राष्ट्रियसभाकाे १९ सिटमा मिल्याे भागबण्डा : कसले कति-कति सिट पाए ?

काठमाडाैं । सत्तारुढ गठबन्धनमा राष्ट्रियसभा निर्वाचनको १९ सिटमा भागबण्डा मिलेकाे छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बिहान बसेको बैठकमा राष्ट्रिय सभा निर्वाचनको १९ सिटमा भागबण्डा मिलेको हो ।

भागबण्डा अनुसार कांग्रेसको भागमा ६, माओवादी केन्द्र र एकीकृत समाजवादीको भागमा ५–५, जसपाले २ र जनमोर्चाले १ सिट पाउने छन् ।

खाली हुने १९ सिटमध्ये आठ वटामा एमाले र बाँकीमा सत्ता गठबन्धनका सदस्यहरुको कार्यकाल सकिन लागेकाे छ । आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता हुनेछ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१