पार्टीलाई एकढिक्का बनाउनु पहिलो प्राथमिकता हो : विश्वप्रकाश शर्मा

काठमाडाैं । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले पार्टीलाई एकढिक्का बनाउनु पहिलो प्राथमिकता भएको बताएका छन् ।

नेपाल प्रेस युनियनले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा शर्माले महाधिवेशनका क्रममा आएका भावनालाई समेट्दै पार्टीलाई एकढिक्का बनाउनु पहिलो प्राथमिकता भएको बताएका हुन् । उनले आफ्नो जितले सम्पूर्ण कांग्रेसका कार्यकर्ता र शुभचिन्तकको परिर्वतनको भावनालाई समेटेको बताए । उनले विगतमा भन्दा धेरै काम गरेर पार्टीलाई बलियो बनाउनुपर्ने दायित्व रहेको जिकिरसमेत गरे ।

त्यस्तै उनले आसन्न स्थानीय तहको निर्वाचनबाट कांग्रेस पहिलो शक्ति हुने दाबीसमेत गरे । त्यस्तै, कार्यक्रममा नवनिर्वाचित केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले प्रेस स्वतन्त्रता र पत्रकारको हकहितमा सधै लागिरहने प्रतिवद्धतासमेत व्यक्त गरे ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१