Tag: राजेन्द्र लिङ्देन

  • पार्टीमा कसैमाथि विभेद गरेको छैन : लिङ्देन

    पार्टीमा कसैमाथि विभेद गरेको छैन : लिङ्देन

    काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय सदस्य मनोनयनमा कुनै पनि विभेद नगरेको स्पष्ट पारेका छन् ।

    बुधबार पार्टी कार्यालय धुम्वाराहीमा मनोनीत केन्द्रीय सदस्यहरुलाई शपथ गराउँदै अध्यक्ष लिङ्देनले आवश्यकताका अनुसार आफूले पार्टीका नेताहरुलाई केन्द्रीय समितिमा ल्याएको बताए ।

    मनोयनका विषयमा केही भ्रम भएको भन्दै उनले आफूले विधान अनुरुप समावेशीतालाई पूर्णता दिने बताए । उनले असन्तुष्ट पक्षलाई समेत समावेश गरेर पार्टीलाई विवादरहित बनाउने उल्लेख गरे ।

    त्यस्तै लिङ्देनले राजसंस्था, हिन्दुराष्ट्रको मुद्दा संगसंगै मुलुकको अन्य मुद्दालाई स्थापित गर्न सदन र सडकमार्फत् संघर्ष गर्ने पनि बताए ।

  • राप्रपा केन्द्रीय सदस्यमा ३१ जना मनोनित, को-को परे ? (सूचीसहित)

    राप्रपा केन्द्रीय सदस्यमा ३१ जना मनोनित, को-को परे ? (सूचीसहित)

    काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय सदस्यहरू मनोनयन गरेका छन् । मंगलबार लिङ्देनले ३१ जना केन्द्रीय सदस्य मनोनयन गरेका हुन् ।

    राप्रपामा पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कार्यसमिति हुने व्यवस्था छ । पहिलो चरणमा ३१ जना केन्द्रीय सदस्य मनोनयन गरिएको लिङ्देनको सचिवालयले जनाएको छ । गत मंसिरमा भएको राप्रपाको एकता महाधिवेशनबाट अध्यक्षसहित १४९ जना निर्वाचित भएका थिए ।

    राप्रपामा चार उपाध्यक्ष, तीन महामन्त्री, सात सहमहामन्त्री, सात सहायक महामन्त्री, प्रवक्ता, सहायक प्रवक्ता, कोषाध्यक्ष र सहायक कोषाध्यक्ष मनोनयन गर्ने प्रावधान छ ।

    हेर्नुहोस् मनाेनितकाे सूची :

  • राजेन्द्र लिङ्देनकाे निर्णयमाथि कमल थापाकाे चुनाैति

    राजेन्द्र लिङ्देनकाे निर्णयमाथि कमल थापाकाे चुनाैति

    काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले गरेको निर्णयलाई निवर्तमान अध्यक्ष कमल थापाले चुनौती दिएका छन् ।

    राप्रपा काभ्रेका जिल्ला अध्यक्ष टुल्कु लामा, उपाध्यक्षद्वय श्रीदास लामा र गंगामाया लामा तथा सचिव धनजित लामालाई कारबाही गर्ने पदाधिकारी बैठकको निर्णय अवैधानिक रहेको थापाले जनाएका छन् ।

    चारै जना पार्टीको साधारण सदस्य समेत नरहने गरी निश्कासनमा परेका थिए । पदाधिकारी बैठकको निर्णय पार्टी हितमा नरहेको थापाले जनाएका छन् ।

    थापाले शनिबार सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् – राप्रपा काभ्रे जिल्ला अध्यक्ष टुल्कु लामा र गाउँपालिकाका २ निर्वाचित वडाध्यक्षहरूलाई स्पष्टीकरण दिने अवसर नै नदिइ पार्टीबाट निष्कासन गर्ने पदाधिकारी बैठकको निर्णय अवैधानिक र पार्टी हित विपरीत छ । उक्त निर्णयप्रति खेद व्यक्त गर्दछु । पदाधिकारी बैठकलाई विधानले त्यस्तो अधिकार दिएको छैन ।

  • राप्रपा र विवेकशील साझाबीच एकताको चर्चा : रविन्द्र मिश्रले लेखे ‘आशाजनक संवाद’

    राप्रपा र विवेकशील साझाबीच एकताको चर्चा : रविन्द्र मिश्रले लेखे ‘आशाजनक संवाद’

    काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र विवेकशील साझाबीच पार्टी एकताबारे चर्चा सुरु भएकाे छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री डा. धवलशमशेर राणाले विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रसँग भेट गरेपछि याे चर्चा सुरु भएकाे हाे ।

    भेटका क्रममा पार्टी एकताकाे सम्भावनाबारे छलफल भएकाे बताइएकाे छ । भेटमा बलियो वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि पार्टी एकता गरेर जान सक्ने सम्भावनाका बारेमा प्रारम्भिक कुराकानी भएको स्राेतले बताएकाे छ ।

    नेताहरूको भेटको तस्विर फेसबुकमा राखेर विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रले दुई पार्टीका बीचमा ‘आशाजनक संवाद’ भएको पनि उल्लेख गरेका छन् ।

    मिश्रले फेसबूकमा लेखेका छन्, ‘बिहानी पाहुनासँग ‘राजनीतिसँगै राजकाज’ संवाद ! आज बिहान चियासँगै राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन तथा महामन्त्री धवल शमशेर राणासँग राजनीति, समाज र यो देशको भविष्यबारे चिन्तापूर्ण तर आशाजनक संवाद भयो । दुवैप्रति आभारी छु ।’

    मिश्रले पछिल्लाे समय ‘विचारभन्दा माथि देश’ भन्ने दस्तावेज तयार पारेर संघीयता र धर्मनिरपेक्षताबारे प्रश्न उठाइरहेका छन् ।

  • पार्टीको महाधिवेशनमा पूर्वराजाको हस्तक्षेपबारे छानबिन गर्न लिङ्देनलाई थापाले लेखे यस्तो पत्र (पत्रसहित)

    पार्टीको महाधिवेशनमा पूर्वराजाको हस्तक्षेपबारे छानबिन गर्न लिङ्देनलाई थापाले लेखे यस्तो पत्र (पत्रसहित)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेखेर पार्टीको महाधिवेशनमा पूर्वराजाको हस्तक्षेपबारे छानबिन गर्न माग गरेका छन् ।

    सोमबार लिङ्देनलाई पत्र लेखेर थापाले भनेका छन्, ‘पार्टी नेतृत्वको निर्वाचनमा पूर्वराजा र निर्मल निवासको हस्तक्षेपबारे छाननि गर्न निष्पक्ष छानविन समिति बनाउनुहोस् । हस्तक्षेपत्रको भर्त्सना गर्नुहोस् । भविष्यमा हस्तक्षेप नहुने सुनिश्चित गर्नुहोस् । राजसंस्थाका बारेमा र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने निर्मल निवासको योजनाका बारेमा पार्टीत्रि बहस शुरु गर्नुहोस् ।’

    अध्यक्ष लिङ्देनलाई सोमबार तीन पृष्ठको पत्र पठाउँदै निवर्तमान अध्यक्ष थापाले यस्तो माग गरेका हुन्। ‘पार्टी नेतृत्वको निर्वाचनमा पूर्व राजा ज्ञानेन्द्र शाह र निर्मल निवासको हस्तक्षेपबारे छानविन गर्न निष्पक्ष छानविन समिति बनाउनु होस्’, थापाले पत्रमा भनेका छन्, ‘हस्तक्षेपको भत्सर्ना गर्नुहोस्, भविष्यमा हस्तक्षेप नहुने सुनिश्चित गर्नुहोस् ।’

    हेर्नुहोस् पत्र :

  • राप्रपा अध्यक्ष लिङ्देनले बुधबारका लागि बोलाए केन्द्रीय समिति बैठक

    राप्रपा अध्यक्ष लिङ्देनले बुधबारका लागि बोलाए केन्द्रीय समिति बैठक

    काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बुधबार केन्द्रीय समिति बैठक बोलाएका छन् । पहिलो बैठकलाई उनले ‘परिचयात्मक बैठक’ को संज्ञा दिएका छन् ।

    सोमबार धुम्बाराहीस्थित पार्टी कार्यालयमा पदबहाली गर्दै लिङ्देनले निवर्तमान अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र डा.प्रकाशचन्द्र लोहनी, निर्वाचित पदाधिकारीसँग सरसल्लाह गरेरै आफू अघि बढ्ने बताए ।

    लिङ्देनले पार्टीमा पक्ष र विपक्ष महाधिवेशनस्थलमै बिसर्जन भएको भन्दै सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । ‘राप्रपालाई ठूलो बनाउने मात्र होइन, देश र जनताको पक्षमा काम गरेर देखाउने छौँ । हामीले थुप्रै चुनौती सामना गरेर अघि बढ्नुपर्नेछ,’ उनले भने ।

    पदभारपछि लिङ्देनले महाधिवेशन प्रतिनिधिहरूको मतलाई अवमूल्यन नगर्न थापालाई सचेतसमेत गराए । ‘उहाँले सामाजिक सञ्जालमा लेख्नुभयो भनिएका विषयवस्तु मैले पढ्न पाएको छैन । मैले चार दिनदेखि सामाजिक सञ्जाल चलाएको छैन,’ उनले भने, ‘निर्वाचनमा पराजयको प्रतिक्रिया पनि त्यसरी आएको हुनसक्छ । त्यसमा भन्नु केही छैन । तर, हाम्रो महाधिवेशनमा राजालाई जोड्नु हाम्रो मतको अवमूल्यन हो । यो दुर्भाग्यपूर्ण छ ।’

  • राप्रपाको महाधिवेशन बुधबारदेखि : अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनकाे प्रतिस्पर्धा

    राप्रपाको महाधिवेशन बुधबारदेखि : अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनकाे प्रतिस्पर्धा

    काठमाडाैं । राजासहित हिन्दू राष्ट्रकाे एजेन्डा बाेक्दै आएकाे राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा)को एकता महाधिवेशन बुधबारदेखि सुरु हुँदैछ ।

    भृकुटीमण्डपमा सुरू हुने महाधिवेशन १७ मंसिरसम्म सञ्चालन हुनेछ । महाधिवेशन प्रचारप्रसार समितिका संयोजक मोहन श्रेष्ठका अनुसार महाधिवेशनमा झण्डै ४ हजार ४ सय प्रतिनिधि सहभागी हुनेछन् ।

    महाधिवेशनले १४७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । आगामी अध्यक्षका लागि वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्रप्रसाद लिङ्देन भिड्दैछन् ।

    तीन जना अध्यक्षमध्ये प्रकाशचन्द्र लोहनीले लिङ्देनलाई समर्थन गर्ने घोषणा गरिसकेका छन् । अध्यक्षत्रयमध्ये पशुपति शमसेर राणाले पनि निर्वाचन नलड्ने बताइसकेका छन् ।