• २०८३ असार ३२
  • 2026 July 16, Thursday

समाजवादी मोर्चाको संयोजक विप्लव

काठमाडौं । समाजवादी मोर्चाको संयोजक नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव बनेका छन्।

यसअघि मोर्चाको संयोजक एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल थिए।

आज बसेको समाजवादी मोर्चाको बैठकले विप्लवलाई संयोजक बनाउने निर्णय गरेको माओवादी केन्द्रका महासचिव देव गुरूङले जानकारी दिए।

गत असारमा गठन भएको समाजवादी मोर्चाले तीन–तीन महिनामा चक्रिय प्रणालीअनुसार नेतृत्व परिवर्तन गर्ने निर्णय गरेको थियो।
आजको बैठकले बाँकी रहेका जिल्लामा समाजवादी मोर्चा विस्तार गर्ने निर्णय पनि गरेको छ।

अहिलेसम्म ५८ जिल्लामा समाजवादी मोर्चा विस्तार भइरहेको गुरूङले बताए।