एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उनले ट्वीटरमार्फत् आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् । उनले कोरोनाको लक्षणसमेत भएको र आफ्नो सम्पर्कमा रहेकाहरु सजग रहन आग्रहसमेत गरेका छन् ।

ज्ञवाली कोरोना संक्रमित भएपछि नेकपा एमाले अधिकांश नेताहरु कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । गत मंसिर २५-२६ गते पार्टीको दोस्रो पूर्ण बैठक बसेको थियो । बैठकमा ज्ञवालीको समेत सहभागिता रहेको थियो ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१