Tag: राष्ट्रियसभा

  • बजेट आश्रित तीनवटा विधेयक राष्ट्रियसभाबाट पारित, प्रतिनिधिसभामै फिर्ता

    बजेट आश्रित तीनवटा विधेयक राष्ट्रियसभाबाट पारित, प्रतिनिधिसभामै फिर्ता

    काठमाडौं । राष्ट्रिय सभाले बजेट आश्रित तीनवटा विधेयक पारित गरेर प्रतिनिधिसभामा फिर्ता पठाएको छ ।

    आइतबार बसेको राष्ट्रिय सभा बैठकले आर्थिक विधेयक २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत (२५औं संशोधन) विधेयक, २०७९ बहुमतले पारित गरेको हो । पारित गरेसँगै उक्त विधेयक प्रतिनिधिसभामा पठाइएको छ ।

    उक्त विधेयक प्रतिनिधिसभाले पारित गरेर राष्ट्रिय सभामा पठाएको थियो । राष्ट्रिय सभाले पारित गरेर फेरि प्रतिनिधिसभामै सन्देशसहित विधेयक फिर्ता पठाएको हो ।

    अब प्रतिनिधिसभाले राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितका उक्त विधेयक पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ । यसपछि प्रमाणीकरणका लागि उक्त विधेयक राष्ट्रपतिकहाँ पठाइन्छ ।

    प्रतिनिधिसभाको बैठक २० असारमा बोलाइएको छ ।

  • राष्ट्रियसभा चुनावका लागि ४३ जनाको उम्मेदवारी, कुन प्रदेशबाट को ? (सूचीसहित)

    राष्ट्रियसभा चुनावका लागि ४३ जनाको उम्मेदवारी, कुन प्रदेशबाट को ? (सूचीसहित)

    काठमाडौं । १९ राष्ट्रियसभा सदस्य चयनका लागि माघ १२ गते हुने निर्वाचनमा ४३ जनाको उम्मेदवारी परेको छ ।

    निर्वाचन आयोगका अनुसार प्रदेश १, २ र वागमतीमा त्रिपक्षीय प्रतिस्पर्धा हुनेछ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा द्विपक्षीय प्रतिस्पर्धा हुनेछ ।

    मंगलबार प्रदेशअनुसार निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गरिएको हो ।

    निर्वाचन कार्यक्रम अनुसार पुस २१ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २२ र २३ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, पुस २३ गते नै उम्मेदवारको नामावली प्रकाशन गर्ने, पुस २४ गते उम्मेदवारले नाम फिर्ता लिने र पुस २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ ।

    हेर्नुहाेस् सूची : 

     

  • राष्ट्रियसभाकाे १९ सिटमा मिल्याे भागबण्डा : कसले कति-कति सिट पाए ?

    राष्ट्रियसभाकाे १९ सिटमा मिल्याे भागबण्डा : कसले कति-कति सिट पाए ?

    काठमाडाैं । सत्तारुढ गठबन्धनमा राष्ट्रियसभा निर्वाचनको १९ सिटमा भागबण्डा मिलेकाे छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बिहान बसेको बैठकमा राष्ट्रिय सभा निर्वाचनको १९ सिटमा भागबण्डा मिलेको हो ।

    भागबण्डा अनुसार कांग्रेसको भागमा ६, माओवादी केन्द्र र एकीकृत समाजवादीको भागमा ५–५, जसपाले २ र जनमोर्चाले १ सिट पाउने छन् ।

    खाली हुने १९ सिटमध्ये आठ वटामा एमाले र बाँकीमा सत्ता गठबन्धनका सदस्यहरुको कार्यकाल सकिन लागेकाे छ । आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता हुनेछ ।

  • राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १२ राजनीतिक दल दर्ता

    राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १२ राजनीतिक दल दर्ता

    काठमाडौं । राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनमा १२ राजनीतिक दलले भाग लिने भएका छन् । राष्ट्रियसभा सदस्य निर्वाचनको प्रयोजनका लागि १२ राजनीतिक दल दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्माले जानकारी दिए । उक्त निर्वाचनमा नौ राजनीतिक दलले सबै प्रदेशमा र तीन राजनीतिक दलले कुनै प्रदेश विशेषमा मात्र भाग लिने गरी दल दर्ता गराएका हुन् ।

    आयोगका अनुसार, नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेपाल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल परिवार दलले सबै प्रदेशमा भाग लिने छन् । लोकतान्त्रिक समाजवादी पार्टी प्रदेश २ र सुदूरपश्चिम प्रदेश, नेपाल मजदुर किसान पार्टीले वाग्मती र ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालले प्रदेश २ मा मात्र भाग लिने जानकारी दिइएको छ ।

    आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दललाई पुस १ देखि आजसम्म दल दर्ताका लागि समयावधि प्रदान गरेको थियो । प्रत्येक निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्नपर्ने संवैधानिक व्यवस्था छ ।

    उक्त निर्वाचनका लागि यसअघि नै निर्वाचन अधिकृतको नियुक्ति तथा मतदानस्थल र मतदान केन्द्र तोकिसकिएको छ । निर्वाचनका लागि प्रदेशसभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी दुई हजार २५ मतदाता कायम छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ ।

    उन्नाइस पदका लागि हुने उक्त निर्वाचनमा स्थानीय तहका एक हजार ४९३ र प्रदेशसभाका ५३२ मतदाता रहने छन्। आगामी यस निर्वाचनबाट सात महिला, तीन दलित, दुई अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र सात अन्य समूहका उम्मेद्वार निर्वाचित हुनेछन् । आगामी फागुन २० गते नेकपा (एमाले)का आठ, नेकपा(एस)का चार, नेकपा (माओवादी केन्द्र)का चार र नेपाली कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिँदैछ । विज्ञका रूपमा मनोनीत रामनारायण बिडारीको कार्यकाल पनि सोही मितिमा पूरा हुनेछ ।

    प्रबुद्ध वर्गको प्रतिनिधित्व रहने ५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ सदस्य प्रत्येक दुई वर्षमा पदावधि समाप्त हुने संवैधानिक व्यवस्था छ । राष्ट्रियसभा सदस्यको पदावधि छ वर्ष भए पनि पहिलोपटक गोलाप्रथाद्वारा कार्यकाल निर्धारण गरिएको थियो ।

    राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै निर्वाचन गर्नपर्ने प्रावधान छ । उक्त निर्वाचनका लागि पुस २० गते उम्मेद्वारको मनोनयन दर्ता हुनेछ भने पुस २५ गते उम्मेद्वारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । सोही दिनदेखि निर्वाचन आचारसंहित सबैका लागि लागू गराउने आयोगले सोच बनाएको छ ।