श्रीलंकाको राष्ट्रपतिमा विक्रमासिंघे निर्वाचित

काेलम्बाे । रानिल विक्रमासिंघे श्रीलंकाको नयाँ राष्ट्रपतिको रुपमा निर्वाचित भएका छन् ।

बुधबार श्रीलंकाको संसदमा भएको निर्वाचनमा जित हात पार्दै उनी श्रीलंकाको आठौं कार्यकारी राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

बुधबारको निर्वाचनमा उनले १३४ मत पाएका थिए भने उनका प्रतिस्पर्धीहरु डुलास अलाहापेरुमाले ८२ र अनुरा कुमारा दिशानायकेले ३ मत पाएका थिए ।

पूर्व राष्ट्रपति गोताबाय राजपाक्षले राजीनामा दिएपछि विक्रमासिंघे कार्यवाहक राष्ट्रपति बनेका थिए ।

श्रीलंकाका प्रदर्शनकारीहरुले भने राष्ट्रपतिसहित विक्रमासिंघेले पनि पदबाट राजीनामा दिनुपर्ने माग राखेका थिए ।

श्रीलंका अहिले चरम आर्थिक तथा राजनीतिक संकटको सामना गरिरहेको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७