दुई जलविद्युत कम्पनीकाे आइपीओ आउँदै, कुनकाे कति ?

काठमाडौं । सुपरमाई हाइड्रोपावर र सान्जेन जलविद्युत कम्पनीले आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेका छन् । यी दुई कम्पनीको गरी कुल ४६ लाख ५० हजार कित्ता आइपीओ आउने भएको छ ।

जसमा सुपरमाई हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँको दरमा आयोजना प्रभावित र सर्वसाधारणको लागि १० लाख कित्ता आइपीओ निष्काशन गर्न लागेको हो ।

यस्तै, सान्जेन जलविद्युत कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा आयोजना प्रभावितको लागि ३६ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गर्न लागेको हो । अब, धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले आइपीओ निष्कासन प्रकृया अघि बढाउनेछ ।

सान्जेन जलविद्युत कम्पनीकाे बिक्री प्रबन्धकको काम नागरिक लगानी कोषले गर्नेछ । भने सुपरमाई हाइड्रोपावरकाे बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्नेछ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१