार राज्यमा भइरहेको छ ।

    मदनपुर र सलैया प्रहरी चौकीका प्रहरीले फोनमा घटनाको अनुसन्धान भइरहेको बताए पनि अहिलेसम्म मृत्यु हुनेको यकिन संख्या भने बताउन अस्वीकार गरेका छन् ।

    धेरै जसो पीडितले बान्ता हुने, पेट दुख्ने र कम दृश्यताको अनुभव गरेको बताइएको छ ।

    ‘छिमेकी राज्य झारखण्डबाट ल्याइएको मदिरा मदनपुर, सलैया र गया जिल्लाको आमस क्षेत्रमा बिक्री गरिएको’, जी न्युजले उल्लेख गरेको छ।

    यसैबीच भारतको राष्ट्रिय मानव अधिकार आयोगले बिहारमा भएको सो घटनाबारे सरकारलाई नोटिस पठाएको छ ।

     

  • दिल्लीको तापक्रम ४९ डिग्री सेल्सियस, सर्वसाधारणलाई घरभित्रै बस्न अनुरोध

    दिल्लीको तापक्रम ४९ डिग्री सेल्सियस, सर्वसाधारणलाई घरभित्रै बस्न अनुरोध

    नयाँ दिल्ली । तीव्र तातो हावाका कारण भारतका केही भागमा अत्यधिक गर्मी बढेको छ । दिल्ली र उत्तर प्रदेशका स्थानहरूकाे तापक्रम ४९ डिग्री सेल्सियस मापन गरिएको छ ।

    मौसम कार्यालयले केरलामा भारी वर्षाको चेतावनी दिएको छ भने पाँच जिल्लाहरूमा रेड अलर्ट जारी गरिएको छ ।

    दिल्लीमा सफदरजंग अब्जरभेटरीले ४५ दशमलव ६ डिग्री सेल्सियस रेकर्ड गरेको छ भने उत्तरपश्चिम दिल्लीको मुंगेशपुर र दक्षिणपश्चिम दिल्लीको नजफगढमा दुई वटा मौसम स्टेसनहरूले क्रमशः ४९ दशमलब २ र ४९ दशमलब १ डिग्री सेल्सियस रिपोर्ट गरेका छन् ।

    सफदरजंगको तापक्रम यो सिजनको उच्च हो । अत्यधिक गर्मी बढेपछि सर्वसाधारणलाई घरभित्रै बस्न भनिएको छ ।

  • सामूहिक बलात्कारमा परेकी १३ वर्षीया बालिका पुलिस स्टेशनभित्र पनि बलात्कृत

    सामूहिक बलात्कारमा परेकी १३ वर्षीया बालिका पुलिस स्टेशनभित्र पनि बलात्कृत

    भारत । गाउँका चारजना युवकको सामूहिक बलात्कारमा परेकी किशोरी पुलिस स्टेशनभित्र पुनः बलात्कृत भएकी छिन् ।

    भारतको उत्तर प्रदेशको ललितपुरको स्टेशन अफिसर (एसओ) माथि १३ वर्षकी दलित बालिकामाथि थानाभित्रै बलात्कारको आरोप लागेको छ ।

    सामूहिक बलात्कारपछि ललितपुरको थाना पाली पुगेकी ती बालिकालाई त्यहाँका एसओले पुनः बलात्कार गरेको समाचार बीबीसी हिन्दीले लेखेकाे छ ।

    घटनामा प्रहरीले बालिकाकी काकीसमेत तीनजना अभियुक्तलाई पक्राउ गरेको छ । ललितपुरका एसपीका अनुसार अभियुक्त एसओ तिलकधारी सरोज फरार छन् । प्रहरीले उनलाई पक्राउ गर्न हरसम्भव प्रयास गरिरहेको उनले जानकारी दिएका छन् ।

    यो घटनाको एफआइआर तीन अप्रिलमा दर्ता गरिएको छ । गाउँका चारजना युवक चन्दन, राजभान, हरिशंकर, महेन्द्र चौरासिया, बालिकाकी काकी र पाली थानाका एसओ तिलकधारी सरोजको नाम लेखिएको छ ।

    अभियुक्तमाथि २२ अप्रिलमा बालिकालाई ललाई फकाई गरी, लुकाएर भोपाल ल्याएर तीनदिनसम्म लगातार बलात्कार गरेको आरोप छ ।

    गत अप्रिल २६ मा यी चारै जनाले बालिकालाई पाली प्रहरी चौकी नजिकै छाडेर भागेको पनि आरोप छ । एफआइआरका अनुसार इन्स्पेक्टरले ती बालिकालाई उनकी काकीलाई सुम्पेका थिए । उनले पनि उनलाई भगाएर लिएर जाने चन्दनकी बहिनीलाई दुई दिनका लागि सुम्पिएकी थिइन् ।

    बालिकालाई २७ अप्रिलमा बयानका लागि बोलाइयो र बेलुका हुने बित्तिकै उनकी काकीले बालिकालाई थाना अध्यक्ष तिलकधारी सरोज भएकाे ठाउँ लिएर गइन् । बालिकालाई कोठामा लगेर बलात्कार गरियो ।

    त्यसपछि बालिकालाई उनकी काकीलाई पुनः सुम्पिइयो । एफआइआरका अनुसार यो घटनाको कुनै पनि जानकारी बालिकाका आमा–बुवालाई दिइएन ।

    २० अप्रिलमा जब बालिकालाई पुनः थाना ल्याइयो र उनलाई एनजिओ चाइल्डलाइनलाई सुम्पिइयो त्यसपछि काउन्सिलिङमा बालिकाले सबै कुरा बताएकाे समाचारमा जनाइएकाे छ ।

  • दूतावासले सुन्याे भारतीयहरुकाे गुनासाे

    दूतावासले सुन्याे भारतीयहरुकाे गुनासाे

    पर्सा । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासले ‘ओपन हाउस फर कन्सुलर गुनासो’ कार्यक्रम सम्पन्न गरेकाे छ । याे कार्यक्रम महिनाको अन्तिम शनिबार आयोजना गरिने गरिएकाे छ ।

    कार्यक्रमको उद्देश्य नेपालमा बसोबास गर्दै आएका पीडित भारतीय नागरिकहरूको नियमित गैरकानसुलर गुनासोहरू समाधान गर्नु रहेकाे छ ।

    ग्ल्यामर डेकर हब, चितवन, डाबर नेपाल, ब्रिटानिया, शिव शक्ति, इन्द्रेणी इन्टेरियर्स प्रा.लि, चितवन र राजन ट्रेड सप्लायर्स, वीरगन्जमा काम गर्ने धेरै भारतीयहरूको गुनासो सम्बोधन गरिएको थियो । गुनासोहरू मुख्यतया दर्तासँग सम्बन्धित थिए ।

  • भारतीय महावाणिज्य दूतावासले गर्‍यो वीरगंजको नारायणी रंगशालामा ‘एथलेटिक्स मीट’

    भारतीय महावाणिज्य दूतावासले गर्‍यो वीरगंजको नारायणी रंगशालामा ‘एथलेटिक्स मीट’

    वीरगञ्ज । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासद्वारा वीरगंजको नारायणी रंगशालामा एक दिन लामो एथलेटिक्स मीटको आयोजना गरिएकाे छ । गत शनिबार आयाेजना गरिएकाे मिटमा दूतावासकासहित, नेपाल प्रहरी, सशस्त्र प्रहरी, वीरगञ्ज महानगरपालिका, दूरसञ्चार विभाग, विद्युत विभाग, ज्ञानदा एकेडेमी, डिपिएस र डीएभी आरबी केडिया स्कुल र वीरगंजको नागरिक समाजका करिब एक सय खेलाडीको सहभागिता रहेको थियो ।

    मिटमा सात ट्र्याक इभेन्टहरू (१०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १६०० मिटर, ४x१०० मिटर रिले र ४x४०० मिटर रिले) र चार फिल्ड इभेन्टहरू (लङ जम्प, हाई जम्प, डिस्कस थ्रो र सटपुट) आयोजना गरिएको थियो। ।

    एथलेटिक्स मिटलाई महावाणिज्यदूत नितेश कुमारले शुभारम्भ गरेका थिए । कार्यक्रममा सहभागीहरूले पूर्ण उत्साह देखाएका थिए । प्रत्येक खेलमा तीन पुरस्कारहरू थिए : स्वर्ण, रजत र कास्य । व्यक्तिगत इभेन्टका लागि ५१, उत्कृष्ट खेलाडीको लागि १ शिल्ड र उत्कृष्ट टोलीलाई १ ट्रफीसहित ५३ वटा पुरस्कार प्रदान गरिएको थियो ।

    वीरगंज महानगरपालिकाको टोली सर्वोत्कृष्ट टोली र सोही टोलीकी संगीता यादव उत्कृष्ट खेलाडी घोषित भइन् । प्रदर्शनको आधारमा सशस्त्र प्रहरी बल दोस्रो र डीएभी आरबी केडिया स्कूल र भारतीय महावाणिज्य दूतावास पछि परेको थियो ।

    करिब दुई दशकअघि स्थापना भएयता वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासद्वारा आयोजना गरिएको यो पहिलो एथ्लेटिक्स मिट हो । कार्यक्रमको उद्देश्य स्वास्थ्य र तन्दुरुस्तीको महत्वलाई रेखांकित गर्नु र जनताबीचको सम्बन्धलाई प्रवर्द्धन गर्नुका साथै वाणिज्य दूतावाससँग वीरगन्जका विभिन्न सरकारी निकाय र नागरिक समाजबीच सद्भाव, समन्वय र सहकार्यको विकास गर्नु रहेकाे थियो ।

  • कोरोनाका कारण भारतमा थप २५ सय सङ्क्रमित, ३३ को मृत्यु

    कोरोनाका कारण भारतमा थप २५ सय सङ्क्रमित, ३३ को मृत्यु

    भारत । कोरोना भाइरसका कारण भारतमा थप २५ सय सङ्क्रमित भएका छन् भने ३३ जनाको मृत्यु भएको छ ।

    सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २ हजार ५२७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन् । संघीय स्वास्थ्य मन्त्रालयले दैनिक सङ्क्रमित र मृतकहरूको सङ्ख्या पछिल्ला दिनमा बढ्दै गइरहेको जनाएको छ ।

    यसअघि शुक्रबार सार्वजनिक भएको विवरणमा २ हजार ४५१ जना सङ्क्रमित भएको देखिएको थियो । मृतकको सङ्ख्या शनिबार भन्दा बढी ५४ रहेको थियो ।

    पछिल्लो एक दिनमा एक हजार ६५६ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । एउटै अवधिमा नयाँ सङ्क्रमित भन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमितहरूको सङ्ख्या भने घट्दै गएको छ ।

    मन्त्रालयका अधिकारीहरूले दिएको जानकारी अनुसार भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या १५ हजार ७९ रहेको छ ।

  • गोहोरोमाथि बलात्कार, मोबाइल भिडियोबाट यसरी सार्वजनिक भयो घटना

    गोहोरोमाथि बलात्कार, मोबाइल भिडियोबाट यसरी सार्वजनिक भयो घटना

    काेल्हापुर, भारत । भारतको महाराष्ट्रको सह्याद्रि टाइगर रिजर्भमा एक बंगाल मोनिटर लिजर्ड (गोहोरो) माथि बलात्कारको घटना सार्वजनिक भएको छ ।

    घटनामा संलग्न आशंकाको आधारमा चार व्यक्तिविरुद्ध मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइएकाे छ ।

    यी चार विरुद्ध ३१ मार्चमा चन्दोली नेशनल पार्कमा अवैध तरिकाले प्रवेश गरेको आरोपमा मुद्दा दर्ता गरिएको थियो । अधिकारीले मुद्दा दर्ता गरेपछि अभियुक्तको मोबाइल फोन अनुसन्धान गर्दा गोहोरोमाथि भएको घटनाबारे पत्ता लागेको हो ।

    बलात्कारको घटना रत्नागिरी जिल्लाको गोठणे गाउँमा भएकाे बताइएकाे छ ।

    यस्ताे छ घटना :

    चन्दोली नेशनल पार्कमा बाघको गन्तीका लागि राखिएकाे ट्र्याप क्यामरामा अवैध तरिकाले नेशनल पार्कमा प्रवेश गरेका मानिसहरु कैद भएका थिए ।

    ती मानिसहरु शिकारमा प्रयोग हुने हतियार लिएर नेशनल पार्कमा प्रवेश गरेका थिए । क्यामेरामा कैद भएकाे भिडिओकाे आधारमा उनीहरु पक्राउ परे । त्यसपछि उनीहरुविरुद्ध मुद्दा दर्ता गरियाे । यो मामिलामा हालसम्म चारजना पक्राउ परेका छन् ।

    मोबाइल फोनमा भिडिओ फेला परेपछि…

    वन अधिकारीले पक्राउ परेकाहरुकाे मोबाइल फोन अनुसन्धान गरे । जसमा खरायो, हरिण, पेगोलिनजस्ता थुप्रै जनावरका तस्बिर भेटिए । साथै, अधिकारीले एउटा यस्तो भिडिओ पाए जसमा साढे चार फिट लामो एउटा गोहोरोमाथि अप्राकृतिक अत्याचार गरिएकाे थियो ।

    वन अधिकारीलाई यो विभत्स व्यवहार यिनै संदिग्ध व्यक्तिले गरेका हुन् कि भन्ने आशंका छ । यद्यपि, चन्दोली नेशनल पार्कका फरेस्ट रेन्जर नन्दकुमार नलवडेले यी व्यक्तिले अहिले शिकारको कुरा स्वीकार गरेको तर गोहोरोमाथि अत्याचारको कुरा अस्वीकार गरिरहेकाे बताएका छन् ।

    वन अधिकारीका अनुसार उक्त भिडियो साइबर प्रहरीलाई सुम्पिइएको छ जसले भिडिओको सत्यताको अनुसन्धान गरिरहेको छ ।

    वन अधिकारीका अनुसार अवैध प्रवेशमा दोषी पाइए उनीहरुविरुद्ध ५ लाख भारु जरिवाना र ७ वर्षसम्म सश्रम कारावासको सजाय हुनसक्छ । गोहाेराेमाथि अत्याचारको दोषी पाइएमा उनीहरुलाई १० वर्षसम्मको जेल सजाय हुनसक्छ ।