Tag: माधव नेपाल

  • चीनलाई भूराजनीतिक घेरा हाल्न नेपाली भूमि प्रयोग गर्न दिँदैनौँ : माधव नेपाल

    चीनलाई भूराजनीतिक घेरा हाल्न नेपाली भूमि प्रयोग गर्न दिँदैनौँ : माधव नेपाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भूराजनीतिक रूपमा चीनलाई घेरा हाल्न नेपाली भूमि प्रयोग गर्ने कुनै पनि कामलाई स्वीकार नगर्ने बताएका छन् ।

    चीन भ्रमणको क्रममा युनान प्रान्तमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले भने, ‘नेपालमा आन्तरिक द्वन्द्व चर्काउने, सैन्य तथा सुरक्षा सहयोगमार्फत भूराजनीतिक रुपमा चीनलाई घेरा हाल्न हाम्रो भूमि प्रयोग गर्ने कुनै पनि कामलाई स्वीकार गर्न सक्दैनौं ।’

    उनले कुनै पनि देशबाट विभिन्न उद्देश्य साथ आउने सैन्य-सम्बन्धित सहयोग, छिमेकीविरुद्ध प्रयोग गर्ने रणनीति र भू-राजनीतिक प्रतिस्पर्धाको विपक्षमा रहेको पनि बताए ।

    यस्ताे छ सम्बाेधनकाे पूर्णपाठ :

    (नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माननीय माधवकुमार नेपालले चीन भ्रमणको क्रममा चीनको युनान प्रान्तमा आयोजित Sharing the Achievements of Belt and Road Forum विषयक चिनियाँ कम्युनिष्ट पार्टीको दक्षिण एसिया तथा दक्षिणपूर्वी एसियाका राजनीतिक पार्टीहरुको सम्वाद कार्यक्रममा दिनु भएको मन्तब्य, १० नोभेम्बर, २०२३)

    चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग मन्त्री महामहिम Liu Jian Xiao ज्यू,
    युनान प्रान्तका सेक्रेटरी महामहिम Wang Ning ज्यू,
    आमन्त्रित विशिष्ट अतिथिगण,
    सहभागी साथीहरु !

    सबैलाई म विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मभूमि र संसारकै उच्च शिखर सगरमाथा रहेको देश, त्यहाँका शान्तिप्रेमी प्रगतिशिल जनता, मेरो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र हाम्रो अहिलेको चीन भ्रमणमा रहेका सदस्यहरु सबैकोतर्फबाट हार्दिक अभिवादन गर्दछु ।

    हामीलाई निमन्त्रणा गरेर दक्षिण एसिया तथा दक्षिण पूर्वी एसियाको महत्वपूर्ण र अग्रगामी प्रवेशद्वारमा आयोजित यो विशेष कार्यक्रममा मन्तव्य राख्ने एवम्चीनका विभिन्न स्थानहरु भ्रमण समेत गरी चिनियाँ विशेषता सहितको समाजवाद निर्माणको क्रममा भएको विकास र समृद्धिलाई नजिकबाट अवलोकन गर्ने अवसर दिएकोमा चिनीयाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग, चीन सरकार, युनान प्रान्तको सरकार लगायतलाई विशेष धन्यवाद ज्ञापन गर्दछु ।

    उपस्थित महानुभावहरु,
    आजको यस फोरमको विषयवस्तुमा प्रवेश गर्नुभन्दा पहिले म केही दिन पहिले मात्र नेपालमा विनाशकारी भूकम्प गई ठूलो धन जनको क्षति भएकोमा चीनका महामहिम राष्ट्रपतिज्यूले नेपालका राष्ट्रपति तथा प्रधानमन्त्रीज्यूलाई टेलिफोन गरी दुःख व्यक्त गर्नुभएको थियो, हिजो मात्र युनान प्रान्तको तर्फबाट हामीसँगको औपचारिक वार्तामा रु. ५० हजार अमेरिकी डलरको आर्थिक सहायता उपलब्ध गराउने घोषणा भएको छ र चिनीयाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले रु. दश लाख आर.एम.बी.को आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । यी सबै सहानुभुति तथा सहयोग घोषणाका लागि हामी महामहिम राष्ट्रपति, आई.डि.सि.पि.सी. र युनान प्रान्त प्रति हार्दिक कृतज्ञता एवम्आभार व्यक्त गर्दछु ।

    मित्रहरु,
    आजको फोरमको विषयवस्तुका सन्दर्भमा सबैभन्दा पहिलेहालै मात्र बी.आर.आई.ले विगत दश बर्षमा गरेका प्रगति र उपलब्धिको समीक्षा सहित उक्त सहयोगलाई थप अघि बढाउने प्रतिबद्धताका साथ Third Belt and Road International Cooperation Summit Forum मा चीनका राष्ट्रपति महामहिम सी चिनफिङले ले घोषणा गर्नुभएको सहयोगका आठ मुख्य चरणले बी.आर.आई.लाई थप गतिकासाथ अघि बढाउने विश्वास व्यक्त गर्दछु । उहाँले घोषणा गर्नुभएको कनेक्टिभिटि (आवागमन), खुल्ला विश्व अर्थतन्त्रलाई सहयोग, व्यवसायिक सहायता योजना, हरित विकास, विज्ञान प्रविधिको नवप्रवर्तन, जनता–जनताबीच आदान प्रदान, एकीकृत सहयोग परियोजना र बेल्ट र रोडको लागि संस्थागत विकासलाई सुदृढ गर्ने विषयहरु सह्रानीय र दुरगामी महत्वका छन्। महामहिम सी को उक्त सम्बोधनमा अशान्तिको सामना गरिरहेको विश्वमा विश्वशान्ति, बहुपक्षीयता र सहयोगलाई जोड दिदै बी.आर.आई. मार्फत विश्वलाई उच्च गुणस्तरको सार्वजनिक वस्तु उपलब्ध गराउने प्रतिबद्धता व्यक्त हुनु सिंगो विश्वकोलागि खुसीको विषय हो । उक्त मन्तव्य सहितको घोषणामा भविष्यको लागि सहयोग सुनिश्चित गर्न मार्गदर्शक सिद्धान्तहरु, प्लेटफर्म र मूल्याङ्कन प्रणालीहरु प्रस्तुत गरिएबाट बी.आर.आई.ले आगामी दिनमा थप गति प्राप्त गर्ने हाम्रो अपेक्षा रहेको छ । एक लाख ट्रेनिङ्ग अवसर, विज्ञान र प्रविधिको अन्वेषणका लागि आगामी ५ बर्षमा १०० वटा प्रयोगशाला निर्माण, नमुना परियोजना, “सानो तर स्मार्ट” जिविकोपार्जन कार्यक्रम, बैंकहरुद्वारा अरवौ रकमको सहयोग परियोजना स्थापना जस्ता कार्यक्रमबाट आगामी दिनमा सिंगो विश्व लाभान्वित हुनेछ भन्ने कुरामा हामी विश्वस्त छौं । १००० ओटा साना जीविकोपार्जन सहायता परियोजना कार्यान्वयन गर्ने चीनको प्रतिबद्धताले बी.आर.आई. मार्फत चीनले मानव कल्याणका लागि गर्ने कामको नमूना प्रस्तुत गर्दछ ।

    BRI खुला र समावेशी दृष्टिकोण सहितको पहल हो, यसले विश्वव्यापी आर्थिक वृद्धि र आधुनिकीकरणका प्रयासहरूमा महत्वपूर्ण योगदान दिन्छ । हामी बेल्ट एण्ड रोड इनिसिएटिभलाई विशुद्ध सहयोगी प्रयासको रूपमा हेर्छौं जसले नेपालजस्ता देशहरूको आधुनिकीकरण प्रक्रियालाई गति दिन सहयोगी भूमिका खेल्छ । नेपाल बी.आर.आई.मा समर्थन र सहभागिता जनाउने शुरुवातकै देश हो र हामीले यसमा सहभागिता जनाएको झण्डै एक दशक भैसकेको छ । बेल्ट एण्ड रोडसँगको नेपालको सहकार्यलेज्ञान र प्रविधिको आदान प्रदान एवम्पूर्वाधार र विकास परियोजनाहरूमा फलदायी नतिजा प्राप्त हुनेहाम्रो अपेक्षा रहेको छ । भुपरिवेष्ठित राष्ट्रबाट भुजडित राष्ट्रको रुपमा नयाँ परिभाषा निर्माण गर्न, लिष्ट डेभलभ कन्ट्रीबाट ग्र्याजुएसन हुन र दिगो विकास सहित कृषि तथा उद्योगको पावरहाउस बन्दै पर्यटकहरुको गन्तव्य मुलुकको रुपमा नेपाललाई विकास गर्न वि.आर.आई.ले सहयोग पुग्ने विश्वास गरेका छौँ । यस मार्फत जुन गतिका साथ परियोजनाहरु नेपालमा अघि बढाउनुपर्ने थियो त्यो गतिका साथ बढाउन नसकिएको सत्यतालाई स्वीकार गर्दै हामीले आगामी दिनमा वी.आर.आई. अन्तर्गत प्रस्तावित परियोजनाहरुलाई मूर्त रुप दिन र थप परियोजनाहरु निर्माण गरी कार्यान्वयन गर्न चाहन्छौं । हामी कुनै पनि देशबाट विभिन्न उद्धेश्यका साथ आउने सैन्य–सम्बन्धित सहयोग, हाम्रा छिमेकी विरुद्ध हामीलाई प्रयोग गर्ने रणनीति र भू–राजनीतिक प्रतिस्पर्धाको विपक्षमा छौं ।

    उपस्थित महिला तथा सञ्जनवृन्द,
    नेपाल र चीन बीचको सम्बन्ध सदियौं देखिको गहिरो एवम्इतिहास र सँस्कृतिद्वारा बाधिएको छ । एउटा छिमेकी देशका रुपमा हामीले भौगोलिक निकटता मात्र होइन आपसी सहयोग र विकास प्रवर्द्धनको प्रतिबद्धतालाई पनि साझा बनाएका छौं । हाम्रो मित्रता सम्मान, विश्वास र एक अर्कोलाई सहयोग गर्ने प्रतिवद्धतामा आधारित छ । यो हार्दिक, घनिष्ट र समस्यारहित रहेको छ । समयको क्रम सँगै नेपाल र चीनको सम्बन्ध व्यापार, पूर्वाधार विकास, साँस्कृतिक आदान प्रदान र जनसम्बन्धका विविध क्षेत्रमा विस्तारित छन्। यस क्षेत्रमा शान्ति र समृद्धि हासिल गर्ने लक्ष्य भएको हाम्रो दिगो सम्बन्धलाई कुटनीतिक सम्बन्धले थप बलियो बनाएको छ भने यो मित्रता भौगोलिक सीमारेखा र साँस्कृतिक भिन्नता भन्दा माथि उठेको छ । हामी दुवै एक अर्काको चासो र चिन्ता प्रति सचेत छौं । नेपाल सदैव एक चीन नीतिको पक्षमा रहेको र नेपाली भूमिमा एवम्नेपाली भूमिबाट चीन विरोधी गतिविधि हुन नदिन प्रतिवद्ध छ । साथै हङकङ, ताइवान लगायतका विषयमा हामी चीन सरकारसँगै रहेका छौं । पछिल्लो समयमा समाजवादी चीनलाई आर्थिक तथा सुरक्षाका विभिन्न माध्यम प्रयोग गरी घेरा हाल्ने एवम्कमजोर बनाउने कतिपय क्रियाकलाप प्रति हामी सचेत छौं । नेपालमा आन्तरिक द्वण्द्व चर्काउने, सैन्य तथा सुरक्षा सहयोग मार्फत भूराजनीतिक रुपमा चीनलाई घेरा हाल्न हाम्रो भूमी प्रयोग गर्ने कुनै पनि कामलाई हामीले स्वीकार गर्न सक्दैनौं ।

    उपस्थित सज्जनवृन्द,
    चिनियाँ कम्युनिष्ट पार्टी (CPC) र दक्षिण एसिया र दक्षिणपूर्वी एसियाका अन्य राजनीतिक दलहरूबीचको सहकार्य आपसी समझदारी र साझा उद्देश्यको भावनामा आधारित छ । चिनियाँ कम्युनिष्ट पार्टीले यी क्षेत्रका विभिन्न राजनीतिक दलहरूसँग खुला संवाद, विचारको आदानप्रदान र क्षेत्रीय एवम्विश्वव्यापी मुद्दाहरूमा एक अर्कोलाई सहयोग तथा प्रोत्साहन सहित फलदायी सम्बन्धहरू स्थापना गर्ने कोशिस गरेको छ । यस प्रकारको सहयोग तथा दृष्टिकोणले दक्षिण एसिया तथा दक्षिण पूर्वी एसियामा शान्ति, स्थिरता र विकासलाई सुदृढ पार्ने लक्ष्य राखेको छ । रचनात्मक छलफल र साझेदारी पहलहरूमा संलग्न भएर सीपीसी र दक्षिण एसिया र दक्षिणपूर्वी एसियाका अन्य राजनीतिक दलहरूले क्षेत्रीय सद्भाव, आर्थिक संवृद्धि र सांस्कृतिक आदानप्रदानको प्रवद्र्धनमा योगदान दिने कोशिस गरिरहेका छौं । यसबाट बहुपक्षीय वार्ताको महत्वलाई जोड दिँदै साझा चुनौतिहरूको सामना गर्न मिलेर काम गर्ने, सम्पूर्ण क्षेत्रको सुधारका लागि सहकार्यको वातावरण बनाई समाधानमा पुग्न सहयोग पुग्नेछ । अतः दक्षिण एसिया तथा दक्षिण पूर्वी एसियाका राजनीतिक पार्टीहरुले सिपिसीसँगको सम्बन्धलाई थप बलियो र गहिरो बनाउँदै यसलाई समाज विकासका विविध पक्षमा फलदायी परिणाम निकाल्ने गरी योजना, तयारी एवम् कार्यान्वयन गर्नसक्नु पर्दछ ।

    उपस्थित मित्रहरु
    यो कार्यक्रम आयोजना भैरहेको प्रान्त युनानले कृषि, साँस्कृतिक पर्यटन र हरित अर्थतन्त्र उद्योग जस्ता विषयहरुमा आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गरेको जानकारी पाउँदा र यी विषयहरु नेपाल विकासको लक्ष्यसँग मिल्दो जुल्दो देखिएकोले पनि यस भ्रमणबाट हामी थप लाभान्वित हुने अपेक्षा गरेका छौं । स्प्रिङ सिटी र फुलहरुको राजधानीको रुपमा विश्वप्रसिद्ध युनान प्राकृतिक स्रोत र पोर्ट इकोनोमीको माध्यमबाट हात्तिको लम्काई जस्तै गतिका साथ अघि बढि रहेकोमा खुसी व्यक्त गर्दछु । राष्ट्रपति महामहिम सी चिनफिङले पटक पटक यस प्रान्तको भ्रमण गर्दै यसलाईजातीय एकताको नमुना, पर्यावरणीय संरक्षणको अगुवा र दक्षिण एसिया तथा दक्षिणपूर्वी एसियाको पावरहाउसको रुपमा अगाडि बढाउन चाहेको बताए अनुरुप युनानले चीनको आधुनिकीकरणको अभियानमा एउटा नयाँ अध्याय थपेको जानकारी पाउँदा हामी थप खुसी छौं । यसै क्रममा सन् २०१९ मा भएको राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका सन्दर्भमा नेपालले सघन सहकार्य गरी सहयोग मार्फत लाभ लिनसक्ने चीनका तीनवटा प्रान्तहरुमध्ये युनान प्रमुख रहेको बताएको सन्दर्भलाई समेत उच्च सम्मान सहित स्मरण गर्न चाहन्छु । अविकसित भौतिक संरचनाका बाबजूद कृषि, पर्यटन, हाईड्रोपावर र हरित विकासको ब्यापक संभावना रहेको नेपालले नजिकको हवाई सम्पर्क समेत रहेको युनान सरकारसँगको सहकार्यमा बेल्ट एण्ड रोड इनिसिएटिभ अन्तर्गत परियोजनाहरुको निर्माण गरी केन्द्र, प्रदेश तथा स्थानीय सरकारका साथै जन सम्बन्धका आधारमा परियोजनाहरु अघि बढाउने अपेक्षा मैले गरेको छु । यो कार्यक्रमले क्षेत्रीय एवम्अन्तर्राष्ट्रिय सहयोगलाई थप बलियो बनाउन सहयोग पुग्ने विश्वास समेत व्यक्त गर्दछु ।

    अन्त्यमा,
    कतिपय देशहरूको गलत दृष्टिकोणको विपरीत, बेल्ट एन्ड रोड पहलले शान्तिपूर्ण सहयोग, खुलापन र पारस्परिक लाभको भावनालाई अघि बढाउने सोंच अत्यन्तै सह्रानीय छ । चीनसँगको सहकार्य र बेल्ट एण्ड रोड पहललाई अगाडि बढाउन अन्यत्र जस्तै नेपालमा पनि राजनीतिक दलहरूको विशेष महत्व रहेकोछ । दक्षिण एसिया र दक्षिणपूर्वी एसियासँग चीनको महत्वपूर्ण प्रवेशद्वारको रुपमा रहेको युनानले नेपालको विकास लक्ष्यसँग मिल्दोजुल्दो सहयोग आदानप्रदानका लागि ठूलो सम्भावना बोकेको छ । उल्लेखित तथ्य र दृष्टिकोणका आधारमा हामी वी.आर.ई. लाई थप गतिका साथ अघि बढाउन, चीन तथा चिनियाँ कम्युनिष्ट पार्टीसँगको सम्बन्धलाई अझ बलियो र प्रगाढ बनाउन तथा चिनियाँ विशेषता सहितको समाजवादको जगमा आ–आफ्नो देशको विशेषतामा आधारित समाजवाद (जुन नेपालको सन्दर्भमा नयाँ संविधानमा समेत उल्लेखित छ)को मोडेल निर्माण गरी कार्यान्वयन गदै समाजवादी विश्व निर्माण गर्न प्रतिबद्ध बनौँ ।

    धन्यवाद !

  • न्यूनतम साझा कार्यक्रमपछि मात्र मन्त्रिपरिषद विस्तार हुन्छ : माधव नेपाल

    न्यूनतम साझा कार्यक्रमपछि मात्र मन्त्रिपरिषद विस्तार हुन्छ : माधव नेपाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारको न्यूनतम साझा कार्यक्रममा हस्ताक्षर भएपछि मात्र सरकारले पूर्णता पाउने बताएका छन् ।

    आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले नयाँ बनेको गठबन्धनका दलहरुका बीचमा सरकारको साझा नीति तथा कार्यक्रमको सम्बन्धमा छलफल भइरहेको बताए ।

    ‘आज बल्ल हामी अहिलेको सरकारको जुन नीतिगत प्रतिवद्धता हो, साझा नीति र कार्यक्रम अगाडि सार्नुपर्ने, त्यसको निम्ति छलफल भइराखेको छ । छलफल भएर टुंगो लाग्ला । त्यो कागजमा हस्ताक्षर होला । त्यही वैचारिक मान्यता, त्यही नीतिगत मान्यता, त्यही कार्यक्रमको मान्यताको आधारमा नै सरकारले पूर्ण आकार प्राप्त गर्नेछ ।’

    अध्यक्ष नेपालले आफ्नो पार्टीले गृह, अर्थ र परराष्ट्र मन्त्रालयको दाबी नगरेको बताए । उनले देशको अर्थतन्त्रको समस्यालाई राम्ररी बुझेको र समस्याको समाधान दिनसक्ने व्यक्तिलाई अर्थमन्त्री बनाउन आफूले प्रधानमन्त्रीलाई सुझाव दिएको धारणा राखे ।

  • एमाले नेतृत्वको गठबन्धन किन टुट्यो विश्वविद्यालयका विद्यार्थीलाई खोजी गर्न दिऔं : नेपाल

    एमाले नेतृत्वको गठबन्धन किन टुट्यो विश्वविद्यालयका विद्यार्थीलाई खोजी गर्न दिऔं : नेपाल

    काठमाडौं । एमाले नेतृत्वको गठबन्धन किन टुट्यो भन्ने कुरा विस्तारै खुल्दै जाने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले बताएका छन् ।

    सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले एमाले नेतृत्वको गठबन्धन टुट्नुको कारण विश्वविद्यालयका विद्यार्थीलाई खोजी गर्न जिम्मा दिन आग्रह गरे ।

    उनले फागुन १२ गते बनेको १० दलीय गठबन्धन पाँच वर्ष टिक्ने दाबी गरे ।

  • माधव नेपाल भेट्न अस्पताल पुगे देउवा र प्रचण्ड

    माधव नेपाल भेट्न अस्पताल पुगे देउवा र प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न अस्पताल पुगेका छन् ।

    रुघाखोकी, ज्वरो र छातीमा संक्रमण भएपछि मंगलबार राति त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका नेपाललाई भेट्न बुधबार दिउँसो देउवा र प्रचण्ड पुगेका हुन् ।

    उनीहरुले नेता नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै केही समसामयिक राजनीतिक विषयमा कुराकानी गरेकाे स्राेतले बताएकाे छ ।

  • माधव नेपाल अस्पताल भर्ना

    काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् ।

    मंगलबार उनलाई महाराजगन्जस्थित टिचिङ अस्पतालमा भर्ना गरिएको हो । उनी अस्पतालमा भर्ना भएको नेपालको सचिवालयले पुष्टि गरेको छ ।

    सचिवालयका अनुसार रूघा-खोकी र छातीमा संक्रमण भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको हो ।

  • एकले अर्कालाई दोष दिएर मुलुक बन्दैन : माधव नेपाल

    एकले अर्कालाई दोष दिएर मुलुक बन्दैन : माधव नेपाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एकले अर्कालाई दोष दिएर मुलुक अघि बढ्न नसक्ने बताएका छन् ।

    आइतबार गाउँपालिका राष्ट्रिय महासंघ नेपालको महाधिवेशनलाई सम्बोधन गर्दै तीनै तहका सरकारले आत्मसमीक्षा गर्नुपर्ने बताए ।

    उनले भने, ‘तीन तहका सरकार मिलेर अघि बढे संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले पनि समाप्त पार्न सक्दैन । त्यसैले सरकारले आफूलाई समीक्षा गरे अगाडि बढ्नुपर्छ । एकले अर्कालाई दोष दिएर मुलुक बन्दैन ।’

    संविधानले प्रदान गरेको अधिकार जनताले उपयोग गर्न पाउने वातावरण बनाउने जिम्मेवारी सरकारको भएको उनको भनाइ छ ।

  • माधव नेपालसँग योगेशको चित्तदुखाई : दुई सय वर्ष बाँच्नुहोस, पदमा बसिरहनुहोस् !

    माधव नेपालसँग योगेशको चित्तदुखाई : दुई सय वर्ष बाँच्नुहोस, पदमा बसिरहनुहोस् !

    काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पदमा बसिरहन शुभकामना दिएका छन् ।

    तत्कालिन नेकपाको बिबादमा पार्टी परित्याग नगरी आएका भट्टराईलगायत समुहलाई केही दिन अघि ‘दास’को संज्ञा दिपछि एमाले नेता भट्टराईले दुई सय बर्ष बाँच्न भन्दै पदमा बसिरहन शुभकामाना दिएका हुन् ।

    पार्टी कार्यक्रममा काठमाडाैं धनगढी हवाई यात्राको जाने क्रममा ‘कमरेड माधव नेपाल र म’ शिर्षकमा दुई जना बिचको सबन्धका बारेमा पनि भट्टराईले उल्लेख गरेका छन् ।

    उनले सामाजिक सञ्जालमा लेखेका छन् :

    कमरेड माधव नेपाल र म !

    कमरेड माधव नेपालले हामीमाथि पटक पटक भद्धा र असिस्ट टिप्पणी गर्नु भयो वहाँको सम्मानका लागि हामीले कुनै टिप्पणी गरेनौ । अस्ती फेरी तल्लो स्तरमा झरेर बोल्नु भयो । अनि मैले वहाँ कै हित हुने गरी जीवनऊपयोगि जवाफ फर्काए । समाजबादीका युवाहरुको चित्त दुखेछ ! माफ गर्नुहोला तपाईंहरुको चित्त दुखाउनु मेरो मनसाय होईन । अब उनीहरु खुशी हुनेगरी म भन्न चाहन्छु – “कमरेड माधव नेपाल दुईसय बर्ष बांच्नुहोस्, पदमा रहिरहनुहोस्, शुभकामना !

    कमरेड माधव नेपाल र मेरो सम्बन्धका बारेमा केहि कुरा:

    १. पञ्चायतकालमा कमरेड रन्जनको उपनामले मैले कमरेड माधव नेपाललाई चिनेको हुँ । त्यतिबेला वहाँबाट थुप्रै प्रशिक्षण लिएको छु ।

    २. वहाँमा थुप्रै राम्रा गुणहरु छन जसको खुलेर प्रशंसा गरेको छु भने कमजोरीको खुलेरै बिरोध गरेको छु । वहाँलाई चिनेदेखि वहाँ र मेरो सम्बन्धमा उतार चढाब रहेका छन र यो जारी रहने छ ।

    ३. नेकपा एमालेको पाँचौ महाधिवेशन ९ २०४९ ० मा वहाँ अन्तिम तिर मात्रै जनताको बहुदलीय जनबादका पक्षमा खुल्नु भएको हो । हामी शुरु देखिनै मदन भण्डारीको नेतृत्व र बिचारलाई स्थापित गर्न लागेका हौ ।

    ४. छैठौ महाधिवेशनमा वहाँ पार्टीको महासचिब हुनुभयो । मेरो समर्थन वहाँलाई थिएन ।

    ५. सातौँ महाधिवेशनबाट वहाँ पुन पार्टीको महासचिब हुनुभयो । मेरो समर्थन वहाँलाई थियो ।

    ६. आठौ महाधिवेशनमा वहाँले आफ्नो धार बदल्नु भयो । हामी वहाँसँग लागेनौ ।

    ७. नवौ महाधिवेशनमा वहाँ पुरनै धारमा फर्कनु भयो । अध्यक्षको उम्मेदवार हुनुभयो । हामीले साथ दियौं । जित्नु भएन ।

    ८. प्रधानमन्त्री केपी ओलीका बिरुद्धको अबिश्वास प्रस्ताबमा हस्ताक्षर गर्न भन्नुभयो मैले मानिन र गरिन ।

    ९. नेकपा एमालेको बिभाजनको औचित्य छैन र यो नेपालको कम्युनिस्ट आन्दोलनलाई ध्वस्त गर्ने षड्यन्त्र हो भन्ने मेरो बुझाई रह्यो अलग पार्टी बनाउन वहाँलाई मैले साथ दिन सकिने । त्यसमा मलाई पछुतो छैन ।

    १०. २०५३ सालमा म अखिलको अध्यक्ष थिएँ । राष्ट्रिय सम्मेलनबाट चुनिएको । वहाँ पार्टीको महासचिब । वहाँ र मेरो बिचमा समस्या उत्पन्न भयो । वहाँको दैनिक दबाब र असहयोगका कारण मैले अखिलको अध्यक्षबाट राजिनामा गरिदिएं ।

    ११. म माक्र्सवादी चेत भएको मानिस हुँ । मेरा गुरुहरुले मलाई ब्यक्ती, घटना र बिषयवस्तुलाई बुझ्ने आलोचनात्मक शिक्षा दिनुभएको छ । गुरुहरुप्रति मेरो सदा सम्मान छ । र मैले कमरेड माधव नेपाल लगायत सबैलाई यहि मार्क्सवादी दृष्टिकोणबाट हेर्ने गर्दछु । म कसैको अन्ध समर्थक र अन्ध बिरोधी होइन ।

    पुनश्च : कमरेड माधव नेपालसंग सवाल जवाफ गर्नु मेरो मनसाय होइन ।

  • हामीले यो देशलाई अस्थिर राजनीतिबाट जोगायौँ : अध्यक्ष नेपाल

    हामीले यो देशलाई अस्थिर राजनीतिबाट जोगायौँ : अध्यक्ष नेपाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरूले नेकपा एमालेबाट विद्रोह गरेर देशको अस्थिर राजनीतिक अवस्थाबाट बजाएको बताएका छन् ।

    केन्द्रीय कमिटीको बैठकपछि आयोजित कार्यक्रममा उनले यदि पार्टी फुटाएर अलग्गै नभएको भए लोकतन्त्र, संघीयता र संविधानमाथि आक्रमण हुन सक्ने अवस्था आइसकेको उनको भनाइ छ ।

    यसकारण विद्रोह गरेर देश र नेपाली जनताको लागि ठिक काम गरेको दाबी उनले गरे ।

    कार्यक्रममा उनले प्रतिनिधिसधा र प्रदेशसभा निर्वाचनको लागि तयारीमा लाग्न पनि निर्देशन दिए । आगामी निर्वाचनमा कति स्थानमा उम्मेदवारी दिने भन्ने विषयमा विश्लेषण गर्न उनले निर्देशन पनि दिएका छन् ।

  • कांग्रेस, माओवादीका उम्मेदवारलाई जिताउनुपर्छ, वडामा पनि सहमति जुटाउँछौँ : माधव नेपाल

    कांग्रेस, माओवादीका उम्मेदवारलाई जिताउनुपर्छ, वडामा पनि सहमति जुटाउँछौँ : माधव नेपाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधकुमार नेपालले वडा तहमा पनि गठबन्धनमा सहमतिको प्रयास भइरहेको जानकारी दिएका छन् ।

    काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा पालिका प्रमुखमा जस्तै वडा तहमा पनि सहमतिको प्रयास भइरहेको जानकारी दिएका हुन् ।

    अध्यक्ष नेपालले कांग्रेस, माओवादी केन्द्रसहित गठबन्धन आवद्ध दलका उम्मेदवारलाई पनि निर्वाचित गर्र्न आफ्ना नेता तथा कार्यकर्तालाई आह्वान गरे । बिहीबार गठबन्धनको कार्यदलको बैठक बस्न लागेको जानकारी दिँदै उनले सहमतिका साथ गठबन्धन अघि बढ्ने बताए ।

    स्थानीय तहमा गठबन्धनबीच सहमति कायम गरेर उम्मेदवारलाई निर्वाचित गराउने विषयमा छलफल गर्न कार्यदलको बैठक बस्न लागेको भन्दै उनले केही पालिकामा एकीकृत समाजवादीका उम्मेदवार निर्विरोध निर्वाचित भएका जानकारी दिए ।

  • माधव नेपालकाे आरोप : केपी ओली चुनावी गठबन्धन गर्न ज्ञानेन्द्र निवास जाने गरेका छन्

    काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी गठबन्धन गर्न सुटुक्क पूर्वराजा ज्ञानेन्द्र शाहकोमा जाने गरेको आराेप लगाएका छन् ।

    शुक्रबार पार्टी निकट महिला संघको भेलालाई काठमाडाैंमा सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘केपी शर्मा ओली हाम्रो गठबन्धन टुटाउन खोज्दैछन्, उनी अर्को गठबन्धन बनाउन खोज्दैछन्, त्यसका लागि सुटुक्क ज्ञानेन्द्र निवासमा पुग्ने गरेका छन्, राप्रपासँग साँठगाँठ गर्न खोजिरहेका छन्, दक्षिणपन्थी शक्तिसँग मिल्न खोजिरहेका छन् ।’

    अध्यक्ष नेपालले आफ्नो पार्टीप्रति आकर्षण बढ्दा विरोधीहरु आत्तिन थालेको पनि बताए । नेपालले नेकपा एकीकृत समाजवादीले ६ महिनाको छोटो अवधिमा बढेको आकर्षणका कारण विरोधीहरुले मानसिक सन्तुलन गुमाएर कुप्रचार गर्न थालेको बताए ।

    उनले भने ‘हाम्रो पार्टीप्रति बढेको आकर्षण देखेर विरोधीहरु आत्तिएका छन्, मानसिक सन्तुलन गमाउन पुगेका छन्, आत्तिएर मन्त्री प्रेम आले र किसनकुमार श्रेष्ठ बालकोट पुगेको भनेर प्रचार गरे । हुँदै नभएको कुरामा हल्ला मच्चाउने गरेका छन् ती कुनै प्रचारमा सत्यता छैनन् ।’