सभापति, उपसभापति र महामन्त्रीमा ६/६ जनाको उम्मेदवारी, यी हुन् प्रतिस्पर्धी

काठमाडाैं । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सभापति, उपसभापति र महामन्त्रीमा ६/६ जनाको उम्मेदवारी दर्ता भएको छ ।

नेपाली काँग्रेस निर्वाचन समितिका अनुसार सभापतिमा शेरबहादुर देउवा, प्रकाशमान सिंह, डा. शेखर कोइराला, विमलेन्द्र निधि, युवराज न्यौपाने र कल्याण गुरुङले उम्मेदवारी दर्ता गराएका छन् ।

उपसभापति पदमा पनि ६ जनाले उम्मेदवारी दर्ता गरेका छन् । उपसभापति पदमा पुर्णबहादुर खड्का, महेश आचार्य, सुजाता कोइराला, डा. चन्द्र भण्डारी, धनराज गुरुङ र दिव्यश्री साहले उम्मेदवारी दर्ता गराएका छन् ।

महामन्त्री पदमा डा. मिनेन्द्र रिजाल, गगन थापा, विश्वप्रकाश शर्मा, प्रकाशशरण महत, राजाराम कार्की र प्रदीप पौडेलले उम्मेदवारी दिएका छन् ।

सहमहामन्त्रीमा किशोर सिंह राठोर, रञ्जित कर्ण, जीवन परियार, वद्री पाण्डे, फरमुल्लाह मन्सुर, मान वहादुर विक, सुरेन्द्र चौधरी, देवराज चालिसे, विकास लामा, रामकृष्ण यादव, कमला पन्त, तेजुलाल चौधरी रहेका छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१