Tag: भारत

  • जम्मु-कस्मिरमा सुरक्षा बल र चरमपन्थीबीच भिडन्त, ५ जनाको मृत्यु

    जम्मु-कस्मिरमा सुरक्षा बल र चरमपन्थीबीच भिडन्त, ५ जनाको मृत्यु

    काठमाडौं । जम्मु कस्मिरको राजौरी जिल्लाको दारहल क्षेत्रमा बिहीबार बिहान भारतीय सेनाको शिविर नजिक सुरक्षा बल र चरमपन्थीबीच भिडन्त भएको छ ।

    सेनाका एक वरिष्ठ अधिकारीका अनुसार यस भिडन्तमा तीन भारतीय सैनिकको मृत्यु भएको छ भने दुई चरमपन्थीको पनि मृत्यु भएको छ ।

    भारतीय सञ्चारमाध्यमका अनुसार जम्मुका अतिरिक्त प्रहरी महानिदेशक मुकेश सिंहले लिखित बयान जारी गर्दै आक्रमणमा दुई चरमपन्थीको मृत्यु भएको पुष्टि गरेका छन् ।

    मुकेश सिंहले आफ्नो बयानमा दारहाल प्रहरी चौकीबाट करिब ६ किलोमिटर टाढा रहेको सेनाको क्याम्प रहेको बताए । घटनास्थलमा थप सुरक्षा बल पठाइएको छ र खोजी अभियान जारी छ ।

  • भारतीय वायु सेनाको विमान दुर्घटना, दुई जनाको मृत्यु

    भारतीय वायु सेनाको विमान दुर्घटना, दुई जनाको मृत्यु

    काठमाडौं । भारतको पश्चिमी राज्य राजस्थानमा प्रशिक्षण उडानको क्रममा दुर्घटनाग्रस्त भएको भारतीय वायुसेना (आईएएफ) का दुई विमान चालकको मृत्यु भएको छ ।

    मिग-२१ जेट उडानको क्रममा दुर्घटना भएको भारतीय अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।

    प्रशिक्षण उडानमा रहेको विमान राजस्थानको राजधानी जयपुरबाट करिब ५३२ किलोमिटर पश्चिममा रहेको बारमेर जिल्लामा दुर्घटनामा परेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

    भारतीय वायु सेनाले यस दुर्घटनामा ज्यान गुमाएकाहरुका प्रतिगहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारहरूसँग दृढतापूर्वक खडा रहेको जानकारी दिएको छ ।

    -फाइल तस्बिर 

  • शल्यक्रियापछि भारतमा राजनीतिक भेटघाटमा आरजु, चौथाइवालेसँग भेट

    शल्यक्रियापछि भारतमा राजनीतिक भेटघाटमा आरजु, चौथाइवालेसँग भेट

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।

    उपचारका क्रममा भारतमा रहेकी आरजुलाई भेटेर चौथाइवालेले शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् ।

    दिल्लीको म्याक्स अस्पतालमा पाठेघरको शल्यक्रिया गराएर स्वास्थ्य लाभ गरिरहेकी आरजुलाई भेटेर चौथाइवालेले स्वास्थ्य लाभको कामना गरेका हुन् ।

    उनीहरुबीच ६ महिनाअघि पनि भेटवार्ता भएको थियो ।

    आरजु करिब एक महिनादेखि दिल्लीमा छिन् । जहाँ यसअघि भाजपाकै निम्तोमा पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि उनले नेपाली दूतावासमा भेट गरेकी थिइन् ।

  • राहुल गान्धी पक्राउ

    राहुल गान्धी पक्राउ

    नयाँ दिल्ली । भातीय कंग्रेसका नेता राहुल गान्धीलाई मंगलबार हिरासतमा राखिएको छ ।

    सम्पत्ति शुद्धीकरण मुद्दामा कंग्रेस अध्यक्ष तथा आमा सोनिया गान्धीलाई प्रवर्तन निर्देशनालयले सोधपुछ गरेपछि त्यसको विरोध गर्ने क्रममा प्रहरीले राहुललाई गिरफतार गरेको थियो ।

    सम्पत्ति शुद्धीकरण मुद्दामा गान्धीलाई मंगलबार दोस्रो पटक प्रवर्तन निर्देशनालय ‘ईडी’मा बोलाइएको थियो ।

    नेसनल हेराल्ड अखबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दाको सम्बन्धमा सोनिया ईडी जाँदैछिन् ।

  • सहयोगीको साथबाट २० करोड भारु बरामदपछि पश्चिम बंगालका मन्त्री पक्राउ

    सहयोगीको साथबाट २० करोड भारु बरामदपछि पश्चिम बंगालका मन्त्री पक्राउ

    कोलकाता । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पश्चिम बंगालका उद्योग तथा वाणिज्य मन्त्री पार्थ चटर्जी पक्राउ परेका छन् ।

    राज्यमा शिक्षक भर्ती घोटालासँग सम्बन्धित मुद्दामा भ्रष्टाचार विरोधी निकाय प्रवर्तन निर्देशनालयले उनलाई पक्राउ गरेको हो । आफ्ना निकट सहयोगीबाट २० करोड भारु बरामद भएको केही घण्टापछि चटर्जी पक्राउ परेका हुन् ।

    नगद बरामदलाई लिएर प्रहरीले तृणमूल कंग्रेसका नेतासमेत रहेका चटर्जीलाई रातभर सोधपुछ गरिएको थियो । तर, अनुसन्धानकर्तालाई उनले सहयोग नगरेकाले उनी शनिबार बिहान पक्राउ परेका भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

    ‘पार्थ चटर्जीलाई रातभरको सोधपुछ पछि गिरफ्तार गरिएको थियो । सोधपुछको क्रममा चटर्जीले असहजताको गुनासो गरेपछि अनुसन्धानकर्ताहरूले ल्याएका दुई डाक्टरहरूले उनको स्वास्थ्य जाँच गरेका थिए । डाक्टरहरूले अनुमति दिएपछि फेरि सोधपुछ सुरु भयो’, आधिकारिक स्रोतलाई उदृत गर्दै भारतीय सञ्चार माध्यम एनडीटीभीले जनाएको छ ।

    हाल, उद्योग र वाणिज्य मन्त्री चटर्जीले घोटालाको समयमा शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

  • नुपुर शर्मालाई पक्राउ गर्न नमिल्ने सर्वोच्चको फैसला

    नुपुर शर्मालाई पक्राउ गर्न नमिल्ने सर्वोच्चको फैसला

    नयाँ दिल्ली । पैगम्बर मुहम्मदको बारेमा टिप्पणी गरेको आरोपमा भाजपाकी निलम्बित प्रवक्ता नुपुर शर्मालाई पक्राउ गर्न नमिल्ने सर्वोच्च अदालतले फैसला गरेको छ ।

    उनीविरुद्ध दायर भएका मुद्दाको फैसलामा सर्वोच्चले सो निर्णय गरेको हो । सर्वोच्च अदालतले अगस्ट १० मा नुपुर शर्माको निवेदनमाथि सुनुवाइ गर्ने र त्यसबेलासम्म नयाँ मुद्दा दायर गर्न नपाइने जनाएको छ ।

    दिल्ली, महाराष्ट्र, तेलंगाना, पश्चिम बंगाल, कर्नाटक, उत्तर प्रदेश, जम्मु कश्मीर र असमलाई उनको मुद्दामा जवाफ दिन भनिएको छ । नुपुर शर्माका वकिलले सर्वोच्च अदालतमा जुलाई १ गते अदालतको आदेशपछि उनको ज्यानको खतरा बढेको बताएका छन् ।

    ‘उनको सुरक्षामा बढ्दो खतरा छ । कुनै पनि मात्राको सुरक्षाले उनलाई मद्दत गर्न सकेन । अहिले वास्तविक खतरा छ । बंगालमा पनि उनीविरुद्ध एफआईआर छ’, नूपुर शर्माका वकिल मनिन्दर सिंहले भने ।

    जुलाई १ गतेको सुनुवाईमा सर्वोच्च अदालतले नुपुर शर्माले आफ्नो टिप्पणीबाट देशमा तनाव पैदा गरेकोमा माफी माग्नुपर्ने भनेको थियो । ‘देशमा के भइरहेको छ त्यसको लागि यी महिला एक्लै जिम्मेवार छन्’ न्यायाधीशहरूले भनेका थिए ।

  • बाँदरले चार महिनाको शिशुलाई छतबाट खसालिदिएपछि…

    बाँदरले चार महिनाको शिशुलाई छतबाट खसालिदिएपछि…

    नयाँ दिल्ली । भारतमा बाँदरको आक्रमणमा एक शिशुको मृत्यु भएको छ । भारतको उत्तर प्रदेशको बरेली जिल्लाको डन्का गाउँमा बाँदरको एउटा समूहले बालकलाई समातेर तीन तले भवनबाट फ्याँकेपछि चार महिनाका शिशुको मृत्यु भएको हो ।

    रिपोर्ट अनुसार, शिशुलाई काखमा लिएर बाबु र आमा बार्दलीमा टहलिरहेका थिए । तर, एक्कासी कुख्यात बाँदरको समूह छतमा आएर आमाबुवामाथि आक्रमण गरेको थियो ।

    बादरको हुलले आक्रमण गर्न थालेपछि बाबु निर्देश उपाध्याय श्रीमतीसँगै सिँढीमा दौडने प्रयास गर्दा सन्तुलन गुमाए र बच्चा हातबाट खसाले । त्यही बेला बाँदरहरूले बच्चा खोसेर त्यहाँबाट भागेका थिए ।

    बच्चा गुमाएपछि बाबुले चिच्याएर रोए तर परिवारका सदस्यहरूले सहयोगका लागि आउनुअघि बादरले बार्दलीबाट तल भुइँमा खसालिदिएको थियो । शिशुको घटनास्थलमै मृत्यु भएको थियो । बाँदरले परिबारका अन्य सदस्यलाई पनि हमला गरेको थियो ।

    घटना यतिसम्म हृदयविदारक थियो कि सोही दिन परिवारले सानो बच्चाको नाम राख्ने कार्यक्रम आयोजना गर्दै थियो । तर, संसारमा भर्खरै पाइला टेकेको र आफ्ना प्रियजनहरूले नाम राख्न नपाउँदै शिशुको निधन भएको छ ।

  • भारतीय राजदूत र सभामुखबीच भेटवार्ता

    भारतीय राजदूत र सभामुखबीच भेटवार्ता

    काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेका छन् ।

    भेटमा नेपाल-भारतबीच सदियौंदेखिको सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक सम्बन्धबारे चर्चा भएको सभामुखको सचिवालयले जनाएको छ ।

    दुवै देशबाट बेलाबेलामा भइरहेको उच्चस्तरीय भ्रमणले नेपाल-भारत सम्बन्धलाई थप बलियो बनाएको उनको भनाइ थियो ।

    भेटमा कोरोना महामारीको प्रतिकार्यका लागि नेपाललाई भारतले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे ।

    लामो र ऐतिहासिक सम्बन्ध रहेको दुवै देशका बीचमा सहकार्यका थुप्रै सम्भावना रहेको चर्चा गर्दै उनले ‘कनेक्टिभिटी’ लाई अझ विस्तार गर्न सकिनेमा जोड दिएका छन् ।

  • गहुँ र चिनीलगायतको निर्यात प्रतिबन्ध नेपालका लागि होइन : भारतीय राजदूत श्रीवास्तव

    गहुँ र चिनीलगायतको निर्यात प्रतिबन्ध नेपालका लागि होइन : भारतीय राजदूत श्रीवास्तव

    काठमाडौं । भारत सरकारले गहुँ, चिनीलगायत केही वस्तुमा लगाइएको निर्यात प्रतिबन्ध नेपालको हकमा लागू नहुने नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले बताएका छन् ।

    राजदूत श्रीवास्तवले नेपाल उद्योग वाणिज्य महासंघले स्वागतका लागि आयोजना गरेको कार्यक्रममा महासंघ सचिवालयमा सो कुरा बताएका हुन् ।

    महासंघ सचिवालयमा अध्यक्ष शेखर गोल्छाले राजदूत श्रीवास्तवलाई स्वागत गरेका थिए । स्वागत मन्तव्यका क्रममा अध्यक्ष गोल्छाले भारत सरकारको तर्फबाट केही अत्यावश्यक वस्तुहरूको निर्यातमा प्रतिबन्ध लगाउने निर्णय भएपछि नेपाली उद्योगहरूलाई समस्या उत्पन्न हुन थालेको बताएका थिए ।

    ‘भारत सरकार, भारतसँगै नेपालको पनि आर्थिक विकास हुनुपर्छ भन्ने पक्षमा छ । तपाईंहरूको प्रगतिको हरेक प्रयासमा सहयोग गर्न भारत सदैव तयार छ’, राजदूत श्रीवास्तवले भने ।

    सडक, रेल, हवाई र डिजिटल कनेन्टिभिटीमा देखापरेका समस्याहरूको समाधान गर्दै नेपालको अर्थतन्त्रलाई मजबुत बनाउन भारत सरकार तयार रहेको राजदूत श्रीवास्तवले बताए ।

    उनले भने, ‘ल्याब टेष्टका सम्बन्धमा भारत सरकारले रक्सौलमा अन्तर्राष्ट्रियस्तको ल्याब स्थापना गरेको, काठमाडौंमा रहेको ल्याबलाई भारतमा एक महिनाभित्रै मान्यता दिने गरी काम भैरहेको छ । अर्को ल्याब उपयुक्त स्थानमा बनाउन नेपालका वाणिज्यमन्त्रीसमक्ष अनुरोध गरिएको छ ।’

    महासंघका अध्यक्ष गोल्छाले नेपालमा लगानी विस्तार, व्यापारिक नाकाहरूको पूर्वाधार विकास, प्रयोगशालाहरूको स्तरीकरण तथा थप ल्याबहरूको विस्तार, गैरभन्सार अवरोधहरूका विषयलाई बैठकमा मुख्य रूपमा उल्लेख गरेका थिए ।

    उनले भारतसँगको व्यापार घाटा नेपालका लागि चिन्ताको विषय भएकाले व्यापार घाटालाई कम गर्ने कार्यमा भारतीय सहयोग अपरिहार्य रहेको पनि बताए ।

  • चीनलाई उछिनेर भारत बन्दैछ विश्वकै सबैभन्दा बढी जनसंख्या भएको देश

    चीनलाई उछिनेर भारत बन्दैछ विश्वकै सबैभन्दा बढी जनसंख्या भएको देश

    नयाँ दिल्ली । भारत चीनलाई उछिनेर अर्को वर्ष विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश बन्ने तयारीमा रहेको राष्ट्रसंघले जनाएको छ ।

    चीनको जनसंख्या १ दशमलब ४ अर्ब छ । तथ्यांकअनुसार यही नोभेम्बरसम्म विश्वको जनसंख्या ८ अर्ब हुनेछ । तर, सोचेअनुसार जनसंख्या बृद्धिदर भएको देखिँदैन ।

    जनसंख्या बृद्धिदर अहिले सन् १९५० पछि सबैभन्दा सुस्त दरमा रहेको राष्ट्रसंघले जनाएको छ । सन् २०८० सम्ममा १० दशमलब ४ अर्ब हुने राष्ट्रसंघले प्रक्षेपण गरेको छ ।

    तर, विश्वको जनसंख्या असमान रूपमा विस्तार भइरहेको छ । आगामी ३० वर्षमा हामीले देख्ने आधाभन्दा बढी जनसंख्या डेमोक्रेटिक रिपब्लिक अफ कंगो, इजिप्ट, इथियोपिया, भारत, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स र तान्जानियामा मात्र हुनेछ ।

    विश्वका सबैभन्दा विकसित अर्थतन्त्र भएका देशहरूमध्ये केहीले यसअघि नै जनसंख्यामा गिरावट देखिरहेका छन् । ति देशहरुमा जन्मदर घटिरहेको छ ।

    प्रतिवेदनअनुसार सन् २०५० सम्ममा ६१ देशमा जनसंख्या कम्तीमा १ प्रतिशतले घट्नेछ । आगामी वर्षदेखि चीनको जनसंख्या घट्ने अनुमान गरिएको छ । सरकारले सन् २०१६ देखि नै एक सन्तान नीति त्यागे पनि जनसंख्यामा उल्लेख्य बृद्धि हुन सकेको छैन ।