Tag: विप्लव

  • विप्लव भन्छन् : एक पटक देशको नेतृत्व गर्ने इच्छा छ

    विप्लव भन्छन् : एक पटक देशको नेतृत्व गर्ने इच्छा छ

    काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले एक पटक देशको नेतृत्व गर्ने इच्छा व्यक्त गरेका छन् ।

    काठमाडौंमा आयोजित नेकपाको ध्रुवीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीको केन्द्रीय कमिटीको निर्णयअनुसार अहिलेको पार्टी एकता शुरु भएको बताए ।

    उनले भने, ‘माओवादीले पनि ध्रुवीकरणको कुरा गरिरहेको छ । तीन पटक सरकारको नेतृत्व गरिरहेकै छ । थुप्रै अवसरहरु पायो, तर के दियो भन्ने जनताको मनमा छ । हाम्रो पार्टीले पनि हामी क्रान्तिकारीहरुले पनि यो देशको लागि ध्रुवीकरण गर्दै देशको नेतृत्व गर्न चाहन्छौं । एक चोटी यो देशको नेतृत्व र सेवा नेकपाले गर्न चाहन्छ भन्ने कुरा हामीले राखेका छौं ।’

    महासचिव विप्लवले आफूहरुको एकता कुनै दरबार, टी–इस्टेट र जग्गा हिनामिना तथा मन्त्री भएर विदेशमा पैसा पठाउन नभएको पनि बताए ।

    कार्यक्रममा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता जितेन्द्र दाहाललाई विप्लवले आफ्नो पार्टीमा स्वागत गरेका थिए । त्यसलाई उनले क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुको ध्रुवीकरणको सुरुवातको भएकाे जिकीर गरे ।

    कपिलवस्तुको शिवगढीमा सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले क्रान्तिकारी कम्युनिष्ट पार्टीसँग ध्रुवीकरण गर्ने निर्णय गरेको जानकारीसहित आजको कार्यक्रम त्यसकाे सुरुवात भएको उनले बताए ।

  • समाजवादी मोर्चाको संयोजक विप्लव

    समाजवादी मोर्चाको संयोजक विप्लव

    काठमाडौं । समाजवादी मोर्चाको संयोजक नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव बनेका छन्।

    यसअघि मोर्चाको संयोजक एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल थिए।

    आज बसेको समाजवादी मोर्चाको बैठकले विप्लवलाई संयोजक बनाउने निर्णय गरेको माओवादी केन्द्रका महासचिव देव गुरूङले जानकारी दिए।

    गत असारमा गठन भएको समाजवादी मोर्चाले तीन–तीन महिनामा चक्रिय प्रणालीअनुसार नेतृत्व परिवर्तन गर्ने निर्णय गरेको थियो।
    आजको बैठकले बाँकी रहेका जिल्लामा समाजवादी मोर्चा विस्तार गर्ने निर्णय पनि गरेको छ।

    अहिलेसम्म ५८ जिल्लामा समाजवादी मोर्चा विस्तार भइरहेको गुरूङले बताए।