• २०८३ असार ३०
  • 2026 July 14, Tuesday

यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णयहरु

काठमाडाैं । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ।

बुधबार सूचना तथा सञ्चार प्रविधि मन्त्री एंव सरकार प्रवक्ता रेखा शर्माले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेकी हुन्।

बैठकले रु. ५ दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय गर्ने, राष्ट्रिय साइबर सुरक्षा नीति २०८० स्वीकृत गर्ने, बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक संसदमा पेश गर्न स्वीकृति दिने लगायत १८ निर्णय गरेको उनले बताइन्।