Tag: मन्त्रिपरिषद् बैठक

  • यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णयहरु

    यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णयहरु

    काठमाडाैं । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ।

    बुधबार सूचना तथा सञ्चार प्रविधि मन्त्री एंव सरकार प्रवक्ता रेखा शर्माले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेकी हुन्।

    बैठकले रु. ५ दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय गर्ने, राष्ट्रिय साइबर सुरक्षा नीति २०८० स्वीकृत गर्ने, बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक संसदमा पेश गर्न स्वीकृति दिने लगायत १८ निर्णय गरेको उनले बताइन्।

  • सरकारद्वारा धुर्मुस-सुन्तली फाउण्डेशनलाई कर छुट

    सरकारद्वारा धुर्मुस-सुन्तली फाउण्डेशनलाई कर छुट

    काठमाडौं । सरकारले धुर्मुस-सुन्तली फाउण्डेशनले तिर्नुपर्ने कर छुट दिएको छ ।

    मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त जानकारी दिएकी हुन् ।

    अर्थ मन्त्रालयको प्रस्तावमा धुर्मुस-सुन्तली फाउण्डेशनले गिरानचौर एकीकृत नमुनावस्ती पुनर्निर्माण तथा पर्यटन प्रवर्द्धन परियोजनाको स्वामित्वमा रहेको घरजग्गा हस्तान्तरणपछि चुक्ता गर्न बाँकी कर छुट दिने निर्णय गरेको जानकारी दिएकी हुन् ।

  • रेशम चौधरीलगायतलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस

    काठमाडौं । मन्त्रिपरिषद् बैठकले रेशम चौधरीलगायतलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

    आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

    सोमबार परेको गणतन्त्र दिवसका अवसरमा चौधरीलाई छाड्ने सरकारको योजना छ । यस्तै, बैठकले हाल बन्दी जीवन विताइरहेका विभिन्न व्यक्तिहरुलाई पनि आममाफी र कैद मिनाहा हुनेगरी सिफारिस गरेको छ ।

    यसअघि जेठ १२ मा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीको आममाफी सम्बन्धी प्रस्ताव गृह मन्त्रालयमा फिर्ता पठाएका थिए ।

    चौधरीको आम माफीसम्बन्धी प्रचलित कानुन, सर्वोच्चको फैसला, सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्त विपरीत नहुने गरी कानुन बमोजिम गर्न भनेर राष्ट्रपति कार्यालयले मन्त्रालयमा फाइल फिर्ता गरेको थियो ।

  • नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने मन्त्रिपरिषद्काे निर्णय

    नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने मन्त्रिपरिषद्काे निर्णय

    काठमाडाैं । सरकारले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पठाउने निर्णय गरेको छ ।

    शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघिकी राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेको विधेयक पुनः प्रमाणीकरणका लागि पठाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

    यसअघि सत्ता गठबन्धनमा नागरिकता विधेयक अघि बढाउन राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको थियो । त्यसलगत्तै शीतलनिवासले कानुनविद्हरुसँग आवश्यक परामर्श समेत गरिसकेको अवस्था थियो ।

    शुक्रबार सोहीअनुसार मन्त्रिपरिषद्ले दुबै संसदले दुई पटक पारित गरिसकेको विधेयक प्रमाणीकरणका लागि शीतल निवास पठाउने निर्णय गरेको हो ।

  • एघारौं पटक मन्त्रिपरिषद् विस्तार, जसपाबाट थपिए एक मन्त्री र एक राज्यमन्त्री

    एघारौं पटक मन्त्रिपरिषद् विस्तार, जसपाबाट थपिए एक मन्त्री र एक राज्यमन्त्री

    काठमाडाैं । एघारौं पटक मन्त्रिपरिषद् विस्तार भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका छन् ।

    प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वन तथा वातावरणमन्त्रीमा वीरेन्द्र प्रसाद महतोलाई नियुक्त गरेका हुन् ।

    त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमिला कुमारी नियुक्त भएकी छिन् ।

    महतो सिरहा ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । जनता समाजवादी पार्टी (जसपा) बाट उठेका उनले जनमत पार्टीका वीरेन्द्र प्रसाद साहलाई पराजित गरेका थिए ।

    उनीहरुकाे शपथ बुधबार १० बजे हुने बताइएको छ ।

  • मन्त्रालय भागबण्डामा सकस, गठबन्धनकाे बैठक मंगलबार बस्ने

    मन्त्रालय भागबण्डामा सकस, गठबन्धनकाे बैठक मंगलबार बस्ने

    काठमाडौं । सत्ता गठबन्धनको बैठक मंगलबार अपराह्न ४ बजे बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्ने तय भएको हो ।

    प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले मंगलबार दिउँसो ४ बजे १० दलीय गठबन्धनको बैठक बस्ने तय भएको जानकारी दिए ।

    उक्त बैठकले मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे निर्णय हुने उनको भनाइ छ ।

    त्यसअघि शीर्ष तहमा नेताहरुबीच एकपक्षीय तथा बहुपक्षीय छलफल हुने छ । सोमबार बिहान प्रमुख तीन दल (नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी) का शीर्ष नेताको बैठक बसेकाे छ ।

  • मन्त्रिपरिषद् बैठक बस्दै, आईजीपीबारे निर्णय हुनसक्ने

    मन्त्रिपरिषद् बैठक बस्दै, आईजीपीबारे निर्णय हुनसक्ने

    काठमाडौं । शुक्रवार मन्त्रिपरिषद् बैठक बस्दै छ । बिहीबार नियमित बस्नुपर्ने बैठकलाई शुक्रबार सारिएको हो ।

    शुक्रबार दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषद्ले नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्ने सम्भावना छ ।

    प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह शनिबारबाट अवकाशमा जानेछन् । सिंहको अवकाशसँगै ३० औँ आईजीपी बन्न प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुबीच तीव्र प्रतिस्पर्धा छ ।

    ५ जना अतिरिक्त महानिरीक्षक(एआईजी)हरु आईजीपीको दाबेदार हुन् । चैत ६ मा अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य महानिरीक्षक पदको दाबेदार हुन् ।

  • मन्त्रिपरिषद् बिस्तार राष्ट्रपतिको निर्वाचनपछि, यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

    मन्त्रिपरिषद् बिस्तार राष्ट्रपतिको निर्वाचनपछि, यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

    काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले मन्त्रिपरिषद् बिस्तार राष्ट्रपतिको निर्वाचन पछि हुने बताएकी छन् ।

    मंगलबार मन्त्रिपरिषद्ले गरेको निर्णय सुनाउन मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले मन्त्रिपरिषद् बिस्तार राष्ट्रपतिको निर्वाचनपछि हुने बताएकी हुन् ।

    नयाँ गठबन्धन बनेको र को–को सरकारमा जाने भन्ने विषयमा पनि छलफल गर्नुपर्ने भएकाले त्यसको टुंगो लागिसकेपछि मात्रै मन्त्रिपरिषद् बिस्तार हुने उनले बताइन् ।

    ‘मन्त्रिपरिषद् बिस्तारको कुरा पनि सम्भवतः मलाई लाग्छ, राष्ट्रपतिको निर्वाचन पछाडि नै हुन्छ’ उनले भनिन् ।

    त्यस्तै, प्रधानमन्त्रीले विश्वासको मत पनि राष्ट्रपतिको निर्वाचन पछि मात्रै लिने उनले जानकारी गराइन् ।

    राष्ट्रपतिको निर्वाचनका लागि ध्यान केन्द्रित गर्नुपरेकाले त्यसअघि विश्वासको मत लिने कार्यक्रम नरहेको उनले स्पष्ट पारिन् । उनले निर्धारित समयभित्रै विश्वासको मत लिइने बताइन् ।

    उनले देशमा फेरिएको राजनीतिक परिस्थितिका कारण संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्को ५२ औं सभामा भाग लिन तत्कालिन परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल जान नसकेको उनले स्पष्ट पारिन् ।

    उक्त कार्यक्रमको प्रयोजनका लागि मात्रै प्रधानमन्त्रीको सल्लाहकारको रुपमा नेपालको प्रतिनिधित्व गर्दै पूर्वकानूनमन्त्री गोविन्द प्रसाद शर्मा कोईरालालाई पठाइएको उनले जानकारी दिइन् ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एसियाली विकास बैैंकको आयोजनामा फिलिपिन्समा फागुन २५ देखि २६ गतेसम्म आयोजना हुने मध्यकालीन समिक्षा कार्यक्रममा अर्थ मन्त्रालयका सचिव तोयम रायालाई सहभागि हुन स्वीकृति दिएको छ ।

    त्यस्तै नेपाल गुणस्तरीय स्वास्थ्य सेवा प्रणाली कार्यक्रमका लागि विश्व बैंकबाट प्राप्त हुने १०० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता तथा ३.८४ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता सम्बन्धी सम्झौतालाई अन्तिम रुप दिन वार्ता टोली गठन गर्ने निर्णय भएको मन्त्री शर्माले जानकारी दिइन् ।

    त्यसैगरी, कर्णाली कोरिडोर ४०० के.भी. प्रशारण लाइन आयोजनाको लागि जग्गा प्राप्ति गर्ने क्षतिपूर्ति निर्धारण समिति गठन गर्ने निर्णय भएको छ ।

    मन्त्री शर्माका अनुसार यसअघि विभिन्न मितिमा नेपाल सरकार, मन्त्रिपरिषद्बाट शहीद घोषणा भइ नेपाल राजपत्रमा नामावली प्रकाशन हुन बाँकी रहेका शहीदहरुको नामावली गृह मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय भएको छ ।

    थाइल्याण्डको बैंककमा फागुन २४ र २५ गते भर्चुअल माध्यमबाट आयोजना हुने २३ औँ बिमस्टेक परराष्ट्र सचिव-वरिष्ठ पदाधिकारीहरुको बैठकमा भाग लिन परराष्ट्र सचिव नेतृत्वको र १९ औँ बिमस्टेक मन्त्रिस्तरीय बैठकमा भाग लिन परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल गठन गर्ने निर्णय सोमबारको मन्त्रिपरिषद् बैठकले गरेको छ ।

    त्यस्तै कतारको दोहामा हुने अतिकम विकसित मुलुकहरुको पाँचौ संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन उपप्रधान मन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ नेतृत्वको प्रतिनिधि मण्डलको फागुन १९ गतेदेखि २३ गतेसम्मको भ्रमण स्वीकृत भएको छ ।

    त्यस्तै पर्वतिय प्रशिक्षण विकास समिति (गठन) (पाँचौं संशोधन) आदेश, २०७९ स्वीकृत गर्ने पनि मन्त्रिपरिषद् बैठकको निर्णय छ ।

    मन्त्रिपरिषद् बैठकले खानीखोला गाउँ कार्यपालिकाको प्रशासकीय भवन निर्माण गर्न काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला–५ मा रहेको राष्ट्रिय वन क्षेत्रको ६ रोपनी जग्गा प्रयोग गर्न स्वीकृति प्रदान गरेको छ ।

    साथै, नेपाल सरकारका सबै निकायका तथ्यांक एवं सूचना प्रविधि प्रणाली सरकारी एकीकृत डाटा केन्द्रमा राखी व्यवस्थापन गर्ने र राष्ट्रिय सूचना प्रविधि केन्द्रले काठमाडौंमा रहेको सरकारी एकीकृत डाटा केन्द्र र हेटौँडामा रहेको डिजाष्टर रिकभरी केन्द्रलाई पूर्ण क्षमतामा सञ्चालन गरी चौबिसै घण्टा नेटवर्किङ र साइबर सुरक्षासम्बन्धी प्राविधिकले निगरानी गर्ने व्यवस्था मिलाउने निर्णय भएको बताइएको छ ।

  • यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका १६ निर्णय

    यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका १६ निर्णय

    काठमाडौं । सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) ऐन, २०७९ सम्बन्धी विधेयक संघीय संसद्समक्ष पेस गर्न स्वीकृत दिएको छ ।

    सरकारले यसअघि संसद्‌मा पेस गरिएको विधेयक फिर्ता लिएर नयाँ विधेयक संसद्मा पेस गर्न लागेको हो ।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारले संवैधानिक परिषद्‌सम्बन्धी ऐन संसद्समक्ष पेश गर्न स्वीकृत प्रदान गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

    त्यस्तै, बैठकले नेपालको संविधानको धारा ५३ एवम् सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम तयार गरिएको नेपाल सरकारको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदनलाई स्वीकृत गरी राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णय गरेको छ ।

  • २६ सहसचिवको सरुवा, काे कहाँ ?

    २६ सहसचिवको सरुवा, काे कहाँ ?

    काठमाडौं । सरकारले २६ सहसचिवको सरुवा गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले गरेको सहसचिव सरुवाको सूची सार्वजनिक गरिएको हाे ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतकाअनुसार विभिन्न मन्त्रालय, विभाग, आयोग, प्रदेश तथा निकायमा कार्यरत सहसचिवको सरुवा गरिएको हो ।

    यसअघि संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट सरुवा गर्दै आएकोमा यसपटक क्याबिनेटबाट सहसचिवको सरुवा गरिएको हो ।

    काे कहाँ ?

    सूचीअनुसार, यातायात व्यवस्था विभागका महानिर्देशक डा. टोकराज पाण्डेयको सत्य निरूपण तथा मेलमिलाप आयोगमा सरुवा भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-सचिव इन्द्रमणि पोखरेलको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा सरुवा भएको छ ।

    अर्थमन्त्रालयका सहसचिव भुपाल बरालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, केदारनाथ शर्माको गृहमन्त्रालय, रमेशकुमार केसीको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र बाबुराम सुवेदीको राष्ट्रिय योजना आयोगको सचिवालयमा सरुवा भएको छ ।

    यसैगरी, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव सेवन्तक पोखरेल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव श्रीकृष्ण नेपाल, राष्ट्रिय योजना आयोगका धनीराम शर्माको अर्थ मन्त्रालयमा सरुवा भएको छ ।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय गण्डकी प्रदेश पोखराका सचिव रामप्रसाद आचार्य, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रमेश अर्याल र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्यको पनि अर्थ मन्त्रालयमा नै सरुवा भएको छ ।

    यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रालयका सहसचिव बाबुराम भण्डारीको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशका सचिव दीपक लामिछानेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा भएको छ ।

    वातावरण विभागका महानिर्देशक नमराज घिमिरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, निर्वाचन आयोगका विश्वप्रसाद अर्यालको बेपत्ता पारिएको व्यक्तिको छानबिन आयोग, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव सुशीला अर्यालको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, शहरी विकास मन्त्रालयका मोहनराज चापागाईँको सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालय प्रदेश नं १ र सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालय प्रदेश १ का सचिव अशोककुमार साहको सहरी विकास मन्त्रालयमा सरुवा भएको छ ।

    आन्तरिक मामिला तथा कानूनमन्त्रालय कर्णाली प्रदेशका प्रदेश सचिव दिनेशसागर भुसाललाई गृहमन्त्रालय, महालेखा नियन्त्रकको कार्यालयका सहमहालेखा नियन्त्रक जितेन्द्र बस्नेतलाई गृह मन्त्रालय, सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितलाई गृहमन्त्रालयमा सरुवा गरिएको छ ।

    त्यसैगरी, राजश्व अनुसन्धान विभागका महानिर्देशक मदन दाहाल र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा, अर्थ तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशका सचिव नेत्रप्रसाद सुवेदीको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयका सहसचिव यज्ञ कोइरालाको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएको छ ।