Tag: श्रीलंका

  • स्वदेश फर्किए श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजापाक्षे

    स्वदेश फर्किए श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजापाक्षे

    कोलम्बो । श्रीलंकाका अपदस्थ पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे स्वदेश फर्किएका छन् ।

    टापुको सबैभन्दा खराब आर्थिक संकटबीच देश छाडेर भागेको सात हप्ता पछि उनी शुक्रबार स्वदेश फर्किएका हुन् । राजापाक्षे स्वदेश फर्किएको कोलम्बोका विमानस्थलका अधिकारीहरुले पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

    राजापाक्षे विमानस्थलमा उत्रँदा उनलाई मन्त्रीहरू र राजनीतिज्ञहरूको समूहले भव्य स्वागत गरेको थियो । यसले श्रीलंकामा उनको राजनीतिक प्रभाव यथावत रहेको संकेत गरेको छ । विमानस्थलमा उत्रने वित्तिकै उनलाई माला लगाएर स्वागत गरिएको थियो ।

    राजधानी कोलम्बोको राष्ट्रपति भवन र अन्य धेरै सरकारी कार्यलयमा प्रदर्शनकारीहरूले आक्रमण गरेपछि ७३ वर्षीय राजापाक्षे देश छोडेर भागेका थिए ।

    श्रीलंका एयरफोर्सको विमानमा माल्दिभ्स पुगेका उनी त्यहाँबाट सिंगापुर गएका थिए । उनले १३ जुलाइमा सिंगापुरबाटै राजीनामा पठाएका थिए ।

  • श्रीलंकाबाट भागेका राजापाक्षे सिंगापुरबाट थाइल्यान्ड जाने

    श्रीलंकाबाट भागेका राजापाक्षे सिंगापुरबाट थाइल्यान्ड जाने

    काठमाडाैं । देश छोडेर भागेका श्रीलंकाका पूर्वराष्ट्रपति गोटवाया राजापाक्षे सिंगापुरबाट थाइल्यान्ड जाने भएका छन् । समाचार संस्था रोयटर्सका अनुसार राजापाक्षे बिहीबार नै सिंगापुरबाट थाइल्यान्डको राजधानी बैंकक पुग्ने तयारीमा छन् ।

    थाइल्यान्डमा राजापाक्षेले राजनीतिक शरण माग्ने नभइ केही दिन मात्र बस्ने जनाइएको छ । राजापाक्षेसँग अहिले पनि कूटनीतिक पासपोर्ट भएकाले उनी ९० दिनसम्म बस्न थाइल्यान्डमा बस्न सक्ने छन् ।

    आर्थिक संकटबाट गुज्रिएको श्रीलंकामा राजापाक्षेविरूद्ध विशाल प्रदर्शन भएका थिए । प्रदर्शनकारीहरूले राष्ट्रपति निवास कब्जा गर्नु केही समयअघि राजापाक्षे त्यहाँबाट बाहिरएका थिए ।

    जुलाई १४ मा माल्दिभ्स हुँदा सिंगापुर पुगेका राजापाक्षेले उतैबाट राजीनामा दिएका थिए ।

  • श्रीलंकामा सर्वदलीय सरकारका लागि विक्रमासिंघले सुरु गरे विपक्षीसँग वार्ता

    श्रीलंकामा सर्वदलीय सरकारका लागि विक्रमासिंघले सुरु गरे विपक्षीसँग वार्ता

    कोलम्बो । श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले आफ्नो नेतृत्वमा रहेको सर्वदलीय सरकारमा सामेल हुनका लागि विपक्षी दलहरूसँग वार्ता सुरु गरेका छन् । आफ्नो प्रशासनमा विश्वास स्थापित गर्न र टाट पल्टिएको देशलाई खराब आर्थिक सङ्कटबाट जोगाउन उनले पछिल्लो कदम चालेका हुन् ।

    वार्ता एक साता सम्पन्न हुने स्रोतलाई उदृत गर्दै डेली मिररले जनाएको छ । विक्रमासिंघेले बिहीबार पूर्वराष्ट्रपति मियाथ्रिपाला सिरिसेनाको श्रीलंका फ्रिडम पार्टी (एसएलएफपी)सँग वार्ता गरेका छन् । तर, प्रमुख प्रतिपक्षी दल समगी जन बालवेगय (एसजेबी) पार्टी सरकारमा सहभागी नहुने अखबारले जनाएको छ ।

    यसको सट्टा यसका केही सांसदहरू व्यक्तिगत रूपमा सत्तापक्षसँग सामेल हुने विचार गरिरहेका जनाइएको छ । यसैबीच, सांसद विमल विरावान्साको नेतृत्वमा राष्ट्रिय स्वतन्त्रता मोर्चा (एनएफएफ)ले विक्रमासिंघेलाई समर्थन गर्ने वाचा गरेको छ ।

  • पाकिस्तान र श्रीलंकाबीचको टेष्ट श्रृंखला बराबरी

    पाकिस्तान र श्रीलंकाबीचको टेष्ट श्रृंखला बराबरी

    काठमाडौं । प्रभात जयसूर्या र रमेश मेन्डिसले अन्तिम दिन क्रमशः पाँच र चार विकेट लिएपछि श्रीलंकाले दोस्रो टेस्टमा पाकिस्तानलाई २४६ रनले पराजित गरेको छ ।

    बुधबार समाप्त टेष्टसँगै दुई टेष्टको श्रृंखला १–१ को बराबरीमा सकिएको छ । गत साता सम्पन्न पहिलो टेष्टमा पाकिस्तान चार विकेटले विजयी भएको थियो ।

    श्रीलंकाले प्रस्तुत गरेको ५०८ रनको लक्ष्य पछ्याएको पाकिस्तान अन्तिम दिन २६१ रनमा समेटियो । पाकिस्तानका कप्तान बाबर आजमले ८१ बनाए । यस्तै, ओपनर इमाम अल हकले ४९ रन जोड्दा मोहम्मद रिजवानले ३७ र यासिर शाहले २७ रन जोडे ।

    यता, श्रीलंकाका जयसुर्याले ३२ ओभरमा पाँच मेडनसहित ११० रन खर्चदै पाँच विकेट लिए । त्यस्तै, रमेश मेन्डिसले ३० ओभरमा ७ मेडन सहित १०१ रन खर्चिए । यसअघि पहिलो इनिङमा श्रीलंकाले दिनेश चन्डिमलको ८० रन मद्दतमा ३७८ रनको योगफल तयार पार्याे । जवाफी ब्याटिङमा आएको पाकिस्तानले अघा सलमानको ६२ रन सहयोगमा २३१ रनमै सिमित भयो ।

    दोस्रो इनिङमा थप ३६० रन जोड्दा श्रीलंकाले ५०८ रन बनाएको थियो । टेष्टको प्लेयर अफ द म्याच श्रीलंकाका धनञ्जय डि सिल्भा घोषित भए ।

  • श्रीलंकामा सरकारविरोधी प्रदर्शनकारीको शिविरमा सेनाको छापा

    श्रीलंकामा सरकारविरोधी प्रदर्शनकारीको शिविरमा सेनाको छापा

    कोलम्बो । श्रीलंकामा सुरक्षा बलहरूले राजधानीको मुख्य सरकार विरोधी प्रदर्शन शिविरमा छापा मारेर प्रदर्शनकारीहरूलाई गिरफ्तार गर्नुका साथै पालहरू भत्काएका छन् । सयौँ सेना र प्रहरी कोलम्बोमा राष्ट्रपति कार्यालयबाहिर बसेका प्रदर्शनकारीहरूमाथि जाइलागेका हुन् ।

    दुई घाइतेसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले घटनालाई ‘राष्ट्रपति सचिवालयको नियन्त्रण फिर्ता लिने विशेष अभियान’ भनेको छ । प्रहरी कारबाहीमा एक सञ्चारकर्मी पनि घाइते भएका छन् ।

    पूर्वराष्ट्रपति गोटाबाय राजापाक्षे गत साता देश छाडेपछि रनिल विक्रमासिंघेले बिहीबार राष्ट्रपति पदको सपथ लिएका थिए ।

    ६ पटक प्रधानमन्त्री भइसकेका विक्रमासिंघे जनतामाझ अलोकप्रिय व्यक्तिको रूपमा हेरिन्छन् । उनले प्रदर्शनकारीविरुद्ध कडा कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

    विक्रमासिंघेले बिहीबार राष्ट्रपतिको सपथ लिएपछि विरोध प्रदर्शन मत्थर भएको छ । राष्ट्रपतिलाइ देशलाई आर्थिक संकटबाट बाहिर निकाल्ने मौका दिने प्रदर्शनकारीले बताएका छन् ।

    यसैबीच, राजापाक्षेका वफादार तथा वरिष्ठ राजनीतिज्ञ दिनेश गुणवर्द्धनाले प्रधानमन्त्रीको सपथ लिएका छन् । विक्रमासिंघेको पुरानो जुत्तामा पाइला राख्दै नयाँ प्रधानमन्त्रीको रूपमा शपथ लिए ।

  • श्रीलंकामा विक्रमासिंघेले लिए राष्ट्रपतिको सपथ

    श्रीलंकामा विक्रमासिंघेले लिए राष्ट्रपतिको सपथ

    कोलम्बो । श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले सपथ लिएका छन् ।

    ६ पटक प्रधानमन्त्री बनेका विक्रमासिंघले राजधानी कोलम्बोमा आयोजित एक कार्यक्रममा बिहीबार पद तथा गोपनियताको सपथ लिएका हुन् । विक्रमासिंघेले प्रधानन्यायाधीश जयन्थ जयसूर्यासमक्ष सपथ लिए ।

    श्रीलंकाका प्रहरी प्रमुख र उच्च सैन्य अधिकारीहरू नयाँ राष्ट्रपतिको सपथ ग्रहण समरोहमा सरिक भएका थिए ।

    यसैबीच, संकट व्यवस्थापन गर्न श्रीलंकामा मिलिजुली सरकार गठनको प्रयास भइरहेको जनाइएको छ । विक्रमासिंघेले आफ्ना सहपाठी तथा पूर्वसार्वजनिक प्रशासन मन्त्री दिनेश गुणवर्देनालाई मिलिजुली सरकारमा प्रधानमन्त्री बन्न आमन्त्रित गर्ने अपेक्षा गरिएको छ ।

  • श्रीलंकाको राष्ट्रपतिमा विक्रमासिंघे निर्वाचित

    श्रीलंकाको राष्ट्रपतिमा विक्रमासिंघे निर्वाचित

    काेलम्बाे । रानिल विक्रमासिंघे श्रीलंकाको नयाँ राष्ट्रपतिको रुपमा निर्वाचित भएका छन् ।

    बुधबार श्रीलंकाको संसदमा भएको निर्वाचनमा जित हात पार्दै उनी श्रीलंकाको आठौं कार्यकारी राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

    बुधबारको निर्वाचनमा उनले १३४ मत पाएका थिए भने उनका प्रतिस्पर्धीहरु डुलास अलाहापेरुमाले ८२ र अनुरा कुमारा दिशानायकेले ३ मत पाएका थिए ।

    पूर्व राष्ट्रपति गोताबाय राजपाक्षले राजीनामा दिएपछि विक्रमासिंघे कार्यवाहक राष्ट्रपति बनेका थिए ।

    श्रीलंकाका प्रदर्शनकारीहरुले भने राष्ट्रपतिसहित विक्रमासिंघेले पनि पदबाट राजीनामा दिनुपर्ने माग राखेका थिए ।

    श्रीलंका अहिले चरम आर्थिक तथा राजनीतिक संकटको सामना गरिरहेको छ ।

  • श्रीलंकामा राष्ट्रपतिको दौडबाट पछि हटे प्रेमदासा

    श्रीलंकामा राष्ट्रपतिको दौडबाट पछि हटे प्रेमदासा

    काेलम्बाे । श्रीलंकाका प्रमुख विपक्षी नेता सजिथ प्रेमदासा राष्ट्रपति निर्वाचनको दौडबाट पछि हटेका छन् ।

    उम्मेदवारीको औपचारिक मनोनयन हुन केही मिनेटअघि प्रेमदास पछि हटेका हुन् । देशको भलाइका लागि आफू पछि हटेको उनले बताएका छन् ।

    उनको पार्टीले गत साता राजीनामा दिएका गोटाबाया राजापाक्षेको स्थानमा श्रीलंका पोदुजाना पेरामुनाका नेता तथा पूर्व सञ्चारमन्त्री दुल्लास अलाहपेरुमालाई राष्ट्रपतिमा समर्थन गर्ने जनाएको छ ।

  • श्रीलंका संकटबारे भारतमा सर्वदलीय बैठक

    श्रीलंका संकटबारे भारतमा सर्वदलीय बैठक

    कोलम्बो । श्रीलंका संकटबारे भारतमा आज सर्वदलीय बैठक बस्ने भएको छ ।

    तमिलनाडुका दलहरूले श्रीलंका संकटमा हस्तक्षेप गर्न अपील गरेपछि सरकारले श्रीलंकाको उथलपुथललाई लिएर मंगलबार सर्वदलीय बैठक बोलाएको हो ।

    अर्थमन्त्री निर्मला सीतारमण र विदेशमन्त्री एस जयशंकरले सर्वदलीय बैठकमा श्रीलंकाको संकटबारे विभिन्न राजनीतिक दलका नेताहरूलाई जानकारी दिनेछन् ।

    आइतबार भएको एउटा सर्वदलीय बैठकमा डीएमके र एआईएडीएमकेले सात दशकमा सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छिमेकी देशको संकटमा भारतले हस्तक्षेप गर्न माग गरेको थियो ।

    विभिन्न च्यानलमार्फत सहायता पठाउनु बाहेक भारतले अहिलेसम्म संकटमा भारतले प्रत्यक्ष हस्तक्षेप गरेको छैन् । भारतले श्रीलंकालाई प्रजातन्त्र, स्थायित्व र आर्थिक पुनरुत्थानका लागि सहयोग गरिरहने बचन दिएको छ ।

    गत साता चर्को विरोधबीच गोटावाया राजापाक्षेले राष्ट्रपति पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री रनिल विक्रमासिंघे संकटग्रस्त देशको कार्यवाहक राष्ट्रपतिको रूपमा नियुक्त भएका थिए । श्रीलंकाको संसदले बुधबार नयाँ राष्ट्रपति चयन गर्ने भएको छ ।

    श्रीलंकाको विरोध आन्दोलन आइतबार सयौँ दिनमा पुगेको छ । प्रदर्शनकारीहरूले देशको आर्थिक उथलपुथलको लागि राजापाक्षे परिवारलाई दोष लगाउँदै आएका छन् । देशका २ करोड २० लाख मानिसहरूलाई खाना, इन्धन र औषधिको अभाव झेल्न बाध्य छन् ।

  • छिट्टै स्थिर सरकार गठन नभए श्रीलंका ‘सट डाउन’ हुन्छ : गर्भनर

    छिट्टै स्थिर सरकार गठन नभए श्रीलंका ‘सट डाउन’ हुन्छ : गर्भनर

    कोलम्बो । श्रीलंकाको केन्द्रीय बैंकका गभर्नर नन्दलाल विरासिंघेले छिट्टै स्थिर सरकार गठन नभए देश ‘सट डाउन’ हुन सक्ने चेतावनी दिएका छन् । उनले भने, ‘अत्यावश्यक पेट्रोलियम पदार्थका लागि पर्याप्त विदेशी मुद्रा पाउन सकिन्छ कि सकिदैन भन्नेमा धेरै अनिश्चितता छ ।’

    उनले अगाडि थपे, ‘अन्तर्राष्ट्रिय बेलआउट प्याकेज प्राप्त गर्ने प्रगति स्थिर प्रशासनमा भर पर्छ । आर्थिक संकटलाई लिएर सर्वसाधारणको प्रदर्शन जारी छ । राष्ट्रपति गोटाबाय राजापाक्षे विदेश भागेका छन् र कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघेले देशका विभिन्न स्थानमा कर्फ्यू लगाएका छन् ।

    श्रीलंकाली अर्थतन्त्र ध्वस्त भएको छ । खाद्यान्न, इन्धन र अन्य आधारभूत आपूर्तिहरूको मूल्य सामान्य मानिसहरूको लागि छोइनसक्नु भएको छ ।

    धेरैले राजपाक्षे प्रशासनलाई संकटको कुप्रबन्ध गरेको आरोप लगाउँछन् र मेमा प्रधानमन्त्री बनेका श्री विक्रमासिंघेलाई समस्याको एउटा अंशको रूपमा लिएका छन् ।

    अप्रिलमा मात्र केन्द्रीय बैंकको गभर्नरको रूपमा पदभार ग्रहण गरेका नन्दलाल विरासिंघेले स्थिर प्रशासन बिना आवश्यक वस्तुहरू कसरी उपलब्ध गराउने भन्ने बारे अगाडिको बाटो नदेखेको बताए ।

    ‘हामीले यो महिनाको अन्त्यसम्म डिजेलको कम्तिमा तीन ढुवानी र केही एक वा दुईवटा पेट्रोल ढुवानीका लागि रकम बुझाउन सक्छौँ । तर, त्यसपछि हामी पर्याप्त विदेशी मुद्रा उपलब्ध गराउन सक्षम हुनेछौं कि छैन भन्नेमा धेरै अनिश्चितता छ,’ उनले थपे ।